सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा… Continue reading सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

File

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो । बजेट मन्त्रालयले निकासा गरेपछि खर्च गर्न सकिने छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने… Continue reading आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने निश्चित भएको छ । आइतबार फेसबुकमा एक तस्बिर राख्दै उनले गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी गराएकी हुन् । यो एमाले नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। यसअघि उनी नेकपा एमालेबाट… Continue reading गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

काठमाडौं । आज संसद बैठकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरिँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति… Continue reading गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे। कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकाले पोखरेललाई… Continue reading आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

तस्विर:शिलापत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सरपीडित गिरिको निधन भएको थियो । आइतबार बिहान अस्पतालमा र दिउँसो कांग्रेस मुख्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिपछि शवयात्रा निकालिएको थियो । गिरिलाई… Continue reading राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ जना र १६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार २४१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन् । भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको… Continue reading राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

काठमाडौं । नेता प्रदीप गिरीको शोकमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा सांसद गिरीको शोक प्रस्ताव पनि पारित गरेको छ। यस्तै, १३ दिनसम्म देशभरका कार्यालयमा शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि… Continue reading प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

File Photo

इथियोपिया । ३७ हजार फिट उचाइमा उडिरहेको जहाजमा पाइलट निदाएपछि यो घटना यतिबेला विश्वभर चासोको विषय बनेको छ । अवतरणका क्रममा भने उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।   विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए। बिबिसीलेएभिएशन हेराल्डलाई उदृत गर्दै लेखे  अनुसार अन्ततः पाइलटहरू ब्युँझे… Continue reading उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

रास्ट्रपतिको सन्देश : देशले बौद्धिक व्यक्ति गुमायो

काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरी प्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रद्धाञ्जली व्यक्त भएको छ । “नेता गिरीको निधनको खबरले अत्यन्त दुखी बनाएको र देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको रास्ट्रपतिको भनाइ छ । उनले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकि छिन

काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म… Continue reading काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

गिरिको निधनमा प्रधानमन्त्रीको शोक सन्देश : असल नेता गुमायौ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले उल्लेख गरेका छन । ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको… Continue reading गिरिको निधनमा प्रधानमन्त्रीको शोक सन्देश : असल नेता गुमायौ

रहेनन् काङ्ग्रेस नेता गिरि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । शनिबार साँझ… Continue reading रहेनन् काङ्ग्रेस नेता गिरि

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ। गिरीपत्नी भारती सिलवाल गिरीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्रार्थना गर्न सबैसमक्ष अपिल गरेकी हुन्। भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरी झन्डै एक महिनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल… Continue reading कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ४,३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो। १,६७० पीसीआर परीक्षणमा १८० र २,६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, कोरोना संक्रमणका… Continue reading पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि उक्त पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी रहे पनि दुवै जना उपमहासचिव बनेका छन्। माओवादीले २१ जनाको पदाधिकारीमा एक जना… Continue reading माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

पश्चिम तराईमा मध्यरातमा भुकम्प

बाँके । पश्चिम तराईमा  भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यरातमा आएको भुकम्पले स्थानीय त्रसित बनेका थिए ।

चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मुखमा आफ्नो भातृ सङ्गठन  योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय बनाएको छ । बिहिवार अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिए । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।  विस्तृत शान्ति… Continue reading चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

काङ्ग्रेस नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाठौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटर निकालिएको छ । उनी क्यान्सरबाट पिडित छन् ।

नेपालमा थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८५९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ सञ्चालन

तस्बिर: युनिसेफ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ । अस्पतालको ६३ औं वार्षिकोत्वसको अवसरमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले वृहत्त स्तनपान व्यवस्थापन केन्द्र उद्घाटन गरेकी हुन् । यो नै नेपालको पहिलो (ह्युमन मिल्क बैंक) हो । मिल्क बैंकको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ह्युमन मिल्क बैंकले… Continue reading नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ सञ्चालन

जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना

टोकियो । जापानमा एकै दिन साढे २ लाख मानिसमा कोरोना संक्रमण भएको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड पुष्टी भएको हो । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा ती मानिसमा कोरोना देखिएको हो । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी भएको समाचारमा… Continue reading जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना

आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै

Photo : Deshsanchar

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै

तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्… Continue reading तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो । पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने… Continue reading बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई

काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएका छन् । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना पाएको छ । साथै ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र समेत सोही कम्पनीले पाएको छ । बिहीबार आयोजित कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने… Continue reading दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई

नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त

‘नागरिकता विधेयकमा टाउकोको होइन विवेकको गणना गरिनुपर्छ’-सांसद ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा सांसदहरूको टाउको नभइ विवेकको गणना गरेर निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । नागरिकता वितरणजस्तो गम्भीर विषयमा केवल संसदमा सांसदहरूको टाउको गनेर पारित गर्न नहुने बताउँदै उनले राष्ट्रिय सहमति खोजिनुपर्ने बताएका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै… Continue reading ‘नागरिकता विधेयकमा टाउकोको होइन विवेकको गणना गरिनुपर्छ’-सांसद ज्ञवाली

राष्ट्रपतिको ‘भूमिका’प्रति सांसदको व्यंग-‘नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘भूमिका’प्रति व्यंग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्। उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय,… Continue reading राष्ट्रपतिको ‘भूमिका’प्रति सांसदको व्यंग-‘नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’