महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु श्रीलंकाको दम्बुलामा भइरहेको महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार राति पाकिस्तानको सामना गर्नेछ । नेपालले जित हात पारेमा समूह चरण पार गर्ने लगभग निश्चितजस्तै हुनेछ । नेपालले बिहीबार पहिलो खेलमा यूएईमाथि ६ विकेटको विजय हात पारेपछि अंकतालिकामा केही सहज देखिएको हो । ओपनर… Continue reading महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५… Continue reading महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित

महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया… Continue reading महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संख्या वर्षमै ४०० प्रतिशतले बढेको आईसीसीले जनाएको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन्… Continue reading आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो

एम्बाप्पे रियलमा भए आवद्ध

काठमाडौं । रियल मड्रिडको जर्सी लगाउने केलियन एम्बाप्पेको सपना मंगलबार पूरा भएको छ । फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकले स्वागत गरेका थिए । २५ वर्षका फर्वाडले ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनलाई ठूलो संख्यामा उपस्थित समर्थकले स्वागत गरे । ९ नम्बर जर्सी लगाएका उनले स्पानिस… Continue reading एम्बाप्पे रियलमा भए आवद्ध

नयाँ सरकारको पहिलो निर्णय : टीयू क्रिकेट मैदान स्तरोन्नती ३ सय दिनमा सक्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट… Continue reading नयाँ सरकारको पहिलो निर्णय : टीयू क्रिकेट मैदान स्तरोन्नती ३ सय दिनमा सक्ने

यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल

काठमाडौं । स्पेनका लामिन यामल युरो २०२४ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए ।… Continue reading यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल

यूरोकपको उपाधी स्पेनलाई

काठमाडौं । स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन… Continue reading यूरोकपको उपाधी स्पेनलाई

कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । जेफर्सन लेरमाले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो । पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले ड्यानिएल मुनोजलाई गुमाएको हो । उनी दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे… Continue reading कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त

काठमाडौं । नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल उसको जितका लागि निर्णायक बन्यो । सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याएका हुन् । इंग्लयाण्डले जुलाई… Continue reading यूरोकपको फाइनल पुग्यो इंल्याण्ड, स्पेनसँग उपाधी भिडन्त

गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’

काठमाडौं । पूर्वभारतीय स्टार गौतम गम्भीर भारतीय क्रिकेट टीमको हेडकोच बनेका छन् । बीसीसीआईका सचिव जय साहले सामाजिक सञ्जालमार्फत यसको पुष्टी गरेका हुन् । उनले आधुनिक क्रिकेट तीव्र गतिमा बदलीरहेको भन्दै यसलाई गम्भीरले नजिकबाट नियालिरहेको समेत बताएका छन् । उनले आफ्नो करियरमा उत्कृष्ट प्रदर्शन गरेका गम्भीर भारतीय क्रिकेटलाई अगाडी बढाउन एक आदर्श व्यक्ति भएको समेत… Continue reading गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’

क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे ।… Continue reading क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा

फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

काठमाडौं । स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो । खेलमा अग्रता भने फ्रान्सले लिएको… Continue reading फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

Photo ; Getty Images

काठमाडौं । ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले हरायो । निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन… Continue reading कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

काठमाडौं । टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनल पुगेको छ । बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबारा राति सम्पन्न अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले टर्कीलाई २–१ ले हरायो । नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो ।a त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा… Continue reading टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

काठमाडौं । इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा पुगेको हो । जर्मनीको डुसेलडर्फमा शनिबार रातिसम्पन्न क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको हो । इंग्ल्याण्डका लागि ट्रेन्ट… Continue reading इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा

काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन । स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले… Continue reading आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा

कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समय नहुने भएको छ । नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जानेछ । अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटमा जान्छ । तर कोपामा भने ९० मिनेटको… Continue reading कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने

१६ वर्षपछि टर्की यूरोकपको क्वाटरफाइनलमा

काठमाडौं । मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले… Continue reading १६ वर्षपछि टर्की यूरोकपको क्वाटरफाइनलमा

वैकल्पिक खेलाडी चम्किएपछि नेदरल्याण्ड्स क्वाटरफाइनलमा

काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेन चम्किएपछि नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उनले दुई गोल गरे । म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० हरायो । खेलको २०औं मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि मालेनले अन्तिम १० मिनेटमा दुई गोल गरे । उनले ८३औं… Continue reading वैकल्पिक खेलाडी चम्किएपछि नेदरल्याण्ड्स क्वाटरफाइनलमा

नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित निकाल्दै अनुभवी टोली स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४–१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्‍यो । खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले… Continue reading नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह

यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियासँग पुनरागमन जित निकालेको छ । सो टोली अन्तिम ८ मा समेत प्रवेश गरेको छ । आइतबार राति सम्पन्न प्रिक्वाटरफानलमा स्लोभाकिया ९० मिनेटसम्म अगाडी थियो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल… Continue reading यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा

Getty Images

काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलमा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २–० गोलले हराउँदै अर्जेन्टिना अपराजित क्वाटरफाइलनमा प्रवेश गरेको हो। अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्यो । यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो। आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा… Continue reading विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा

साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो

BERLIN, GERMANY - JUNE 29: Federico Chiesa of Italy is challenged by Ricardo Rodriguez of Switzerland during the UEFA EURO 2024 round of 16 match between Switzerland and Italy at Olympiastadion on June 29, 2024 in Berlin, Germany. (Photo by Alex Pantling - UEFA/UEFA via Getty Images)

काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २–० ले पराजित भएपछि इटली बाहिरिएको हो । स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्थान बनायो । बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक–एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई… Continue reading साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो

इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले इतिहास रचेका छन् । उनी दुई टी–२० विश्वकप उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेका छन् । साथै उनले अब टी २० फम्र्याटको क्रिकेटबाट सन्यास समेत घोषणा गरेका छन् । उनको उत्कृष्ट कप्तानी र प्रदर्शनमा भारतले अपराजित रहँदै २०२४ टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती… Continue reading इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित

क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका एक महान खेलाडी विराट कोहलीले टी–२० आइतबाट सन्न्यास लिएका छन् । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी २० आई नखेल्ने घोषणा गरे । भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्ने क्रममा उनले यो… Continue reading क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास

जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

BRIDGETOWN, BARBADOS - JUNE 29: Jasprit Bumrah of India celebrates after dismissing Reeza Hendricks of South Africa during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 Final match between South Africa and India at Kensington Oval on June 29, 2024 in Bridgetown, Barbados. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शन गरे । उनले १५ विकेट लिएका थिए । बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र… Continue reading जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

icc

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक… Continue reading भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित

इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । भारत आइसिसी टी–२० विश्वकपको फाइनल पुगेको छ। गतराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो। त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए। इंग्ल्याण्डका लागि ह्यारी… Continue reading इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा

यूरोकपको क्वाटरफाइनल समिकरण पुरा

काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा समूह चरणको खेल सकिएका छन् । अब नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गतराति समूह एफको अन्तिम २ खेल भएका छन् । यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको… Continue reading यूरोकपको क्वाटरफाइनल समिकरण पुरा