Category: समाचार

  • उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

    उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

    काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ।

    काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशले खारेज गरेको हो।

    काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो ।

    सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु’ भनी उल्लेख थियो । उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत, पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले २७ चैत, २०७९ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

    उच्च अदालत, पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नपाउने आदेश बुधबार भएको छ । यसको लिखित आदेश तयार भइसकेको छैन, तर इजलासले ‘उनीहरुलाई हटाउँदा उचित विकल्प दिनु’ भनेको छ ।

  • गृहमन्त्रीले सुकुम्बासीलाई संरक्षण गरेको भन्दै बालेनको आक्रोस

    गृहमन्त्रीले सुकुम्बासीलाई संरक्षण गरेको भन्दै बालेनको आक्रोस

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको भन्दै बस्ती संरक्षण गर्ने कानुन र नैतिकताको बारेमा उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ समक्ष प्रश्न गरेका हुन् । कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्न मेयर साहले भनेका छन् ।

    कानुन बमोजिमको शासन व्यवस्था अँगाल्न आग्रह गर्दै उनले भनेका छन्, ‘यस तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भइसक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ ? कसरी कानुनी राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यू ?’ मेयर साहले २० साउन २०७६ मा सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यिनका सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको स्मरण गराएका छन् ।

  • मापदण्ड भन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन कारबाहीमा

    मापदण्ड भन्दा बढी धूँवा फाल्ने १५ वटा सवारी साधन कारबाहीमा

    काठमाडौं । काठमाडौंको बबरमहलमा बुधवार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन् ।

    मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस ७ ओटा, माइक्रोबस ५, पिकअप भ्यान २ र ट्रक १ गरी १५ ओटा सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन् ।

    वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बबरमहलमा २५ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने १५ ओटा सवारी साधन फेला परेका हुन् ।

    सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

    मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

  • ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक भन्दा बढी नहुने व्यवस्था गरौँ’

    ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक भन्दा बढी नहुने व्यवस्था गरौँ’

    काठमाडौं । राष्ट्रियसभाको बुधवारको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ। बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए।

    उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी/दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ। समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ।’

    उनले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए।

    विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ।

    ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ,’ उनले भने।

    नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ।

  • रुस भ्रमण सकेर स्वदेश फिर्ता भए राष्ट्रिय सभा अध्यक्ष, के दियो रुसले सन्देश

    रुस भ्रमण सकेर स्वदेश फिर्ता भए राष्ट्रिय सभा अध्यक्ष, के दियो रुसले सन्देश

    काठमाडौं । रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको रुस भ्रमणमा गएको टोली स्वदेश फर्किएको हो। रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

    रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीले बताएका थिए । सोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध विस्तार गर्न रुस तयार रहेको सन्देश उनीमार्फत प्राप्त भएको छ ।
    उनले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत् रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको जानकारी दिए ।


    जिटुजीमार्फत् रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छलफल भएको उनको भनाई छ । गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको उनले बताए । रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको उनले जानकारी दिए ।

  • बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेलको जमानत जफत

    बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेलको जमानत जफत

    काठमाडौं । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । उनीसहित ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाए ।

    बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्।

    उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए । यहाँ प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवालीले २ हजार ७३८ मतमात्रै पाएका छन्।

    आयोगको प्रावधानअनुसार उनको पनि जमानत जफत भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको छ। नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ।

  • बारा २ बाट उपेन्द्र यादव विजयी

    बारा २ बाट उपेन्द्र यादव विजयी

    काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए ।

    नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल भएका छन् । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।

    उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका डा। स्वर्णिम वाग्ले विजयी भएका हुन् ।

  • उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश

    उपनिर्वाचनको नतिजापछि कांग्रेस महामन्त्रीको प्रतिक्रिया : रुपान्तरणको सन्देश

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’

    प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाले तथा बारा २ जसपाले जितेका छन् । कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो । चितवन र तनहुँमा कांग्रेस उम्मेदवारले लज्जास्पद हार व्यहोरे । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।

  • रवि लामिछानेलाई विजयी प्रमाणपत्र

    रवि लामिछानेलाई विजयी प्रमाणपत्र

    काठमाडौं । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले चितवन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरेका छन् ।

    लामिछाने ५४ हजार १७५ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मत ल्याए। श्रेष्ठलाई ४३ हजार ६१ मतान्तरले लामिछानेले पछि पारे।

  • फ्लाई दुबईका दुईजनालाई विमानस्थल प्रवेशमा रोक

    फ्लाई दुबईका दुईजनालाई विमानस्थल प्रवेशमा रोक

    काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुवईका दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।

    प्राधिकरणले सामाजिक सञ्जालमार्फत् सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको आरोप लगाउँदै प्रवेश रोक लगाएको जनाकारी दिएको हो ।

    फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ ।

    फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।

  • गण्डकीमा सरकार गठनको लागि ३ दिनको समय

    गण्डकीमा सरकार गठनको लागि ३ दिनको समय

    पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए।

    प्रदेशसभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

  • महानगरले हटायो पुरानो बसपार्कको प्रहरी बिट

    महानगरले हटायो पुरानो बसपार्कको प्रहरी बिट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको महानगरीय प्रहरीको अस्थायी बिटमा डोजर चलाएको छ ।

    पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या भएको हुँदा भत्काइएको महानगरले जनाएको छ ।

    गत चैत २५ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका थिए।

    सर्वसाधारण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुलक कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले हटाउनुपर्ने उनले बताएका हुन्।

  • चितवन–२ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी

    चितवन–२ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी

    काठमाडौं । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

    ७८ हजार २७७ मत गणना हुँदा लामिछानेले ५४ हजार २७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका छन् । मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।

  • ‘जनताले परिवर्तन खोजे अब ठूला दल कि सच्चिनुपर्छ कि सक्किनुपर्छ’

    ‘जनताले परिवर्तन खोजे अब ठूला दल कि सच्चिनुपर्छ कि सक्किनुपर्छ’

    काठमाडौं । चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन् । चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।

    बधाई दिएर संचारकर्मीहरुसँग कुरा गर्दै अब ठुला दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले ठुला दलहरुले अब कि त सच्चिनुपर्छ कि सक्किनुपर्छ भन्दै कांग्रेस सक्किने भन्दा पनि सच्चिने तर्फ जाने विश्वास व्यक्त गरे।

    ‘ठुला दलहरु यात सच्चिए या त सक्किनु पर्छ भन्ने सन्देश परिणामले दियाे कांग्रेसमात्र होइन एमालेको पनि त्यस्तै छ। हामीलाई सक्किनु छैन। त्यसैले अब सच्चिनुपर्छ।’ उनले भने।

    जीतनारायणले पत्रकारहरूसँग भने, ‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ जितनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’

  • रवि लामिछानेको फराकिलो अन्तरसहित जित सुनिश्चित, कटाए ५० हजार मत

    रवि लामिछानेको फराकिलो अन्तरसहित जित सुनिश्चित, कटाए ५० हजार मत

    काठमाडौं । मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्। ७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।

    जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो अन्तरसहित जिततर्फ उन्मुख बनेका छन्।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएका छन्।

    मंसिरको चुनावमा लामिछानेले ४९३०० मत पाएका थिए। उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४९८८ मत पाएका थिए। उनीहरूबीचको मतान्तर ३४३१२ थियो।

    यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो। सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो।

  • बारामा उपेन्द्र यादव निरन्तर अगाडी

    बारामा उपेन्द्र यादव निरन्तर अगाडी

    काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर तीन हजार पुर्‍याए । जसपाका अध्यक्षसमेत रहेका यादवले नौ हजार ८७०, जनमतका कुशवाहले छ हजार ७७१, नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ मत पाएका छन् ।

  • चितवनमा लामिछानेलाई उच्च अग्रता

    चितवनमा लामिछानेलाई उच्च अग्रता

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनी ४१ हजार ५ सय ४ मतसहित अगाडि छन् । लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मतले अगाडि छन् । श्रेष्ठले अहिलेसम्म ७ हजार ६ सय ९५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाएका छन् ।

  • मकवानपुरमा ट्याक्टर दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    मकवानपुरमा ट्याक्टर दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा घाइते मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

  • पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम

    पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम

    काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ ।


    सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ ।

    अहिले सडक किनारामा भएका धेरै पोलहरु विद्युत प्राधिकरण र र नेपाल टेलिकमका हुन् । सेवाप्रदायकसँग प्राधिकरणले नै शुल्क तिरेर पोलमा तार राख्न दिएको हो । तर, उनीहरुले पोल भाडा तिर्न आनाकानी गर्दा विवाद चर्किएको छ । प्राधिकरणले पनि तार व्यवस्थापनका लागि पटक–पटक सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ । तर, सेवा प्रदायकले अटेरी गर्दै आएका छन् ।

  • गोरखा भूकम्पको ८ वर्ष पुरा

    गोरखा भूकम्पको ८ वर्ष पुरा

    काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।

    भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्‍यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।

    विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ ।

    ‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ’, उनले भने, ‘त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायतका काम पनि सम्पन्न भएको छ ।’ उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए ।

    उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको इञ्जीनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए ।

    उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने इञ्जीनियर पङ्गेनीको भनाइ छ । ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ’, इञ्जीनियर पङ्गेनीले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’ उद्यान निर्माणको जिम्मा स्वच्छन्दरहोम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो ।

    निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए । पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ । उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए । ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए ।

    उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ, उनले भने, ‘झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा झनै ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

    निर्माणमा ढिलाइ हुँदा सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको उनले जानकारी दिए ।

    गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

    बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो ।

    गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

    बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

    भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

    कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए ।

  • स्वर्णिम वाग्ले भारी मतअन्तरले विजयी

    स्वर्णिम वाग्ले भारी मतअन्तरले विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए ।

    राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो । यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । स्वर्णिम नेपाली कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचन लडेका थिए ।

  • काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण

    काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण

    काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्ने तयारी थियो । तर, जहाज अहिले तराई हुँदै भारततर्फ लागेको छ । स्रोतका अनुसार जहाजमा धेरै इन्धन भएका कारण सम्भवतः भारतसम्म पुर्याएर अवतरण गराउने योजना हुन सक्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ । उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको छ ।

  • कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत

    कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत

    काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ । केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गरेका हुन् ।

    १६८८ मत खसेको उक्त वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । एमालेका सर्बेन्द्र खनालले ३८६ मत पाए ।

  • एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि लामिछाने

    एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि लामिछाने

    काठमाडौं । चितवन–२ मा अहिलेसम्म इच्छाकामना गाउँपालिकाका ६ वडाको मतगणना सकिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । उनले तीनहजार ६०२ मत पाएका छन् ।

    रवि १५ सय २० मतले अगाडि छन् । उनलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले दुईहजार ८२ मत पाएका छन् । इच्छाकामना गाउँपालिका जहाँ गत मंसिरमा भएको चुनावमा एमालेले प्रभूत्व जमाएको थियो ।

  • भागबन्डा मिल्यो, एमालेलाई तीनवटा संसदीय समितिको सभापति

    भागबन्डा मिल्यो, एमालेलाई तीनवटा संसदीय समितिको सभापति

    काठमाडौं । नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ ।

    सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।

    जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ ।

    यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको बिबादलाई टुंग्याउनका लागि बिशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् । अर्को संयुक्त समिति संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले लिने सहमति भएको छ ।

    प्रतिनिधि सभा अन्तर्गतका अन्य आठवटा विषयगत समिति भने सत्तारूढ दलहरूबीच बागबन्डा गर्ने सहमति गठबन्धनमा यसअघि नै भइसकेको छ ।

  • नेपालमा थप ११३ जनामा कोरोना पुष्टी, ७२ जना संक्रमण मुक्त

    नेपालमा थप ११३ जनामा कोरोना पुष्टी, ७२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १०४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो । यो अवधिमा ७२ जना संक्रमणमुक्त भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ९० हजार २७३ पुगेको छ ।

    हाल देशभर ३६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

  • चितवन-२ मा अघि लागे रवि लामिछाने, बारामा पछि परे उपेन्द्र यादव

    चितवन-२ मा अघि लागे रवि लामिछाने, बारामा पछि परे उपेन्द्र यादव

    काठमाडौं । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।
    पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

    नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

    त्यस्तै चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

    इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

    कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

  • स्वर्णिमले अझै फराकिलो पारे मतान्तर

    स्वर्णिमले अझै फराकिलो पारे मतान्तर

    काठमाडौं । तनहुँ–१ मा अहिलेसम्म २१ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। वाग्लेले १५ हजार मत कटाएका छन् ।

    उनले तनहुँ क्षेत्र नम्बर १ मा १५ हजार १३५ मत पाएका छन् । २९ हजार ८०२ मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत पाएका छन् ।

    यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९ मत पाएका छन् । यहाँ वाग्ले भट्टराईभन्दा ६ हजार ४०४ मतले अघि छन् ।

  • दीपक मनाङेले चुनाव खर्च २३ हजार

    दीपक मनाङेले चुनाव खर्च २३ हजार

    काठमाडौं । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका दीपक मनाङेको चुनाव खर्च २३ हजार भएको छ ।

    आयोगलाई सोमबार मनाङले उम्मेदवारी दर्ताको क्रममा ५ हजार रुपैयाँ र गोष्ठी–अन्तरक्रिया र खाना–खाजामा १८ हजार खर्च भएको बुझाएका छन् । मनाङले बुझाएको चुनावी खर्च विवरण सम्भवतः देशकै सबैभन्दा कम हो।

    चुनावताका मनाङे गण्डकीका युवा तथा खेलकुदमन्त्री थिए। उनि ‘निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ…३० लाखमा नेपालमा चुनाव जित्छ यार…मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी अभिव्यक्ति दिएर निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरणमा परेका व्यक्ती हुन् ।

  • लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री लिला गिरी पदमुक्त

    लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री लिला गिरी पदमुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । सोमवार बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खसेसँगै मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

    उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । योसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ ।

    चैत १२ गते लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।