काठमाडौं । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ… Continue reading बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी
Category: विज्ञान प्रविधि
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । देशको पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदली भएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने भएको छ । कोशी प्रदेश र बागमती प्रदेशका… Continue reading आज कस्तो रहनेछ मौसम ?
काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ । ३१ वैशाखमा मेयर बालेन्द्र साहले एक निर्णय गर्दै सोमबारदेखि कागजरहित सेवा सुरु गरेका हुन् । भवनको नक्सा अनलाइन… Continue reading काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने
मोखा चक्रवातको असर नेपालमा कति ?
काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो। सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक… Continue reading मोखा चक्रवातको असर नेपालमा कति ?
पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम
काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका… Continue reading पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम
गोरखा भूकम्पको ८ वर्ष पुरा
काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा… Continue reading गोरखा भूकम्पको ८ वर्ष पुरा
काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्ने तयारी थियो । तर, जहाज अहिले तराई हुँदै भारततर्फ लागेको छ । स्रोतका अनुसार जहाजमा धेरै इन्धन भएका कारण सम्भवतः भारतसम्म पुर्याएर अवतरण गराउने योजना हुन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण
आज कतिपय स्थानमा दिनभर वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का… Continue reading आज कतिपय स्थानमा दिनभर वर्षा
रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ। ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान… Continue reading रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए
पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हटेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाएको छ । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो । तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक… Continue reading पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो
आज केही पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौं । आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो… Continue reading आज केही पहाडी भेगमा वर्षाको सम्भावना
आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने
काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ यस वर्ष… Continue reading आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने
पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज
काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ । नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना… Continue reading पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज
तुँवालो बुधबार सम्मै रहने
काठमाडौं । केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ । ‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भने –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल… Continue reading तुँवालो बुधबार सम्मै रहने
सूर्यग्रहण नेपालबाट नदेखिने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । यस वर्ष वैशाख ७,… Continue reading सूर्यग्रहण नेपालबाट नदेखिने
काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित
काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै… Continue reading काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित
नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति
काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी… Continue reading नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति
कस्तो रहनेछ अबको मौसम ?
काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मघगर्जन र… Continue reading कस्तो रहनेछ अबको मौसम ?
गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ
काठमाडौं\बीबीसी । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ बुधवारको लागि तय भएको छ। त्यसअघि उनी हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि राख्न अनुरोध गरेको हो। उनी शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना… Continue reading गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ
भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार
काठमाडौं\बीबीसी । मोबाइल फोनबाट पहिलोपटक मानिसहरूबीच संवाद भएको ५० वर्षपछि हामीले खल्तीमा बोकेर हिँड्ने यो प्रविधिले संसारकै सबैभन्दा ठूलो भूकम्प पहिचान प्रणाली निर्माण गर्न सघाउ पुर्याइरहेको छ। सन् २०२२ को अक्टोबर २५ मा ५.१ म्याग्निट्यूडको भूकम्पले क्यालिफोर्नियाको बे एरियालाई हल्लायो। सौभाग्यवश त्यो एकदम खतरनाक खालको कम्पन थिएन तर उक्त क्षेत्रमा त्यसलाई महसुस गरेर व्यक्तिहरूले सम्प्रेषित… Continue reading भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार
ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो
काठमाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबाट बचेको छ । हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको हो । शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो। अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको थियो । उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको… Continue reading ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो
उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण
काठमाडौं । उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको परीक्षण गरकेो छ । समाचार एजेन्सी एएफपीका अनुसार उत्तर कोरियाको सरकारी मीडियाले यसको पुष्टी गरेको छ । उत्तर कोरियाले एक वर्ष अगाडी समेत यस्तै परीषण गरेको थियो । उत्तर कोरियाले यस न्यूक्लियर जडित ड्रोनले विपक्षीमाथि प्रहार गर्न सक्छ । उत्तर कोरियाले पछिल्ला दिनमा परमाणु शक्ति बिस्तार… Continue reading उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण
नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ
काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो। विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे… Continue reading नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ
नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय, जोखिम बढ्दै
काठमाडौं । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन… Continue reading नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय, जोखिम बढ्दै
ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…
काठमाडौं । ट्विटरले ुद न्यू योर्क टाइम्सुको खाताबाट भेरिफिकेसन चेक मार्क (ब्लू टिक) हटाइदिएपछि बहस सुरु भएको छ । ट्विटरले विश्व प्रख्यात अन्तर्राष्ट्रिय दैनिक पत्रिका न्यू योर्क टाइम्सको ट्विटर खाताबाट ब्लू टिक हटाइदिएको हो। ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कलाई यो पत्रिका मन नपर्ने विभिन्न सञ्चार माध्यमले लेखेका छन् । न्यू योर्क टाइम्सले… Continue reading ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…
जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
काठमाडौं । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। घरमा कसैलाई फ्लु लागे वा… Continue reading जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न सरकारले गरायो सचेत
इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?
काठमाडौं । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई इटलीमा प्रतिबन्ध लगाइएको छ । इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको बीबीसीमा समाचार छ । ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ। इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ। गत नोभेम्बरमा सुरु भएको… Continue reading इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी… Continue reading कस्तो रहनेछ आजको मौसम ?
सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड
काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न… Continue reading सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड
मध्यरातमा ताप्लेजुङमा भूकम्प
काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर मध्यरात िभूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएरनपुर्याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु… Continue reading मध्यरातमा ताप्लेजुङमा भूकम्प