कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

RSS

काठमाडौं । नेपालमा बुधबारबाट मनसुन भित्रिएको छ । मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू-भागमा आंशिक बदली देखी… Continue reading मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत

RSS

काठमाडौं । मुलुकका पहाडी भुभागमा परेको वर्षाका कारण गर्मीबाट राहत मिलेको छ । पानी परेसँगै देशका धेरै ठाउँमा अधिकतम तापक्रम घट्दो क्रममा छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै चर्को गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै… Continue reading देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत

तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘ आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो… Continue reading तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्यरातमा भएको वर्षातका कारण गर्मीबाट केही राहत भएको छ । देशको मौसम पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावमा छ । सोहीकारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा… Continue reading काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट कार्यान्वयनका लागि बजेट बजेट प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बजेट क्यालेण्डर परिवर्तन गर्नुपर्ने राय थापाले राखेका छन् । बजेट माथि छलफलमा बोल्ने क्रममा महामन्त्री थापाले सांसदको भूमिका बजेट निर्माण प्रक्रियामा हुनुपर्ने बताए । फागुन महिनामा बजेटको प्रारम्भिक खाका विषयगत समितिमा ल्याउँदा संशोधन गर्नुपर्ने ऐनमा छलफल हुने… Continue reading बजेट क्यालेन्डर परिवर्तन गरौं : गगन थापा

पोखरामा उच्च विन्दुमा पुग्यो तापक्रम

काठमाडौं । पोखरामा शुक्रबार ३६ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो । अहिलेसम्म मापन भएको सबैभन्दा माथिल्लो विन्दु हो । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ । मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको… Continue reading पोखरामा उच्च विन्दुमा पुग्यो तापक्रम

तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

काठमाडौं । आजबट तापक्रम बढ्ने क्रम रोकिने भएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको… Continue reading तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

इयूको कालोसूची पुनः दोहोरियो

काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) पुनः दोहोरिएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची… Continue reading इयूको कालोसूची पुनः दोहोरियो

भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

काठमाडौं । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना… Continue reading भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

नेपालका विभिन्न शहरमा तापक्रमले राख्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनदिनै गर्मी बढिरहेका बेला चार वटा सहरमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ भने १३ वटा सहरमा जुन महिनाकै उच्च तापक्रम मापन भएको छ । देशभरका एक सय १३ वटा केन्द्रहमध्ये हिजो बुधवारसम्मको प्रारम्भिक दैनिक अधिकतम तापक्रमको… Continue reading नेपालका विभिन्न शहरमा तापक्रमले राख्यो नयाँ रेकर्ड

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका–१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको… Continue reading अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

देशभर बढ्दो गर्मी केही दिन नरोकिने

काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक… Continue reading देशभर बढ्दो गर्मी केही दिन नरोकिने

हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?

काठमाडौं । इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । यो मिसाइलको गति ध्वनिको तुलनामा १५ गुणा बढी हुने दावि इरानको छ । इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकासँग चलिरहेको तनावका बीच यो घोषणा भएको हो । यसबाट अमेरिका भड्किन सक्ने अनुमान गरिएको छ । ‘ फत्ताह’ नाम गरिएको उक्त मिसाइलले १४ सय किलोमिटरसम्म मार हान्न सक्ने इरानका… Continue reading हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?

एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

एजेन्सी । एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट – एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्। कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटकोसमेत घोषणा गरेको छ। रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१… Continue reading एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

काठमाडौं । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको… Continue reading देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ। १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले… Continue reading नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताए। छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या र १९५० को सन्धीबारे के… Continue reading भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का पानी परिरहेको छ। भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भू-भागबाट नेपाल प्रवेश गर्न लागेको हो । त्यही वायुका कारण… Continue reading कस्तो रहनेछ आजको मौसम ?

भारतीय कफ सिरप निर्यातमा रोक

काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ । गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन… Continue reading भारतीय कफ सिरप निर्यातमा रोक

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, गण्डकी र… Continue reading कस्तो छ आजको मौसम ?

रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

REUTERS\BBC

काठमाडौं । अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन्। अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्। उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र… Continue reading रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

काठमाडौं । अबको दुई–तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । त्यसैले आजदेखि दुई–तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन ।… Continue reading केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

उड्नै लागेको जहाजमा जब मुसो देखियो…

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो। तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले… Continue reading उड्नै लागेको जहाजमा जब मुसो देखियो…

दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले… Continue reading दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

काठमाडौं । अमेरिकाको मोनान्टा शहरमा टिकटक प्रतिबन्ध गरिने भएको छ । त्यहाँका गभर्नर ग्रेग जियानफोर्टले बुधबार प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर गरे। जसअनुसार १ जनवरीदेखि प्रतिबन्ध लागु हुने बताइएको छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले भने यो प्रतिबन्धले मोन्टानाका जनताको पहिलो संशोधन अधिकारको उल्लङ्घन गरेको आरोप लगाएको छ । पछिल्लो समय टिकटकले चीन सरकारलाई डाटा हस्तान्तरण… Continue reading अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

Photo : wrightouttanowhere.com

काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा जारी छ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मौसम अझै तीन दिन बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना छ । अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया… Continue reading काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार… Continue reading तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन… Continue reading नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती