अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

तस्बिर : हरिराम भेटुवाल / रासस

१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी\अति भारी वर्षाको… Continue reading अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना… Continue reading आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

A rescuer operates at a site where a building collapsed and three people were reported missing in Bogo City on October 1, 2025, after a powerful 6.9 magnitude earthquake jolted the central Philippines, killing dozens on the island of Cebu with fears the toll could rise. The death toll from a powerful earthquake in the central Philippines rose above 50 on October 1, with injured patients overwhelming hospitals on the island of Cebu. (Photo by TED ALJIBE / AFP)

१५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै… Continue reading फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

AP Photo/Evan Vucci)

१५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात… Continue reading छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

प्रधानमन्त्री कार्कीले टीका नलगाउने

rss

१५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार… Continue reading प्रधानमन्त्री कार्कीले टीका नलगाउने

सयपत्री फूलखेती विस्तार

१५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु… Continue reading सयपत्री फूलखेती विस्तार

ढिस्कोले पुरिएर चार जनाको मृत्यु

१५ असोज, बरहथवा । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर… Continue reading ढिस्कोले पुरिएर चार जनाको मृत्यु

राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि… Continue reading राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

१५ असोज, काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’… Continue reading यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

सुनसान प्रायः छ काठमाडौँ

तस्बिर : हरिराम भेटुवाल/रासस

१५ असोज, काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य… Continue reading सुनसान प्रायः छ काठमाडौँ

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

१५ असोज, पाटन । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको… Continue reading प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

मनकामना केबलकार तीन दिन बन्द गरिने

१५ असोज, मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको… Continue reading मनकामना केबलकार तीन दिन बन्द गरिने

तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

१४ असोज, काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।आजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस… Continue reading तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

१५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको… Continue reading महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

१७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

१५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी… Continue reading १७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

१५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । निजलाई काठमाडौँ महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै… Continue reading ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

RSS

१५ असोज, भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु… Continue reading तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

१४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र… Continue reading यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

Israeli activists take part in a protest against the war in the Gaza Strip, Israel's measures regarding food distribution and the forced displacement of Palestinians, in Tel Aviv, Israel, Tuesday, July 22, 2025. (AP Photo/Ohad Zwigenberg)

१४ असोज, काठमाडौं । गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० ले गाजामा अनिकाल घोषणा गरे देखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको… Continue reading गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो

देशैभरी मनाइयो महाअष्टमी

दुर्गा मन्दिरमा खोइछ भर्ने श्रद्धालुको भीड मटिहानी(महोत्तरी), १४ असोजः बडादसैँको महाष्टमीको दिन मङ्गलबार महोत्तरी जिल्लाको मटिहानीको दुर्गा मन्दिरमा खोइछ भर्ने श्रद्धालुहरुको भीड । तस्बिरः मो इसराफिल राइन/रासस

१४ असोज, काठमाडौं । बडादसैँको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ । सामान्यतया यो पर्व बडादसैँको आठौँ दिन पर्ने गरे पनि यस वर्ष… Continue reading देशैभरी मनाइयो महाअष्टमी

राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

१४ असोज, सुरुङ्गा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि… Continue reading राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु

नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो

१४ असोज, काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक कुमारीघरमा आसन गराइएको छ । आज यहाँ आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो । विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी… Continue reading नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

तस्बिर : हरिराम भेटुवाल / रासस

१४ असोज, काठमाडौँ । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी… Continue reading दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने

file

१४ असोज, काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब एक हजार अवैध टिन खानी बन्द गर्ने आदेश दिएका छन् । गत सेप्टेम्बर–१ मा सुरु गरिएको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ… Continue reading इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने

भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

(250929) -- HANOI, Sept. 29, 2025 (Xinhua) -- A sunken fishing boat is seen in Quang Tri Province, Vietnam, Sept. 29, 2025. The death toll from Typhoon Bualoi in Vietnam has risen to 11, with 13 people still missing and 33 others injured, local daily newspaper Nhan Dan (People) reported Monday. (VNA/Handout via Xinhua)

एजेन्सी१४ असोज, काठमाडौं । भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले सोमबार रिपोर्ट गरेको छ । टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ… Continue reading भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

यस्तो छ आजको मौसम पूर्वानुमान

१४ असोज, काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

१४ असोज, काठमाडौं) । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । यससँगै नेपालले इतिहास रचेको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा राती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट… Continue reading युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास

एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

Dignitaries waiting on the presentation platform talk to the umpires as India players refused to reappear for the trophy presentation after they won the Asia Cup cricket final against Pakistan at Dubai International Cricket Stadium, United Arab Emirates, Sunday, Sept. 28, 2025. (AP Photo/Altaf Qadri)

१३ असोज, काठमाडौं । एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ । पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भनेका छन् । भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो सार्वजनिक गरेका छन् । आइतबार दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो… Continue reading एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

Firefighters from Atlas Township, Mich., return to their vehicles after taking care of a fire after a shooting at The Church of Jesus Christ of Latter-day Saints, Sunday, Sept. 28, 2025, in Grand Blanc, Mich. (AP Photo/Carlos Osorio)

रासस\एएफपी१३ असोज, मिचिगन । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन् । स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए… Continue reading अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि

१३ असोज, कोलम्बो । श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको श्रीलङ्काको नेसनल डेंजरस ड्रग्स कन्ट्रोल बोर्ड (एनडीडिसिबी) ले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे एनडीडिसिबीले जनाएको छ ।एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका बालबालिकाहरू दुर्व्यसनीको विशेष जोखिममा… Continue reading श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि