महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गर्ने कारखानामा छापा हानेको छ । सो क्रममा पाँच जना पक्राउ परेका छन् । नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४… Continue reading महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

प्रतिकात्मक तस्वीर

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र… Continue reading कपिलवस्तुमा गोली प्रहारबाट एक जनाको हत्या

महानगरले खाली गरायो राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ

काठमाडौं । काठमाडौं महागरपालिकाको नगर प्रहरी टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ खाली गराएको छ । शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ खाली गराएको हो । विभागको पार्किङका लागि बनाइएको बेसमेन्टमा कार्यालय राखिएको पाइएको थियो । जसकारण सवारी पार्किङ अव्यवस्थित बनेको थियो । महानगरले त्यस स्थानमा राखेका कुर्सीहरू… Continue reading महानगरले खाली गरायो राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ

बालेन्द्रको कदममा झाँक्रीको समर्थन-‘इमान्दार प्रयास सफल हुन्छन्, तपाईं अघि बढ्नुस्’

काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमार झाँक्रीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को कदममा समर्थन जनाएकी छन्। शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह गर्दै अब सबै अवैध संरचना र अतिक्रमणहरु हटाउनुपर्ने बताएकी हुन् । उनले लेखेकी छिन्, ‘मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन… Continue reading बालेन्द्रको कदममा झाँक्रीको समर्थन-‘इमान्दार प्रयास सफल हुन्छन्, तपाईं अघि बढ्नुस्’

अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काको हवाई उडानमा प्रतिबन्ध

एजेन्सी । पछिल्लो समय तिक्तता बढ्दै गएपछि अमेरिका र चीनले एक–अर्काका एयरलाइन्स कम्पनीहरुलाई उडान प्रतिबन्ध लगाउन थालेका छन् । कोरोनाका कारण भन्दै उडानमा प्रतिबन्ध लगाए पनि पछिल्लो समय तिब्बत मामलालाई लिएर दुई देश बीच बढ्दै गएको दूरीका कारण एक देशले अर्को देशको हवाई उडानमा प्रतिबन्ध लगाउन थालेको हुन सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था… Continue reading अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काको हवाई उडानमा प्रतिबन्ध

शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार कोरोबारको दुइघण्टामा २१३ कम्पनीको १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच भएको छ… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, १ अर्ब २९ करोडको कारोबार

सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि अझै सिटको बाँडफाँट टुग्याउन सकेको छैन । सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो । बिहीबार नेपाली… Continue reading सत्ता गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट अझै टुंग्याएन, आज पनि बस्दै बैठक

एमाले केन्द्रिय समिति बैठक आज, के के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय… Continue reading एमाले केन्द्रिय समिति बैठक आज, के के छन् एजेण्डा ?

माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने निश्चित भएको छ । दुई पार्टीबीच पार्टी एकतासम्मको सहमति रहेको छ । निर्वाचन आयोगले निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको जनाएको छ । जसमा यी दुई पार्टी एकल चुनाव चिन्हबाट लड्नेछन्… Continue reading माओवादी केन्द्र र नेपाल समाजवादीको एउटै चुनाव चिन्ह स्वीकृत

सत्तारुढ दलको बैठक बस्दै, गठबन्धनमा सीट बाँडफाँट सकाउने लक्ष्य

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सिट बाँडफाँटबारे छलफल गर्न आज बैठक बस्दैछ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटबारे प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आज बिहान छलफल हुने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बुधबार अपरान्ह बस्ने गरी बोलाइए पनि नेताहरूको कार्यव्यस्तताका… Continue reading सत्तारुढ दलको बैठक बस्दै, गठबन्धनमा सीट बाँडफाँट सकाउने लक्ष्य

भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

काठमाडौं । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवालाई भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर यसबारे नेपाल सरकारको धारणा सुनाएका हुन् । उनले नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । यो योजना भारतमै विवादित बनेको… Continue reading भारतीय सेनाको ‘अग्नीपथ’ योजनामा नेपाली युवालाई भर्ति नगर्न नेपालको आग्रह

राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति

Gorakhapatra

काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै पठाएसँगै असन्तुष्ट राष्ट्रपति विद्यादेवि भण्डारीले राजिनामा दिन सक्ने आशंकाका बीच राजनीतिमा नयाँ बहस शुरु भएको छ । बुधबार एमाले निकट सञ्चारमाध्यमले राजिनामा आउन सक्ने सम्भावना रहेको प्रकृतिका समाचार प्रकाशित गरेका थिए । यसलाई बल पुग्ने गरी बुधबार नै राष्ट्रपतिले आफ्नो सुरक्षामा खटिएका वर्तमान र विगतका सुरक्षाकर्मीलाई समेत बोलाएर… Continue reading राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति

नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने… Continue reading नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् । जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको… Continue reading मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा

अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

काठमाडौं । नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ । एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन थालेको हो । केही दिनअघि मात्रै नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको महानगरले आज काठमाडौंको मुटु मानिने सुन्धारास्थित काठमाडौं मलमा… Continue reading अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर

भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे एमालले भोटका लागि पाखण्डी प्रचार गरिरहेको बताएका छन् । विधेयकका प्रावधान एमालेले ल्याएको अध्यादेश भन्दा फरक नभएको भन्दै अहिले उसले गरिरहेको प्रचार केवल भोटका लागि भएको प्रचण्डको भनाई छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन्… Continue reading भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड

समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलसँग निवेदन माग गरेको छ । आयोगले बुधबार भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन सकिने गरी सूचना जारी गरेको हो । आयोगले साउन २२ देखि ३१ गतेसम्म निर्वाचन… Continue reading समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग

निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

काठमाडौं । आगामी निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थासँग निर्वाचन आयोगले प्रस्ताव मागेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन मागेको हो । राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ। संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी… Continue reading निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान

भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी… Continue reading भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने

मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख… Continue reading मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन

साउनमा १३ प्रतिशतले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो महिना (साउन)मा आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब… Continue reading साउनमा १३ प्रतिशतले घट्यो आयात

नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २१९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ९८९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे मंगलबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्। उनका… Continue reading दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ। काठमाडौं उपत्यकमा प्रभाव नदेखिएपनि तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बन्द गराउँदै हिँडेको आरोपमा… Continue reading विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गत असार ३१ गते दर्ता भएको यो विधेयक मंगलबार संसदमा दर्ता भएको हो। विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन्। विरोधको सूचनामाथि… Continue reading संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले… Continue reading नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका… Continue reading प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ६४६ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्। सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महँगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन्। ‘भदौ… Continue reading मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द

संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ। सोमबार बसेको बैठकले गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक… Continue reading संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित