काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका बहालवाला न्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए । समितिमा बयान… Continue reading चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने
Category: समाचार
बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना… Continue reading बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री
बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको भ्रमणका कारण पछिल्लो तीन दिन देखि काठमाडौंमा सवारी साधनले निकै सास्ती पाएका छन् । यसले पैदल यात्रुले समेत ठूलो कष्ट बेहोर्नु परेको छ । यो क्रम बुधबार पनि जारी रहने छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु… Continue reading बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक
चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका… Continue reading चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै
सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण
काठमाडौं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो । महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त… Continue reading सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण
राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएका विधेयकलाई प्रमाणीकरण गरेकी हुन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न… Continue reading राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण
‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताएका छन् । लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मंगलबार पोखरा पुगेका अध्यक्ष ओलीले कुन–कुन जिल्लाको कुन–कुन बुथ कब्जा गर्ने भन्ने रणनीति बनाएको आफूलाई जानकारी आएको बताए । प्रहरी र प्रशासनलाई निस्पक्ष भूमिका निर्वाह… Continue reading ‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या… Continue reading पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो
काठमाडौं । केही दिनदेखि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन बजार दोहोरो अंकले बढेको हो । मंगलवार बजार मापक सूचक नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको हो । मंगलवार २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच भएको… Continue reading शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो
डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन
काठमाडौं । चिकित्सक डा. गोविन्द केसी धनगढीमा आमरण अनसन बसेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन थालेका हुन् । सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्नेसहितका विभिन्न माग राख्दै उनी आमरण अनसनमा बसेका हुन् । माग पूरा गर्न… Continue reading डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन
मिटर ब्याजीविरुद्ध २२८९ उजुरी
काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९… Continue reading मिटर ब्याजीविरुद्ध २२८९ उजुरी
चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी
काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच… Continue reading चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी
केराउ, सुपारी र कालो मरिचको आयात खुला
काठमाडौं । सरकारले आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ । २१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित… Continue reading केराउ, सुपारी र कालो मरिचको आयात खुला
‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् । नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आज यहाँ आयोजना गरेको Building Back Better and Greener with Sustainable Hydropower विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलविद्युत आयोजनाहरूको दिगो विकासका लागि भरपर्दो… Continue reading ‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री
रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो । सोमवार २२५ कम्पनीको ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित
निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने
काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सुरक्षाकर्मी खटिने भएका छन् । सरकारले निर्वाचन लक्षित सुरक्षा योजना स्वीकृत गरेको छ । आमनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा योजनामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख… Continue reading निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने
राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा
काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका सिलसिलामा आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियतामा उनी छन् । उनीभन्दा माथि राष्ट्रपति रहेका छन् । चीनबाट हुन लागेको यो उच्च स्तरीय भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चान्सु सभामुख अग्नि… Continue reading राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा
युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग
काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएको छ। प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनःप्राप्ति गरेको देखिने बीबीसीले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र… Continue reading युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग
काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन पुन डोजर चलाएको छ । तीनकुने–कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक–पटक माइकिङ गर्दै आएको महानगरले फुटपाथ मिचेर बनाइएको भर्याङ भत्काउन आइतवार डोजर चलाएको हो । महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्याङ तथा सिँढीहरू हटाएको महानगरले जनाएको छ । अघिल्लो हप्ता… Continue reading काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’
भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो । अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोलीलाई भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएर फर्किएको छ । निरीक्षणमा निस्किएको नगर प्रहरीको… Continue reading भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम
दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा झरेको हो । आइतवार २२१ कम्पनीको ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको २५ लाख २४ हजार ६२५ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता
गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँट अझै निस्किएन
काठमाडौं । गठबन्धनमा आवद्ध दलहरु सिट बाँडफाँट टुंग्गो लगाउन अझै असफल भएका छन् । दलहरुबीच आइतबार समेत यसबारे छलफल हुने भएको छ । कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या… Continue reading गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँट अझै निस्किएन
यस वर्षको स्रोह श्राद्ध शुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार)देखि विधिवत् आरम्भ गरिंदैछ । आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।… Continue reading यस वर्षको स्रोह श्राद्ध शुरु
म्यादी प्रहरीमा १ लाख १५ हजारका लागि भर्ना खुल्यो
४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आइतबार सूचना जारी गरी भर्ना खुलेको जानकारी गराएको छ । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका… Continue reading म्यादी प्रहरीमा १ लाख १५ हजारका लागि भर्ना खुल्यो
कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सडक छेउमा रोकेको बा प्र ०३–००१ ख २०४० न. को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र न ३–०२–००३ प ८८८८ न. को… Continue reading कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
१६३ जनामा कोरोना पुष्टी, १३० ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण… Continue reading १६३ जनामा कोरोना पुष्टी, १३० ले जिते
दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता
दार्चुला । दार्चुलामा आज बिहानै आएको पहिरोमा पुरिएर वेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ बस्ने… Continue reading दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता
राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन
लण्डन । राजा चार्ल्स तृतीयले पहिलो पटक राष्ट्र र राष्ट्रमण्डलका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आमा एलिजावेथलाई पटक पटक सम्झिएका छन् । यस्तो छ, सम्बोधनको सार…. म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी, मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।… Continue reading राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन
दार्चुलाको लास्कु खोलामा बाढी, ४ जना वेपत्ता
दार्चुला । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी निरीक्षक मगरका अनुसार बाढीमा फसेकाहरूको… Continue reading दार्चुलाको लास्कु खोलामा बाढी, ४ जना वेपत्ता
नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो : ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दुःख व्यक्त गरेका छन्। शुक्रबार एक शोक वक्तव्य निकाल्दै उनले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको बताएका हुन् । ‘संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह… Continue reading नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो : ज्ञानेन्द्र शाह