Category: समाचार

  • ललितपुरमा जब जमिन भासियो…

    ललितपुरमा जब जमिन भासियो…

    काठमाडौं । ललितपुरको बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् ।

    घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको थियो । स्थानीय बासिन्दालाई गएराति नै सुरक्षित ठाउँमा सारिएको छ । घटनाको जानकारी लिएर जमिन भासिनुको कारणबारे प्राविधिकले अध्ययन थालेका पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन् ।

  • नाइजेरियामा नरसंहार, कम्तिमा ५० जनाको मृत्यु

    नाइजेरियामा नरसंहार, कम्तिमा ५० जनाको मृत्यु

    काठमाडौं । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौं व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । आक्रमण गर्ने गोठालाहरू रहेको त्यहाँका अधिकारीहरूको दाबी छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् ।

    घटनाबारे पुष्टि गर्दै बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले भने, ‘घटनामा ४६ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ ।’ उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको बताए । उनले भने, ‘त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।’ आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

    उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । साम्प्रदायिक हिंसा निर्वाचित राष्ट्रपति बोला तिनुबुले सामना गर्नुपरेको सुरक्षा चुनौतीमध्ये एक हो । सुरक्षा फौजले देशको उत्तरपश्चिममा १४ वर्ष लामो जिहादी द्वन्द्व र दक्षिणपूर्वमा पृथकतावादीहरूको आक्रमणसँग पनि जुधिरहेको छ । देशको उत्तरपश्चिम र मध्य भागमा अन्तरसाम्प्रदायिक हिंसा व्यापक अपराधमा परिणत भएको छ, जहाँ भारी सशस्त्र डाकु लडाकूहरूले गाउँहरूमा तोडफोड गर्छन् र फिरौतीको लागि सामूहिक अपहरण गर्छन् । ्

    रासस\एएफपी

  • मेयर बालेन सिंहदरबारसँग आक्रोसित, फोहोर नउठाउने घोषणा

    मेयर बालेन सिंहदरबारसँग आक्रोसित, फोहोर नउठाउने घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति आक्रोस व्यक्त गरेका छन् । आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

    शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

  • वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् ।

    वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिए । वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरूले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

  • अध्ययन गर्न विदेश जाने बढे, चालु वर्षमा ८० हजारले लिए एनओसी

    अध्ययन गर्न विदेश जाने बढे, चालु वर्षमा ८० हजारले लिए एनओसी

    काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।

    उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ । बिहीबारमात्रै ६०९ अनलाइन आवेदन परेकामा ५२९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए । उनका अनुसार आवेदन स्वीकृत भएका ५०० आवेदकले आज एनओसी पत्र पाउनेछन् ।

    वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा १ हजार ६९६, जेठमा ४५६, असारमा ३ हजार १०९, साउनमा ५ हजार ३४१, भदौमा ५ हजार ८६०, असोजमा ४ हजार ९६३, कात्तिकमा ३ हजार ७५७, मङ्सिरमा ५ हजार ६९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैतमा १६ हजार ३४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए ।

    यस वर्षको वैशाखमा १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ । हाल औसतमा दैनिक ६०० जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ ।

    अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको सङ्ख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ ।

  • प्रशिक्षकले नेपाललाई उपाधि जिताइसके, श्रम स्वीकृति  किन पाएनन् ?

    प्रशिक्षकले नेपाललाई उपाधि जिताइसके, श्रम स्वीकृति किन पाएनन् ?

    काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले श्रम स्वीकृति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्।

    ‘केही समयअघि नेपालमा त्रिदेशीय प्रधानमन्त्री कप सम्पन्न भयो। नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षकले खेल खेलाएर नेपाललाई कप जिताइसके तर अहिलेसम्म पनि उनले श्रम स्विकृति पाउन सकेका छैनन्,’ उनले भनिन्।

  • पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोसी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

    मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ । “कोसी नामकरण सन्दर्भमा कोसी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम, प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ,” उनले भनिन्, “नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।”

  • टिकटकमा नोट देखाउनेमाथि प्रहरीको निगरानी

    टिकटकमा नोट देखाउनेमाथि प्रहरीको निगरानी

    काठमाडौं । ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको जानकारी दिएको छ ।

    उनले केहीअघि एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिदएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ ।

    उनको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । रासस

  • सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म

    सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म

    काठमाडौं । नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्म आवेदन मागेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड (प्राविधिक–हवाई)लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो ।

    अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका लागि १ सय ३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ । त्यस्तै पदिक तथा विल्लादारमा ४ सय ८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १ सय ५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ ।

  • कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

    कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको पाइएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो। सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएको थियो।

    उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले बताएका छन् ।

    अनुहारको छाला राम्रो हुँदै आएको, बायाँ हातको पट्टी खोलिइसकिएको र कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएका छन् । दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। ‘दिनमा तीन–चार पटक हिँडाउन थालिएको छ।

  • आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री

    आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् ।

    भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा आईएमएफ र आइएफसीसँगको सहकार्य विगतदेखि नै हुँदै आएको र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । त्यसैगरी आईएमएफ र आइएफसीका प्रतिनिधिले नेपालको वित्तीय क्षेत्र सुदृढीकरणमा थप सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

  • ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति

    ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति

    काठमाडौं । चालु आवको ९ महिनाको अवधिमा (साउनदेखि चैत २२ सम्म) झण्डै ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति पत्र एनओसी लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउनयता ७९ हजार ३०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । अहिले शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिने गरेको छ । बिहीवार ६०९ अनलाइन आवेदन परेकामा ५२९ आवेदन स्वीकृत भएको छ ।

    आवेदन स्वीकृत भएको ५ सय आवेदकले शुक्रबार एनओसी पत्र पाउनेछन् । विभिन्न देशमा अध्ययन गर्न जानको लागि अहिले औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमति पत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ । शाखाले अहिले सेवा प्रवाहलाई सहज र छिटो बनाउदै लगेको दाबी गरेको छ । अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको संख्या घटेको शाखाले दाबी गरेको छ ।

  • आजदेखि निर्वाचन आचारसंहित लागु

    आजदेखि निर्वाचन आचारसंहित लागु

    काठमाडौं । आगामी बैशाख १० गते तोकिएको उपनिर्वाचनका लागि तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।

    निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । यो यी तीन जिल्लाका लागि मात्र लागु हुने छ ।

  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी छिन् । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ ।

    ‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउबिज, प्राविधिक शिक्षा, सिँचाइलगायतका सेवा–सुविधा सहजरूपमा उपलब्ध गराउनका लागि किसान कार्डको व्यवस्था गर्ने । मल कारखाना स्थापना गर्ने । कृषि बीमाको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट हुने बालिनालीको जोखिमलाई न्यूनीकरण गर्ने । किसानलाई योगदानमा आधारित पेन्सन योजना अगाडि बढाउने । कृषि बजार र कृषि उत्पादन खरिदको सुनिश्चिता गर्ने’, सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

    सरकारको न्यूनतम साझा कार्यक्रममा २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने र पचास युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने पनि उल्लेख छ । यस्तै सिँचाइमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदयाममा २० प्रतिशत महसुल छुट दिने जनाइएको छ । साथै १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

    यस्तै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विदेश भ्रमण, नयाँ भवन निर्माण, गाडी खरिद तथा कार्यालय सञ्चालन खर्चमा कटौती गर्ने जनाइएको छ ।

  • सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

    सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन्। बिहीबार सिंहदरबारमा कार्यक्रम सार्वजनिक गरेपछि सम्बोधन गर्दै उनले यो राष्‍ट्रिय सहमतिमा बनेको बताएका हुन्। उनले सरकारमा आएको १०० दिनमा दोस्रो कार्यक्रम सार्वजनिक गरेका हुन्।

    ‘यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ। योभन्दा पहिले सरकारमा भएका पार्टीहरूको पनि दिमाग छ। त्यसकारण भन्ने नै हो भने यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम भन्न पनि सकिन्छ,’ उनले भने। यो अघिल्लो कार्यक्रमभन्दा परिमार्जित र विकसित भएको बताए। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र सात दलीय गठबन्धन हुँदा कार्यक्रम सार्वजनिक भएको थियो।

    ‘यो पहिलेकोभन्दा विकसित र परिमार्जित भएर आएको छ। हामी सबैले पहिला यहीँ नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मिहिनेत गरेर न्यूनतम साझा कार्यक्रम बनाएर घोषणा गरेका थियौं,’ उनले भने, ‘त्यो कार्यक्रम त्यसपछि मैले प्रधानमन्त्री अघिल्लो गठबन्धन जसमा सात राजनीतिक दलको सहभागिता थियो। त्यतिबेला साझा न्युनतम कार्यक्रम समेतलाई अधययन गरेर त्यसमा भएका सबै राम्रा कुराहरूलाई अझ व्यवस्थित र परिमार्जन गरेर सरकारको यो बनेको छ।’

  • रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

    रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । रामेछापमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिएकाछन् । बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।
    दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए। दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।

    मृतक सबैको सनाखत भएको छ। मन्थली नपा ७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्। कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो।

  • ‘देश विदेशबाट ऋण लिएर संघीयता पाल्न सकिँदैन’ – ज्ञानेन्द्र शाही

    ‘देश विदेशबाट ऋण लिएर संघीयता पाल्न सकिँदैन’ – ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश विदेशबाट ऋण लिएर संघीयता पाल्न नसकिने तर्क दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताए ।

    उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’

    उनले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

    पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताए।

  • ‘विमानस्थलमा शवको बाकस फोड्न थालियो, कारण के हो ?’

    ‘विमानस्थलमा शवको बाकस फोड्न थालियो, कारण के हो ?’

    काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको बाकस खोलेको बताएका छन्।

    ‘विदेशबाट शव ल्याउँदा शवको बाकस फोडिएको छ एयरपोर्टमा केही सामान छ कि भनेर लुट्नलाई,’ उनले भने, ‘हामीलाई ब्यागेज, ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जाँदैछ, समाज के बन्दैछ। शव ल्याएका बाक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो?’

  • अर्काको नाममा एसईई दिँदै गरेका १९९ जना नियन्त्रणमा

    अर्काको नाममा एसईई दिँदै गरेका १९९ जना नियन्त्रणमा

    काठमाडौं । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    प्रहरीको अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् ।

    त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।

    पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको छ ।

    बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् ।

  • सत्ता गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम पारित, साँझ ५ बजे सार्वजनिक हुने

    सत्ता गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम पारित, साँझ ५ बजे सार्वजनिक हुने

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरिएको छ ।

    कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो । सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुँदैछ ।

    आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारिएको जनाइएको छ ।

    गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितको मस्यौदा कार्यदल गठन गरिएको थियो ।

  • न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु

    न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु

    काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नयाँ गठबन्धन बने र त्यसबाट मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको छ ।

    यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ । सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिने तयारी छ ।

  • सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

    सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

    काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भएको थियो । त्यसलाई परिमार्जन गरी आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ । वर्तमान आर्थिक अवस्था र यसको सुधारका लागि प्रयास, कृषि क्षेत्र, पर्यटन, जलस्रोतलगायतलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै एउटै विवरणसहितको राष्ट्रिय परिचयपत्रलाई अगाडि बढाउने विषय पनि समेटिएको छ ।

    शान्ति प्रक्रियालाई पूर्णता दिने, सङ्क्रमणकालीन न्यायका सबै प्रक्रिया तत्काल पूरा गर्ने प्रतिवद्धता पनि साझा न्यूनतम कार्यक्रममा समावेश रहेका छन् । कार्यदलले तयार पारेको कार्यक्रम आज सत्ता गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ । अनि गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

  • क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार

    क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा निरन्तर सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपाल वरीयताको १४ औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १४ औं स्थानमा उक्लिएको हो। यो सँगै नेपालले पछिल्लो वरीयतामा नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन्।

    युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन्। नेपाल भन्दा अगाडि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन्। नेपाल भन्दा अघि वरीयतामा एसोसिएट टोलीको रूपमा स्कटल्यान्ड मात्रै छ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका १२ खेलमा ११ जित निकाल्दै आफूलाई ५ स्थान सुधार गरेको हो।

    नयाँ ओडिआई वरीयतामा अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ। इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन्। टि२० आई विश्व वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।

    खेलाडीतर्फ ओडिआई वरियतामा नेपालका कप्तान रोहित पौडेल ब्याटिङतर्फ एक स्थान खस्किदै ५९ औं स्थानमा पुगेका छन्। ओपनर आसिफ शेख एक स्थान सुधार गर्दै ६५ औं स्थानमा छन्। बलिङतर्फ सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन्। दीपेन्द्र सिंह ऐरी ५३ औं स्थानमा यथावत छन् । सोमपाल कामीले एक स्थान सुधार गर्दै ६८ औं स्थानमा उक्लिएका छन् । करण केसी ९६ औं स्थानमा यथावत छन्।

  • निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने

    निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने

    काठमाडौं । निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत नविकरण गराइसक्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ ।

    इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ । उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुनेछ । इजाजत पत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र समेत अनिवार्य ल्याउन अनुरोध गरिएको छ ।

  • उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने

    उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने

    काठमाडौं । उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । त्यस अगाडी उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगको तालिका छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने छ ।

    आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ ।, २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको छ ।

    गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो।

  • ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

    ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग हारेको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५–१ ले विजयी भयो । नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।

    यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।

    खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३–० ले पछि परेको थियो । दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो । भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५–१ ले विजयी भयो ।

  • न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी

    न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी

    काठमाडौं । बलात्कारको अभियोग लागेका न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    गिरीको घटना बाहिरिएपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्मा तानिएको थियो।

  • नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए

    नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७६८ वटा नमुना परीक्षण गर्दा ९८ जना संक्रमित थपिएका हुन् । २८ जना संक्रमण मुक्त भएका छन्।

  • रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

    रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

    न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग जवाफ माग गर्ने आदेश गरेको हो।

    लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

  • इन्द्रसरोवर तालमा हाम फालेर  आत्महत्या

    इन्द्रसरोवर तालमा हाम फालेर आत्महत्या

    काठमाडौं । बुधबार दिउँसो इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा इन्द्रसरोवर तालमा बेपत्ता रहेका एक जना पुरूषको शव फेला परेको छ।

    मृत फेला पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी छन्। उनी मंगलबार मार्खु पुगेका थिए।

    बुधवारदिउँसो साढे १ बजेतिर उनी तालमा एक्लै डुंगा लिएर गएका उनी बीचमा पुगेपछि ‘लाइफ ज्याकेट’ फुकालेर हाम फालेका प्रहरीले जनाएको छ । ज्याकेटबाट प्रहरीले मृतकको नागरिकता पनि फेला पारेको छ।

    उनी हाम फालेको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको थियो। खोजी गर्नेक्रममा बुधबार उनको शव फेला परेको हो।