Category: समाचार

  • मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

    मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ ।

    मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।

    मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

    facebook sharing button
    twitter sharing button
    pinterest sharing button
    email sharing button
  • लेजेन्ड अफ गोर्खाज अमेजन प्राइममा रिलिज हुँदै

    लेजेन्ड अफ गोर्खाज अमेजन प्राइममा रिलिज हुँदै

    काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको फिल्मले नाम परिवर्तन गरेर अमेजन प्राइममा जान लागेको हो ।

    भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको कथामा आधारित फिल्म वितरणको जिम्मा अमेरिकी कम्पनी एसएनआरले लिएको छ । बेलायत, अस्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा फिल्म रिलिजको तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

    फिल्म १९१५ को सेप्टेम्बर २५ मा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनामा आधारित छ । उक्त युद्धमा घाइते भए पनि २६ वर्षीय राइफलम्यान कुलवीर थापा बाँच्न सफल भएका थिए । त्यसपछि घाइते अवस्थामै उनी पीडितको उद्धारमा खटिएका थिए । युद्धका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बेलायती महारानीले उनलाई भिक्टोरिया क्रसले सम्मान गरेकी थिइन् ।

    निर्देशक शाहीको लेखनमा बनेको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ हुन् भने मधु गुरुङ र प्रयास गुरुङ निर्माता हुन् ।

  • तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने

    तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने

    काठमाडौं । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।

    नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।

    यसअघि दुई पटक क्रमशः फागुन ४ र चैत ६ गते नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक सम्पन्न भयो । त्यतिखेर मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाह सुझाव मागेका थिए ।

    मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।


    बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा थिए । चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अन्य अधिकारी सहभागी थिए ।

  • तुँवालो बुधबार सम्मै रहने

    तुँवालो बुधबार सम्मै रहने

    काठमाडौं । केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ । ‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भने –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल हुन्छ ।

    हावाहुरी चल्ने र पानी पर्ने सम्भावना रहन्छ ।’ पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने यो प्रणालीको प्रभाव देशका धेरै ठाउँमा पर्ने सम्भावना छ । पश्चिमका केही ठाउँमा पानी पनि पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् । केही दिनदेखि वर्षा नहुँदा आगलागी र डढेलोका घटना बढेका छन् । यसले गर्दा वायु प्रदूषण बढेको छ । प्रदूषणका कारण तुवाँलो लाग्दै आएको छ ।

  • आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

    आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

    काठमाडौं । हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् ।

    साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।

    सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता ९पीपीए०, नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

    साथै सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन पनि गरिने इपानका अध्यक्ष एवम् सम्मेलन संयोजक आशिष गर्गले जानकारी दिए ।


    उनका अनुसार सम्मेलनमा विद्युत्को लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुनेछ । सम्मेलनका क्रममा लगानी बोर्ड नेपाल तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजना प्रदर्शन गर्ने जनाइएको छ । सम्मेलनको संरक्षक ऊर्जा मन्त्रालय र सह–आयोजक लगानी बोर्ड छ । इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुंगा साबित अपेक्षा गरेको छ ।

  • एसिया कप छनोट आजबाट, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

    एसिया कप छनोट आजबाट, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
    मूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।

    झण्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रुपमा तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले टीयू र मूलपानी दुवै मैदानलाई तयार पारेको छ । यस्तै मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिमलाई प्रिमियर कपका लागि तयार पारेका छन् । अघिल्लो महिना घरेलु मैदान क्रिकेट विश्वकप लिग टु खेलेकै टिमलाई उनले निरन्तरता दिएका छन् । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली तयार छ ।

    लिग टुमा पछिल्लो १२ खेलमा सानदार प्रदर्शन गरेको नेपाली टोली उत्कृष्ट लयमा छ । मलेसिया विरुद्ध पहिलो खेल खेल्दै नेपालले एसिया कपमा पुग्ने अभियानको सुरुवात गर्नेछ । यस प्रतियोगिताको विजेता सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्न पाउने भएकाले पनि अझै विशेष छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले निकै उत्साहित छन् ।

  • विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल

    विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल

    काठमाडौं । विदेशमा बसेका नेपालीहरुलाई लक्षित गरी मुलुकलाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्ने प्रयास स्वरुप एक हाइब्रिड (व्यक्तिगत उपस्थिति र प्रविधिमार्फत भेला) कार्यक्रम सम्पन्न भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावास र विश्व बैंक ग्रुपको नेपालस्थित कार्यालयले संयुक्त रुपमा आइतबार ‘कनेक्टिङ नेपाल विथ द ग्लोबल डिजिटल इकोनोमी’ (नेपाललाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्दै) शीर्षकमा कार्यक्रम गरेका हुन् ।

    नेपालको व्यवसायमा डिजिटल र प्रविधि क्षेत्रसम्बन्धी कम्पनीहरु बढिरहेको अवस्थालाई मध्यनजर गरेर त्यस विषयमा छलफल गरिएको हो । कार्यक्रमको सुरुआतमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकामा रहेका र नेपालमा रहेका प्राविधिक कम्पनीका माथिल्लो तहमा काम गर्ने पदाधिकारीहरुलाई दुई महत्त्वपूर्ण प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । ‘तपाईँहरुलाई बोल्नको लागि हामीले ६ प्रश्नहरु पठाएका छौं । त्यसमा ४ प्रश्नहरुको उत्तर तपाईँ दिन वा नदिन पनि सक्नु हुन्छ । तर दुई प्रश्नको भने तपाईँहरुले उत्तर दिनु होला,’ राजदूत खत्रीले भने ।

    दुई प्रश्नहरुमध्ये ‘सन् २०३० सम्ममा डिजिटल नेपाल कस्तो देख्नु हुन्छ ? र आगामी दुई वर्षमा आफू कार्यरत कम्पनीले नेपालको लागि के गर्न सक्छ ? भन्ने थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार डिजिटल क्षेत्रको विकासमा लागिपरेको बताइन् । उनले त्यसको लागि आवश्यक सूचना तथा प्रविधि विधेयकहरु यही संसदमा पेस गर्ने बताइन् । उनले भनिन्,‘ त्यसको लागि आवश्यक गृहकार्य पनि मन्त्रालयले गरिरहेको छ ।’

    यस क्रममा अर्थमन्त्री प्रकाश शरण महतले सूचना प्रविधिमा नेपालमा धेरै रुपान्तरण भइरहेको बताएका थिए । उनले यो कार्यक्रमले डायस्पोरासँग जोड्ने उल्लेख गर्दै ठूला संख्यामा विदेशमा रहेका नेपालीहरुले देशको सूचना प्रविधि क्षेत्रमा सहयोग गर्ने आशा व्यक्त गरे । ‘हाम्रो डिजिटल अर्थतन्त्र अब बढ्नुपर्छ । सरकारले नेपालमा लगानीको वातावरणलाई सहज बनाएको छ,’ उनले भने । कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव तोयम राय, विश्व बैंकका नेपाल प्रमुख फरिस हदाद जेर्भोस लगायतले आफ्नो भनाइ राखेका थिए ।

  • आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

    आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ ।

    निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ । यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

    तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ ।

    उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए । पर्यटन प्रवद्र्धन र सन्तुलित हवाइ बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ ।

  • महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

    महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

    काठमाडौं । प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए।

    कार्यक्रममा आएका धेरै मानिसले शरीरमा पानीको कमी भएको र अन्य गर्मीसँग सम्बन्धित समस्याबारे जानकारी गराएका थिए। भारतमा सबैभन्दा गर्मी हुने अप्रिल महिनामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बाहिर ननिस्किन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्। वित्तीय केन्द्र मुम्बई नजिकैको सहर नवी मुम्बईमा कार्यक्रम आयोजना भएको थियो जहाँ आइतवार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस थियो।

    घटनास्थलका तस्बिरहरूमा हजारौँ मानिस चर्को घाममा चउरमा बसिरहेका देखिन्छन्। त्यहाँ कुनै छाना वा ओतको प्रयोग भएको देखिँदैन। अधिकारीहरूले सञ्चारमाध्यमलाई बताए अनुसार कार्यक्रम स्थलमा खाजाको व्यवस्था गरिएको थियो र चिकित्सकीय सहायता प्रदान गर्न बुथहरू स्थापना गरिएको थियो। तर विपक्षी दलहरूले भने कार्यक्रम अव्यवस्थित भएको आरोप लगाएका छन्। उनीहरूले वर्षको यो समयमा कार्यक्रम आयोजना गर्न नहुने बताएका छन्।

    खारघर इन्टरन्याश्नल कर्पोरेट पार्क भनिने मैदानमा अप्पासाहेब धर्माधिकारी भनेर चिनिने समाजसेवी दत्तात्रय नारायण धर्माधिकारीलाई पुरस्कार प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा भारतका गृहमन्त्री अमित शाह र राज्यको सत्तारुढ भारतीय जनता पार्टी ९बीजेपी०का नेताहरू लगायत शीर्ष राजनीतिकर्मीको उपस्थिति थियो।

    स्थानीय सञ्चारमाध्यमले उक्त कार्यक्रममा लाखौँ मानिस सहभागी भएको र तीन घण्टाभन्दा बढी सञ्चालन भएको उल्लेख गरेको छ। त्यहाँ आएका धेरैले शरीरमा पानीको कमी भएको, रक्तचाप बढेको र थकान महसुस भएको गुनासो गरेका थिए। त्यस्तै करिब दुई दर्जन मानिसलाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ।


    महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले ‘अप्रत्याशित र पीडादायीू घटना घटेको बताए र प्रत्येक मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरे। उनले कार्यक्रममा उपस्थित बिरामीहरूको सरकारले निःशुल्क उपचार गर्ने बताए। विपक्षी दलका नेताहरूले सरकारले जनताको ज्यान जोखिममा पारेको आरोप लगाएका छन्। पूर्व मुख्यमन्त्री उद्धव ठाकरेले घटनालाई उचित ढङ्गले आयोजना नगरिएको र घटनाको छानबिन गर्न आह्वान गरेका छन्।

    कांग्रेसका प्रवक्ता अतुल लोन्धे पाटिलले राज्य सरकारमाथि लापरबाही गरेको आरोप लगाए र अप्रिल महिनामा कार्यक्रम आयोजना गरेको कारण मानिसहरूले ज्यान गुमाएको बताए। सन् १९०१ पहिलो पटक भारतमा पहिलो पटक फेब्रुअरी महिनामा सर्वाधिक उच्च तापमान कायम भएको छ।

    कांग्रेसका प्रवक्ता अतुल लोन्धे पाटिलले राज्य सरकारमाथि लापरबाही गरेको आरोप लगाए र अप्रिल महिनामा कार्यक्रम आयोजना गरेको कारण मानिसहरूले ज्यान गुमाएको बताए। भारतमा यो वर्ष फेब्रुअरीमा सन् १९०१ उच्च तापमान भएको ‍ रदेशको मौसम विभागले मार्च र मे बीचमा गर्मीको लहर बढ्ने सम्भावना पनि पूर्वानुमान गरेको छ।

  • सूर्यग्रहण नेपालबाट नदेखिने

    सूर्यग्रहण नेपालबाट नदेखिने

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

    यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन। कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

  • नेपालमा थप १०४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा थप १०४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७१ जनाको पीसीआर परीक्षण गर्दा ६३ जना र १०६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार २४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८९ हजार ८३९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

  • रवि भन्छन्– ‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’

    रवि भन्छन्– ‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको विषयलाई लिएर स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापाको स्वास्थ्यमा सुधार आइरहेको समेत जनाकारी दिएका छन् ।

    उनले भनेका छन् -‘आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । CMS ( पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु ।

    मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।

    चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए ।

    टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

  • रवि लामिछानेका निजी चालक थापा भेन्टिलेटरमा

    रवि लामिछानेका निजी चालक थापा भेन्टिलेटरमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए ।

    छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ ।

    चितवन प्रहरीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ।

    प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ। उनीहरूले रक्सी खाएका थिए कि थिएनन् जानकारीको लागि रगत परीक्षण गर्ने तयारी थालिएको प्रहरीले जनाएको छ ।

  • संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

    संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

    काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को डाकेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

    सोमबार बिहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति गरेका हुन्।

    सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच यो सहमति भएको हो । अब प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको हो ।

    ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्ने हुन्छ -जसमा प्रतिपक्ष दलको नेता पनि सदस्य हुन्छ), संवैधानिक परिषद्को बैठक राखेर सिफारिस गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएको छ,’ बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेता मानननीय केपी शर्मा ओलीले हुन्छ भन्नुभएको छ ।’

  • सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

    सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक, निजी पूर्वाधान निर्माण, मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन दिर्देशन दिएको हो । महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउने भनेको छ ।

    सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत महानगरले अनुरोध गरेको छ । यस्तो निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले बताएको छ । यदि सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवान गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

  • रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । स्थानयि संचारमाध्यमहरुका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

    प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

  • भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

    काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनी धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे ।

    सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाऊ विश्वविद्यालयको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको समापन समारोहमा प्रमुख वक्ताका रूपमा चौथाइवालेले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद आरजु देउवाको समेत उपस्थिति हुने आयोजकले जनाएको छ ।

  • अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

    अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

    काठमाडौं । अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ ।

    घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गरेका छन् । कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।

  • काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

    काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

    काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।

    महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ। सोमबार दिउँसो देशका पहाडी भ-(भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।

    देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ । राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

  • दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

    दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

    काठमाडौं । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका(८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

    गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताएका छन् ।

  • एमाले अध्यक्ष ओली अस्वस्थ्य

    एमाले अध्यक्ष ओली अस्वस्थ्य

    काठमाडौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।”

    आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गरेका छन् ।

    “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भनेका छन्, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु।”

    अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेखेका छन्, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

  • भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

    भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

    काठमाडौं । भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ। अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा तीन जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’मा राखेका छन्। विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन्।

    अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ। उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए। अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए। भिडिओमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ। स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो।

    सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ। क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, “उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ।” पत्रकारको भेषमा आएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन्। शनिवार रातिको उक्त घटनापछि मूख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन्।


    अहमदले हत्या र आक्रमणको अभियोग खेपिरहेको उत्तरप्रदेशको प्रयागराजमा प्रहरी हिरासतमा रहेका उनी र उनका भाइलाई ल्याइएको थियो। दुवै जना गएको एप्रिलमा महिनामा फेब्रुएरीमा हत्या गरिएका उमेश पालको मुद्दासँग जोडेर पक्राउ परेका थिए।

    सन् २००५ मा बहुजन समाज पार्टीका सांसद राजु पालको हत्या गरिएको घटनामा उमेश मुख्य प्रत्यक्षदर्शी थिए। अहमदलाई सन् २०१९ मा अपहरणमा दोषी पाइएपछि जेलमा थुनिएको थियो। हत्या आरोपमा खोजी गरिएका अतिक अहमदका छोरा असद र अर्का व्यक्ति अघिल्लो हप्ता प्रहरीसँगको झडपमा मारिएको भनिएको थियो।

    अघिल्लो महिना भारतको सर्वोच्च अदालतले अहमदको याचिकामा सुनुवाइ गर्न अस्वीकार गरेको थियो। त्यसमा उनले प्रहरीबाट आफ्नो ज्यान जोखिम रहेको बताएका थिए। उत्तर प्रदेशमा हिन्दु राष्ट्रवादी बीजेपी दलले शासन गरिरहेको छ र विपक्षी दलहरूले उक्त हत्या सुरक्षा लापरबाहीका कारण भएको टिप्पणी गरेका छन्। “यूपीमा अपराध शिखरमा पुगेको छ र अपराधीहरूको मनोबल उच्च छ,” विपक्षी समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले लेखेका छन्।

    उनले प्रहरीको सुरक्षा घेरा भित्र गोली हानेर कसैको ज्यान लिन सकिने अवस्थाले सर्वसाधारणको सुरक्षामा प्रश्न खडा गरेको सङ्केत गरेका छन्। उक्त घटनाले भयको वातावरण उत्पन्न गराएको भन्दै उनले केही व्यक्तिहरू योजनाबद्ध रूपमा नै त्यसो गर्न लागिपरेको हुनसक्ने बताए। पछिल्लो ६ वर्षमा उक्त राज्यमा विभिन्न अभियोग खेपिरहेका १८० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। अधिकारवादीहरूले गैर न्यायिक हत्यामा प्रहरी संलग्न रहेको आरोप लगाए पनि राज्यका अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

  • नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

    नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

    काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् ।

    कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी दिए । उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने बाटो खुलेको छ । अहिले नेपालमा पाइलट उत्पादन गर्ने संस्था छैनन् । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् ।

  • राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

    राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेको राष्ट्रपति कार्यालय स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात् २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने स्रोतको भनाइ छ । राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुनेछ । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।

  • आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

    आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । उनले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

    साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।

    तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

    प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा पनि दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

    परराष्ट्रबाहेक अझै प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी छ । बाँकी मन्त्रीको टुंगो भने सम्भवतः वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने आकलन छ ।

  • चीनलाई बाँदर बेचियोस्, कि मार्ने अनुमति दिइयोस्

    चीनलाई बाँदर बेचियोस्, कि मार्ने अनुमति दिइयोस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले श्रीलंकाले जस्तै आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् या त बाँदर मार्ने अनुमति दिइयोस् भन्ने माग गरे ।

    ‘देशमा बाँदर आतंक छ’ खतिवडाले भनेका छन्, ‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयोस् ।’

  • ‘संसदमा सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गरौं’

    ‘संसदमा सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गरौं’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गणपूूरक संख्या नपुगेर संसद् बैठक रोकिएकोमा आपत्ति जनाएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्‌मा हाजिर गर्ने र छोडेर जानेको संख्या बढ्ने बताए ।

    ‘गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ मान्य हुनुहुन्थ्यो । बेलुका जम्मा ६१ जनामात्र । यसलाई बोलिचालीको भाषामा हाटा भन्दो रहेछ,” उनले भने, “एक पटक होइन दुुई पटक गणपूूरक संख्या नपुगेर बैठक स्थगन भएको छ । यसले समाजलाई कस्तो सन्देश दिन्छ ।’

  • जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

    जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

    काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा आक्रमण भएको छ । यद्दपी उनको प्रअरीले सुरक्षित उद्धार गरेको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको बीबीसीले जनाएको छ ।

    घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन्। जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो। किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्याँकिएको थियो।

    अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो। त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए। उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो। देशको पश्चिमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो। टेलिभिजन फूटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ।

    एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो वस्तु प्रहार गरिएको जनाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमले शनिवारका लागि पूर्वनिर्धारित आफ्ना कार्यक्रमहरूलाई किशिदाले निरन्तरता दिने जनाएका छन्।

    घटनास्थलमा रहेकी एक जना महिलाले एनएचकेसँग भनिन्, “म स्तब्ध भएँ। मेरो मुटु अझै पनि तीब्र गतिमा धुकधुक गरिरहेको छ।” अर्का व्यक्तिले एउटा वस्तु हावामा उडिरहेको देखेको बताउँदै त्यसबाट आफूलाई ‘डर लागेको र आफू एकदमै चाँडै दौडिएको’ बताए। “त्यसपछि हामीले एकदमै ठूलो आवाज सुन्यौँ। त्यसले गर्दा मेरी छोरी रोइन्।”

    अर्का प्रत्यक्षदर्शीले विस्फोटक सामग्री प्रहार गरिएको भनेर कसैले भनेपछि त्यो पड्किनुअघि नै मानिसहरू डरले तितरबितर भएको जनाए। किशिदाको दल लिबरल डेमोक्र्याटिक पार्टीका नेता हिरोसी मोरियामाले चुनावी अभियानको बीचमा यस्तो हुनु खेदजनक भएको बताए। उनले भने, “यो माफी दिन नसकिने जघन्य अपराध हो।” जापानमा हिंसात्मक हमलाहरूलाई दुर्लभ मानिन्छ। अघिल्लो वर्ष चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेको हत्या गरिएपछि राजनीतिज्ञहरूको सुरक्षालाई लिएर त्यहाँ चिन्ताहरू देखिएको छ।

  • सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

    सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

    काठमाडौं । सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आर.एस.एफं) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ । हिजो बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

    अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको खबरमा उल्लेख छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ ।

    सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । आर.एस.एफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ । परिषद्को प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ ।

    नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर.एस.एफ.लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ । आर।एस।एफ। ले समायोजन १० वर्ष पछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ ।

  • बैतडीमा एक युवकको हत्या

    बैतडीमा एक युवकको हत्या

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।