काठमाडौं । नेपालगञ्जबाट काठामाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण गरिएको छ । श्रीको ९ एन–एएनएफ जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आपत्कालीन अवतरण गरिएको हो । उक्त जहाज नेपालगञ्ज विमानस्थलबाट १० माइल उडेको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।
Category: समाचार
संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी… Continue reading संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय
४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी
काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति तोक्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने भएको छ । निर्वाचन आयोगले २ मंसिर भित्र चुनाव गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२… Continue reading ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी
सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने
काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण… Continue reading सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने
सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता
काठमाडौं । सप्तकोशीको बाढी पिडित परिवारलाई राहत तथा व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीबाट सहायता आह्वान गरेको छ ।गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार प्राधिकरणले प्रेस नोट जारी गरी सहयोग आह्वान गरेको हो । उद्धार… Continue reading सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता
ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक अडिग रहने विश्वास व्यक्त गरेकी छिन् । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार प्रतिक्रिया गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गरेकी छिन् । पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढेको प्रति चीन सशंकित देखिन्छ ।… Continue reading ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति विरोध जनाएका छद्धन् । बुधबार विज्ञप्ति निकाल्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग… Continue reading अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध
नेपालमा कोरोनाको चौथो लहर: नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ६५२ जना पुगेको… Continue reading नेपालमा कोरोनाको चौथो लहर: नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टी
कोरोनाबाट नेपालमा १७ दिनमा १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह
काठमाडौं । नेपालमा कोभिड संक्रमितको संख्या पून उकालो लागेको छ । साउन महिनाको शरुमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म आइपुग्दा ५ हजार १ सय ४४ जना पुगिसकेका छन् । यो ग्राफ क्रमशः बढ्दै गएको देखिन्छ । त्यस्तै साउनमा कोभिड संक्रमणबाट १७ जनाले जयान गुमाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी… Continue reading कोरोनाबाट नेपालमा १७ दिनमा १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह
सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण… Continue reading सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन
बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान
उदयपुर । पश्चिम धार कटान गर्दै आएको सप्तकोसी नदी बुधबार बिहान ४ बजेबाट उदयपुरको बेलका नगरपालिका(८ डुम्रिबोटेबाट पश्चिममा पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको छ । कोसी… Continue reading बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान
नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध
काठमाडौं । मंगलबार २४ घण्टा बन्द भएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरूद्ध बनेको छ । पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि पुनः अवरुद्ध बनेको प्रहरीले जनाएकोछ । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ… Continue reading नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध
आजबाट मौसममा सुधार आउने
काठमाडौं । नेपालमा आजबाट मौसममा सुधार देखिने भएको छ । बुधबार साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक÷दुई दिन बढी पानी पर्ने छ । अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ ।… Continue reading आजबाट मौसममा सुधार आउने
अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने
काठमाडौं/बीबीसी । अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी मङ्गलवार ढिलोगरी ताइवानमा पुग्ने अपेक्षा गरिएका बेला चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ। पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हुनेछ। ताइवानस्थित प्रहरीले उनको आगमन हुने पुष्टि गरेको छ। उनी… Continue reading अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने
साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ
काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित मंगलबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट ६ लाख र गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको जानकारी गराएको छ । यससँगै उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।… Continue reading साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ
नेपालमा थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६६२ नमूनाको पीसीआरमा ५०९ र २६५३ नमूनाको एन्टिजेनमा ३०५ जना गरी कूल ८१४ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ७३७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त
म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यु,दुई जना घाइते
म्याग्दी ।म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका दुई रुमको घाङ्लेपानीमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३… Continue reading म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यु,दुई जना घाइते
मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
काठमाडौं । मंगलबार पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । तीनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका… Continue reading म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती
काठमाडौं । मनसुनका बेला निरन्तर पहिरो जाँदा काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने एक मात्रा राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड जोखिमपूर्ण बनेको छ । सोमबार पहिरोले रोकिएको सडक मंगलबार समेत बिहानैबाट ठप्प छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९… Continue reading पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
काठमाडौं । सरकारले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका हुन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी… Continue reading तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश लिगको अन्तिम खेलमा भिड्दैछन् । प्रतियोगितामा कुल पाँच राष्ट्र सम्मिलित छन् । च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् । आइतरबार घरेलु टीम भारतसँग ८–० को पराकिलो अन्तरले हारेको नेपालआज भने दवावमा हनेछ । माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन् । बंगलादेश, भारत र नेपालमध्ये… Continue reading साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै
आज नाग पञ्चमी, यस्तो छ महत्व
काठमाडौं (रासस)। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं… Continue reading आज नाग पञ्चमी, यस्तो छ महत्व
करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते
दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि… Continue reading करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते
काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएपछि सोमबार देशभर हावासरी खबर फैलियो । अनेक कोणबाट घटनाबारे चर्चा परिचर्चा भए । किनकी यस घटनामा दुई अवोध बालबालिकको समेत विभत्स तरिकाले हत्या भएको थियो । घरमा भित्रबाट चुलुक लगाएका कोठामा मृत शवहरु हेर्दा घटनाबारे अनेक आशंका गरिएका थिए । अन्ततः प्रहरीले यो घटनामा श्रीमानले… Continue reading काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम
‘विप्लव’को चेतावनी-‘सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो, हातमा दही जमाएर बस्दैनौँ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ। ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको… Continue reading ‘विप्लव’को चेतावनी-‘सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो, हातमा दही जमाएर बस्दैनौँ’
राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने
काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ । सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो । ‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन… Continue reading राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने
दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल
काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो। संक्रमितको संख्या बढ्ने भएपछि अब अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्ने देखिन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक… Continue reading दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल
नेपालमा एकैदिन थप ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८५ नमूनाको पीसीआरमा ६३२ र २२२४ नमूनाको एन्टिजेनमा २६३ जना गरी कूल ८९५ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार २२८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा एकैदिन थप ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त
ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए
ललितपुर । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५/१४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले जानकारी दिए । उनले भने, ‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका… Continue reading ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए