न्युयोर्क कोरोनाको कारण लकडाउनमा बसेका लाखौं न्युयोर्कबासीलाई गभर्नर एन्ड्रु कुमो र मेयर बिल दि ब्लाजियोले शुक्रबार न्युयोर्क खुल्ने खुसीको खबर बाँडेका छन् ।उनीहरुले आगामी जुन ८ तारिखदेखि न्युयोर्क सहरलाई पहिलो चरणमा खोलिने बताएका हुन् । यद्यपी सहरलाई पहिलो चरणमा सुचारु गर्न तोकिएको तीन ‘रेस होल्ड’ भने पुरा गर्नै पर्छ । राज्यले न्युयोर्कलाई चरणबद्ध खुला गर्न… Continue reading जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क
Category: समाचार
मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो
न्युयोर्क सोमबार मिनियासोटा राज्यको मिनियापोलिसमा जर्ज फ्लोएडलाई पक्राऊ गरी हतकडी लगाई भुँईमा लडाएर घुँडाले घाँटीमा थिचिरहेको भिडियोमा देखिएका प्रहरी अफिसर डेरेक चौभिनलाई प्रहरी हिरासतमा लिईएको शुक्रबार प्रहरी श्रोतले जनाएको छ । ती प्रहरी अफिसरले चोरीको आरोपमा समातिएका जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिचेको केही समय पछि जर्ज फ्लोएडको मृत्यु भएको थियो भने उनको मृत्यु… Continue reading मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो
भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने
काठमाडौं । सरकारले अहिले धमाधम भारतबाट नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । त्यसका लागि अब भने २० वटा नाका प्रयोग गरिने भएको छ ।कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोक्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेसँगै २० नाका समेत तोकेको हो… Continue reading भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने
राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्यो अस्विकृत
न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुक्रबार बिहानको एउटा ट्विटलाई कम्पनीको नियम बिरुद्ध र हिँसाको स्तुतिगान भएको भन्दै ट्विटरले आफ्नो टाईम लाईनमा प्रकाशित गर्न अस्विकार गरेको छ । राष्ट्रपति ट्रम्पको उक्त ट्विटको बारेमा ट्विटरले भनेको छ; ‘मिनियापोलिसमा जारी आन्दोलनका आन्दोलनकारी तर्फ संकेत गर्दै गरिएको ट्विट कम्पनीको नियम बिरुद्ध छ’ । राष्ट्रपति ट्रम्प र सामाजिक संजालको हस्ती… Continue reading राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्यो अस्विकृत
कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार भारतबाट फर्किदै गर्दा कृष्णनगर सीमामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको हो।नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। अर्घाखाँचीको भूमिकास्थान… Continue reading कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो । यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार… Continue reading नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो
कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत
काठमाडौं । सरकारले कर्मचारीको सेवा सुबिधामा व्यापक कटौतीको घोषणा गरेको छ कोरोना रोकथाम र नियन्त्रणमा खटिने कर्मचारी बाहेक सबै कर्मचारीले यसअघि पाउदै आएको सबै प्रकारको भत्ता कटौती गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी वर्ष खर्च पुनरावलोकन आयोगको सिफारिस अनुसार अनावश्यक खर्च हुने शीर्षकको रकम कटौती गरिएको जानकारी गराए ।… Continue reading कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत
कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले एक सय १६ को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना… Continue reading कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी
ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजीक सञ्जाल लक्षित गरि नयाँ कार्यकारी आदेश जारी गरेका छन् । हुलाकबाट पठाइने भोट (मेल इन ब्यालेट) मा फर्जी मतदान हुने अपुष्ट दावीलाई ट्विटरले तथ्य जाँच लिंक उपलब्ध गराएपछि क्रुद्ध बनेका ट्रम्पले विहीबार नयाँ आदेश जारी गरेका हुन् । आफुले वाक स्वतन्त्रताको रक्षाका लागि नयाँ आदेश जारी गरेको उनको दावी… Continue reading ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश
मिनियापोलिसमा सयौं मानिस पसेर यसरी लुटे टार्गेट (भिडियो)
न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि मिनियापोलिसमा अहिले हिँसा भड्किएको छ । हजारौं प्रदर्शनकारीहरुको अनियन्त्रित भिडले तोडफोड लुटपाट सुरु गरेको छ । अमेरिकाकै चर्चित सुपर मार्केट टार्गेटमा भएको लुटपाटको पछिल्लो दृष्य ।
एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर
न्युयोर्क लुजियानाका एक प्रहरी अधिकृतले फेसबुकमा जातिबाद झल्कने कमेन्ट गरेका कारण उनलाई सेवाबाट बर्खास्त गरिएको छ । लुजियानास्थित क्याप्लन पुलिस डिपार्टमेन्टमा कार्यरत स्टेभन अक्वान नामका ती प्रहरी अधिकृतले राज्यका गभर्नरको कोरोना भाइरस सम्बन्धि नियमित प्रेस ब्रिफिङको प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय मिडियाको भिडियो न्युज फिडमा अक्वानले जातियता सम्बन्धि कमेन्ट गरेका थिए ।… Continue reading एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर
प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता… Continue reading प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
काठमाडौं । भारतबाट अर्घाखाँची फर्किदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । भारतको गुजरातबाट फर्किदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको स्रोतले जनाएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो । बसमा सवार… Continue reading भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना
कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्यु भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् । सञ्चो भएर फर्किएका मध्ये हालै दक्षिण अमेरिकी मुलुक चिलीकी एक १ सय ११ बर्षीया बृद्धाले… Continue reading सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना
१४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब… Continue reading १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो । देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४,… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो
कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?
काठमाडौं । नेपालमा बुधबारसम्म स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ। त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ। सार्कदेशमा देखिएको संक्रमण सबैभन्दा कम भुटानमा रहेको छ… Continue reading कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?
प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका… Continue reading प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
२४१ कैदीको सजाय मिनाहा
काठमाडौं । आज सरकारले २४१ जना कैदीको कैद सजाय मिनाह गरिदिएको छ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा र आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायत सजायँ माफ गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजायँ मिनाहा तथा दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको… Continue reading २४१ कैदीको सजाय मिनाहा
कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै
न्युयोर्क कोरोना महामारीको कारण दिन रात सुरक्षामा खाटिनु पर्ने प्रहरीले प्रयोग गर्ने हजारौं गाडीलाई भाइरस निस्क्रामण कसरी बनाउने भन्ने चुनौती बीच गाडी निर्माण कम्पनी स्वयमले सफ्टवेर निर्माण गरेर भाइरस निस्क्रामक गर्ने भएको छ । न्युयोर्क प्रहरी डिपार्ट्मेन्ट्ले आफुले प्रयोग गर्दै आएको हजारौं फोर्डका गाडीलाई भाईरस निस्तेज बनाउनको लागि फोर्ड गाडी निर्माण कम्पनीलाई अनुरोध गरेको थियो… Continue reading कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै
नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि
काठमाडौं । नेपालमा बुधबार सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उक्त संख्यामा कोरोनाका बिरामी भेटिएका हुन् । बुधबार थपिएको सङ्ख्यासँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको… Continue reading नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि
भारत चीन सिमा बिबादमा बोले ट्रम्प
न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीन सिमा बिबादमा बोलेका छन् । ट्रम्पले आफ्नो ब्यक्तिगत ट्विटर एकाउन्ट मार्फत अमेरिका भारत – चीन बीचमा चलिरहेको सिमा बिबादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भन्दै लेखेका छन् । ट्रम्पले बुधबार बिहान आफ्नो ट्विटरमा लेखेका छन्; “हामीले चीन र भारत दुबैलाई जानकारी गराई सकेका छौं कि… Continue reading भारत चीन सिमा बिबादमा बोले ट्रम्प
रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला
रुकुम । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा घटेको घटनामा हराइरहेका तीन जना मध्ये एक जनाको शव बुधबार फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव भेरी नदीको किनारमा फेला परेको प्रहरीले पुष्टी गरेको छ । उनको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी… Continue reading रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला
न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै
न्युयोर्क जुन महिनादेखि न्युयोर्क सहरमा आबद्ध विद्यार्थीका परिवारले प्रति महिना ४ सय २० डलरको फुड कार्ड प्राप्त गर्ने भएका छन् । बिद्यालय बन्द रहेको अवस्थामा बच्चाहरुको खानामा मद्धत गर्ने उदेश्यले उक्त फुड कार्ड उपलब्ध गराउन लागेको जनाएको छ । प्रति दिन ५ डलर ७० सेन्टको दरमा बिद्यालय बन्द भएको मिति मार्च १६ देखि यो बर्षको… Continue reading न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो
काठमाडौं । नेपालमा थप ७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका जानाकारी अनुसार पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । यो सहित कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या… Continue reading नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो
नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा
काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो। मंगलबार मात्रै देशभर… Continue reading नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा
स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितलाई भेटेका थिए । बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा थिए । उनको मंगलबार कोरोना परीक्षण गरिएको छ । जसमा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि भने उनी मंगलबार नै… Continue reading स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ
जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो
टोकियो जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो । सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने… Continue reading जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो
दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो
न्युयोर्क झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए । न्युयोर्क सेयर बजार कोरोना महामारी पछि गत मार्च २३ तारिगदेखि बन्द थियो । … Continue reading दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो
मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्यु (डरलाग्दो भिडियो)
न्युयोर्क मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ । ती अश्वेत मानिसको मृत्यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल… Continue reading मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्यु (डरलाग्दो भिडियो)