४ वैशाख, काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने… Continue reading देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव
Category: विज्ञान प्रविधि
नेपाल-चीन सीमानामा भूकम्पको धक्का
काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । नेपाल(चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा थियो । काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ । केन्द्रका अनुसार नेपाली सीमा क्षेत्रबाट करिब १८… Continue reading नेपाल-चीन सीमानामा भूकम्पको धक्का
जाजरकोटमा आज पनि भूकम्पको धक्का
२ वैशाख, काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति… Continue reading जाजरकोटमा आज पनि भूकम्पको धक्का
११ मिनेट अन्तरिक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?
काठमाडौं । ६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी… Continue reading ११ मिनेट अन्तरिक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?
चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
काठमाडौं । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गतमा चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो । यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू… Continue reading चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको… Continue reading कस्तो रहनेछ आजको मौसम ?
भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ
२८ चैत, नयाँ दिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई… Continue reading भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ
काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा
२७ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकालगाायत विभिन्न स्थानमा वर्षा भएको हो । उनका अनुसार बिहीबार बिहान र दिउँसो पनि वर्षा हुने सम्भावना छ । यसपालिको वर्षाले वायुु प्रदूषण घटने र किसानलाई राहत पुग्ने उनले बताए… Continue reading काठमाडौंमा हल्का वर्षा, प्रदूषण हट्ने आशा
देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत
काठमाडौं । आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा हुँदा डडेलो र प्रदुषणबाट राहत मलिेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको देखिएको छ । कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा… Continue reading देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत
आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको देखिएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा… Continue reading आज पनि गयो भूकम्पको धक्का, काठमाडौंमा महसुस
अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरेको छ । बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो। पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो। यानले पृथ्वीको… Continue reading अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर पृथ्वीमा फर्किए
पश्चिम नेपालमा भूकम्प धक्का
५ चैत, काठमाडौं । अछाम केन्द्र विन्दु भएर आज पश्चिम नेपालमा भूकम्प गएको छ । बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले… Continue reading पश्चिम नेपालमा भूकम्प धक्का
सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन पठाइयो रकेट
२ चैत, काठमाडौं । स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ । दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए । तर स्पेसक्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरु पछिल्लो ९ महिनादेखि अन्तरिक्षमै थिए । नयाँ दल स्पेस स्टेशनमा पुगेको… Continue reading सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन पठाइयो रकेट
अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट
२ चैत, काठमाडौं । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गरेका छन् । खड्काले आविष्कार गरेको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट प्राप्त गरेका… Continue reading अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट
लद्दाखमा भूकम्प, क्षतिको विवरण आउँदै
१ चैत, काठमाडौं । भारतको लद्दाखमा भूकम्प गएको छ । यस क्षेत्रको कारगिलमा शुक्रबार बिहान भूकम्प गएको हो । भारतीय राष्ट्रिय भूकम्प केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ रेक्टर स्केल रहेको छ । भूकम्पको धक्का जम्मु कश्मिर सम्म महसुस गरिएको छ । यस क्षेत्रमा लगातार यो साता दुई भूकम्पको महसुस गरिएको छ । आइतबार ४ रेक्टर… Continue reading लद्दाखमा भूकम्प, क्षतिको विवरण आउँदै
धेरैपछि काठमाडौंमा मध्यम वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा धेरै पछि मध्यम खालको वर्षा भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति बागमती प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । ती स्थानमा मेघगर्जनसहित चट्याङ्गसहित वर्षाको सम्भावना छ । मौसमविदहरूका… Continue reading धेरैपछि काठमाडौंमा मध्यम वर्षा
मध्य नेपालमा आज भूकम्पको धक्का
काठमाडौं । आज मध्य नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज म्याग्दी र बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो… Continue reading मध्य नेपालमा आज भूकम्पको धक्का
निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल… Continue reading निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको… Continue reading सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का
म्याग्दीमा आज भूकम्पको धक्का महसुस
काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिएका छन् । चार रेक्टरस्कल भन्दा तलको भूकम्पको… Continue reading म्याग्दीमा आज भूकम्पको धक्का महसुस
आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा
काठमाडौं । आज पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र… Continue reading आज देशका विभिन्न स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा
एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक
काठमाडौं । एप्पलले एसई मोडलको सट्टा १६ ई शृंखलाको नयाँ आइफोन सार्वजनिक गरेको छ । बहुप्रतीक्षित बुधबारको कार्यक्रममा कम्पनीले बजेट फोनअन्तर्गतको पुरानो एसई भर्सनलाई अन्त्य गर्दै नयाँ आइफोन शृंखला बजारमा ल्याएको बताएको छ । किफायती मूल्यको यस स्मार्टफोनमा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि एप्पल इन्टेलिजेन्स समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आईफोन १६ भित्र… Continue reading एप्पलबाट १६ ई शृंखलाको नयाँ बजेट आइफोन सार्वजनिक
दिल्लीमा भूकम्पको ठूलो धक्का
काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । साथै सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि… Continue reading दिल्लीमा भूकम्पको ठूलो धक्का
अदानी ग्रुप श्रीलंकामा गर्ने ठूलो लगानीको योजनाबाट किन भयो फिर्ता ?
कोलम्बो । भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो । बिहीबार कम्पनीले एक बयान जारी गर्दै योजनाबाट पछि हटेको बताएको हो । जरुरी अनुमति पाइसकेको भए पनि यो कम्पनीले श्रीलंकामा वातावरणीय प्रभाव सम्बन्धी अनुमति पाउन ढिला भएको थियो… Continue reading अदानी ग्रुप श्रीलंकामा गर्ने ठूलो लगानीको योजनाबाट किन भयो फिर्ता ?
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । सोमबार देशका धेरैजसो ठाउँमा मौसम बदली हुने भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो । बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो पनि लागेको छ । आज दिउँसोदेखि साँझसम्म कोशी प्रदेशका केही स्थानमा वर्षासमेत हुने… Continue reading कस्तो रहनेछ आजको मौसम ?
क्यारेबियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएसँगै सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले लेखेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण(पश्चिम छ । भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका,… Continue reading क्यारेबियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
‘अमला काण्ड’का नाममा कन्टेण्ट राख्ने ३८ युट्युब च्यानल कारवाहीमा
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो–तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री… Continue reading ‘अमला काण्ड’का नाममा कन्टेण्ट राख्ने ३८ युट्युब च्यानल कारवाहीमा
सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुन सरकारको आह्वान
काठमाडौं । फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्लाटफर्म नेपालमा सूचिकृत गर्न सरकारले आह्वान गरेकोछ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ती तोक्न भनेको छ । मन्त्रालयले विगत एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने… Continue reading सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुन सरकारको आह्वान
सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक, व्यापक आलोचना
काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न कडा प्रावधानसहितको विधेयक ल्याएको छ । प्रयोगकर्तालाई आर्थिक जरिवानादेखि कैदसम्मका प्रावधन समेटिएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मंगलबार संसदमा दर्ता गरिएको छ । विधेयकमा सामाजिक सञ्जाल प्लाटफर्म र यसका प्रयोगकर्तालाई आर्थिक जरिवाना र जेल सजायसम्मको व्यवस्था राखिएको… Continue reading सामाजिक सञ्जाल नियमनमा कडा प्रावधान राखेर सरकारले ल्यायो विधेयक, व्यापक आलोचना
सरकारी वेवसाइट जोगाउन सरकारले जारी गर्यो एडभाइजरी, के के विषय समेटिए ?
काठमाडौं । सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षा गर्न भन्दै सरारले सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको जनाएको छ । एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र… Continue reading सरकारी वेवसाइट जोगाउन सरकारले जारी गर्यो एडभाइजरी, के के विषय समेटिए ?