नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो । भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको… Continue reading भारतमा खुल्यो आन्तरिक उडान
Category: विश्व
अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप
चीनले कोरोना भाईरसको मुल श्रोत उहान ल्याब नै हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपमा असन्तुष्टी जनाउँदै अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाएका छन् । चीनका बिदेश मन्त्री वाङ यिले आईतबार एक पत्रकार सम्मेलनमा अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाउँदै कोरोना भाईरसको श्रोत पत्ता लगाउन चीन सधैंभरी खुल्ला रहेको र पूर्ण सहयोग गर्ने… Continue reading अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप
उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)
उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उहान ल्याबबाट कोभिड -१९ बाहिरिएको लगातारको आरोप पछि भनेकी छिन्; ‘उहान ल्याबमा भएका… Continue reading उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)
कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्यु
न्युयोर्क मार्च २४ पछि न्युयोर्कमा कोरोनाको कारण सबैभन्दा थोरै मानिसको मृत्यु भएको छ । न्युयोर्कमा गत २३ तारिख शुक्रबार ८४ जनाको मृत्यु भएको र यो संख्या मार्च २४ पछिको सबैभन्दा कम प्रति दिन मृतकको संख्या भएको गभर्नर कुमोले बताएका छन् । शनिबार आफ्नै निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर कुमोले उक्त जानकारी… Continue reading कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्यु
बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुपुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले भारतस्थित १५ बर्षीया एक बालिकाको प्रसँसा गरेकी छिन् । भारत बिहारको दरभंगा घर भएकी ज्योती पासवानले आफ्नो घाईते पितालाई गूडगाँऊदेखि दरभंगाको आफ्नो घरसम्म एक्लै साइकलमा १२ सय किलोमिटर तय गर्दै पुर्याएको खबर पछि राष्ट्रपति ट्रम्प पुत्री ईभान्काले ट्विटर् मार्फत प्रसँसा गरेकी हुन । ईभान्काले… Continue reading बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा
जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने
लन्डन कोरोना महामारीको कारण लकडाउनमा रहेको बेलायतको भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुले अनिबार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । महामारी पछि बिस्तारै खुकुलो हुँदै गएको बेलायतमा भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुलाई क्वारेन्टिनको नियम आगामी जुन ६ तारिखदेखि लागू हुने गृह सचिव प्रिती पटेलले शुक्रबार बताएकी छिन् । १४ दिनसम्म अनिबार्य क्वारेन्टिन बस्नु पर्ने नियम बेलायती नागरिकलाई समेत… Continue reading जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने
भारतमा १ लाख २५ हजारलाई कोरोना
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको दर तिब्र छ । शनिबार बिहानसम्म यस मुलुकमा १ लाख २५ हजारमा संक्रमण पुष्टी भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार… Continue reading भारतमा १ लाख २५ हजारलाई कोरोना
गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने
न्युयोर्क न्युयोर्क राज्यमा १० जनासम्म भेला हुन खुल्ला गरिएको छ । यस अगाडि न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले आगामी २५ तारिख सोमबार परेको मेमोरियल डे र केही धार्मिक कृयाकलापको लागि मात्र जमघट गर्न दिने संकेत गरेका कारण गभर्नरलाई उनको नीति भेदभाब पूर्ण भन्दै अदालतमा नालिस दिइएको थियो । कोरोना महामारीका कारण गत मार्च मध्यदेखि राज्यस्तरमा… Continue reading गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने
ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो
प्रभात भट्टराई/अमेरिका कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ९५ हजार र संक्रमित १६ लाख नाघेका छन् । विश्वको सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउने मुलुकको रुपमा दर्ज भइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ भाइरसलाई आफ्नो राजनीतिक लाभमा उपयोग गर्न लिप्त छन् । सुरुमा अमेरिकामा भाइरसले कुनै असर नपार्ने दावी गरेका ट्रम्पले लामो समय त्यही भनाइ… Continue reading ट्रम्प निगाहमा हाम्रो खातामा १२०० डलर आएको होइन, यो हो राहत रकम आएको बास्तबिक बाटो
अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था
क्यालिफोर्निया अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व बिद्यालयकी अध्यक्ष जनेट नापोलिटानोको एसएटि र एसिटि हटाउने प्रस्ताब माथि ६ घण्टाको छलफल पछि बोर्डको… Continue reading अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था
पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो । उक्त विमानमा ९१ यात्रु र ८ जना चालकदलका सदस्य रहेको बीबीसीले जनाएको छ । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।… Continue reading पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना
दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर
कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार मानिस संक्रमित भए, ३ लाख ३१ हजार मानिसको मृत्यु भयो । अमेरिकामा मात्र १५ लाख… Continue reading दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्यु ब्राजिलमा
कोरोना भाइरसको कारण ल्याटिन अमेरिकी देश ब्राजिलमा संसारका अरु देशहरुमा भन्दा उच्च संख्यामा नर्सहरुको मृत्यु भएको छ । संक्रमण सुरु भए यता ब्राजिलमा हालसम्म १५ हजार नर्सहरु संक्रमित भै सकेका छन् भने बुधबारसम्म ब्राजिलमा १ सय ३७ जना नर्सको कोभिड -१९ को कारण मृत्यु भै सकेको ब्राजिलस्थित फेडरल नर्सिङ काउन्सिलले जनाएको छ । समाचार श्रोतका… Continue reading कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्यु ब्राजिलमा
यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्यु
न्युयोर्क अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू… Continue reading यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्यु
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख माथि
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ । बिहिबार बिहानसम्मको आङ्कडा अनुसार ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् । महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ । २० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६… Continue reading विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख माथि
विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण
न्युयोर्क कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ । विश्व बैंकले… Continue reading विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण
नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्यो अस्विकार
काठमाडौं नेपालमा भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पदमा अर्यालले हालै मन्त्री परिषदद्वारा पास गरिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले नेपालको त्यो राजनीतिक नक्सा नस्विकार्ने बताएको छ । नेपालले सीमा सम्बन्धि विवाद कुटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो । भारतस्थित विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले… Continue reading नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्यो अस्विकार
सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया
न्युयोर्क बेलायतस्थित एक १०० वर्षीय दोश्रो विश्व युद्ध अनुभवी (भेटेरान) सेनाले आफ्नै घरको करेसामा घुमेर राष्ट्रिय स्वास्थ्य सेवा (नेशनल हेल्थ सर्भिस) का लागि ४० लाख अमेरिकी डलर (पचास करोड) नेपाली रुपैंया चन्दा संकलन गरेका छन् । गत अप्रिल ३० तारिखका दिन ९९ सय बर्ष पुरा गरी १०० बर्षमा प्रबेश गरेका दोश्रो विश्व युद्धका अनुभबी क्याप्टेन… Continue reading सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया
विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख नजिकै पुगेको छ । मङ्गलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४८ लाख ८५ हजार ९४५ जना संक्रमित पुष्टि भएको छ । यसमा नेपालका ३७५ जना समेत सामेल छन् । तथ्यांक अनुसार १९ लाख ३ हजार २०० जना संक्रमणलाई जित्न सफल भएका हुन् । विश्वभर ३ लाख १९… Continue reading विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित
विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर
काठमाडौं । कोरोना महामारीबाट उम्किसकेको चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले डब्लुएचको सहयोग कटौती गर्ने घोषणाका बिच चीनको उक्त सहयोग आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएका छन् । अहिले सङ्गठनको वार्सिक बैठक जारी छ… Continue reading विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर
इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला
काठमाडौं । इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन्। आइतबार तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा ५८ वर्षका राजदूत डु वे मृत फेला परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनी गत फेब्रुअरीमा मात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए। इजरायलमा उनी परिवारसँग भने थिएनन्। राजदूतमा नियुक्त भएसँगै उनी कोरोना प्रकोपबीच नै इजरायल आएका… Continue reading इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला
१ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
न्युजर्सी न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन् ।… Continue reading १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
जनमुक्ती सेना नेपालद्वारा नेपाली भूमि अतिक्रमणकको विरोधमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौं । बहिर्गमित जनमुक्ती सेना नेपालले नेपाली भूमि अतिक्रमणकको विरोधमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । बुधबार साँझ बहिर्गमित जनमुक्ती सेना नेपालका अध्यक्ष रमेश बसेल (करन) वरिष्ठ उपाध्यक्ष योग्य बहादुर कार्की प्रदिप, र प्रबक्ता राजन थापा सुवाषको नेतृत्वमा काठमाण्डौ स्वएम्भु चोकमा नरेन्द्र मोदिको पुत्ला दहन गरि भूमि अतिक्रमणको बिरोध गरिएको प्रवक्ता थापाले… Continue reading जनमुक्ती सेना नेपालद्वारा नेपाली भूमि अतिक्रमणकको विरोधमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन
चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो
न्युयोर्क कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको एक डाटाबेसका अनुसार चीनमा हालसम्म ६ लाख ४० हजार मानिस कोरोना संक्रमित भएको जनाईएको हो… Continue reading चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो
बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यस्तो आंकडा सार्वजनिक गरेको हो । यसमधये ६० जना नेपालीको मृतयु भएको पुष्टी भने त्यहाँस्थित नेपाली दुतावासले समेत गरिसकेको छ । एनआरएनए यूकेका अनुसार अहिलेसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोना भाइरस देखिएको छ । १… Continue reading बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१
न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)
न्युयोर्क न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी भवनको टुप्पोमा कोरोनाको कारण मृत्युहुनेहरुको अद्यावधिक संख्या देखाउने डिजिटल बोर्डलाई देश कै राष्ट्रपतिको नाम राखेर… Continue reading न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)
चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो
न्युयोर्क अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ । अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११ तारिख सोमबार समुन्द्रमा झरेको उक्त अनियन्त्रित टुक्रा गत मे ५ तारिखका दिन चीनको हाईनान प्रान्तस्थित… Continue reading चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो
कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स
न्युयोर्क ईटाली अर्को हप्तादेखि खुल्दै – कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेको ईटाली आगामी हप्ता मे १८ तारिखदेखि खुल्ने तरखरमा छ । अब ईटालीमा रेस्टुरेन्ट, बार, ब्युटी पार्लरहरु १८ तारिखदेखि खुल्ने छन् । ईटालीमा मंगलवारसम्म २ लाख १९ हजार ८ सय १४ संक्रमित र ३० हजार ७ सय ३९ को मृत्यु … Continue reading कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स
भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ । भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो । भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको… Continue reading भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार व्हाईट हाऊसमा आयोजित कोरोना भाईरस प्रेस ब्रिफिङबाट पत्रकारसँग जंगिएर निस्किए । कोरोना भाईरस सम्बन्धि प्रेस ब्रिफिङको अन्तिम समयमा राष्ट्रपति ट्रम्पले वाईजा जियाङ नामकी एक पत्रकारको प्रश्न लिएका थिए । ती महिला पत्रकारले ट्रम्पलाई सोधेकी थिईन्; “किन तिमी भाईरस परिक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशहरु भन्दा अमेरिकाले एकदमै… Continue reading राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)