अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

Photo : CNN

काठमाडौं । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन् । इजरायलको नियन्त्रणमा रहेको गोलान ह्वाइट्समा रकेट आक्रमण भएसँगै उनी अमेरिकाबाट इजरायल फर्किएको बीबीसीले जनाएको छ । उनले स्वदेश फर्किनासाथ् आफ्नो सुरक्षा क्याविनेटको बैठक राखेका छन् । यस बैठकले लेवनानको चरमपन्थी संगठन हिज्बुल्लाह विरुद्ध कारवाहीलाई स्वीकृति दिएको छ । यसले अब इजरायलको… Continue reading अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

काठमाडौं । जापानकी १४ वर्षीया कोको योशिजावाले वुमेन्स स्ट्रिट स्केटबोर्डमा स्वर्ण जितेकी छिन् । यससँगै जापान पेरिस ओलम्पिकमा आइतबार पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापान चार स्वर्ण, दुई रजत र एक कांस्यसहित शीर्ष स्थानमा रहेको छ । योसिजावालाई आफ्नै देशकी लिज आकामालाई बलियो चुनौती पेस गरे पनि निर्णायक मोडमा सकिनन् । जापानको अर्को… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

Getty images

काठमाडौं । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिस पछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी

काठमाडौं । भारतलाई हराउँदै श्रीलंकाले महिला एसिया कपको उपाधी जितेको छ । डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो… Continue reading श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी

पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण

काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिनमै अस्ट्रेलियाले तीन स्वर्ण जित्न सफल भएको छ । अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स,… Continue reading पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण

नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गतराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको… Continue reading नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना

काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । रेल लाइनमा क्षति पुर्‍याउन जानीबुझी आगो लगाइएको पाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि… Continue reading ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना

मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए

file

काठमाडौं । मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको… Continue reading मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए

ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा

Samuel Corum/Getty Images

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्। ‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु’, उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन्। घटनाका बारेमा सोमवार संसदीय… Continue reading ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

Getty images

काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ । आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए

काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्रमा गोली चलेको छ , घटनामा ६ जना मारिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते… Continue reading क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए

बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन

काठमाडौं । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा रहेको बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ । सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेसँगै आन्दोलन मथ्थर भएको हो । तर पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र… Continue reading बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन

बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?

Photo : AP

काठमाडौं । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू पूर्णरूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई बेवास्ता गरेको विपक्षीहरूको… Continue reading बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?

बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन्… Continue reading बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको आज र भोलि काठमाडौं उडान छैन । अन्य वायुसेवा कम्पनीमा… Continue reading माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

काठमाडौं । इन्टाग्राम रिल्समा राख्ने भिडियो बनाउने क्रममा भारतको महाराष्ट्रस्थित एक झरनामा युवतिको ज्यान गएको छ । महाराष्ट्रको रायगढ जिल्लास्थित कुम्भे झरनामा आफ्ना साथिहरुसँग घुम्न गएकी युवति अन्वी कामदारको चिप्लिएर ज्यान गएको हो । उनी मुम्बईकी बासिन्दा रहेको बताइएको छ । उनी ३ सय फिट गहिरो खोँचमा झरेकी थिइन् । उनी सोसल इन्फ्यूएन्सर समेत हुन्… Continue reading झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

file

काठमाडौं । भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परेको छ । उत्तर प्रदेशको गोंडा जिल्लामा रेलका केही डिब्बा पटरीबाट उछिट्टिएको समाचारमा जनाइएको छ । घटनामा कसम्तमा दुई जनाको ज्यान गएको र २६ जना घाइते भएको विवरण आएको छ । चन्डीगढ डिबुगढ एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । दुर्घटनापछि यस रुटको सबै रेल सेवा बन्द गरिएको छ… Continue reading भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

Photo : AA.COM

काठमाडौं । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए । “प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो… Continue reading बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

KREMLIN.RU/AFP

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिएका छन् । उनले यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताए । रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेन मान्य गर्छन्… Continue reading क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

file

काठमाडौं । फ्रान्सको एक पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएका छन् । कन्टेनरको खोजी भइरहेको बताइएको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको छ । दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स… Continue reading फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

काठमाडौं । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक होटलमा छ विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बताएका छन् । उनले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई… Continue reading थाइल्याण्डको एक होटेलमा ६ पर्यटक मृत फेला, कारण के हो ?

बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

AP Photo/Mahmud Hossain Opu

काठमाडौं । बंगलादेशमा हिंस्रक प्रदर्शन हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । नोकरीमा आरक्षण माग गर्दै बंगलादेशमा आन्दोलन भएको हो । हिस्रक घटनापछि देशभर स्कुल तथा विश्वविद्यालय बन्द गरिएको छ । शिक्षण संस्थाहरु अनिश्चितकालका लागि बन्द भएका हुन् । बंगलादेशमा सरकारी नोकरीमा स्वतन्त्रता सेनानीका बालबच्चालाई आरक्षण दिइएको छ । बंगलादेश १९७१ मा पाकिस्तानबाट छुट्टिएको… Continue reading बंगलादेशमा हिंस्रक प्रदर्शन, ६ जनाको मृत्यु

ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प र आफु एक अर्काका विरोधी नभएको बताएका छन् । गोली काण्डपछि देशका नाममा सम्बोधन गर्दै उनले अमेरिकाले यसअघि धेरै हिंसा भोगिसकेको भन्दै अब सह्य नहुने बताए । उनले यसअघि संसदमा भएको आक्रमणको समेत स्मरण गरे । उनले भने, अमेरिकामा यस प्रकारका हिंसालाई कुनै स्थान छैन । अमेरिकाको… Continue reading ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन

गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

काठमाडौं । इजरायली सेनाले गाजाको एक मानवीय क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको छ । घटनामा कम्तीमा ९० जना मारिएको खबर छ । तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भई बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको… Continue reading गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए

अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु

काठमाडौं । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका… Continue reading अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु

कसले चलायो ट्रम्पमाथि गोली ?

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading कसले चलायो ट्रम्पमाथि गोली ?

अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

In this UGC photo Syrian Kurdish migrants wait for cars to arrive at a meeting point in a desert near the Libyan-Algeria border in the town of Debdeb, Algeria, on Monday, March 28, 2022. A growing number of Syrian Kurds are making the journey to Europe on a circuitous course that includes travel by car and plane across Lebanon, Egypt, Libya, Algeria, then finally by boat to Spain. (AP Photo)

काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएको आरोप लगाउनु भएको… Continue reading अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू… Continue reading युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

CNN

काठमाडौं । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनले जित हात पार्ने देखिएको छ । फ्रान्समा निर्वाचनको प्रारम्भिक रुझान आउँदै गर्दा पेरिसका केही स्थानमा हिंसाका घटना समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन सकिएको छ । जसमा वामपन्थी गठबन्धन अगाडी देखिएको छ । रुझान आएसँगै हजारौं मासिन पेरिसको सडकमा भेला भएका… Continue reading फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख