सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि, गगन पछाडी

काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहेका छन् । निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चार हजार ४३१ मतले पछाडि पारेका छन् । सिंहले… Continue reading सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि, गगन पछाडी

झापा–५ : बालेन भारी मतले अगाडि

RSS

सुरुङ्गा (झापा), २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन् । रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका नुओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ… Continue reading झापा–५ : बालेन भारी मतले अगाडि

मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित, कांग्रेसका गुरु घिमिरे पराजित

मोरङ, २३ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार निकटतम प्रतिस्पर्धीमा नेपाली… Continue reading मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित, कांग्रेसका गुरु घिमिरे पराजित

मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइराला पराजित

मोरङ, २३ फागुनः मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धीमा नेपाली… Continue reading मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइराला पराजित

स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

वालिङ (स्याङ्जा), २३ फागुनः स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् । शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४… Continue reading स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम, २३ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा .(एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । एमालेका केन्द्रीय सचिव… Continue reading तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा (रुपन्देही), २३ फागुनः रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भए । नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरे । निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख… Continue reading रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

कालीकोटबाट नेकपाका शाही विजयी

मान्म (कालीकोट), २३ फागुनः कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा( एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे । नौ सय ८६ मतान्तरले पछि… Continue reading कालीकोटबाट नेकपाका शाही विजयी

बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

राँझा (बाँके), २३ फागुनः बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे ।… Continue reading बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

RSS

चितवन, २३ फागुनः चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार… Continue reading चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

महोत्तरी, २३ फागुनः महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए । त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२… Continue reading महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

RSS

म्याग्दी, २३ फागुनः म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।… Continue reading म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले… Continue reading काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित

काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन… Continue reading काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित

निर्वाचन मत गणनाः एक सय आठ स्थानमा रास्वपा अगाडि

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रेसका उम्मेदवार १२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सात स्थानमा अगाडि छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका ६… Continue reading निर्वाचन मत गणनाः एक सय आठ स्थानमा रास्वपा अगाडि

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

भद्रपुर (झापा), २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन… Continue reading झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी

rss

गोरखा, २२ फागुन । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उनले एक हजार १५९ पुर्याएका छन् । अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त गरेका छन् ।… Continue reading गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी

झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता

झापा, २२ फागुन । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९४५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । आज अपराह्न ५ः३० बजेसम्मको मतगणना अनुसार १८ हजार ९७ मतगणना सम्पन्न गर्दा उनले उक्त मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।… Continue reading झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेर विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गरे । श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको… Continue reading काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

RSS

रुकुम पूर्व, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार… Continue reading रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

मनाङ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका हाँनिकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत… Continue reading मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

रन्जुले भनिन्, : जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छ

rss

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताएकी छिन् । उनले यो जित आफूहरूका लागि खुसीसँगै चुनौती पनि रहेको बताइन् । आज निर्वाचित भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दर्शनाले भनिन्, “३०र३५ वर्षदेखि बारम्बार… Continue reading रन्जुले भनिन्, : जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छ

रास्वपाका शिशिर खनाल विजयी

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो जित निकालेको छ । काठमाडौं ६ बाट शिशिर खनाल विजयी भएका हुन् । उनले २७ हजार ७११ मत पाए । उनको निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका कृष्ण बानियाँले ६ हजार ६४७ मत पाए । उता, रास्वपाले १ सय भन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ ।

मुस्ताङबाट काङ्ग्रेसले खोल्यो जितको खाता

२२ फागुन, काठमाडौं । मुस्ताङमा नेपाली काङ्ग्रेसका योगेश थकाली विजयी भएका छन् । उनले ३३०७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १८०६ मत पाए । देश भर राश्वपाले लहर ल्याउदा मुस्ताङमा भने काङ्ग्रेस विजयी भएको हो ।

रन्जु दर्शना भारी मतान्तरले विजयी

२२ फागुन, काठमाडौं । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले खाता खोलेको छ । यहाँ रन्जु दर्शनाले भारी अन्तरको जित निकालिन । रन्जुले कुल १५ हजार ४५५ भोट पाउँद उनको निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवारले ६ हजार ३६४ मात्र मत पाए । यहाँ हलो चिन्हबाट चुनाब लडेका रविन्द्र मिश्रले ३ हजार ९६२ मात्र मत पाए ।… Continue reading रन्जु दर्शना भारी मतान्तरले विजयी

रुकुममा प्रचण्डलाई भारी अग्रता

२२ फागुन, काठमाडौं । रुकुम पुर्वबाट प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जहाँ नेकपा अध्यक्ष प्रचण्ड उम्मेदवार छन् । प्रारम्भिक नतिजामा प्रचण्ड भारी मतले अगाडि छन । उनले १४१५ मत पाउँद एमाले उम्मेदवार लीलामणि गौतमको ४३१ मत आएको छ । रास्वपाले यहाँ १७६ मत मात्र पाएको छ ।

उपत्यकाका १५ मध्ये १४ मा रास्वपा अगाडि

RSS

२२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर देखिएको छ । कुल तीन जिल्लाका १५ निर्वाचन क्षेत्र मध्ये १४ मा रास्वपा उम्मेदवार अगाडि छन् । रास्वपाका उम्मेदवारको अग्रता अत्यधिक रहेका कारण नतिजा उल्टिने सम्भावना समेत कम देखिन्छ । ललितपुर १ मा काङ्ग्रेसका उदय शमसेर बाहेक अन्य स्थानमा घन्टीमा लहर देखिएको छ ।

विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

काठमाडौँ, २२ फागुन । काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद… Continue reading विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण

गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत

RSS

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुने क्रम सुरु भएको छ । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व मत आएको देखिएको छ । काठमाडौंका अधिकांश क्षेत्रको नतिजामा रास्वपा भारी मतले अगाडी छ । अहिलेसम्म कुल २२ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमध्ये १६ स्थानमा रास्वपाका उम्मेदवार भारी अन्तरले… Continue reading गणनाको प्रारम्भिक रुझान : रास्वपालाई अभूतपूर्व मत

काठमाडौं १ र १० मा पनि सुरु भयो मतगणना

२२ फागुन, काठमाडौं । काठमाडौं १ र १० नम्बर क्षेत्रमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भइ यी क्षेत्रमा मतगणना सुरु भएको हो ।