काठमाडौं । तुलनात्मक रुपमा कमजोर मानिएको कतार विरुद्ध जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फूटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले परािजत गर्यो । पहिलो खेलमा कोलम्बियाँसँग हारेको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको थियो । त्यसकारण कतारसँगको खेल अघिल्लो चरण पुग्न उसकालाई लागि फाइनल सरह थियो… Continue reading कोपा अमेरिका फुटबल, अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
Author: Vishwanews.com
अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार
आगामी नोभेम्बर २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहौल शुरु भइसकेको छ । पाटी भित्र राष्ट्रपतिको उमेदवारी घोषणा गर्ने क्रममा जारी रहेको छ । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बन्ने आकंक्षीको संख्या २५ पुगेको छ । अमेरिकामा हरेक ४… Continue reading अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार
नेपालमा कति दिन बस्छन् पर्यटक ?
काठमाडौं । संसारकै सुन्दर मुलुकमध्ये एक नेपाल पर्यटन बजारमा बिस्तारै आफ्नो उपस्थिति देखाउने क्रममा छ । सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै पर्यटक नेपाल आए । यस वर्ष यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको सरकारको तथ्यांक छ । पर्यटक आगमन बढेपनि पर्यटनका माध्यमबाट हुने आयले नेपाली अर्थतन्त्रमा त्यति धेरै प्रभाव… Continue reading नेपालमा कति दिन बस्छन् पर्यटक ?
आन्दोलनको नेतृत्व गर्ने कर्मचारीका नेतालाई हायात होटेलको कारवाही
काठमाडौं । हायात होटेलमा आन्दोलन चर्काएर होटेल नै ठप्प पार्ने कामको नेतृत्व गरेका र होटेलको पनि उच्च तहमा रहेर काम गरिरहेका कर्मचारीलाई व्यवस्थापनले कारवाही गरेको छ । काठमाडौंको पाँचतारे होटल हायातमा कर्मचारी आन्दोलन चर्किएपछि अघिल्लो साता १ हप्तासम्म सेवा ठप्प भएको थियो । आन्दोलन उक्काउन भुमिका खेलेको भन्दै होटल व्यवस्थापनले नेतृत्वमा रहेकामध्ये तीन जनालाई निलम्बन… Continue reading आन्दोलनको नेतृत्व गर्ने कर्मचारीका नेतालाई हायात होटेलको कारवाही
त्रिभुवन विमानस्थल भित्रै गाँजा खेती, प्रहरीद्धारा ५० हजार बोट नष्ट
काठमाडौं । काठमाडौंको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै गाँजा मौलाइरहेको पाइएको छ । २४ सै घण्टा सेना र प्रहरीको कडा सुरक्षा घेरा भित्र रहने विमानस्थलभित्र बाटै प्रहरीले ठूलो मात्रामा गाँजाको बोट नष्ट गरेको हो । नेपाल प्रहरीका अनुसार शनिबार प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी विमानस्थल भित्र गाँजा नष्ट गर्न खटिए… Continue reading त्रिभुवन विमानस्थल भित्रै गाँजा खेती, प्रहरीद्धारा ५० हजार बोट नष्ट
नेपाल र बंगलादेशबीच विद्युत पूर्वाधार निर्माणमा समझदारी
काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरण गर्न पूर्वाधार निर्माणसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल(बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको सहमति जुटेको हो । सहमति अनुसार नेपालको जलविद्युत आयोजनामा बंगलादेश लगानी गर्न इच्छुक देखिएको छ । बंगलादेशले नेपाली जलविद्युत कम्पनीमा लगानी गरी बंगलादेशसम्म विद्युत निर्यात गर्ने… Continue reading नेपाल र बंगलादेशबीच विद्युत पूर्वाधार निर्माणमा समझदारी
रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से
काठमाडौं । टिकापुर काण्डमा कैद भोगिरहेका नेता रेशम चौधरी बिरामी भएर अस्पताल भर्ना भएका छन् । विर अस्पतालमा भर्ना भएका उनको खुट्टामा सरकारले नेल लगाएको छ । उक्त नेल १४ किलोको रहेको बताइएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै सरकारको व्यापक आलोचना भइरहेको छ । यसैबीच, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै… Continue reading रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से
कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । असार २२ मा केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जानकारी दिएको छ । बैठकमा पार्टीले गत महिना सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा हुने बताइएको छ । यसबाहेक, बजेट सहित समसामयीक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको उल्लेख गरेको छ । बैठकमा नियमावली… Continue reading कांग्रेसको केन्द्रिय समिति बैठक असार २२ मा
नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान
काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपालको इतिहासमै शुक्रबार छापावाल सुनको मूल्य सबैभन्दा धेरै पुग्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुन किनबेच भएको थियो । प्रतिदिन प्रतितोला १ हजार रुपैयाँका दरले सुनको… Continue reading नेपालमा सुनको मूल्यले राख्यो कीर्तिमान
दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक
काठमाडौं । दिगो विकास लक्ष्य २०१६–२०३० को उद्देश्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब लाग्ने भएको छ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको लागत अनुमान शुक्रबार राजधानीमा सार्वजनिक गरेको छ । यस अवधिमा नेपालले मध्यम आय भएको विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य राखेको छ । योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल अब बन्ने… Continue reading दिगो विकास लक्ष्य पुरा गर्न वार्षिक २० खर्ब २५ अर्ब आवश्यक
उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग
दुई कोरियाबीच सम्बन्ध सुधार हुँदै गएको समयमा दक्षिण कोरियाली उत्तर कोरियालाई खाद्यन्न सहयोग गर्ने भएको छ । खडेरीको मारमा परेर खाद्यान्न उत्पादनमा कमी आएसँगै अहिले उत्तर कोरियामा मानवीय सहयोगको खाँचो छ । तर, विभिन्न देशले यहाँ आर्थिक नाकाबन्दी लगाएका कारण खाद्यान्न संकट गहिरिदै गएको हो । बीबीसीका अनुसार दक्षिण कोरियाले उत्तर कोरीयालाई ५० हजार टन… Continue reading उत्तर कोरियाको खाद्य संकट टार्न दक्षिण कोरियाको सहयोग
खाडीको जेलमा कति छन् नेपाली कैदी ?
काठमाडौं । वैदेशिक राजेगारीको अवसर खुलेसँगै अहिले करीव ४० लाख हाराहारी नेपाली यूवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ । यसमध्ये विविध अपराधमा संलग्न करीव साढे ५ सय नेपाली बिभिन्न देशको जेलमा कैदि जीवन बिताइरहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार अहिले खाडीका विभिन्न देशमा ५ सय ४५ जना नेपाली कैदी बन्दी रहेका छन् । मलेसिया, कुवेत,… Continue reading खाडीको जेलमा कति छन् नेपाली कैदी ?
विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ
काठमाडौं । सरकारले प्रतिवन्धित नेत्रविप्लव चन्द नेतृत्वको समूहविरुद्ध धरपकड तथा कारवाही तिब्र बनाएको छ । बिहीबार सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् भने रोल्पाबाट ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला… Continue reading विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ
सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी पहिलो पटक विदेशी फ्रेन्चाइजी लीगमा आवद्ध भएका भएका छन् । उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लीगमा विनिपेग हक्सले टोलीमा आवद्ध गरेको हो । बिहीबार क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३ हजार अमेरिकी डलरमा हक्सले आवद्ध गरेको हो । यस लीगमा अर्का क्रिकेटर सन्दिप लामिछाने भने… Continue reading सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा
कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सम्पदा निर्माण निर्माणदेखि पर्यटन प्रवद्र्धनसम्मका योजना समेटएको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । महानगरले आगामी आवमा काठमाडौंलाई प्लाष्टिक, धुलो र प्रदुषण मुक्त बनाउने घोषणा गरेको… Continue reading कस्तो आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम ?
घट्यो पुनर्निर्माणको लागत, अब ६ खर्ब ३० अर्ब मात्र
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको लागत घटाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिले लागत अनुमान संशोधन गरी ६ खर्ब ३० अर्बमा लाग्ने अनुमान गरेको हो । यसमध्ये चालु आवको अन्त्यसम्म कूल २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आगामी आव ०७६\७७ का लागि पुनर्निर्माणको बजेट १… Continue reading घट्यो पुनर्निर्माणको लागत, अब ६ खर्ब ३० अर्ब मात्र
नेपालमै छन् २१ हजार विदेशी शरणार्थी
काठमाडौं । नेपालको पहिचान गरिब मुलुकका रुपमा छ । पूर्वाधार विकास र सुशासनमा देखिएको कमीका कारण नेपालले लामो समयदेखि यो दर्जा पाउनु परेको हो । तर, स्वयमः नेपालले विभिन्न ११ देशमा २१ हजार शरणार्थीलाई पालिरहेको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)का अनुसार नेपालमा अहिले २० हजार ८ सय ८ जना विदेशीले… Continue reading नेपालमै छन् २१ हजार विदेशी शरणार्थी
उत्तर कोरिया भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति
चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया भ्रमणमा निस्किएका छन् । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउने क्रममा उनी उत्तर कोरियातर्फ लागेका हुन् । दुई दिने भ्रमण बिहीबार र शुक्रबार हुनेछ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति सि चिनफिङ बेइजिङबाट उत्तर कोरियाका लागि प्रस्थान गरेका छन् । झण्डै १४ वर्षपछि चीनबाट उत्तर कोरियामा सबैभन्दा… Continue reading उत्तर कोरिया भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति
मलेसिया रोजगारी खुलाउन आन्दोलनको चेतावनी
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले मलेसियाको रोजगारी खुलाउन आन्दोलनको चेतावनी दिएका छन् । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका हुन् । उनीहरुले सरकारलाई १२ असारसम्मको समयावधि दिँदै रोजगारी खुला गर्न आग्रह गरेका हुन् । नेपाल र मलेसियाबीच गत कात्तिकमा श्रम सम्झौता भएपनि अझै कामदार मलेसिया जान सकेका छैन ।… Continue reading मलेसिया रोजगारी खुलाउन आन्दोलनको चेतावनी
प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा
काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओलीको यूरोप भ्रमण असफल भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको यूरोप भ्रमणले देशलाई कुनै उपलब्धी नदिएको बताए । भ्रमणका क्रममा कुनै सहमति नभएकोले भ्रमण असफल भएको उनको ठम्याई छ । यसपटक प्रधानमन्त्रीको बेलायत भ्रमणका क्रममा… Continue reading प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा
कर्णालीमा झरेको जीप अझै भेटिएन, बझाङ दूर्घटनामा मृत्यु भएको ९ जनाको सामुहिक अन्त्येष्टी
काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा मंगलबारदेखि बेपत्ता जीप अझै फेला परेको छैन । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसमेत सवारी जीप हराएपछि प्रहरीले नदी खोजी कार्य तिब्र बनाएको छ । मंगलबार चितवनबाट सशस्त्र प्रहरी बलबो गोताखोर टोली कर्णाली पुगेपछि खोजी कार्य तिब्र बनाइएको थियो । तर, मंगलबार साँझसम्म पनि जीप र हराइरहेका… Continue reading कर्णालीमा झरेको जीप अझै भेटिएन, बझाङ दूर्घटनामा मृत्यु भएको ९ जनाको सामुहिक अन्त्येष्टी
काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे
काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा बुधबार काठमाडौंमा भब्य सभा आयोजना भयो । माइतिघर मण्डलामा आयोजना गरिएको विरोधसभामा हजारौं मानिस ओर्लिएका थिए । काठमाडौंको विभिन्न चोकबाट निस्किएको जुलुस माइतिघर मण्डलामा भेला भएको थियो । नेपाली झण्डासहित उपस्थित हजारौं नागरिकले धर्म र आस्थामाथि खेलबाड नगर्न सरकारको ध्यानाकर्षण गराए । आन्दोलनका कारण काठमाडौंको छवि बिग्रिएको छ… Continue reading काठमाडौंबासीको सभ्य सभा, पुलिसलाई पानी र फूल, फोहोर सडक आफै सफा गरे
आयातीत पेय पदार्थमा कस्दै सरकार
काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक आयात बन्द गरेको छ । निकासी तथा पैठारी गर्न सकिने सूचीमा परिमार्जन गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय (जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नापतौल तथा गुणस्तर विभागबाट आयात प्रतिवन्ध लाग्ने गरी निर्णय भएका पेयको अन्तिम निर्णय अथवा प्रमाणिकरण… Continue reading आयातीत पेय पदार्थमा कस्दै सरकार
कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन
काठमाडौं । नेपाली कांग्रेसले १ सय ५२ नेता, कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ । स्थानीय, प्रदेश र संघीय चुनावमा बागी उठ्ने नेता र ती नेतालाई समर्थन र प्रस्ताव गर्ने कार्यकर्तालाई पाँच वर्ष सम्म लागु हुने गरी कांग्रेसले मंगलबार निष्काशन गरेको छ । केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले २५ जिल्लाका १ सय ५२ नेता, कार्यकर्तालाई… Continue reading कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन
संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन
काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीचको विवादले उग्र रुप लिएको छ । विपक्षी दलको नेता पहिले बोल्ने कि प्रधानमन्त्री पहिला भन्ने विवादकै कारण मंगलबार संसद अवरुद्ध भयो । सभामुखले आफ्नो दलका नेतालाई बोल्न नदिइ सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदले संसद अवरुद्ध पारे… Continue reading संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन
कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता
हुम्ला । हुम्लामा मंलगबार बिहान जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका, ५ बेणुबिसौना र कैलेबालु सडक खण्डबाट लु१ज ७१६६ नम्बरको महिन्द्रा पिकअप जीप कर्णाली नदीमा खसेर वेपत्ता छ । खार्पुनाथ गाउँपालिकाका अनुसार उक्त जीपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित १० जना यात्रु थिए । गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र… Continue reading कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता
लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान
खोटाङ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खोटाङको लामिडाँडा एयरपोर्टमा सफल परीक्षण उडान गरेको छ । समिट एयरको जहाजमार्फत प्राधिकरणले मंगलबार यस विमानस्थलमा परीक्षण उडान गरेको हो । पूर्व पहाडी जिल्ला खोटाङस्थित रावावेसी गाउँपालिकामा रहेको यो विमानस्थल २०७३ कात्तिकदेखि स्तरोन्नतीका लागि बन्द थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक कर्मचारी, समिट एयरका कर्मचारीसहितको टोली लामिडाँडा… Continue reading लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान
जीप दूर्घटनामा ९ को निधन
बझाङ । बझाङमा जीप दूर्घटनामा परी ९ जनाको निधन भएको छ । बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलास्थित घुम्तीबाट अनियन्त्रीत भई झरेको प्रहरीको भनाई छ । दूर्घटनामा मष्टा गाउँपालिका… Continue reading जीप दूर्घटनामा ९ को निधन
भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार
काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देश भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल सेल्स मिसन आयोजना भएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा सेल्स मिसन सम्पन्न गरेको हो । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले… Continue reading भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार
अनुदान सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचीबाट हटाइने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब अनुदान सम्झौता नगरेका भूकप प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । असार २१ गतेसम्मको समय सीमा दिँदै प्राधिकरणले यो अवधिभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ… Continue reading अनुदान सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचीबाट हटाइने