काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा इजरायलमा १… Continue reading इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए
Category: विश्व
बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन
काठमाडौं । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले… Continue reading बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन
गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए
काठमाडौं । गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा परी कम्तीमा १६ जनाको मृतयु भएको छ । कैयौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको हो । इजरायली रक्षा बलले भने यो भवनमा आतंकवादी रहेको भनेको छ । शिविरको… Continue reading गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए
जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने
काठमाडौं । जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने भएका छन् । सहमतिविना नै बन्ध्याकरण गरिएका उनीहरूलाई सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै क्षतिपूर्तिको बाटो खुलेको हो । अदालतले अहिले जीवित रहेका पीडितलाई क्षतिपूर्ति दिन भनेको छ । क्षतिपूर्तिको फैसलासँगै पीडितले दशकौँ लामो समयदेखि लड्दै आएको कानुनी लडाइँ पनि निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ ।… Continue reading जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया ९बिसिए० ले बुधबार अीट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्याउने जनाएको छ ।… Continue reading अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ
काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन्… Continue reading कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ
अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलरभन्दा बढी सैन्य सहयोग थर्ने भएको छ । यसको औपचारिक घोषणा छिट्टै हुने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताएका छन् । ‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका… Continue reading अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा ज्यान गुमाउनेका संख्या १ सय १६ जना पुगेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् । हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १… Continue reading उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि
उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए
काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ । कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ… Continue reading उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए
इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत
काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता… Continue reading इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत
यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियासँग पुनरागमन जित निकालेको छ । सो टोली अन्तिम ८ मा समेत प्रवेश गरेको छ । आइतबार राति सम्पन्न प्रिक्वाटरफानलमा स्लोभाकिया ९० मिनेटसम्म अगाडी थियो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल… Continue reading यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित
काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक… Continue reading भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित
युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे । “उक्त… Continue reading युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु
पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु
काठमाडौं । दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तिमा ६ सय मानिस मारिएका छन् । एम्बुलेन्स सेवा दिने इधीका अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पुर्याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो। प्रत्येक घटनामा मृत्युको कारण के… Continue reading पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु
दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराएको छ । उसले फाइनलमा स्थान बनाउन सफल भयो । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको चोट यस टिमसँग छ । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले… Continue reading दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु
काठमाडौं । भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको जानकारी दिएका छन् । अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो ।स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए । रक्सी पिउने १००… Continue reading विषाक्त मदिरा सेवनबाट भारतमा कम्तिमा ५३ जनाको मृत्यु
चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए
काठमाडौं । यस साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ । केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा… Continue reading चीनमा बाढीका कारण कम्तिमा ३८ जना मारिए
साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु
काठमाडौं । साउदी अरेवियाा भिषण गर्मीका कारण कम्तिमा ५६२ हजयात्रुको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अधिक गर्मी र सेवा सुविधाको कमीले हजयात्रुको ज्यान गएको हो । यसले प्रशासनको चर्को आलोचना भएको छ । कतिपय सञ्चारमाध्यमले मर्नेको संख्या १ हजार माथि पुगेको समेत बताएका छन् । यसरी मारिनेमा अधिकांश इजिप्टका हजयात्रु छन् । पाकिस्तान… Continue reading साउदीमा भिषण गर्मी, कम्तिमा ५६२ हजयात्रीको मृत्यु
उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आधिकारिक भियतनाम भ्रमणमा निस्किएका छन् । उनी दुई दिने उत्तर कोरिया भ्रमण पुरा गरी भियतनाम पुगेका हुन् । उनले भियतनाम भ्रमणका दौरान दुइ पक्षिय सहायता वृद्धिमा जोड दिएका छन् । हनोइमा उनको भब्य स्वागत गरिएको छ । यो भ्रमणको उद्देश्य भियतनाममा आफ्ना राजनीतिक प्रभाव बढाउनु रहेको बताइएको छ ।… Continue reading उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
किम र पुटिनबीच के भयो सहमति ?
काठमाडौं । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसले कुनै एकविरुद्ध आक्रमण भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ, बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ । उक्त… Continue reading किम र पुटिनबीच के भयो सहमति ?
गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस
काठमाडौं । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो । द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६०… Continue reading गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस
उत्तर कोरियाको राजधानी पुगे पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए। युक्रेनमा युद्ध… Continue reading उत्तर कोरियाको राजधानी पुगे पुटिन
उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए । दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले… Continue reading उत्तर कोरिया भ्रमणमा जाँदै पुटिन
द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ
काठमाडौं । सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा राष्ट्रसङ्घको मानव अधिकार परिषदमा युद्धरत दलहरूले बढ्दो रूपमा “स्वीकार्य र कानुनी सीमा भन्दा… Continue reading द्धन्द्धले यस वर्ष अझ धेरै मानिस मारिए : राष्ट्रसंघ
आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकसँग विवाह गरेका हजारौँ कागजातविहीन आप्रवासीलाई सहुलियत दिने खालको कार्यक्रम ल्याउने तयारी गरेका छन् । राष्ट्रपति पदको निर्वाचन हुनुभन्दा केही समयअघि उनले यस्तो तयारी गरेका हुन् । उनको यो योजनाका बारेमा जानकार दुई फेडरल अधिकारीले बताएअनुसार अब अमेरिकी नागरिकका कागजातविहीन पति वा पत्नीले अमेरिका छोड्नुपर्ने छैन ।पहिला अवैध… Continue reading आप्रवासीलाई सजिलो पार्न नयाँ नीति ल्याउँदै बाइडेन
राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै
काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्। बिबिसीका अनुसार उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए। ‘रायबरेली र वायनाडबाट अब… Continue reading राहुलले छाडेको सिटमा पहिलो पटक प्रियंका गान्धी उठ्दै
रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित
काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३–० हराउँदै इतिहास रचेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको छ । कप्तान निकोलस स्टासिउले २९औं मिनेटमा गोल गर्दै रोमानियालाई अग्रता दिलाए । उनले २० यार्डबाट टप कर्नरमा प्रहार गर्दै उत्कृष्ट गोल गरे । त्यसपछि राजभान मारिनले ५३औं मिनेटमा गोल गर्दै रोमानियाको अग्रता… Continue reading रोमानियाले रच्यो इतिहास, २०२४ पछि यूरोकपमा पहिलो जित
यूरोकपका दौरान चोटिल बने एम्बाप्पे
काठमाडौं । युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । यस खेलमा कप्तान केलिएन एमबाप्पेलाई चोट लागेको छ । समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गतराति सम्पन्न खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए… Continue reading यूरोकपका दौरान चोटिल बने एम्बाप्पे
प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरुबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि… Continue reading प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट
विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा
काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन… Continue reading विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा