आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडी सोमबार पनि रोकिएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गाडी बीच बाटोमै रोकिदिएका हुन् । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् । हिजो धादिङको धुनिबेशी नगरपालिका-१… Continue reading आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?

काठमाडौं । डा. बाबुराम भट्टराई वर्तमान पार्टीहरुमध्ये आफ्नो माउ पार्टी माओवादी केन्द्रको चर्को आलोचक बनिसकेका थिए । नयाँ युगका लागि पुरानो पार्टीको काम छैन भन्ने निष्कर्षसहित ७ वर्षअघि तत्कालीन नेकपा एकीकृत माओवादी परित्याग गरेका उनी आगामी निर्वाचनमा भने माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जान तयार भएका छन् । नयाँ संविधान बनेलगत्तै उनले पार्टी परित्याग गरेका थिए… Continue reading डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?

चुनावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

काठमाडौं । चुनावी रणनीति बनाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने तयारी छ । डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको… Continue reading चुनावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?

काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको थियो । राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेसँगै राजनीतिक सरगर्मी तातेको छ । एमालले राष्ट्रपतिको कदमको स्वागत गरेको छ । कांग्रेसले कडा आलोचना गरेको छ । माओवादीले भने साझा धारणा बनाएर मात्र प्रतिक्रिया दिने भनेको छ । राष्ट्रपतिको असहमतिका कारण नागरिकता विधेयक पुनः… Continue reading राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठान । प्युठानमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ६ बहानेमा जीप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापा छन् ।… Continue reading प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता

Gorakhapatra

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छिन् । विधेयकलाई संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो । आधारमा नेपाली नागरिकता पाएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने… Continue reading नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता

नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ३२ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

बालेनलाई योगेशले भने-‘फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित आउनुहोस्, एमालेले सहयोग गर्छ’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेको मुख्यालय आउन आग्रह गरेका हुन् । त्यस्तै, सांसद भट्टराईले देउवा सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुत्ती नरहेकोले ध्यानाकर्षण पनि नगर्ने बताएका छन्।… Continue reading बालेनलाई योगेशले भने-‘फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित आउनुहोस्, एमालेले सहयोग गर्छ’

विदेशमा रहेका नेपालीलाई भोट हाल्न नेपाल आउन राप्रपाको निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाट हाल्ने गरी स्वदेश फर्कन आह्वान गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका हुन् । नेपालमा मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ। लिङ्देन झापा ३ बाट उम्मेदवार हुने तयारीमा छन् ।… Continue reading विदेशमा रहेका नेपालीलाई भोट हाल्न नेपाल आउन राप्रपाको निम्तो

बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

File

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठेको छैन । जसले गर्दा सडकमा फोहोर थुप्रिएको छ । त्यसमाथि निरन्तर परेको वर्षाले सडक झनै अस्तव्यस्त बन्न पुगेको छ । गतरातीबाट मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ५ बजे सूचना जारी गर्दै सबै नदीमा… Continue reading बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

काठमाडौं । शनिबारबाट काठमाडौंमा फोहोर संकलन शुरु भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् । उनका अनुसार शनिबार १५२ वटा गाडी फोहोर बञ्चरे डाँडामा पुगेको छ । शनिबार स्थानीयले समेत अवरोध नगरेको उनले जानकारी गराएका छन् । अब कुनै अवरोध नभए दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा लैजाने लक्ष्य छ । काठमाडौं… Continue reading शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

रुकुममा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यु

रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको भ्यान दुर्घटना हुँदा रुकुममा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको कार्यालयले जनाएको छ… Continue reading रुकुममा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यु

निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतलाई अस्पतालमा पुगेर भेट गरेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् । ‘आफ्नो बच्चाको… Continue reading निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो

संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

काठमाडौं । प्रहरी समायोजन नभएको आरोप लगाउँदै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणमा आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरे । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १… Continue reading संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितलाई भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ(आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा… Continue reading गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

एमाले र राप्रपाबीच चुनावी तालमालबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो… Continue reading एमाले र राप्रपाबीच चुनावी तालमालबारे छलफल

कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक शनिबार बिहान साढे ९ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल हुने छ । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलगायत सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थिति… Continue reading कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज

मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

REUTERS

काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादका कारण भएको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही… Continue reading मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय राखेको भन्दै कडा आलोचना गरेका छन् । प्रदेश संरचना संचालन गर्दा चरम दुरुपयोग गरिएको प्रति उनले विरोध जनाएका हुन् । प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने उनको भनाई छ । हेटौँडामा शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन… Continue reading हेटौडाबाट रविको प्रश्न : झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालय किन चाहियो ?

सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको भन्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा… Continue reading सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

बैतडी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता… Continue reading नुहाउने क्रममा महाकाली नदीमा दुई किशोरी वेपत्ता

१२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत यही भदौ ५ गतेदेखि देशका विभिन्न ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। ५० जिल्लामा रहेका बालबालिकाकामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। खोप अभियान सञ्चालन गर्ने… Continue reading १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

काठमाडौं । निहारिका राजपूतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्। शुक्रबार दिउँसो करिब सवा ३ बजे उनले आफ्नो जीउमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिकाले सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरेका कारण आगो लगाउन पाइनन्। शीतल निवासबाट… Continue reading निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२९० जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार ५६५ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाणले गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्। कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा… Continue reading मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर ज्यान गएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका… Continue reading झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

आगामी तीन दिनसम्म वर्षाको सम्भावना

RSS

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ… Continue reading आगामी तीन दिनसम्म वर्षाको सम्भावना

रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

काठमाडौं (रासस) । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर उल्लासमय वातावरणमा मनाइंदैछ । यस दिन नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं… Continue reading रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै

आज गाइजात्रा, यस्तो छ मनाउने कारण

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान… Continue reading आज गाइजात्रा, यस्तो छ मनाउने कारण

एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । समितिमा केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र… Continue reading एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी