साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कुल साढे ९ हजार मानिसको कोरोना परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । २४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन्… Continue reading साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु भएको छ । परीक्षण उत्पादन थालिएसँगै प्रसारण लाइन व्यवस्थापनको काम थालिएको आयोजनाले जनाएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिनेछ । खिम्तीको सबस्टेशनमार्फत तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएपछि यसको परीक्षणका क्रममा विजुली प्रभावित हुनेछ । खिम्ती लामोसाँघु १३२… Continue reading राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु

बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने

Reuters

काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९… Continue reading बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने

नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन परीक्षणमा ६५५ जना गरी २४७६ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९४५ पुगेको छ।

आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

काठमाडौं । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ । व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका… Continue reading आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन

काठमाडौं । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका… Continue reading कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन

एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण,… Continue reading एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको निधन

File

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २४ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९१८ पुगेको छ।

नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२३५ पीसीआर परीक्षणमा १५७७ र ४९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २४७४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिसमा बिहीबार भण्डारीले लोकसेवा आयोगसहित २० वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन् । गत वैशाखमा संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तका लागि सिफारिस… Continue reading राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा

काठमाडौं । सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका- ७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हो । अपराध महाशाखा अनुसन्धानका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङको टोलीले सन्तोषीको शव पुष्टि भएको २४ घण्टा नबित्दै… Continue reading दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा

तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन जुन २६ तारिखमा

न्युयोर्क तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन आगामी शनिवार जून २६ का दिन न्युयोर्कस्थित क्विन्सब्रिज पार्कमा हुने भएको छ । समाजले बुधवार एक बिज्ञप्ति जारी गर्दै अधिबेशनको कार्यतालिका सार्वजनिक गरेको हो । सन् २०१८ मा न्युयोर्क राज्यमा दर्ता गरेर शुभारम्भ गरिएको तामाङ समाज अमेरिकाले कर्मभुमी तथा जन्मभूमी दुबैमा सन्तुलित ढंगले विभिन्न सामाजिक एवं सांस्कृतिक अभियानको लागि योगदान… Continue reading तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन जुन २६ तारिखमा

काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

अमृता के सि (रोनी) काठमाडौँ, असार १०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब २२ वटा क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै लायन्स सप्ताह मनाउने भएका छन् । लायन्स क्लब ३२५ ए १ को मंगलबार मामाघर रिसोर्टमा बसेको बैठको निर्णय अनुसार लायन्स वर्षको आरम्भ भएको दिन जुलाई १ तारिख देखि ७ जुलाई सम्म लायन्स… Continue reading काठमाडौँ पूर्वि भेगका २२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा सेवाका कार्यक्रम गर्दै

सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल

काठमाडौं । सरकारले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन शुरु गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गरि मुलुकभर सडक प्रदर्शन थाल्ने निर्णय गरेको हो । सडक आन्दोलनमा भाथृ संगठनहरु परिचालन हुने भएका छन् । विपक्षी गठबन्धनले यो विषय अदालतमा बहस भइरहेको समयमा… Continue reading सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल

युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

काठमाडौं । मंगलबार प्रहरीले काठमाडौं दक्षिणकालीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा एक महिलको शव भेट्टायो । स्थानीय महिलाले प्रयोगमा नरहेको सार्वजनिक शौचालयमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरमा नराम्रोसँग प्रहार भएको, अनुहार क्षतविक्षत पारिएको र सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा भेटाएको उक्त शवको पहिचान बुधबार मात्र भएको छ । उनी कालोपुल… Continue reading युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ८१ जनाको मृत्यु भएको हो । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमितको निधन

नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टी, ३५५८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमण मुक्त भएका छन् ।

७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् । बुधबारबाट संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहसमा प्रधानमन्त्रीमा शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैध भएको तर्क राख्दा प्रधानन्यायाधीशले सो उल्लेख गरेका हुन् । प्रधानन्यायाधीश जबराले… Continue reading ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

काठमाडौं । घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् । जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार थुनामुक्त भएकी छन्। जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको बताइएको छ । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई… Continue reading जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

काठमाडौं । नेपालमा अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना संक्रमण कम भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन गरिने छैन । निजी अस्पताललाई कोभिड–१९… Continue reading कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधि सभा विघटन गरि सरकारले निर्वाचन घोषणा गरेको सम्बन्धमा परेका रिटमाथि आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित रिट दायर गरेका थिए । यस्तो रिट दायर गर्नेमा १४६ जना सांसद छ । ७ जेठमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन… Continue reading संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

पुरुषाेत्तम घिमिरे,काठमाडौं जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती… Continue reading नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै विपक्षी दलले आंशका व्यक्त गरेका छन् । विपक्षी गठबन्धनमा रहेका एमाले नेता माधव कुमार नेपालसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत बताएका हुन् । उनीहरुले प्रधानमन्त्रीविरुद्धको एकतामा प्रतिवद्धता समेत जनाएका छन् । नेपाली कांग्रेसका सभापति… Continue reading विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न सकिने भएको छ । यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने गरि तोकिएको छ । अन्तराष्ट्रिय… Continue reading आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको निधन

File

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ।

नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२२०४ जनाको पीसीआरमा ३७०३ जना जना ४७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ८१९ जना गरि ४५२२ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।… Continue reading नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र… Continue reading मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री

६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सोमबार काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय… Continue reading ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। बीबीसीका अनुसार… Continue reading गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार