काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सोमबार काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय… Continue reading ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश
Category: समाचार
गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार
काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। बीबीसीका अनुसार… Continue reading गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार
ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपाल समूहको निष्कर्ष
काठमाडौं । नेकपा एमालेमा पुनः विवाद चर्किएको छ । यसको संकेत स्वयमः वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकतालाई भङ्ग गर्न खोजेको आरोप लगाएका छन् । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो संकेत गरेका हुन् । एमालेमा पार्टी विवाद पुनः चर्किएको सम्बन्धमा भने सोमबार… Continue reading ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपाल समूहको निष्कर्ष
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग
अमृता के सी ( रोनी ) काठमाडौँ, असार ७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी पहिरो प्रभावितहरुको लागि राहत प्रदान गरेको छ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्ची र इन्द्रबतिमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षतिको साथै कयौं बेघर भएका छन्।हालको विषम परिस्थितिमा राहतको… Continue reading लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग
नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४६ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७७२ पुगेको छ।
नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३० जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५८३ जनाको पीसीआरमा १५८४ जना जना ४३२१ जनाको एन्टीजेन परीक्षण गर्दा ७१३ जना गरि २२९७ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।… Continue reading नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३० जना संक्रमणमुक्त
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेरकालाई जोखिम
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ रुपको कोरोना फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन भएको जनाएको छ । हालै मात्र त्यसलाई डेल्टा पल्स नामाकरण गरिएको… Continue reading नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, सबै उमेरकालाई जोखिम
सेफ्टी ट्याङ्की भत्कदा सङ्खुवासभामा दुई जनाको मृत्यु
संखुवासभा । संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टि ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको राससले लेखेको छ । दुर्घटनामा सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको ज्यान गएको छ । गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला… Continue reading सेफ्टी ट्याङ्की भत्कदा सङ्खुवासभामा दुई जनाको मृत्यु
काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी र ट्याक्सीलाई जोर-बिजोर प्रणाली
काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ। पसल… Continue reading काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी र ट्याक्सीलाई जोर-बिजोर प्रणाली
नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७२६ पुगेको छ।
नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६७७ जनाको पीसीआर १४२१ जना र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् ।
विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने
काठमाडौं । आगामी १४औं महाधिवेशनमा विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उमेदवारी दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति उठ्ने बताइसकेका छन् । देउवाले शनिबार प्रदेश २ का नेताहरुलाई भेट्दै आफू सभापति उठ्ने बताएका थिए । सोही क्रममा निधिले आफु समेत सभापतिमा उठ्ने बताएका हुन् । उनले आफूले यसअघि पनि यो बारे सभापतिलाई भनेको… Continue reading विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने
नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५ पुगेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना… Continue reading नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु
मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले नेपालको मुस्ताङमा एक नदीबाट कोरोना विरुद्धको खोप तार्न गरिएको प्रयासलाई लिएर स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । साथै यो भिडियोमार्फत शक्ति सम्पन्न मुलुकहरुले देखाएको रवैयाप्रति उनले चिन्ता समेत व्यक्त गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप वितरणमा स्वास्थ्यकर्मी खटिरहेको उदाहरणका रुपमा यो भिडियो प्रस्तुत गर्दैस्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप… Continue reading मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा
तामाकोशी नदी थुनियो, सचेत रहन स्थानीय प्रशासनको अपिल
दोलखा । दोलखामा बग्ने तामाकोशी नदी पहिरोका कारण थुनिएको छ । नदीको बहाव थुनिएसँगै तामाकोशीमा जुनसुकै बेला बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सतर्क रहन सूचना जारी गरेको छ । शुक्रबार साढे ९ बजे राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल चीन सीमा क्षेत्रको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यस आसपास भारी वर्षा भएको… Continue reading तामाकोशी नदी थुनियो, सचेत रहन स्थानीय प्रशासनको अपिल
कांग्रेसले भन्यो : विपक्षी गठबन्धन निरन्तर रहन्छ
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेसँगै विपक्षी दल एक भएका थिए । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने निष्कर्षमा समेत कांग्रेस पुगेको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस… Continue reading कांग्रेसले भन्यो : विपक्षी गठबन्धन निरन्तर रहन्छ
नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४४जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६४१ पुगेको छ।
नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टी, ४०२० जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५६९ जनाको पीसीआर १९६३ जना ५४६८ जनाको एन्टीजेन परीक्षण गर्दा ८०५ जना गरि २७६८ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टी, ४०२० जना संक्रमणमुक्त
गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पद सुरक्षित
काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही अनुसार पोखरेलले शुक्रबार विश्वासको मत लिएका थिए । प्रदेश सभामा कायम भएको कुल ५८ सदस्यमध्ये उनले ३१ जना सांसदको मत प्राप्त गरेका छन् । भने… Continue reading गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पद सुरक्षित
कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई राजीनामा दिन एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपाल समूहका तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । बैठकले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको प्रदेशसभा सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको… Continue reading कर्णालीमा फ्लोर क्रस गरेर मन्त्री बनेका तीन जनालाई राजीनामा दिन एमालेको निर्देशन
जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेस गरेको छ । अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरूले आयोगमा पुगेर आधिकारिकता दाबी पेस गरेका हुन् । यादव पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगलाई बुझाइएको छ । निर्वाचन आयोगको… Continue reading जसपाको यादव-भट्टराई पक्षद्धारा बहुमत हस्ताक्षरसहित निर्वाचन आयोगमा आधिकारिकता दाबी
जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्
जाजरकोट । जाजरकोटमा तीन दिन देखि वेपत्ता ७ जना अझै भेटिएका छैनन् । गाईभैँसी र बाख्रा चराउन जाजरकोटको जलजला पाटनमा पुगेका उनीहरु वेपत्ता छन् । तर, प्रतिकुल अवस्थाका कारण खोजि हुन नसकेको बताइएको छ । राससका अनुसार उनीहरू मंगलबारदेखि सम्पर्कविहीन भएका हुन् । कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८… Continue reading जाजरकोटमा गोठालो जाँदा तीन दिनअघि हराएका सात जना अझै भेटिएनन्
सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गरि पार्टीबाट निकाल्ने भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । उप्रधानमन्त्रीसहित ९ मन्त्रालय लिएर महन्त ठाकुर पक्ष सरकारमा गएको छ । यो शक्ति वर्तमान सरकारमा सबैभन्दा ठूलो हिस्सा समेत बनेको छ । यसअघि यो… Continue reading सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय
मेलम्ची बाढीमा हराएका मध्ये दुई चिनियाँ र एक भारतीयको शव फेला, अझै १७ वेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी र पहिरोमा परी हराइरहेका मध्ये बिहीबार दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार यो घटनामा अझै १७ जना वेपत्ता छन् । ७ जनाको भने बुधबार शव फेला परेको थियो ।… Continue reading मेलम्ची बाढीमा हराएका मध्ये दुई चिनियाँ र एक भारतीयको शव फेला, अझै १७ वेपत्ता
देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ
काठमाडौं । राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेको सम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ । देउवासहित एक सय ४६ जनाले प्रतिनिधि सभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग गर्दै दिएको रिटमा सर्वोच्चले सात दिनभित्र… Continue reading देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ
नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७१७१ जनाको पीसीआर १७६८ जना जना ४७७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८३९ जना गरि २६०७ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ ।… Continue reading नेपालमा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टी, २१४१ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३९ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५९७ पुगेको छ।
स्वास्थ मन्त्रीको अपिलपछि सिन्धुपाल्चोक बाढीपीडितलाई काठमाडौं महानगरले २ करोड दिने
काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले पहल गरेपछी काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड बिनियोजन गरेको छ । मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड बिनियोजन गरेका हुन् । आज विहान मन्त्री तामाङले मेयर शाक्यलाई कार्यालयमै बोलाएर भेटेपछि मेयर शाक्यले राहत… Continue reading स्वास्थ मन्त्रीको अपिलपछि सिन्धुपाल्चोक बाढीपीडितलाई काठमाडौं महानगरले २ करोड दिने
नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन
न्युयोर्क प्रारम्भिक निर्वाचन सम्वन्धि बिशेष जानकारी; न्युयोर्क सिटीमा नेपाली-भाषीको संख्या तिब्र गतिमा बढेसंगै राजनैतिक चेतना र शक्ति पनि बढि रहेको छ। हरेक वर्ष नेपाल, ईण्डिया, भुटान, तिब्बत र बर्मा लगायतबाट आएका नेपाली-भाषीहरुको मतदाताहरुको संख्या बढ्दो छ। आउँदो प्रारम्भिक निर्वाचनले हामीलाई हाम्रो समुदायको आवाज उठाउन र हाम्रो प्रतिनिधित्व निश्चित गर्न एक विशेष अवसर दिएको छ। न्यूयोर्क… Continue reading नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन
नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा
न्यूयोर्क सिटी काउन्सिलका एक प्रभावशाली उम्मेद्वारले नेपाली भाषालाई सहरको सरकारी कामकाजको भाषा बनाउने उद्घोष गरेका छन् । न्यूयोर्कको २६ नम्बर डिष्ट्रिक्टबाट सिटी काउन्सिल उम्मेद्वार रहेका अमित सिंह बग्गाले नेपाली भाषालाई अमेरिकामा अहिलेसम्मकै सर्बोत्कृष्ठ सम्मान दिलाउने प्रतिबद्धता जनाएका हुन् । डिष्ट्रिक्ट २६ मा क्वीन्स बोरो अन्तर्गतका सन्नी साइट, उडसाइट, लङ आइल्यान्ड सिटी र एस्टोरिया पर्छन् ।… Continue reading नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा