काठमाडौं । फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले जनाएको छ । न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ… Continue reading यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम
Category: विज्ञान प्रविधि
जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको जानकारी दिएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँचजनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने । जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी… Continue reading जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु
काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती
काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो । उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही… Continue reading काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती
हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न शुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमवार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी… Continue reading हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?
काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्। मिस्टर बिस्ट सन् २०२३ मा टि सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ ।… Continue reading सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?
सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकमा ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।
आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । आज मुलुकको पहाडी भूभागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । अन्य भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,… Continue reading आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी… Continue reading एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति
५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी
काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ… Continue reading ५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी
डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४… Continue reading डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो
ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगबाट सुरु गरेर सबै बक्यौता उठाउन निर्देशन दिएका हुन्… Continue reading ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन
नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ
काठमाडौं । नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्। उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ… Continue reading नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ
काठमाडौंका आज यस वर्षकै चिसो
काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गतरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री… Continue reading काठमाडौंका आज यस वर्षकै चिसो
सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर
काठमाडौं । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो । मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । तर,… Continue reading सरकारी गाडीमा फागुन भित्र अनिवार्य इम्बोस्ड नम्बर
एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण
काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेकि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेकि छिन् । मङ्गलबार साँझ सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार… Continue reading एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण
अफवाह फैलाउने १८ युट्युव च्यानल कारवाहीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई सञ्चालित भई अफवाहपूर्ण सामाग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाह र अतिरञ्जनापूर्ण शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन भएकोले कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। मिडियाअन्तर्गत आवद्ध… Continue reading अफवाह फैलाउने १८ युट्युव च्यानल कारवाहीमा
ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली
काठमाडौं । ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइटको औपचारिक उद्घाटन भएको छ । विहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट कन्ट्रोल सेन्टरमा स्विच थिचेर उद्घाटन गरेको हुन् । महानगरपालिकाले ‘ललितपुर स्र्माट स्ट्रिट लाईट परियोजना’ अन्तर्गत दोस्रो चरणमा १ हजार ४१२ वटा स्मार्ट स्ट्रिट लाइट… Continue reading ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली
भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन् । जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताएका छन् । आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ । भारतमा हरेक… Continue reading भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु
नेपालमा हिँउदे वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा बादल लागेको छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम… Continue reading नेपालमा हिँउदे वर्षाको सम्भावना
उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भूभागमा मौसम आंशिकरुपमा बदली भएको हो ।… Continue reading उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । मध्यरातमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने
काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि ठेक्का लागेको छ । चोभार सुक्खा बन्दरगाह ५ वर्षको लागि ट्रान्स नेपाल फ्रेट सर्भिस जेभीलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिन लागिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम उक्त कम्पनीसँग करार सम्झौता गरी जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भएको जनाएको छ… Continue reading चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले चलाउने
उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी
काठमाडौं । उत्तर कोरियाले ुगुप्तचरी गर्ने उद्देश्यले पुनः भूउपग्रह प्रक्षेपण गर्न सक्ने जापानले दाबी गरेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार त्यस्तो प्रक्षेपण चाँडोमा बुधवार मध्यरातसम्म हुन सक्छ। टोक्योका अनुसार प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ । उक्त अवधि आगामी साता बिहीवार नोभेम्बर ३० को मध्यरातमा… Continue reading उत्तर कोरियाले जासुसी भू उपग्रह प्रक्षपण गर्ने तयारी
फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ । फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ… Continue reading फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी
टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क
काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ । अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड… Continue reading टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क
टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् । शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् । करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको… Continue reading टिकटकबाट आफु पनि पिडित भएको बालेनको भनाई
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय… Continue reading नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १४३८ मेगावाट, भारतमा निर्यात भयो ५१७ मेगावाट
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको… Continue reading लक्ष्मी पूजाका दिन पिक डिमाण्ड १४३८ मेगावाट, भारतमा निर्यात भयो ५१७ मेगावाट
पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा
काठमाडौं । पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोले हजारौँ मानिसहरूलाई बिरामी पारेपछि त्यहाँका अधिकारीहरूले केही सहरहरू बन्द गराएका छन्। पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको बताइएको छ। पन्जाब प्रदेश सरकारले लाहोरलगायत तीन सहरका विद्यालय, कार्यालय, शपिङ मल र पार्कहरू आगामी आइतबारसम्मका लागि बन्द गराएको छ। यो प्रदेश उही नामको भारतीय राज्यसँग जोडिएको… Continue reading पाकिस्तानमा समेत फैलियो भारतमा जस्तै विशाक्त हावा
पश्चिम नेपालमा वर्षा, उच्च भेगमा हिमपात
काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई… Continue reading पश्चिम नेपालमा वर्षा, उच्च भेगमा हिमपात