काठमाडौं । स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको नियमित उडान सेवा बन्द हुने भएको छ। वायु सेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रबार सेवा बन्द गर्ने निर्णय गरेको हो । संघका अनुसार मानवीय उद्धार, सहायता र सरकारको निर्देशनबाहेक अन्य उडान सबै बन्द हुनेछ । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान… Continue reading वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने,अन्तर्राष्ट्रिय उडान अवतरण भने यथावत
Category: समाचार
मन्त्रिपरिषद्को निर्णय : चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख, घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो। ‘निर्वाचन सुरक्षामा खटिएको… Continue reading मन्त्रिपरिषद्को निर्णय : चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख, घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचन आयोगमाथि खनिए ओली: कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ कि हुँदैन् ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले पाँच दलीय गठबन्धनको ढाल बनेर काम गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गठबन्धनको बागी उम्मेदवारलाई रोक्नकै लागि एक दलको कार्यकर्ताले अर्को दलको प्रचार गर्न नपाइने प्रावधान ल्याएको बताएका हुन्। उनले दलभित्रको अनुशासनको विषय सम्बन्धित दलको विषय हुने बताउँदै निर्वाचन आयोगले… Continue reading निर्वाचन आयोगमाथि खनिए ओली: कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ कि हुँदैन् ?
ओलीको ६७ बुँदे अपील-‘कांग्रेस र माओवादीले जस्तो विश्वासघात गर्दैनौँ, देश र जनतालाई पिरोल्दैनौँ’ (पूर्णपाठ)
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले देश र जनतालाई पिरोलेको आरोप लगाएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले ती दुई दलले जस्तो जनतालाई नपिरोल्ने बताए । “हामी आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रहरूमा सरकारी, सहकारी र निजी क्षेत्रको लगानी… Continue reading ओलीको ६७ बुँदे अपील-‘कांग्रेस र माओवादीले जस्तो विश्वासघात गर्दैनौँ, देश र जनतालाई पिरोल्दैनौँ’ (पूर्णपाठ)
प्रचण्ड र देउवालाई जवाफ दिन एमाले अध्यक्ष ओली आज चितवन जाँदै
भरतपुर । नेकपा एमालेले आइतबारचितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्ने भएको छ । दुबै सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ । सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ… Continue reading प्रचण्ड र देउवालाई जवाफ दिन एमाले अध्यक्ष ओली आज चितवन जाँदै
मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने
काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएका छन् । मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। साकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग नगर्न भनिएको… Continue reading मतदान अधिकृतले सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नपाउने
कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेका छन् । उनले गत वर्ष आफैले राखेको कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले यसको पुष्टी गरेको छ । टोली शनिबारसाँझ ६ बजे चुचुरो पुगेको थियो ।… Continue reading कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा
सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा
काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यहाँ मेयर पदमा नेकपा समाजवादी पार्टीका धनराज आचार्य उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल… Continue reading सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र दाङमा
उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने
काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरि प्रचार प्रसार गरेमा कारवाही हुने र्भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको हो । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको… Continue reading उम्मेदवारले आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिन्ह प्रयोग गरी प्रचार गरे कारवाही हुने
मिलिजुली खान गठबन्धन बनाएका हुन् : ओली
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धन बनेको बताएका छन् । वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको उनको आरोप छ । शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भएको बताए… Continue reading मिलिजुली खान गठबन्धन बनाएका हुन् : ओली
गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा
बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनप्रति जनलहर देखेर विपक्षी दल आत्तिएको बताएका छन् । बुटवलमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गठबन्धनको तागतबाट डराएकाले विभिन्न भ्रम छरेको उनको आरोप छ । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्न सक्ने भन्दै उनले बुटवलमा… Continue reading गठबन्धनको जनलहर देखेर विपक्षी आत्तियो : प्रधानमन्त्री देउवा
निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम
काठमाडौं । ३० वैशाखमा तोकिएको निर्वाचनका दौरान भिडभाड बढ्दा नेपालमा महामारी फिर्ता हुने जोखिम बढेको छ । भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान समेत गरेको छ । कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले निरन्तर आह्वान गरिरहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक… Continue reading निर्वाचनको माहोलमा स्वास्थ्य सतर्कता अपनाउन नसके महामारी फिर्ता आउन सक्ने जोखिम
कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको नेपाली संचारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका छन् । बिहीबार आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने भन्दै अभिव्यक्ति दिएकी थिइन् । यो मतदाता र करदाताको गम्भीर अपमान भएको… Continue reading कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै
काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाने भएका छन् । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् । सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताहरूले पनि सम्बोधन गर्ने… Continue reading चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तनहुँ पुग्दै
जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै
काठमाडौं । स्थानीय तह निर्वाचनको प्रयोजनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । राससका अनुसार आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी… Continue reading जिल्लामा पुग्यो मतपत्र, अब स्थानीय तहमा पठाइँदै
बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले बताएका छन् । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको… Continue reading बाजुरामा समाजवादी र कांग्रेसका कार्यक्रताबीच झडप, प्रहरीले गर्यो हवाई फायर
आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ। बीबीसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले भारतमा… Continue reading आधिकारिक तथ्यांकको तुलनामा विश्वभर कोभिडले मृत्यु हुनेको संख्या तेब्बर बढी
‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ’-प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिर्जना सिंह र रेणु दाहाललाई कसैको छोरी कसैको श्रीमती भनेर अवमूल्यन गरिएको बताएका छन् । काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तः कुरा बताएका हुन् । हुन त भरतपुर र काठमाडौंको मेयरका बारेमा अनावश्यक टिकाटीप्पणी भइरहेका छन्। कसैलाई छोरीको रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार… Continue reading ‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ’-प्रचण्ड
‘जित्नु हार्नु ठुलो कुरा होइन, यो प्रतिगमनविरुद्धको गठबन्धन हो, प्रतिगमन बलियो छ’- चित्रबहादुर केसी
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई कमजोर नसोच्न आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध गठबन्धन बनेको भएपछि उनलाइृ कमजोर नठान्न आग्रह गरेका हुन् । ‘निर्वाचन एक हप्ता बांकी छ। हुन्न कि… Continue reading ‘जित्नु हार्नु ठुलो कुरा होइन, यो प्रतिगमनविरुद्धको गठबन्धन हो, प्रतिगमन बलियो छ’- चित्रबहादुर केसी
‘काठमाडौं शहरलाई मतदाताको शिर निहुरिन नदिने गरी व्यवस्थित बनाउँछु’-सिर्जना सिंह
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन्। गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै सिंहले काठमाडौँलाई बस्न लयक शहर बनाउने प्रतिबद्धता जनाएकी हुन्। सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत… Continue reading ‘काठमाडौं शहरलाई मतदाताको शिर निहुरिन नदिने गरी व्यवस्थित बनाउँछु’-सिर्जना सिंह
सर्वोच्चद्वारा पूर्वमन्त्री आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो। मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेश सदर गरेको हो। जिल्ला अदालत… Continue reading सर्वोच्चद्वारा पूर्वमन्त्री आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने
वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक… Continue reading वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान
मंगलबार मध्य रातदेखि निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिबाटै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई गरेको सिफारिस अनुसार वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म सीमा नाका गराई आवतजावत रोक्नु पर्ने उल्लेख छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित… Continue reading मंगलबार मध्य रातदेखि निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस
कांग्रेसको काठमाडौंमा चुनावी सभा आज
काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित गरि चुनावी सभा आयोजना गर्दैछ । दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। काठमाडौं महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म… Continue reading कांग्रेसको काठमाडौंमा चुनावी सभा आज
निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने
काठमाडौं । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनको मतदान हुने दिन निजी सवारी साधन चलाउन पास अनिवार्य गरिएको छ । निर्वाचन आयोगले पास नभई सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारसँग अनुरोध गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको… Continue reading निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने
स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम शुक्रबार सम्पन्न हुने भएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम पुरा भइसकेको छ । मतपत्र शुक्रबारसम्म सबै जिल्लामा पुग्ने भएको हो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि… Continue reading स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने
केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् । स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको… Continue reading केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण
‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ‘गठबन्धन आवश्यक भएकाले रेणुलाई भोट हाल्न बखेडा ननिकाल्न आग्रह गरेका हुन् । देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए । देउवाले भने,… Continue reading ‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा
प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘०७४ को निर्वाचनमा रुख वालाले हँसिया हथौडा भोट हाल्न गाह्रो… Continue reading प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’
प्रहरी महानिरीक्षक विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सिंहलाई काम गर्न बाटो खुला
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो। पोखरेलले बढुवाका… Continue reading प्रहरी महानिरीक्षक विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सिंहलाई काम गर्न बाटो खुला