काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार… Continue reading संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
Category: समाचार
संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानाकारी दिए । उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था… Continue reading संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा बस सडकबाट खसेको छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे… Continue reading संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए… Continue reading च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो
त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको… Continue reading त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने
कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने
काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन… Continue reading कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने
नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ गरी २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त
दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु
दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका १ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प… Continue reading दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु
जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर मङ्गलवार एक जनाको ज्यान गएको छ ।देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आगो निभाउने क्रममा बोहोराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय… Continue reading जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु
नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० गरी १९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त
पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को
काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य अत्यधिक हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएको बीबीसीले लेखेको छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र… Continue reading पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को
मध्यरातमा राजमार्गमा गाडी रोकेर तोडफोड गर्ने ३ जना पक्राउ
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले… Continue reading मध्यरातमा राजमार्गमा गाडी रोकेर तोडफोड गर्ने ३ जना पक्राउ
काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु
काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यो घटना सोमबार रातीको हो । यसअघि सोमबार नै ललितपुरमा एकै घरका ५ जनाको निसास्सिएर मृत्यु भएको थियो । सोमबार रामकोटमा बेहोस अवस्थामा भेटिएका मध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीलाई… Continue reading काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु
आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभर मनाईंदै
काठमाडौं मंगलबार ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ८ मार्चमा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन बसेको हो । सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो… Continue reading आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभर मनाईंदै
जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ
काठमाडौं । जब सेन्टरका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । प्रंहरीका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने… Continue reading जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ
नेपालमा थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ गरी ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमण मुक्त
एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेकामा असहमति जनाउँदै तीन नेताले ‘नोट अफ डिसेन्ट’ राखेका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार जारी माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी गराएका हुन् । नोट अफ डिसेन्ट जनाउनेमा नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर… Continue reading एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)
२ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् । ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका… Continue reading २ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु
कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा
काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको मूल्य सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ । यसले संसारभरको अर्थतन्त्रमा प्रभाव पर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९… Continue reading कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा
भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार
काठमाडौं । भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार भएको छ । यो पदार्थ तेजाव हो वा अन्य वस्तु भन्ने खुलेको छैन । प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका ४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ पर्नेमा ६५ वर्षीय श्रीमान श्याम गुभाजु… Continue reading भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार
नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमण मुक्त
कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?
काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट,… Continue reading कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?
तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु
काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ । डिसेम्बर २० बाट बन्द भएको पोखरा ९ जोमसोमको नियमित उडान आइतवारदेखि सुचारु गरेको हो । आज ५ ओटा प्यासेन्जर फ्लाईट भएको थियो । इन्डियन नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेका थिए । यो रुटका लागि कम्पनीले एउटा ट्विनअटर पोखरा… Continue reading तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु
संसद बैठक बस्दै, एमालेको अवरोध जारी
काठमाडौं । एमालेको निरन्तरको अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका… Continue reading संसद बैठक बस्दै, एमालेको अवरोध जारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आइतबार ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको पार्टीले जनाएको छ । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने भएको छ ।… Continue reading नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?
६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो… Continue reading ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी
राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शनिबार शपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराए । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् । राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त,… Continue reading राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ
बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए
काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन्। फागुन १६ गते बिहान… Continue reading बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए
उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने
काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका… Continue reading उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने
नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त