रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

१३ वैशहाख, काठमाडौं । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ ।रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् । इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका छन्… Continue reading रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक… Continue reading आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

१२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मे १६ देखि १८ २०२५ सम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा २१ देखि २३ अप्रिलसम्म आयोजित ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० वार्षिक सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन… Continue reading ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन विश्‍व नेतृत्व र विज्ञलाई बोर्डको आह्वान

काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

A security personnel stands guard as vehicles carrying Indian citizens arrive as they return to their country from the Pakistan-India Wagah border post on the outskirts of Lahore on April 25, 2025. India suspended a water-sharing treaty, announced the closure of the main land border crossing with Pakistan, downgraded diplomatic ties and withdrew visas for Pakistanis on April 23, just over 24 hours after gunmen killed 26 men in Indian-administered Kashmir. (Photo by Arif ALI / AFP)

१३ वैशाख, काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा… Continue reading काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् । भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेशमन्त्री जयशंकरले एक्समा लेखेका… Continue reading भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट। काश्मीर हमला र नेपाली नागरिकको मृत्युबारे छलफल

कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

१२ वैशाख, काठमाडौं । शुक्रबार एक कार बम विस्फोटमा एक वरिष्ठ रूसी सैन्य अधिकारी मारिएको रुसको शीर्ष आपराधिक अनुसन्धान एजेन्सीले बताएको छ ।रूसी सशस्त्र बलको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिकको मस्को बाहिर बालाशिखामा उनको कारमा राखिएको विस्फोटक उपकरणद्वारा हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ । समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक… Continue reading कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

Supporters of the Pakistan Murkazi Muslim League party stand over the crossed posters of Indian Prime Minister Narendra Modi and Indian Minister of Home Affairs Amir Shah during a demonstration against the suspension of water-sharing treaty by India with Pakistan, in Karachi, Pakistan Thursday, April 24, 2025. (AP Photo/Fareed Khan)

११ वैशाख, काश्मीर । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ । मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि… Continue reading आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

Activists of Pakistan Markazi Muslim League shout slogans during an anti-India protest in Karachi on April 24, 2025. Pakistan's Prime Minister Shehbaz Sharif on April 24 led a rare meeting of the national security committee, the government said, after India accused its neighbour of supporting "cross-border terrorism" and downgraded ties. (Photo by Asif HASSAN / AFP)

११ वैशाख, इश्लामावाद । भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ। प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए । बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, “पाकिस्तानको सार्वभौमिकता र जनताको… Continue reading भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान

कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन, तत्काल लागु हुनेछन् यी निर्णय

Indian soldiers inspect the site in the aftermath of an attack in Pahalgam, about 90kms (55 miles) from Srinagar on April 23, 2025. Indian security forces in Kashmir carried out a major manhunt on April 23, a day after gunmen opened fire on tourists killing 26 people in the region's deadliest attack on civilians since 2000. (Photo by TAUSEEF MUSTAFA / AFP)

काठमाडौं । भारतले जम्मु–कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले ुसिमा(पार आतङ्कवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो। विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको इन्डस जल सम्झौता तत्काल स्थगित गर्ने निर्णय गरेको छ। उनले… Continue reading कश्मीर आक्रमणपछि पाकिस्तानविरुद्ध भारतको एक्सन, तत्काल लागु हुनेछन् यी निर्णय

युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

११ वैशाख, काठमाडौं । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले बुधबार बताएका छन् । “दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’”, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन् “घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।” उनले हाल घाइतेको सङ्ख्या ३०… Continue reading युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

Photo source : The Asian age

१० वैशाख, काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । “नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट… Continue reading भारतमा भएको आतङ्कवादी हमलाको नेपालले गर्यो निन्दा

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

१० वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे । परराष्ट्र मन्त्रालयका अनुसार… Continue reading युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आज

जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता

AP Photo/Dar Yasin)

१० वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी भारत फर्किएका छन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका… Continue reading जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता

पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू

Bishop David Zubik of the Diocese of Pittsburgh, center, participates in a special Mass in remembrance of Pope Francis following his death early Monday, at St. Paul's Cathedral in the Oakland section of Pittsburgh, on Monday, April 21, 2025. (AP Photo/Gene J. Puskar)

९ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको सोमबार भ्याटिकनमा ८८ वर्षको उमेरमा स्ट्रोकबाट निधन भएको छ । उनको अन्त्येष्टि यस हप्ताको अन्त्यतिर उपासक र गणमान्य व्यक्तिहरूको उपस्थितिमा हुने भएको छ । त्यसपछि उत्तराधिकारी चुन्न कार्डिनलहरूको सम्मेलन बोलाइनेछ । जर्ज बर्गोग्लियोको निधनको वरपरका परिस्थितिहरू र पछि के हुनेछ भन्नेबारे यहाँ चर्चा गरिएको छ । – घातक स्ट्रोक… Continue reading पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू

जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

AP Photo/Dar Yasin)

९ वैशाख, काश्मीर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । यसको पुष्टी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने… Continue reading जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?

Getty images\file

काठमाडौं । इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उनको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उनि लामो समयदेखि बिरामी भएर आराम गरिरहेका थिए । आइतबार इस्टर पर्वको शुभकामना दिन भ्याटिकन सिटीको सेन्ट पिटर्समा उपस्थित भएका उनको निधन भएको हो । उनि रोमन क्याथोलिक चर्चको सर्वोच्च पद पोपमा नियुक्त हुने… Continue reading इसाई धर्मगुरु पोपको कसरी हुदैछ अन्तिम बिदाइ ?

अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु

८ वैशाख, सिड्नी । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक… Continue reading अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भारत भम्रण आजदेखि, किन छ संसारभर चासो ?

U.S. Vice President JD Vance, right, and Indian Prime Minister Narendra Modi attend a bilateral meeting at the residence of the U.S. Ambassador on the sidelines of the Artificial Intelligence Action Summit in Paris, Feb. 11, 2025. (Leah Millis/Pool Photo via AP, File)

८ वैशाख, नयाँ दिल्ली । अमेरिका र भारतले आर्थिक अवसरहरू खोल्न र द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गर्न खोजिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार भारत आउँदैछन् । उनी चार दिने भ्रमणका लागि भारत आउन लागेका हु्न् । भान्सले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफल गर्ने बताइएको छ । भान्सको भ्रमणलाई… Continue reading अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भारत भम्रण आजदेखि, किन छ संसारभर चासो ?

इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा २५ जनाको मृत्यु

EPA

८ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा… Continue reading इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा २५ जनाको मृत्यु

शान्तिको प्रयासमा बाधाः रुस र युक्रेनबीचको युद्धविराममा आरोप–प्रत्यारोप

REUTERS\BBC

७ वैशाख, काठमाडौं । रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लङ्घन (तोडेको) गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गरेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताए । उनका अनुसार, सुरु भएको ६ घण्टामै… Continue reading शान्तिको प्रयासमा बाधाः रुस र युक्रेनबीचको युद्धविराममा आरोप–प्रत्यारोप

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

BBC

६ वैशाख, काठमाडौं । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ । मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय… Continue reading गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

चाडमा १०० भन्दा बढी कैदी कारागारबाट भागे

६ वैशाख, काठमाडौं । अधिकारीहरूले शनिबार एक गोलीकाण्डमा एक सयभन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । सो क्रममा तीन जनाको मृत्यु भएको थियो भने कारागार भ्रमण गर्ने राज्यका गभर्नर घाइते भएका थिए । देशको मध्यमा रहेको मोङ्गो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो ।… Continue reading चाडमा १०० भन्दा बढी कैदी कारागारबाट भागे

बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला

A general view of the Temple of the Tooth in Kandy on April 18, 2025, ahead of a sacred exhibition of what Sri Lankans believe to be Buddha's left canine. Thousands of pilgrims camped overnight outside Sri Lanka's holiest Buddhist temple in anticipation of Friday's display of a prized relic that will be shown to the public for the first time in 16 years. (Photo by Ishara S. KODIKARA / AFP)

६ वैशाख, श्रीलंका । बहुमूल्य बौद्ध अवशेषको दुर्लभ प्रदर्शनको सुरुआतमा शुक्रबार दशौँ हजार तीर्थयात्री श्रीलङ्काको पवित्र सहर क्यान्डीमा भेला हुँदा ट्राफिक अव्यवस्था र सार्वजनिक विरोधलाई निम्तिएको छ । दाँतको मन्दिर बाहिर रातभरि क्याम्प गरेका भक्तजनहरूले सुरक्षा जाँचपछि उनीहरूलाई होल्डिङ क्षेत्रमा सीमित गरिएको र घण्टौँसम्म खाना र पानीबाट वञ्चित रहेको गुनासो गरे । राष्ट्रपति अनुरा कुमार… Continue reading बौद्ध अवशेषको दुर्लभ प्रदर्शनका लागि श्रीलङ्कालीहरू क्यान्डीमा भेला

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु

File\cnn

५ वैशाख, काठमाडौं । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको… Continue reading यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु

चिनियाँ राष्ट्रपति सी कम्बोडियामा

(250417) -- PHNOM PENH, April 17, 2025 (Xinhua) -- Chinese President Xi Jinping shakes hands with Cambodian King Norodom Sihamoni in Phnom Penh, Cambodia, April 17, 2025. Xi arrived here on Thursday for a state visit to Cambodia at the invitation of King Sihamoni. Xi was warmly welcomed by King Sihamoni, Cambodian People's Party President and Senate President Samdech Techo Hun Sen and other senior officials at the airport during a grand welcome ceremony held by the king. (Xinhua/Xie Huanchi)

५ वैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले जनाएको छ । स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमणपछि कम्कोडिया पुगेका हुन् । बिहीबार नोम… Continue reading चिनियाँ राष्ट्रपति सी कम्बोडियामा

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को ‘विश्व प्रेस फोटो अफ द इयर’

This image provided by World Press Photo and taken by Samar Abu Elouf, for The New York Times, won the World Press Photo Award of the Year and shows Mahmoud Ajjour (9), who was injured during an Israeli attack on Gaza City in March 2024, finds refuge and medical help in Doha, Qatar, 28 June 2024. (Samar Abu Elouf, for The New York Times/World Press Photo via AP)

काठमाडौं । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ । “महमुदकी आमाले मलाई बताएकी सबैभन्दा कठिन कुरामध्ये… Continue reading दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को ‘विश्व प्रेस फोटो अफ द इयर’

म्यान्मारले पाँच हजार कैदीलाई दियो आममाफी

Photo : Sky News

काठमाडौं । म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाह गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा म्यान्माको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाईभन्दा बढी समर्थन प्राप्त आङ् साङ सूचीको नेशनल लिग फर डेमोक्र्यासी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा… Continue reading म्यान्मारले पाँच हजार कैदीलाई दियो आममाफी

रुसले तालिबानको ‘आतङ्कवादी’ लेबल हटायो, सम्बन्ध सुधारिँंदै

AFP\BBC

४ वैशाख, मस्को । रुसको सर्वोच्च अदालतले बिहीबार अफगानिस्तानका वास्तविक शासकहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने उद्देश्यले प्रतीकात्मक सङ्केतका रूपमा तालिबानको पदनाम ‘आतङ्कवादी सङ्गठन’ बाट हटाएको छ । देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने अमेरिकी सेनाहरू बाहिर निस्किएपछि इस्लामिक समूह तालिबानले सन् २०२१ अगस्टमा अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मस्कोले अमेरिकी फिर्तीलाई ‘असफलता’ भनेको… Continue reading रुसले तालिबानको ‘आतङ्कवादी’ लेबल हटायो, सम्बन्ध सुधारिँंदै

गाजामा सबै प्रकारको मानवीय सहायता रोक्ने इजरायलको घोषणा

४ वैशाख, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता रोक्ने बताएका छन् । गाजा पट्टीमा तीव्र हवाई र भूमि आक्रमणहरू पुनः सुरु भएका छन् । “इजरायलको नीति स्पष्ट छ स् कुनै पनि मानवीय सहायता गाजामा प्रवेश गर्दैन र यो सहायता रोक्नु हमासलाई जनताको माध्यमका रूपमा प्रयोग गर्नबाट रोक्ने… Continue reading गाजामा सबै प्रकारको मानवीय सहायता रोक्ने इजरायलको घोषणा

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको प्रतिक्रिया

३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने… Continue reading अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको प्रतिक्रिया