विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित बनेका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेशले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए… Continue reading महानगरमा पहिलो रिजल्ट : विराटनगरमा कांग्रेस विजयी
Category: समाचार
चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु
चितवन । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरी र वर्षा भएको छ । जसमा परि तीन जनाकाे मृत्युु भएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेलाई उदृत गर्दै संचार माध्यमले जनाएका छन् । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १… Continue reading चितवनमा विनासकारी हुरि, तीन जनाको मृत्यु
सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन
काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छप्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल,… Continue reading सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन
काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७,१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् । त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४,५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह… Continue reading काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?
सभामुखको निर्देशन-‘आठ वर्षअघि बलात्कारमा परेकी युवतीको घटनाको अनुसन्धान गर्नू’
काठमाडौं । आठ वर्षअघि बलात्कारमा परेको कुरा भिडियोमार्फत बाहिर ल्याएपछि उक्त घटनाका आरोपीमाथि छानबिन गर्ने विषय संसदमा उठेको छ। शुक्रवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । सांसद थापाको माग लगत्तै सरकारलाई निर्देशन दिँदै… Continue reading सभामुखको निर्देशन-‘आठ वर्षअघि बलात्कारमा परेकी युवतीको घटनाको अनुसन्धान गर्नू’
महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले २८ हजार ८८२ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ३१२ मत ल्याएका छन् । भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले २१ हजार ४९२ मत ल्याएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विजय सुवेदीले… Continue reading महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?
एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए । पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम… Continue reading एमाले अध्यक्ष ओलीको गृहनगरमा एमाले पराजित
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् । मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५… Continue reading नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी
नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम… Continue reading नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल
६१९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कुन पार्टीले कति सिट जित्यो ?
काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहानसम्म ६ सय १९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २ सय नगरपालिका र ४ सय १९ गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले… Continue reading ६१९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कुन पार्टीले कति सिट जित्यो ?
रेनुको मत २० हजार कट्यो, अग्रता ३ हजार माथि
भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाउँदा अग्रता ३ हजार भन्दा माथि पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएको छ । जसमा रेनुले २०४९२ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्।… Continue reading रेनुको मत २० हजार कट्यो, अग्रता ३ हजार माथि
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता दोब्बर पारेका छन् । ४२ हजार २३० मतगणना भइसक्दा हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका ओडले ९ हजार ५५७ मत पाएका छन् । यहाँ मेयरमा तेस्रो स्थानमा रहेका… Continue reading धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको छलाङ
चुनावमा खटिने कर्मचारीलाई सरकारको धन्यवाद
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण… Continue reading चुनावमा खटिने कर्मचारीलाई सरकारको धन्यवाद
सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने
काठमाडौं । सरकारले सातामा दुई दिन बिदा घोषणा गरेसँगै अब सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास… Continue reading सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने
काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । ५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् । यता, नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३८० मतले दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ११… Continue reading काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?
५७२ स्थानीय तहको नतिजा सार्वजनिक: कुन दलले कति जिते ?
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसो ३ः३० बजेसम्म ७५३ मध्ये ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २५२ स्थानीय तह प्रमुख जितेको छ । कांग्रेसले १६६ गाउँपालिका अध्यक्ष जितेको छ भने ८६ नगरपालिका प्रमुख जितेको छ । यस्तै,… Continue reading ५७२ स्थानीय तहको नतिजा सार्वजनिक: कुन दलले कति जिते ?
गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । सत्ता गठबन्धनबाट मेयर बनेमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले ९ हजार ४०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटा ८ हजार ३५१ मत पाए। उपमेयरमा कांग्रेसका विष्णुमणी नेपालले ११ हजार ३०५… Continue reading गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित
५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म १ सय ५५ वटा नगरपालिका र ३ सय ८० वटा गाउँपालिका गरी ५ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । नेपाली कांग्रेस २ सय ४२… Continue reading ५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा
निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने
काठमाडौं । स्थानीय तह निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने भएको छ । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण… Continue reading निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने
टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर
कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले जितेको छ। चौधरी भने व्यक्ति हत्याको अभियोगमा जेलमा छन् । चौधरीको अगुवाइमा केही महिनाअघि मात्र पार्टी दर्ता भएको थियो । पहिलो प्रयासमै पार्टीले स्थानीय तह चुनावमा पहिलो जित निकालेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका… Continue reading टिकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर
ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० मा यसअघि १० पटकसम्म वडा अध्यक्ष निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार ११ औं पटक पनि वडाअध्यक्ष बन्ने लक्ष्यका साथ चुनावमा होमिएका थिए । उनी स्वतन्त्रबाट लड्ने र जित्ने गर्थे । यसपटक भने पराजित भएका छन् । उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले हारेका छन् । ८१… Continue reading ललितपुरमा ११ औं पटक वडाअध्यक्ष बन्न सकेनन् ८१ वर्षिय व्यञ्जनकार
बाबुराम भट्टराईको गृह नगरमा माओवादीको जित
गोरखा । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा माओवादी केन्द्रले जित निकालेको छ । जनता समाजवादी, एमाले गठबन्धन र कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित निकालेको हो । मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत ल्याए ।… Continue reading बाबुराम भट्टराईको गृह नगरमा माओवादीको जित
रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार
काठमाडौं । स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहन सफल दुई महागरपालिका काठमाडौं र भरतपुरमा मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत पार गरेका छन् । पछिल्लो परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाएका छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३… Continue reading रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार
माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहपालिका गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साह विजयी भएका हुन्। साहले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरे।… Continue reading माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी
भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार रेणुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छिन् । अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले आठ… Continue reading भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै
काठमाडौं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ८ हजार ४० मतको फराकिलो अग्रता बनाएका छन् । ४२ हजार ५६९ मत गन्दा बालेनले १६ हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ६०७… Continue reading काठमाडौं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?
पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस र एमालेको गठबन्धन पराजित गर्दै माओवादी विजयी
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा विजयी भएका हुन् । नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर… Continue reading पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस र एमालेको गठबन्धन पराजित गर्दै माओवादी विजयी
२७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता
भरतपुर । चितवनको भरतपुर महनगरपालिकमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । कांग्रेसका बागी उम्मेदवारको चूनौतिका बीच रेनुले २७ हजार २६ मत गणना भइसक्दा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १६१७ मत बढी ल्याएकी छिन् । यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । रेनुले ९८०१ मत ल्याउँदा सुवेदीले ८१८४ मत ल्याएका… Continue reading २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता
चार सय स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?
काठमाडौं । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार बिहानसम्म चार सय स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार ९१ नगरपालिका र तीन सय ९ गाउँपालिकामा अन्तिम नतिजा आइसकेको छ । सार्वजनिक भएको नतिजा अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेस छ । सो पार्टीले अहिलेसम्म ५१ वटा नगरपालिका र… Continue reading चार सय स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?
ललितपुरमा चिरिबाबुको निरन्तर अग्रता, उम्मेदवारी नै नपरेको रुखमा भोट जाँदा उपमेयरमा माओवादीलाई घाटा
ललितपुर । ललितपुर महानगरपालिकामा ललितपुर महानगरपालिकामा अहिलेसम्म २१ हजार ४२६ मत गणना भएको छ । यसमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अगाडी छन् । उनी शुरुवाटै अगाडी दिए । उनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मतसहित पच्छ्याइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी… Continue reading ललितपुरमा चिरिबाबुको निरन्तर अग्रता, उम्मेदवारी नै नपरेको रुखमा भोट जाँदा उपमेयरमा माओवादीलाई घाटा