Category: समाचार

  • रवि लामिछानेका निजी चालक थापा भेन्टिलेटरमा

    रवि लामिछानेका निजी चालक थापा भेन्टिलेटरमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए ।

    छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ ।

    चितवन प्रहरीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ।

    प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ। उनीहरूले रक्सी खाएका थिए कि थिएनन् जानकारीको लागि रगत परीक्षण गर्ने तयारी थालिएको प्रहरीले जनाएको छ ।

  • संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

    संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

    काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को डाकेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

    सोमबार बिहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति गरेका हुन्।

    सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच यो सहमति भएको हो । अब प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको हो ।

    ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्ने हुन्छ -जसमा प्रतिपक्ष दलको नेता पनि सदस्य हुन्छ), संवैधानिक परिषद्को बैठक राखेर सिफारिस गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएको छ,’ बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेता मानननीय केपी शर्मा ओलीले हुन्छ भन्नुभएको छ ।’

  • सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

    सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक, निजी पूर्वाधान निर्माण, मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन दिर्देशन दिएको हो । महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउने भनेको छ ।

    सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत महानगरले अनुरोध गरेको छ । यस्तो निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले बताएको छ । यदि सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवान गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

  • रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । स्थानयि संचारमाध्यमहरुका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

    प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

  • भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

    काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनी धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे ।

    सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाऊ विश्वविद्यालयको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको समापन समारोहमा प्रमुख वक्ताका रूपमा चौथाइवालेले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद आरजु देउवाको समेत उपस्थिति हुने आयोजकले जनाएको छ ।

  • अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

    अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

    काठमाडौं । अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ ।

    घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गरेका छन् । कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।

  • काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

    काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

    काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।

    महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राती भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ। सोमबार दिउँसो देशका पहाडी भ-(भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ।

    देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भु-भागका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ । राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

  • दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

    दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

    काठमाडौं । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका(८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

    गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताएका छन् ।

  • एमाले अध्यक्ष ओली अस्वस्थ्य

    एमाले अध्यक्ष ओली अस्वस्थ्य

    काठमाडौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।”

    आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गरेका छन् ।

    “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भनेका छन्, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु।”

    अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेखेका छन्, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

  • भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

    भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

    काठमाडौं । भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ। अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा तीन जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा लिइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका सुरक्षा निकायलाई ‘उच्च सतर्कता’मा राखेका छन्। विपक्षी नेताहरूले सुरक्षामा भएको उक्त लापरबाहीले कानुनी शासनमाथि प्रश्न खडा गरेको टिप्पणी गरिरहेका छन्।

    अपहरणमा दोषी ठहर गरिएका अतिक अहमदमाथि हत्या र आक्रमणहरू गरेका अभियोग छ। उनले नौ वर्षअघि सांसद पदबाट राजीनामा दिएका थिए। अहमदका छोरालाई केही दिनअघि प्रहरीले गोली हानी हत्या गरिदिएका थिए। भिडिओमा अहमद र उनका भाइ असरफले हतकडी लगाएको र उक्त घटना हुनु केही सेकेन्डअघि पत्रकारहरूसँग बोलिरहेको देख्न सकिन्छ। स्वास्थ्य जाँचका लागि अस्पतालमा लगिएको समयमा पत्रकारहरूसँग कुरा गरिरहँदा उनीहरूमाथि गोली प्रहार गरिएको थियो।

    सामाजिक सञ्जाल र टेलिभिजन च्यानलहरूमा व्यापक रूपमा साझा भइरहेको फुटेजमा अहमदलाई छोराको अन्तिम संस्कारमा सहभागी भए या नभएकोबारे सोधिएको छ। क्यामेरामा उनले बोलेका अन्तिम शब्दहरू थिए, “उनीहरूले हामीलाई लगेनन् त्यही भएर हामी गएनौँ।” पत्रकारको भेषमा आएका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पत्रकारको भेषमा आएका भनिएका तीन सन्दिग्ध हमलाकारीहरू घटनास्थलमा मोटरसाइकल चढेर पुगेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्का एक पत्रकार र एक जना प्रहरी घाइते भएका छन्। शनिवार रातिको उक्त घटनापछि मूख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको आदेश दिँदै उत्तर प्रदेशका जिल्लाहरूमा ठूला भीडहरूमाथि प्रतिबन्ध लगाएका छन्।


    अहमदले हत्या र आक्रमणको अभियोग खेपिरहेको उत्तरप्रदेशको प्रयागराजमा प्रहरी हिरासतमा रहेका उनी र उनका भाइलाई ल्याइएको थियो। दुवै जना गएको एप्रिलमा महिनामा फेब्रुएरीमा हत्या गरिएका उमेश पालको मुद्दासँग जोडेर पक्राउ परेका थिए।

    सन् २००५ मा बहुजन समाज पार्टीका सांसद राजु पालको हत्या गरिएको घटनामा उमेश मुख्य प्रत्यक्षदर्शी थिए। अहमदलाई सन् २०१९ मा अपहरणमा दोषी पाइएपछि जेलमा थुनिएको थियो। हत्या आरोपमा खोजी गरिएका अतिक अहमदका छोरा असद र अर्का व्यक्ति अघिल्लो हप्ता प्रहरीसँगको झडपमा मारिएको भनिएको थियो।

    अघिल्लो महिना भारतको सर्वोच्च अदालतले अहमदको याचिकामा सुनुवाइ गर्न अस्वीकार गरेको थियो। त्यसमा उनले प्रहरीबाट आफ्नो ज्यान जोखिम रहेको बताएका थिए। उत्तर प्रदेशमा हिन्दु राष्ट्रवादी बीजेपी दलले शासन गरिरहेको छ र विपक्षी दलहरूले उक्त हत्या सुरक्षा लापरबाहीका कारण भएको टिप्पणी गरेका छन्। “यूपीमा अपराध शिखरमा पुगेको छ र अपराधीहरूको मनोबल उच्च छ,” विपक्षी समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले लेखेका छन्।

    उनले प्रहरीको सुरक्षा घेरा भित्र गोली हानेर कसैको ज्यान लिन सकिने अवस्थाले सर्वसाधारणको सुरक्षामा प्रश्न खडा गरेको सङ्केत गरेका छन्। उक्त घटनाले भयको वातावरण उत्पन्न गराएको भन्दै उनले केही व्यक्तिहरू योजनाबद्ध रूपमा नै त्यसो गर्न लागिपरेको हुनसक्ने बताए। पछिल्लो ६ वर्षमा उक्त राज्यमा विभिन्न अभियोग खेपिरहेका १८० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। अधिकारवादीहरूले गैर न्यायिक हत्यामा प्रहरी संलग्न रहेको आरोप लगाए पनि राज्यका अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

  • नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

    नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

    काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् ।

    कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी दिए । उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने बाटो खुलेको छ । अहिले नेपालमा पाइलट उत्पादन गर्ने संस्था छैनन् । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् ।

  • राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

    राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेको राष्ट्रपति कार्यालय स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात् २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने स्रोतको भनाइ छ । राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुनेछ । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।

  • आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

    आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । उनले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

    साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।

    तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

    प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा पनि दाहालले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

    परराष्ट्रबाहेक अझै प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी छ । बाँकी मन्त्रीको टुंगो भने सम्भवतः वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने आकलन छ ।

  • चीनलाई बाँदर बेचियोस्, कि मार्ने अनुमति दिइयोस्

    चीनलाई बाँदर बेचियोस्, कि मार्ने अनुमति दिइयोस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले श्रीलंकाले जस्तै आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् या त बाँदर मार्ने अनुमति दिइयोस् भन्ने माग गरे ।

    ‘देशमा बाँदर आतंक छ’ खतिवडाले भनेका छन्, ‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयोस् ।’

  • ‘संसदमा सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गरौं’

    ‘संसदमा सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गरौं’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गणपूूरक संख्या नपुगेर संसद् बैठक रोकिएकोमा आपत्ति जनाएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्‌मा हाजिर गर्ने र छोडेर जानेको संख्या बढ्ने बताए ।

    ‘गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ मान्य हुनुहुन्थ्यो । बेलुका जम्मा ६१ जनामात्र । यसलाई बोलिचालीको भाषामा हाटा भन्दो रहेछ,” उनले भने, “एक पटक होइन दुुई पटक गणपूूरक संख्या नपुगेर बैठक स्थगन भएको छ । यसले समाजलाई कस्तो सन्देश दिन्छ ।’

  • जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

    जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

    काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा आक्रमण भएको छ । यद्दपी उनको प्रअरीले सुरक्षित उद्धार गरेको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको बीबीसीले जनाएको छ ।

    घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन्। जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो। किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्याँकिएको थियो।

    अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो। त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए। उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो। देशको पश्चिमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो। टेलिभिजन फूटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ।

    एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो वस्तु प्रहार गरिएको जनाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमले शनिवारका लागि पूर्वनिर्धारित आफ्ना कार्यक्रमहरूलाई किशिदाले निरन्तरता दिने जनाएका छन्।

    घटनास्थलमा रहेकी एक जना महिलाले एनएचकेसँग भनिन्, “म स्तब्ध भएँ। मेरो मुटु अझै पनि तीब्र गतिमा धुकधुक गरिरहेको छ।” अर्का व्यक्तिले एउटा वस्तु हावामा उडिरहेको देखेको बताउँदै त्यसबाट आफूलाई ‘डर लागेको र आफू एकदमै चाँडै दौडिएको’ बताए। “त्यसपछि हामीले एकदमै ठूलो आवाज सुन्यौँ। त्यसले गर्दा मेरी छोरी रोइन्।”

    अर्का प्रत्यक्षदर्शीले विस्फोटक सामग्री प्रहार गरिएको भनेर कसैले भनेपछि त्यो पड्किनुअघि नै मानिसहरू डरले तितरबितर भएको जनाए। किशिदाको दल लिबरल डेमोक्र्याटिक पार्टीका नेता हिरोसी मोरियामाले चुनावी अभियानको बीचमा यस्तो हुनु खेदजनक भएको बताए। उनले भने, “यो माफी दिन नसकिने जघन्य अपराध हो।” जापानमा हिंसात्मक हमलाहरूलाई दुर्लभ मानिन्छ। अघिल्लो वर्ष चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेको हत्या गरिएपछि राजनीतिज्ञहरूको सुरक्षालाई लिएर त्यहाँ चिन्ताहरू देखिएको छ।

  • सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

    सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

    काठमाडौं । सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आर.एस.एफं) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ । हिजो बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

    अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको खबरमा उल्लेख छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ ।

    सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् । आर.एस.एफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ । परिषद्को प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ ।

    नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर.एस.एफ.लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ । आर।एस।एफ। ले समायोजन १० वर्ष पछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ ।

  • बैतडीमा एक युवकको हत्या

    बैतडीमा एक युवकको हत्या

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

  • २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

    २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

    काठमाडौं । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले शनिबार जिब्रो छेडेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

    सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।

    विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।


    नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।

    जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुन्छ । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

    किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा सुरु भएको हो ।

    जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।

  • आज मन्त्रिपरिषद् बिस्तार हुँदै

    आज मन्त्रिपरिषद् बिस्तार हुँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए ।

    आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

  • सुडानमा चर्कियो युद्ध

    सुडानमा चर्कियो युद्ध

    काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ चलिरहेको छ । अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरेको छ । सेनाले भने त्यसलाई अस्वीकार गरेको छ र आफ्नो वायुसेनाले आरएसएफको शिविरहरुमा आक्रमण गरिरहेको छ ।

    सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दुल्लाहलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले भनेको छ, ‘र्‍यापिड सपोर्ट फोर्सका लडाकूहरुले खार्तुम र आसपासका क्षेत्रका सैन्य शिविरमा आक्रमण गरेका छन् ।’ उनले अगाडि भनेका छन्, ‘लडाइँ जारी छ र सेनाले देशको सुरक्षाका लागि आफ्नो कर्तव्य पालना गरिरहेको छ ।’

    समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीलाई उधृत गर्दै बताएअनुसार उत्तरी शहर मेरोवेमा पनि गोलाबारी भएको छ । अल अरबिया टिभीले पनि त्यहाँ रहेको एक सैन्य शिविरबाट धुँवा आएको तस्वीर प्रसारण गरेको छ ।


    अक्टोबर २०२१ को बिद्रोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ । परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।

    नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ । सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले यो समयलाई १० वर्षसम्म राख्न चाहेको छ ।

    यही विवादका क्रममा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न आफू तयार रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।

  • रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

    रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ ।

    विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

    प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको उनले बताए ।

  • कस्तो रहनेछ अबको मौसम ?

    कस्तो रहनेछ अबको मौसम ?

    काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन सुरक्षा अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न

    केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न

    काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकमा निर्माण भएका भ्यु टावर र सभाहल सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितता अध्ययन नभएको जनाएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा ललितपुरको गोदावरी र बुटवलमा बनाइएको सभाहल र दमकमा बनाइएको भ्यु टावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख गरिएको हो ।

    प्रधानमन्त्री भएकै बेला केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा १८ तले भ्यु टावर बनाउन सुरु गरेका थिए । निर्माणाधीन टावरको पश्चिममा छ टुकुरे सुकुम्बासी बस्ती । राज्य कोषको डेढ अर्बभन्दा बढी लागतमा भ्यु टावर सम्पन्न भएपछि १८ तलामाथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो । वि।सं। २०२२ देखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन छन् ।


    दमक नगरपालिकाको दापगाछीमा रहेको ५ बिघा जमिनमा ७२ मिटर उचाइको १८ तले भ्यु टावर निर्माणाधीन रहेको छ । महालेखाको प्रतिवेदनअनुसार अन्डरग्राउन्ड पार्किङसहितको सुविधा सम्पन्न भ्यु टावर निर्माण गर्न २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी २०७६ असार २७ मा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएकाले २०८० असार २७ सम्म म्याद थप भएको छ ।

    उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म रू। १० करोड २७ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ । महालेखाले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको जनाएको छ।

    मुख्य कार्यमध्ये १६ औँ तल्लासम्मको सुपरस्ट्रक्चरको कार्य सम्पन्न भई १७ औं र १८ औं तल्लाको कार्य बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख छ। भ्यु टावरहरू बनाउँदा त्यसको लगानीको प्रतिफल सुनिश्चित हुन्छरहुँदैन भनेर हेरिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । ुभ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्दछ,ु प्रतिवेदनमा भनिएको छ ।

    त्यस्तै ललितपुरको गोदावरीमा ८० करोड २७ लाख १६ हजार रुपैयाँ खर्चेर ३ हजार सिट क्षमताको सभाहल बनाइए पनि संरचनाहरूको सुरक्षा ध्यान नदिइएको र जग्गा अतिक्रमणसमेत भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ुसभाहल निर्माण गर्न १४३ रोपनी १ आना ३ पैसा जग्गा उपलब्ध गराउने निर्णय भएकोमा ४३ रोपनी जग्गामा सभाहल निर्माण भएको र बाँकी जग्गा अतिक्रमण भई घर टहरा निर्माण भएको देखिन्छ,ु प्रतिवेदनमा उल्लेख छ ।

    सभाहल सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले प्राप्त गरी यो वर्ष ४९ लाख २८ हजार आम्दानी गरेको पनि प्रतिवेदनमा उल्लेख छ । उक्त भवनमा क्यान्टिन, सुरक्षा गार्ड बस्ने भवनहरूको निर्माण नगरेको, मुख्यद्वारमा पोर्चको निर्माण नगरिएको कारण सेवाग्राहीलाई हल प्रवेशमा असहज भएको, छानोबाट पानी चुहिएको, फल्स सिलिङ्ग भत्किएको लगायतका समस्या देखिएको पनि महालेखाले औंल्याएको छ ।

    त्यस्तै बुटवलमा ९६ करोड ४० लाख खर्चेर १ हजार ७० जना अट्ने हल बनाइए पनि सञ्चालनका लागि आवश्यक वयवस्था नगरिएको प्रतिवेदनमा उल्लेख छ । ुसभाहल निर्माण, सञ्चालन, हस्तान्तरण एवं व्यावसायिक दिगोपनासम्बन्धी कार्यविधि एवं योजना तर्जुमा गरी सभाहलको पूर्ण रूपमा उपयोग हुने व्यवस्था हुनुपर्दछ,ु प्रतिवेदनमा भनिएको छ ।

    महालेखाको प्रतिवेदनअनुसार करिब १८ अर्ब १६ करोड रुपैयाँ रकम खर्चेर मुलुकका विभिन्न स्थानमा सभाहलहरू निर्माण भइरहेका छन् । सघन सहरी तथा भवन निर्माण विभागबाट प्राप्त विवरणअनुसार ७ प्रदेशमा ४३ वटा सभा हल निर्माण गर्ने योजना रहेकोमा ११ बनिसकेको र १८ निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै १४ वटा सभा हलका लागि जग्गा प्राप्ति भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार २९ वटा हलका लागि १८ अर्ब १६ करोड १० लाख लागत अनुमान रहेकोमा ०७८र७९ सम्म ९ अर्ब ८३ करोड ३३ लाख खर्च भइसकेको छ ।

  • उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक

    उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन।

    हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उनले छिट्टै नै स्वदेश फर्किने पनि बताएका छन्। ‘छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु,’ उनले भने, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।

    बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा गत फागुन ३ गते गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो। सांसद भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि मुम्बई लगिएको थियो।

  • सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान

    सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् । यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

    सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहतर छलफल हुनेछ । मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरु सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमा शंकरप्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल सहभागी छन् ।

  • १ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत

    १ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत

    काठमाडौं । बिहीबार बसेको लगानी बोर्डको ५३औं बैठकले विभिन्न पाँचवटा जलविद्युत आयोजनाका लागि एक खर्ब ६७ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार लगानी बोर्डको बैठक बसेको थियो।

    लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न बोर्ड बैठकद्वारा बिहीबार स्वीकृतमध्ये एक खर्ब ४६ अर्ब रूपैयाँ वैदेशिक र २१ अर्ब रूपैयाँ स्वदेशी लगानी हो। बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालका अनुसार लगानी बोर्डको बैठकले तल्लो अरूण जलविद्युत परियोजनाको मात्रै ९२ अर्ब ६८ करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो।

    भारतीय कम्पनी सतलज जलविद्युत निगमले बनाउन लागेको तल्लो अरूणमा परियोजना विकास सम्झौता (पिडिए) गर्न दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ। बोर्डको बैठकले एक सय दुई मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो मर्स्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड रूपैयाँ र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत परियोजनाका लागि २० अर्ब ३५ करोड रूपैयाँ बराबर लगानी स्वीकृत गरेको छ।

    त्यसैगरी ७०।३ मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत परियोजनाका लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत आयोजनाका लागि सात अर्ब ९३ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

    बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ। त्यस्तै ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णय भएको छ।

    डाबर नेपालको पुँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि बैठकले स्वीकृत गरेको छ। पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ। त्यस्तै बोर्डमा तमोर जलाशययुक्त जलविद्युत परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ।

  • त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट

    त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा रिजर्भ सिट राखिएको छ । यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न पाउने गरी सिट तोकिएको हो ।

    विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यसबारे जानकारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश यात्रामा जाने यात्रुले जहाज कुर्ने क्रममा यी सिटको प्रयोग गर्न सक्ने भएका छन् ।

  • सबल नेपाल निर्माणमा कट्टिवद्ध रहन राष्ट्रपतिको आह्वान

    सबल नेपाल निर्माणमा कट्टिवद्ध रहन राष्ट्रपतिको आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन् । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ ।

    नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ ।’

    आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ । उनले नयाँ वर्ष २०८० सालको आरम्भमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् ।

  • आज विक्रम सम्वतको पहिलो दिन, नयाँ वर्ष मनाईदै

    आज विक्रम सम्वतको पहिलो दिन, नयाँ वर्ष मनाईदै

    काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।

    नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
    नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

    सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

    विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

    विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।