Category: समाचार

  • अन्ततः राष्ट्रपति कांग्रेसको पोल्टामा, प्रचण्डले बदले गठबन्धन

    अन्ततः राष्ट्रपति कांग्रेसको पोल्टामा, प्रचण्डले बदले गठबन्धन

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गठबन्धन परिवर्तन गर्ने निर्णय लिएको छ । यससँगै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रपति पाउने निश्चित भएको छ । यससँगै ८ दलको नयाँ गठबन्धन बनेको छ । गठबन्धनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ ।

    शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क थियो । प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । उम्मेदवार भने कांग्रेसले छान्ने छ ।

  • अब सरकारले घोषणा गर्ने आकस्मिक बिदामा बैंक बन्द नहुने

    अब सरकारले घोषणा गर्ने आकस्मिक बिदामा बैंक बन्द नहुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार ‘क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७९ जारी गर्दै आकस्मिब बिदाका दिनमा बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने व्यवस्था गरेको हो ।

    ‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले शुक्रबारदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

    ‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

    यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।

  • नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

    नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावमा कांग्रेसले असहमति जनाएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए ।

    तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि सारेको छ ।

  • बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

    बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

    काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

    पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन्।

    दाहालले आज बिहानमात्रै नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्। शनिबार राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ।

    ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए।

  • जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

    जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

    काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।


    यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईवा घाइते भएका थिए ।

  • राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?

    राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?

    काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार छान्न दलहरुलाई निकै मुस्लिक परेको छ । बिहीबार शीर्ष नेताहरूबीचको वार्ता टुंगोमा पुग्न सकेन । शुक्रवार निर्णायक वार्ता हुँदैछ । शनिवार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम छ । सोहीकारण आज बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउनु पर्नेछ । ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त बैठक पनि आजै बस्ने तयारी छ ।

    हिजो बिहीवार बसेको माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको थियो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँच दलीय पुरानो गठबन्धन ब्युँताउनेबारे अन्तिम प्रयास गर्नेछ । पुरानो पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका थिए ।

    कांग्रेसले राष्ट्रपतिको विषयमा निर्णय गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठकले कांग्रेसका तर्फबाट उम्मेदवारको नाम टुङ्ग्याउनेछ । वर्तमान सत्ता गठबन्धनमा रहेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि यसबारेमा पनि सहमतिको प्रयास भइरहेको छ । आउँदो २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।

  • काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने

    काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सिसीटीभी जडानको संख्या बढाउने भएको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकले महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

    महानगर आफैंले शहरी सञ्चार सुरक्षाका लागि भन्दै ६ करोड विनियोजन गरेको छ । काठमाडौंको मुल सडकमा नेपाल प्रहरी मार्फत सीसीटीभी जडान गर्ने तयारी छ । चोक तथा गल्लीहरुमा नेपाल प्रहरीको प्राविधिक सहयोगमा वडा कार्यालय मार्फत सीसीटीभी जडान हुनेछ । महानगरले सार्वजनिक स्थानमा आवश्यकता अध्ययनको आधारमा सीसीटीभी जडान गर्ने बताएको छ ।

  • मेयर बालेन लण्डन जाने

    मेयर बालेन लण्डन जाने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन्। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो।

    बालेनको वैदेशिक भ्रमण गर्न मन्त्रिपरिषद्‍बाट बैठकले अनुमति दिएर स्वीकृत गर्नुपर्ने हुन्छ। कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने अधिकारीले बताए। उक्त समिटमा फुड एण्ड हाइजिन लगायतका विषयमा कुरा हुने बताइएको छ ।

  • परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने

    परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने

    काठमाडौं । वैदेशिक रोजगार विभागले अब परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक लगाएको छ । केही दिनयता विभागको नियमित काम प्रभावित हुने गरी पिडितको नाममा कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गर्ने र कार्यालयमा आतंक मच्याउने काम भएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।


    उनका अनुसार यसले कार्यालयको काम गर्ने वातावरण बिग्रिएको भन्दै विभागले गुनासाहरुलाई कानुनी बाटोबाट ल्याउन आग्रह गरेको हो । अब कार्यालय प्रवेशमा कडाइ गरिएको र विभागमा आउने सेवाग्राहीसँग अनिवार्य परिचयपत्र साथमा हुनुपर्ने नियम बनाइएको उनले जानकारी दिएका छन् ।

  • उपत्यकाको सडकमा ‘स्पीड लिमिट’ तोकियो

    उपत्यकाको सडकमा ‘स्पीड लिमिट’ तोकियो

    काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा सवारीको गति तोकिएको छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडकको भौतिक अवस्थालाई मध्येनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सडक अनुसार सवारीको गति तोकेको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार कलंकी-कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने छ ।

    त्यसैगरी, कोटेश्‍वर-भक्तपुर सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ । साथै उपत्यकाको अन्य स्थानमा आवश्यकता अनुसार गति माी तोकी सोही स्थानमा बोर्डहरू राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    तोकिएको सडकमा तोकिएकोभन्दा बढी गतिमा सवारी चलाए कारबारी र जरिवाना हुने ट्राफिक प्रहरीले बताएको छ ।

  • पुरानो गठबन्धन ब्यूँतिने ओलीलाई डर,भन्छन्-‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन’

    पुरानो गठबन्धन ब्यूँतिने ओलीलाई डर,भन्छन्-‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन’

    काठमाडौं । पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ । राष्ट्रपतिको विषयलाई लिएर पुरानो गठबन्धन एकआपसमा जुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनमा चिसो पसेको छ । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रया दिएका हुन् । अध्यक्ष अ‍ोलीले १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको बताउँदै कांग्रेसलाई समर्थन गर्न नमिल्ने दाबी गरे ।

    ‘उहाँले (प्रचण्ड)ले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नु भएको छ,’ उनले भने ।

  • ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

    ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

    आन बिहान ताजकिस्तानमा ६.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेले बताए अनुसार बिहीबार बिहान ६ बजेको समयमा ताजकिस्तानमा ठूलो भूकम्प आएको हो । यसको धक्का चीनसम्म अनुभव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यूएसजीएसका अनुसार भूकम्पको केन्द्र पूर्वी ताजिकिस्तानको मुरग़ोबबाट ६७ किलोमिटर पश्चिम क्षेत्रमा हो । जमिनबाट २०.५ किलोमिटर गहिराईमा यसको केन्द्र मापन गरिएको छ । मानिसहरु हताहती तथा सरचनाको क्षतिबारे जानकारी आइसकेको छैन । समाचार अनुसार मानिसहरुको बसोबास कम भएको पहाडी भेगमा केन्द
    रहेको छ ।

  • दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

    दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

    काठमाडौं । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

    दक्षिण कोरियामा रहेको नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको खण्डमा सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार नेपाललाई रोक लगाइएको हो ।

    नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो

  • ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

    ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।

    प्रहरी निरीक्षक झरना सुनारका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जनाएको छ।

  • प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

    प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

    काठमाडौं । राष्ट्रपति चुनाव नजिकिँदै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन टुट्ने सम्भावना बनेको नेताहरुले बताएका छन् । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँतिन सक्ने समेत बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको हो ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बनेको थियो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बनेको नेताहरुको भनाई छ ।

    पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भए पनि गठबन्धन जोगाउन पहल गरिरहेका छन् । एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने ओलीको प्रस्ताव समेत छ । एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि आफ्ना अध्यक्ष महन्थ ठाकुरको नाममा सहमति जुटाउन खटिएका छन् ।

  • स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट

    स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट

    काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

    साथै मातृ शिशु स्वास्थ्य, २०७२सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए । डा। गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको भन्दै डब्ल्यूएचओको तर्फबाट आवश्यक सहयोग निरन्तर हुने आश्वासन दिएका थिए । भेटमा नसर्ने रोग, प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा लगायतका विषयमा पनि छलफल भएको थियो ।

  • लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

    लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

    काठमाडौं । लघुवित्तका ऋणी समस्यामा पर्न थालेसँगै नेपाल राष्ट्र बैंकले कडाई थालेको छ । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

    यस्तै लघुवित्त संस्था वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले बचकर्तालाई दिने ब्याजदरको सीमा पनि तोकेको छ । लघुवित्तले कर्जा लगानी गर्दा दिने ब्याजदरको ५० प्रतिशत ब्याजदर निक्षेपमा पनि दिनैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै लघुवित्तलाई कर्मचारीको क्षमता अभिवृद्धिमा समेत काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

  • राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

    राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।

    सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

  • बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    काठमाडौं । बुधबार दिउँसो १ः४५ बजे बाजुराको बिछ्या आसपास केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    छिमेकी जिल्‍ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । क्षतिको विवरण आउन बाँकी छ।

    यसअघि बाजुरा केन्द्रविन्दु भएर माघ १० गते ५ दशमलव ९ म्याग्निच्युड र माघ १२ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । एक जनाको ज्यानसमेत गएको थियो ।

  • डीआईजी अशोक सिंहले दिए राजीनामा

    डीआईजी अशोक सिंहले दिए राजीनामा

    काठमाडौं । जन्ममिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रहरी नायव महानिरीक्षक डीआइजी अशोक सिंहले राजीनामा दिएका छन्।

    प्रहरी प्रधान कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन्।राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए।

    सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । प्रहरी प्रधान कार्यालयको विवरणमा अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।

  • सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

    सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

    काठमाडौं । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसमा आममाफी दिएको गृहमन्त्रालयबाट प्राप्त पत्र प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।

    २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए ।

    छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।

  • एक महिनामा ६४ हजार २८४ ले लिए श्रम स्वीकृति

    एक महिनामा ६४ हजार २८४ ले लिए श्रम स्वीकृति

    काठमाडौं । एक महिना (माघ)को अवधिमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो ।

    यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ पुरुष रहेको विभागले जनाएको छ । सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेहरु छन् । मलेसियाका लागि १९ हजार ७ सय ८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।


    कतार जानका लागि १२ हजार ७ सय ४ जना, साउदीका लागि १० हजार ५ सय ७६ जना, युएईका लागि ९ हजार ७ सय ७० जना र कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि ४ सय १७, क्रोएसियाका लागि ४ सय ७१, जापानका लागि ८ सय ८२, माल्टाका लागि २ सय ७०, पोल्याण्डका लागि ७ सय २०, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८ सय ४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । रासस

  • राष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट शुरु

    राष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट शुरु

    काठमाडौं । राष्ट्रपति चुनावको प्रक्रिया आजाबट शुरु हुँदैछ । सो प्रयोजनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्ने भएको हो । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो । नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन दुई दिनको समय दिइने भएको छ ।

    आउँदो २५ गते राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । मतदानका लागि आउँदो १३ गते शनिबार मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्यले मतदान गर्छन् । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ तथा प्रदेश सभामा ५ सय ५० मतदाता छन् ।

    आयोगले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुने तालिका छ । अझै उम्मेदजारको भने टुंगो लागिसकेको छैन ।

  • ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति

    ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति

    काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि ढोरपाटन शिकार आरक्ष केन्द्रमा शिकार पर्यटकका लागि अनुमति दिएको छ । यो सिजनमा १२ नाउर र ८ झारलको शिकार हुनेछ । विभागले सार्वजनिक सूचनामार्फत शिकार गर्न इच्छुक शिकारी व्यत्ति तथा संस्थाका लागि प्रस्ताव आह्वान गरेको थियो । १५ दिनभित्र पेश हुने प्रस्तावबाट बढीबढाउका आधारमा शिकार कम्पनीले नाउर, झारल र बँदेलको शिकार अनुमति पाउँछन् ।

    विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको शिकार गरिनेछ । यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल शिकार कोटा तोकिएको छ । ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको हुन्छ ।

  • प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै

    प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । उनी फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा रहेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयले पुष्टी गरेको हो ।

    अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

  • चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, गर्न थाले दोहोरो संवाद

    चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, गर्न थाले दोहोरो संवाद

    काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीले घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका हुन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।

  • प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

    काठमाडौं । पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीले नियुक्ति दिएसँगै सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका सापकोटा अन्तराष्ट्रिय सम्बन्ध एवम् परराष्ट्र मामिलाको जानकारका रूपमा सापकोटा परिचित छन् ।

    टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारीमा रहेका सापकोटासँग अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा गहिरो ज्ञान रहेको छ ।

    डा. सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए । उनमा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रूपमा पनि काम गरेको अनुभव छ । भने चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

    उनले सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    उनका भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुप्रै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरू पनि प्रकाशित भएका छन् ।

    प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त गरिसकेका छन्।

    यस्तै, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भइसकेका छन् ।

  • राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति

    राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति

    काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएको छ । तर, दलहरु अहिलेसम्म उम्मेदवार टुंगो लगाउने कुरामा चुकिरहेका छन् । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम इन्ट्री भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेरै उनलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपतिमा नेता नेपालको नाम विकल्पको रूपमा चर्चा गर्दै आएका थिए ।

    पछिल्लो समय नेपाली कांग्रेसबाट रामचन्दै पौडेल र एमालेबाट माधव नेपालको नाम प्रस्ताव हुने सम्भावना बढेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेस नेतासँगको औपचारिक छलफलमा नेकपा एमालेबाट नेता नेपालको नाम प्रस्ताव हुनसक्ने सम्भावना औँल्याएको बताएका थिए । तर एमालेले कांग्रेस आफूसँग नयाँ समीकरण गर्न तयार नहुने र माओवादीले कुनै हालतमा राष्ट्रपति नदिए एमालेले कांग्रेस–माओवादी सम्भावित समीकरण रोक्न जुनसुकै विकल्पहरू अघि सार्न सक्ने अवस्था छ ।

  • टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

    टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

    काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा पुनः ठूलो भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार राती आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको पुष्टी भइसकेको छ । भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

    नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्की सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

  • राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार माओवादीले अध्यक्ष प्रचण्डलाई दियो

    राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार माओवादीले अध्यक्ष प्रचण्डलाई दियो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले यस्तो जानकारी गराए । उनका अनुसार आजको बैठकमा व्यक्तिमा छलफल भएन । बैठकमा पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय भएको उनले बताए ।