मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो। बस कालीगण्डकी कोरिडोरको सडकबाट १०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाल्पाको रम्भा गाउँपालिका-१ निवासी ४१ वर्षीया तारा विक,… Continue reading मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल  ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प… Continue reading इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु

तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । यसले धान बाली भित्र्याउने तयारीमा रहेका कृषकलाइ जोखिम निम्त्याउने छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १,… Continue reading तिहार लगत्तै मौसम प्रतिकुल बन्दै, कृषकलाइ जोखिम

गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ । यसअघि जुन विषयमा स्पष्टीकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टीकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए । यसअघि थापाले सामाजिक सन्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र… Continue reading गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानमा बन्द गराउन भन्दै दिएको निर्देशनबाट आलोचित निर्वाचन आयोगले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस अघिको निर्देशनले अभिव्यक्ति स्वतन्त्रतालाई हनन नगरेको भन्दै आफ्नो बचाउ गरेको हो । आयोगले उक्त निर्देशनबाट अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको… Continue reading निर्वाचन आयोगको स्पष्टीकरण:’नो नट अगेन’ अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला… Continue reading अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

Photo : The Rising Nepal

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने… Continue reading भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा

आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

काठमाडौं । आज तिहारको भाइटिका विश्वभर नेपालीले धुमधाम सहित मनाउदैछन । काठमाडौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुदैछ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ… Continue reading आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला

विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ । सत्ता गठबन्धनको तर्फबाट… Continue reading विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

Photo by wondersofnepal.com

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना… Continue reading भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने

रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका… Continue reading रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

काठमाडौं । यम पन्चकको आज चौथो दिन गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा… Continue reading तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै

नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।विसं २००७ सालमा… Continue reading नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष

बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?

काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकलाई विश्वभरबाट बधाई सन्देश आइरहेका छन् ।  विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् । सुनक हिजो औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री सुनकलाई… Continue reading बेलायती प्रधानमन्त्री सुनकलाइ विश्व नेताहरुको बधाई सन्देश, कसले के भने?

आज सुर्य ग्रहण, के छ मान्यता ?

काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए करिब ३२ मिनेटमात्र नेपालबाट… Continue reading आज सुर्य ग्रहण, के छ मान्यता ?

कार्तिक कृष्ण औँसी : आज गाईतिहार

काठमाडौं । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार… Continue reading कार्तिक कृष्ण औँसी : आज गाईतिहार

गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले आफूहरुको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए । देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति… Continue reading गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन वरिष्ठ नेता पौडेलको आग्रह

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुन: स्थगित गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार) सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका… Continue reading कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित

नेपालमा ओमिक्रोनको सव–भेरियन्ट भेटियो, सचेत रहन आग्रह

काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी)का संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ । विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट… Continue reading नेपालमा ओमिक्रोनको सव–भेरियन्ट भेटियो, सचेत रहन आग्रह

लक्ष्मीपूजा : साँझ दीपावली गरी घरघरमा धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याइँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावली तथा लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन तथा पिँढी गाइको गोबरले लिपेर सफा बनाइन्छ । त्यस्तै घरका झ्याल ढोका तथा साथै पानी सार्न प्रयोगगर्ने गाग्री लोटा सयपत्री फूलका माला लगाएर सिगार्ने गरिन्छ । त्यस्तै आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चालको… Continue reading लक्ष्मीपूजा : साँझ दीपावली गरी घरघरमा धनधान्यकी देवी लक्ष्मीलाई भित्र्याइँदै

कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

काठमाडौं । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने… Continue reading कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

नेपालमा थप ४१ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमण मुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२५० नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४४५ र एन्टिजेनबाट ८०५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप ५९… Continue reading नेपालमा थप ४१ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमण मुक्त

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

Gorakhapatra

काठमाडौं । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । लामिछानेलाई म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। २० असोजबाटै गणना हुने गरी पहिलोपटक… Continue reading सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी अभियान शनिबारबाटै थालिएको छ… Continue reading दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी

आगामी निर्वाचनमा कस्तो बन्दैछ मतपत्र ?

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ्ग रातो मसिको… Continue reading आगामी निर्वाचनमा कस्तो बन्दैछ मतपत्र ?

चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि छनोट भएका छन् । बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी… Continue reading चीनमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन

टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

काठमाडौं । टिकटकले लाइभमा बस्ने प्रयोगकर्ताको उमेर आगामी महिनादेखि १८ वर्ष भएको हुनुपर्ने बनाउन लागेको छ। अहिलेसम्म १६ वर्षका प्रयोगकर्ताहरूले पनि टिकटक लाइभ गर्न पाउँछन्। बीबीसीका अनुसार एक अनुसन्धानमा सिरियाका शरणार्थी शिविरहरूबाट बालबालिकाको प्रयोग गरेर सहयोग माग्न सयौँ प्रयोगकर्ताहरू लाइभमा बस्ने गरेको पाइएको छ । तीमध्ये कतिपयले एक घण्टामै १,००० डलरसम्म सहयोग पाउने गरेको तर… Continue reading टिकटकमा लाइभ बस्न १८ वर्ष पुगेको हुनुपर्ने

गठबन्धनका शीर्ष नेता आज जनकपुर पुग्दै

जनकपुर । सत्ता गठबन्धनका नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गर्दै आज जनकपुर पुग्दैछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाने भएका हुन् । गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् । कार्यकर्ता भेलालाई प्रधानमन्त्री… Continue reading गठबन्धनका शीर्ष नेता आज जनकपुर पुग्दै

काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौं । तिहारमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले… Continue reading काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने… Continue reading रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज