खाडी मुलुकमा भिषण वर्षा र बाढी, व्यापक क्षति

REUTERS\BBC

काठमाडौं । खाडी देशहरूमा परेको भारी वर्षाको मारले घातक आकस्मिक बाढी आउनुका साथै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरूमा असर पारेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले आफूले निकै चुनौतिपूर्ण अवस्था सामना गरिरहेको जनाएको छ। विमानस्थल क्षेत्रमा पानीको भेल पसेकाले विमानस्थलले केही यात्रुहरूलाई त्यहाँ आइनहाल्न भनेको छ। त्यहाँ अचानक आएको बाढीमा आफ्नो कार परेपछि एकजनाले ज्यान गुमाएका छन्।… Continue reading खाडी मुलुकमा भिषण वर्षा र बाढी, व्यापक क्षति

जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरेसँगै डोल्पा यो सेवा प्राप्त गर्ने ७५ औं जिल्ला बनेको छ। यसअघि रुकुमपूर्वमा ७४ औं जिल्लाको रुपमा यो सेवा… Continue reading जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट

मेडियम वाइ बन्यो नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

काठमाडौं । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच… Continue reading मेडियम वाइ बन्यो नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

काठमाडौंमा वर्षा, प्रदूषणबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित वर्षा भएको छ । प्रदूषणका कारण प्रभावित वातावरणमा राहत मिलेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा अपरान्ह वर्षा भएसँगै प्रदूषण समेत घटेको छ । ‘वायुमण्डलमा थुप्रिएको प्रदूषित हावाका कणलाई पानीले तल झारेको छ । त्यसले… Continue reading काठमाडौंमा वर्षा, प्रदूषणबाट राहत

भारतमा लगानी बिस्तारको योजना मस्क

ANI\BBC

न्यूयोर्क । टेस्ला कम्पनीका मालिक एलन मस्क भारतमा लगानी बिस्तारको योजनामा छन् । सोही क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने जानकारी गराएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् । मस्कले स्पेसमा समेत रकेट मार्फत यात्रा गराउने कम्पनी खोलेर काम थालिसकेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार… Continue reading भारतमा लगानी बिस्तारको योजना मस्क

युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

REUTERS\BBC

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ठूलो पारमाणविक दुर्घटना निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ। रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ। आक्रमणमा तीन जना घाइते भएको बताइएको छ। युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। अहिले रुसको कब्जामा रहेको ६… Continue reading युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

file

काठमाडौं । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ । ‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग… Continue reading चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

Getty Images\BBC

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का महसुस भएको छ । शुक्रबार आएको भूकम्पको तिव्रता ४.८ रेक्टर स्केल मापन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा न्युयोर्कको आइकोनिक प्रतिमा स्टेचु अफ लिबर्टी समेत हल्लिएको पाइएको छ । न्यूयोर्कका गगनचुम्बी भवन समेत केही बेर हल्लिएका थिए । भूकम्पको केन्द्र न्यू जर्सी नजिकै रहेको पाइएको… Continue reading अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ । भूकम्पपछि… Continue reading ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प

क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

Photo : BBC

काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्‍याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ। संसारको अन्य भागका… Continue reading क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । आज पनि देशभर मौसम आंशिक बदली भएको छ । स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भु-भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ… Continue reading आज कस्तो रहनेछ मौसम ?

मौसम शनिबार सम्म नै प्रतिकुल

काठमाडौं । मौसम शनिबार सम्मप्रतिकुल रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालका धेरैजसो भागमा पानी पर्नेछ । पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ ।… Continue reading मौसम शनिबार सम्म नै प्रतिकुल

हिउँदे वर्षा कुन स्थानमा धेरै ?

काठमाडौं । गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको… Continue reading हिउँदे वर्षा कुन स्थानमा धेरै ?

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबारबाट मौसम प्रतिकुल बनेको हो । बिहीबार समेत यो जारी रहने भएको छ । शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

काठमाडौं । बुधबार देशभर मौसम बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम… Continue reading आज काठमाडौंसहित पूर्वी नेपालमा वर्षातको सम्भावना

बढ्न थाल्यो गर्मी, कुन शहरमा कति पुग्यो तापक्रम ?

काठमाडौं । देशभर गर्मी बढ्न सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्छ । मार्च पहिलो साता अर्थात फागुन अन्तिमबाट तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । आइतबार जनकपुरको तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस, धरानको ३४ डिग्री सेल्सियस, विराटनगरको ३३… Continue reading बढ्न थाल्यो गर्मी, कुन शहरमा कति पुग्यो तापक्रम ?

टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको समाचारहरुमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो। द न्यूयोर्क टाइम्सका अनुसार यो विधेयक अब सिनेटमा जानेछ। सिनेटले यो विधेयक… Continue reading टिकटकको स्वामित्व अमेरिकाले नपाए प्रतिबन्ध लगाउने तयारी

चार अन्तरिक्ष यात्रु ६ महिनापछि पृथ्वीमा फर्किए

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरी चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरुको स्पेसएक्स क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको… Continue reading चार अन्तरिक्ष यात्रु ६ महिनापछि पृथ्वीमा फर्किए

कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको… Continue reading कास्कीमा चार रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौंमा अब खटिने भयो ‘क्विक रेस्पोन्स टिम’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ‘क्विक रेस्पोन्स टिम (क्युआरटी’ परिचालन गरेको छ। बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले क्युआरटीका प्रहरीहरूलाई आवश्यक सामग्री प्रदान गरेका हुन्। उक्त सामग्री प्रदान गरेसँगै क्युआरटी प्रहरी परिचालन भएका हुन्। काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटनारदुर्घटनास्थलमा खटिनका लागि क्युआरटी परिचालन गरिएको हो। क्‍युआरटीको जिम्मेवारीमा रहेका… Continue reading काठमाडौंमा अब खटिने भयो ‘क्विक रेस्पोन्स टिम’

जब विश्वभर एकसाथ डाउन भए फेसबुक, मेसेन्जर र इन्स्टाग्राम

FT

काठमाडौं । मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर एकसाथ अवरुद्ध बन्दा प्रयोगकर्तामा अन्यौल छाएको छ । करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका थिएनन् । नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका थिए । त्यसको एक घण्टापछि मात्र खुलेका छन् ।… Continue reading जब विश्वभर एकसाथ डाउन भए फेसबुक, मेसेन्जर र इन्स्टाग्राम

पृथ्वीको सबैभन्दा ठूलो मूरुभूमीको उत्पत्ति बारे वैज्ञानिकले पत्ता लगाए उमेर

C BRISTOW\BBC

काठमाडौं । पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ। विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ। बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन्। यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन् तर विज्ञहरूले अहिलेसम्म ती… Continue reading पृथ्वीको सबैभन्दा ठूलो मूरुभूमीको उत्पत्ति बारे वैज्ञानिकले पत्ता लगाए उमेर

काठमाडौंसहित धेरै स्थानमा मौसम खराब, वर्षाको सम्भावना

काठमाडौं । आज देशैभर मौसम बदली भई वर्षा सुरु भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली,… Continue reading काठमाडौंसहित धेरै स्थानमा मौसम खराब, वर्षाको सम्भावना

दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

REUTERS\BBC

काठमाडौं । दक्षिण कोरियामा हजारौं चिकित्सक प्रदर्शनमा उत्रिएका छन् । बीबीसीका अनुसार सरकारले बिहीवारदेखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियामा झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू गत सातादेखि काममा गएका छैनन्। उनीहरूको आन्दोलनका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएको छ। स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको… Continue reading दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

bbc

काठमाडौं । अमेरिकी कम्पनी इन्टूइटिभ मशीन्सले आफूले चन्द्रमामा पठाएको ओडिसिअस रोबट सतहमा बसेको देखिने स्पष्ट तस्बिर सार्वजनिक गरेको छ।ती तस्बिरमा उक्त अमेरिकी अन्तरिक्षयान एक ठाउँमा बसेको देखिन्छ। अवतरणका क्रममा ल्यान्डरको एउटा खुट्टा भाँच्चिएको थियो। यद्यपि ओडिसिअसले योजनानुरूप काम गर्न सक्यो र चन्द्रमाको वातावरणसँग सम्बन्धित डेटा पृथ्वीमा पठायो। ओडिसिअस निजी कम्पनीद्वारा निर्मित चन्द्रमामा सकुशल अवतरण गर्ने… Continue reading अमेरिकी चन्द्रयानले आफ्नो खुट्टा भाच्चिएको आफ्नै तस्वीर पठायो

चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

JAXA

काठमाडौं । चन्द्रमामा अवतरण गरेको जापानी अन्तरिक्षयानको ल्यान्डर यान त्यहाँ चिसो सकिएसँगै ब्यूतिएको छ । यसले यान सक्रिय रहेको सङ्केत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बीबीसीका अनुसार ऊर्जा प्रणालीमा समस्या उत्पन्न भएपछि र चन्द्रमामा रात परेपछि उक्त ल्यान्डरले काम नगर्ला कि भन्ने डर जापानी अन्तरिक्ष निकाय (जाक्सा)लाई थियो । जाक्साका अनुसार चन्द्रमामाा रात… Continue reading चन्द्रमामा चिसो सकिएपछि ब्यूँतियो जापानी यान

नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने

काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ११ फागुनमा फ्री वाइफाइ इन्टरनेट सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्… Continue reading नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने

टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ । सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ… Continue reading टिकटिक चलिरहेका इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको स्पष्टीकरण

दोलखामा भूकम्पको धक्का महसुस

काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

९० इन्टरनेट कम्पनीले तिरेनन् सरकारलाई रोयल्टी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुर नतिर्ने ९० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको नाम सार्वजनिक गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष २०७९\८० को अडीटेड वित्तीय विवरणअनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउन निर्देशन… Continue reading ९० इन्टरनेट कम्पनीले तिरेनन् सरकारलाई रोयल्टी