डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा भोला दम्पत्ती दुबैलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य सामान्य छ।

काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। सचिवालयको अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार आएको नतिजामा उनमा कोराना पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् । शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए।

१६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ८८ जना कोराना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् । यो सहित २१ हजार ४ सय १० जना व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यस्तै देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र… Continue reading १६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाटथप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२,… Continue reading काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय २९ पीसीआर परीक्षणमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६०… Continue reading नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थपिए ५३ संक्रमित

भरतपुर । सोमबार चितवनमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा आइतबार राति आएको नतिजाबाट चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिनाको १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्मलाई संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा… Continue reading चितवनमा थपिए ५३ संक्रमित

कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

मान्मा । कालिकोटमा आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा एकै घरका चार जनासहित १० जनाको निधन भएको हो । दुइ जना भने घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो नाग्म… Continue reading कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन्। सुनसरीका ७४ वर्षीय, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षीय महिला संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, सुनसरीका ६० वर्षीय मोरङको ६२ वर्षीय, महोत्तरीका… Continue reading एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामाकाठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ।… Continue reading उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४०… Continue reading नेपालमा एकैदिन थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटनाा परेको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२… Continue reading स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईको ज्यान गयो

नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४०… Continue reading नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण, ३ सय १३ जना डिस्चार्ज

मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक प्रहरी हवल्दारको ज्यान गएको छ । सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबल्दारको मृत्यु भएको नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार… Continue reading मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

काठमाडौं । शनिबार बस्ने गरी आह्वान भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरी स्थगित भएको छ। बैठक १८ भदौसम्म स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटबाट बैठक सार्ने निर्णय भएको बताइएको छ । कोरोना महामारीको प्रकोप बढ्दै… Continue reading शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु,मृतकको संख्या १९५ पुग्यो

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय २९ पीसीआर परीक्षणमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४… Continue reading नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय १५ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । थपिएकाहरुमा काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना रहेका छन् ।

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द

चौतारा । सिन्धुपालचोक, लिदी पहिरोमा हराइरहेकामध्ये ६ जना अझै वेपत्ता छन् । पहिरो गएको १५ दिनसम्म पनि नभेटिएपछि अब उनीहरुको खोजी बन्द गरिएको प्रहरीले जनाएको थियो । बुधबार र बिहीबार दिनभर सेना र प्रहरी तथा स्थानीयले उनीहरुको खोजी तिब्र बनाएका थिए । तर, कुनै प्रमाण फेला परेनन् । सोहीकारण पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी बन्द… Continue reading सिन्धुपाल्चोक पहिरोमा हराइरहेका ६ जना अझै भेटिएनन्, खोजी बन्द

नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको हो । प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ६२ र बाँके ७० वर्षीया महिला तथा काठमाडौंका ४८,… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय २९ पीसीआर परीक्षणमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या… Continue reading नेपालमा थप ११११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५,५२९

उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा उपत्यकाभित्र ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना छन्। काठमाडौं उपत्यकामा एकै… Continue reading उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमित थपिए

चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

भरतपुर । बिहीबार चितवनमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी पुष्टी हुनेमध्ये एक जना पाँच महिनाको शिशु समेत छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसका बिरामी थप भएका हुन् । बिहीबार चितवनका मात्र ४५ जनामा कोरोना देखिएको छ… Continue reading चितवनमा ५ महिनाको शिशुमा कोरोना, थपिए ५२ संक्रमित

बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तुका एकजनाको ज्यान गएको हो । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी ५ भदौमा अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताको समस्या… Continue reading बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

फाइल

झापा । झापामा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । झापाको झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँगको झडपका क्रममा गोली चलाएको हो । स्थानीयबासीबाट सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ । गोली लागि घाइते भएका कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको ज्यान गएको छ । उक्त स्थानमा… Continue reading झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् । प्रवक्ता गौतका अनुसार मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७३ र ७५ वर्षीय… Continue reading कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमले मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको जानाकारी दिए… Continue reading लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

उपत्यकामा कोरोना संक्रमितको रेकर्ड,एकैदिन थपिए ३०१ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा उपत्यकाका अहिले सम्मकै धेरै संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।

नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार २ सय ५३ पीसीआर परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको… Continue reading नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं निषेधाज्ञा तोड्ने ८ हजार गाडी कारवाहीमा

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञा तोड्दै गुडेक ८ हजार सवारी साधन एक साता भित्र कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ८ हजार १ सय बढी गाडीलाई कारवाहीस्वरुप होल्ड गराइएको छ । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा प्रारम्भ भएको थियो । बुधबार पूर्वघोषित निषेधाज्ञाको अन्तिम दिन हो । बुधबार बिहानसम्म… Continue reading काठमाडौं निषेधाज्ञा तोड्ने ८ हजार गाडी कारवाहीमा