एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए

काठमाढौं । सत्तारुढ गठबन्धनले १६ सिट दिँदा असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग भने १७ सिटमा चित्त बुझाएका छन् । दुई पार्टीबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा… Continue reading एमाले–जसपा गठबन्धन, उपेन्द्रले १७ सिटमा चित्त बुझाए

एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल आफ्नै निवासमा मृत फेला परेका छन् । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उनी घरकै बाथरुममा लडेको अवस्थामा भेटिएका हुन् । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए… Continue reading एमाले नेता बालकृष्ण ढुंगेल निवासमै मृत फेला

गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ

काठाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझाएको जनता समाजवादी एमालेसँग गठबन्धन गर्न पुगेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्तारुढ गठबन्धनमा आएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर… Continue reading गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ

माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको विवाद टुंगिएको छ । यससँगै नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । यो पार्टीले २० सीट पाएको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ… Continue reading माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?

भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी

नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति तीव्र आलोचना गर्ने वरिष्ठ नेता भीम रावलले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएइपछि पार्टी भित्र चरम असन्तुष्टी बढेको छ । उनले टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा गरेका छन् । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । एमाले अछाम… Continue reading भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी

प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित

काठमाडौं । आगामी प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट उठ्ने निश्चित भएको छ । उनी चितवन क्षेत्र ३ बाट यसअघि निर्वाचित भएका थिए । यस पटक पनि गठबन्धनबाट उनलाई उठाउन ठूलो जोडबल थियो । तर, कांग्रेस भित्रको गगन, शेखर समूहले असहयोग गर्ने देखिएसँगै प्रचण्ड सुरक्षित स्थानमा सरेका हुन् । नेसपा अध्यक्ष… Continue reading प्रचण्ड गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निश्चित

जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु

File

जुम्ला । जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका… Continue reading जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु

file

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुँरिदा तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको समेत… Continue reading काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु

मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम

काठमाडौं । नेपालमा निरन्तर जारी भारती वर्षा क्रमशः सुधार भइरहेको छ । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट पूर्वी नेपालमा भने मौसममा सुधार हुँदै जाने भएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा… Continue reading मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम

बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

बारा । बिहीबार बिहान भएको बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालक फरार छन् । १६ जनामध्ये १४ जनाको सनाखत भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान साढे १० बजे बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।… Continue reading बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै थालेपछि त्रिवेणीमा रहेको गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानालाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका… Continue reading गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

पहिरोका कारण देशका मूख्य राजमार्ग अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षा र बाढी पहिरोका कारण दशैंको समयमा मूख्य राजमार्गहरु अवरुद्ध बनेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । उता, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । बिहान ४ बजेतिर गल्याङ-८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading पहिरोका कारण देशका मूख्य राजमार्ग अवरुद्ध

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्ललाई उदृत गदै सञ्चारमाध्यमले जनाए अनुसार बुधबार राति करिब ११ बजे भएको दुर्घटनामा… Continue reading कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

File : THT

काठमाडौं । नेपालका अधिकांश स्थानमा अविरल जारी वर्षाका कारण जोखिम बढेको छ । यसले नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा पानीको बहाव उल्लेख्य बढाएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक… Continue reading निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गरेको राष्ट्रपति कार्यालयको भनाई छ । राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद… Continue reading राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट दशैंको टिका थाप्न चाहनेहरुले आज ३ बजेपछि टिका ग्रहण गर्न सक्ने भएका छन् । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने यस पटक सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । उनको स्वास्थ्य कारण टिका वितरणको कार्यक्रम स्थगित भएको हो । राष्ट्रपति कार्यलयमा आज दुईथरि कार्यक्रम छ । विजया दशमीको दिन… Continue reading पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष… Continue reading आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु

काठमाडौं । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ । बैठकको निर्णयमा भनिएको छ,… Continue reading पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु

मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो… Continue reading मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ… Continue reading आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै

आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै

RSS

काठमाडौं । आजबाट वर्षा शुरु हुने भएको छ । जसका कारण दशैं हिलाम्य हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको… Continue reading आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै

मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले सोमबार पुरस्कार घोषणा गर्यो । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले… Continue reading मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

माओवादीका हुम्लाका सांसद छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौं । माओवादीका नेता तथा गत निर्वाचनमा हुम्लाबाट जितेका सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । उनी माओवादीको केन्द्रीय सदस्य समेत थिए । लामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा पार्टी प्रवेश गराए । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र… Continue reading माओवादीका हुम्लाका सांसद छक्कबहादुर लामा एमाले प्रवेश

बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सोमबार यस्तो घोषणा गरेका हुन् । उनले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराउने गोर्खाका मतदातालाई धन्यवाद भनेका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक… Continue reading बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन

मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलाई उदृत गर्दै सञ्चारमाधयमले जनाएका छन् । एक जनाको हेटौँडा अस्पताल र एक… Continue reading मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु

समानुपातिकको सूचि सच्याउने सीमा आज

काठमाडौं\रासस । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन्। आयोगले संशोधित सूची बुझाउन ती दललाई दिएको सात दिनको अवधि आज सकिँदैछ। उक्त प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),… Continue reading समानुपातिकको सूचि सच्याउने सीमा आज

दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

काठमाडौं\रासस। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन… Continue reading दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै

देशभरका दशैं घरमा भित्राइयो फूलपाती

काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली… Continue reading देशभरका दशैं घरमा भित्राइयो फूलपाती

काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?

काठमाडौं । काठमाडौंको बांगेमुढामा मेयर बालेन साहविरुद्ध नाराबाजी तथा पुत्ला दहन भएको छ । सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरे । डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाउँदै उनीहरु… Continue reading काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?

आज फूलपाती, शुरु भयो दशैंको बिदा

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ… Continue reading आज फूलपाती, शुरु भयो दशैंको बिदा