काठमाडौं । पछिल्लो केही घण्टायता तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको… Continue reading पश्चिम पहाडी भेगमा ठूलो वर्षा
Category: समाचार
कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन
तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्। पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति… Continue reading कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते खबर छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते… Continue reading दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु
सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक… Continue reading सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?
चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्न पार्टी समक्ष निवेदन दर्ता गरेका छन् । उनले चितवन १ मा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार कांग्रेसको चितवन १ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्नेमा वाग्लेसहित ६ जना रहेका छन् । जसमा वर्तमान योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल समेत छन्… Continue reading चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन
महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर
काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको… Continue reading महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर
१ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको… Continue reading १ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार ११६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना… Continue reading ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा
रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु
काठमाडौं । रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनीया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनएको छ। मृतक… Continue reading रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु
नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।… Continue reading नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए। प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा… Continue reading प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत समेत खुलाउनुपर्ने गरी निर्वाचन आयोगले नियम ल्याएको छ । मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।… Continue reading प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारका लागि देश दौडाहामा जान नपाउने भएका छन् । निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता अनुसार कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ । आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय… Continue reading प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने
नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण… Continue reading नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु शून्य
बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी अभियोगमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले आदेश दिएको छ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो। अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा… Continue reading बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ
सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय
काठमाडौं । न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् । ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए। तर, व्यवसायीले आफूहरुले… Continue reading सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय
पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु
इस्लामावाद । बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३… Continue reading पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु
रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन
रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ… Continue reading रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन
कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान
धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन… Continue reading कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी… Continue reading रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु
अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अब डाक्टर र नर्ससहितको सेवा उपलब्ध हुने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने निर्णय गरेको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर… Continue reading अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको छ । बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी… Continue reading माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?
काठमाडौं महानगरले भत्कायो भोटाहिटी-रत्नपार्क अण्डर पासमा बनेको अवैध संरचना
काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ। नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ। महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ। महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।… Continue reading काठमाडौं महानगरले भत्कायो भोटाहिटी-रत्नपार्क अण्डर पासमा बनेको अवैध संरचना
अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छः उपमेयर डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । आइतबार सामाजिक संजालमा स्ट्याटस राख्दै महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी हुन् । ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण… Continue reading अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छः उपमेयर डंगोल
नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
काठमाडौं । नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ। राष्ट्रियसभाका… Continue reading नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीले आफ्ना सवारी साधन पार्किङ गर्न सक्ने भएका छन् । यसअघि सेवाग्राहीले सडकमा आफ्नो जोखिममा सवारी साधन राख्नु पर्ने बाध्यता थियो । महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रयोजनका लागि भएको भन्दै सो स्थान गत शुक्रबार खाली गराएको हो । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन समेत सेवाग्राहीसँग भनेको… Continue reading महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने
मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना
काठमाडौं । आइतबारबाट नेपालमा मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा… Continue reading मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना
एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि… Continue reading एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने
१७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा… Continue reading १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य
काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेका अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको छ । सार्वजनिक जग्गामा रहेका, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानैबाट भत्काउन थालिएको महानगरले जनाएको छ । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर… Continue reading काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी