ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताको आक्रमण

चितवन । चितवनमा नेकपा समर्थक कार्यक्रताले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेका छन् । भ्रष्टाचारको विरोध भन्दै ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका शाहीमाथि चितवनमा नेकपा कार्यक्रताले अन्धाधुन्ध आक्रामण गरेका हुन् । शाही उनै व्यक्ति हुन, जसले केही साता अगाडी नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईलाई अपमान गरेका थिए । त्यसपछि नेकपा कार्यक्रताले उनलाई निसाना बनाइरहेका छन् ।… Continue reading ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताको आक्रमण

पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

काठमाडौं । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै सिंगापुरमा जारी त्रिदिवसीय टी-२० सिरिजमा नेपालले घरेलु टीममाथि ९ विकेटको सानदार जीत दर्ता गरेको छ । शनिबार साँझ सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काले १ सय ६ रनको कीर्तिमानी शतक प्रहार गरे । उनी नेपालका तर्फबाट टी-२० र वान डे इन्टरनेशनल दुबै फम्र्याटमा शतक प्रहार गर्ने एक मात्र… Continue reading पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् । गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे । हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई… Continue reading राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

नौबिसेको जामले रेलको याद दिलाएपछि…

काठमाडौं । नेपालमा अहिले रेल छैन । तर, सबैभन्दा चर्चा रेलकै छ । हुँदै नभएको पूर्वाधारको किन यति धेरै चर्चा ? किनकी वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सबैभन्दा बढी प्राथमिकताका साथ उठाएको पूर्वाधार नै रेल हो । उनले नेपालमा रेल कुदाएर देशलाई समृद्ध बनाउने सपना देखाएका छन् । यतिसम्म की यो सपना आफूले… Continue reading नौबिसेको जामले रेलको याद दिलाएपछि…

विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् । उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम गरिने भएको छ । त्यसका लागि सिलिन्डरसमेत छुट्टै ल्याउन तयारी भइरहेको छ । उनका अनुसार… Continue reading विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

काठमाडौं । ब्याट्सम्यान चुक्दा नेपाल जिम्बाब्वेविरुद्ध ऐतिहासिक जीत हाँसिल गर्नबाट चुक्यो । शुक्रबार देखि सिंगापुरमा शुरु त्रिदेशिय टी २० सिरिजमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३२ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मात्र राम्रो प्रदर्शन गरे । ऐरिले ३३ बलमा ४० रन बनाए… Continue reading जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणा बमोजिम आन्तरिक वायुसेवा कम्पनी ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई उडानमा छूट दिन तयार भएका छन् । तर, त्यसका लागि भने उनीहरुले शर्त राखेका छन् । कम्पनीले अब विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका हुन् । नागरिकले वायुसेवा कम्पनीको… Continue reading सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने

गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

काठमाडौं । सरकारले ललितपुरको गोदावरीमा सभाहल बनाउने भएको छ । काठमाडौंमा धेरै जना मानिस अट्न सक्ने क्षमताको सभाहल नहुँदा ठूला कार्यक्रमको व्यवस्थापन निकै सकस भइरहेको छ । महत्वपूर्ण कार्यक्रमहरु पनि स्थान अभावका कारण भद्रागोल हुने गरेका छन् । सोही आवश्यकता पुरा गर्न ठूलो सभाहल बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ… Continue reading गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

काठमाडौं । नेपालले शुक्रबार टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग टी २० क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेलाई हराउन सके त्यो नेपालको ऐतिहासिक जीत हुने छ । किनकी नेपालले आजसम्म टी २० इन्टरनेशनलमा छेस्ट राष्टलाई हराएको छैन । सिंगापुरमा नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट खेल शुरु हुने छ । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट मान्यता… Continue reading नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

काठमाडौं । चाडबाडलाई लक्षित गरी राष्ट्र बैंकले शुक्रबारबाट नयाँ नोट सटही सुविधा शुरु गरेको छ । राष्ट्र बैंकको आफ्नै कार्यालय र बैंकका तोकेका विभिन्न बैंकका शाखाबाट नयाँ नोट वितरण हुने भएको छ । यस वर्ष सर्वसाधारणले १८ हजार ५ सय रुपैयाँ सम्म साट्न सक्ने गरी योजना ल्याइएको छ । त्यसअनुसार एक बण्डलमा १ सय, ५०,… Continue reading आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

कांग्रेस सभापति देउवाले द्वन्द्वपिडितका कुरा नसुनेपछि….

काठमाडौं । बिहीबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एक कार्यक्रममा खुलेर हुटिङ भयो । सहभागीहरुले उनीविरुद्ध नाराबाजी समेत गरे । आखिर कारण के थियो ? संक्रमणकालीन न्याय निरुपण गर्ने उपाय खोज्ने उद्देश्यले राष्ट्रिय मानवाधिकार आयोगले बिहीबार राजधानीमा एक महत्वपूर्ण कार्यक्रम आयोजना गर्यो । सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख नेतालाई एकै… Continue reading कांग्रेस सभापति देउवाले द्वन्द्वपिडितका कुरा नसुनेपछि….

घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

न्यूयोर्क । नेपाल र घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धी संयुक्त समझदारीमा हस्ताक्षर भएको हो । अफ्रिकी मुलुक घाना अब नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६८ औं मुलुक बनेको छ ।… Continue reading घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा

काठमाडौं । नेपालमा पर्यटक आगमनको वृद्धिदर खस्किएको छ । अंग्रेजी वर्ष सन् २०१९ को ८ महिना (जनवरी देखि अगस्ट) को तथ्यांक अनुसार ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा मात्र ९ प्रतिशत बढी हो । सन् २०१८ को वार्षिक पर्यटक आगमन वृद्धिदर २५ प्रतिशत… Continue reading बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा

पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’

क्यानडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क्यानडाबाट संसारभरका पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं महासभामा भाग लिन मन्त्री भट्टराईसहितको टोली अहिले क्यानडामा रहेको छ । उनले महासभालाई बुधबार साँझ सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा आइकाओको झण्डा नेपालले सगरमाथा चुचुरोमा पुर्याएको स्मरण गराउँदै सन्… Continue reading पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’

परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सहासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गरेका छन् । बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशी पाहुनाका लागि दिएको स्वागत भेटमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपतिले चासो राखेको मन्त्री ज्ञवालीले जानकारी दिए । राष्ट्रपतिले महासभामा पुगेका सबै देशका प्रतिनिधि प्रमुखसँग… Continue reading परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट

एक आमाले जन्माइन एकै पटक चार बच्चा

काठमाडौं । काठमाडौंमा एक युवतीले एकै पटक चार शिशुलाई जन्म दिएकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा बुधबार चम्ल्याहा शिशु जन्मिएका हुन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई धर्तीमा जन्म दिएकी हुन् । अहिले बच्चा र आमा सबैको स्वास्थ्यको अवस्था राम्रो रहेको छ । अस्पतालका अनुसार ३३ हप्ता ३ दिनपछि अपरेसन गरी… Continue reading एक आमाले जन्माइन एकै पटक चार बच्चा

चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

बेइजिङ । चीनले चमत्कारिक विकासलाई निरन्तरता दिएको छ । यसै सिलसिलामा बुधबारदेखि संसारकै ठूलो डासिङ विमानस्थल सञ्चालनमा ल्याएको छ । करीब साढे १३ खर्ब नेपाली रुपैयाँ (१२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण भएको यो विमानस्थल चमत्कारिक विकासको एक रुप हो । किनकी यो करीव ९८ वटा फूटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको छ । चिनियाँ राष्ट्रपति… Continue reading चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई सार्वजनिक गरियो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो… Continue reading कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

काठमाडौंबाट पेस्तोलसहित चारजना समातिए

काठमाडौं । प्रहरीले काठमाडौबाट पेस्तोलसहित ४ जना व्यक्ति समातेको छ । बुधबार शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलमा सर्च गर्दा पेस्तोल भेटिएको रानी पोखरी प्रहरी प्रभागले जानकारी दिएको छ । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका छन् ।… Continue reading काठमाडौंबाट पेस्तोलसहित चारजना समातिए

बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

काठमाडौं । काठमाडौं । ह्याकरले सिस्टम ह्याक गरी अर्को चोरी काण्ड मच्याएको छ । कृषि विकास बैंकको सिस्टम नै ह्याक गरी मंगलबार डेढ करोड रुपैयाँ चोरी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि एक महिना अगाडी चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीमए सिस्टम ह्याक गरी रकम चोर्दाचोर्दै पक्राउ परेका थिए । उनीहरुमाथि अनुसनन जारी… Continue reading बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो एक महिनामा विदेशमा रहेका नेपालीहरुले वैधानिक प्रणालीमार्फत ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष रेमिट्यान्सको वृद्धिदर खस्किएको छ । तर, कूल रकम भने सामान्य बढेको छ । आव २०७५\७६ को पहिलो महिनाको तुलनामा यस… Continue reading एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

दशैंमा टोकियोका नेपाली लिन नेपाल एयरलाइन्स नारिता जाँदै

काठमाडौं । नेपाल एयरलाइन्सको जापानको टोकियोस्थित नारिता विमानस्थलमा दुई वटा चार्टर्ड उडान गर्ने भएको छ । आगामी बिहीबार काठमाडौंबाट उडेको जहाज शुक्रबार काठमाडौं फर्कने गरी उडान तालीका मिलाइएको छ । दशैंको अवसर पारी ओशाका पुग्न नसक्ने नेपालीलाई लक्षित गरी जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा चार्टर्ड उडान गर्न लागिएको निगमको भनाई छ । निगमले अहिले ओशाका… Continue reading दशैंमा टोकियोका नेपाली लिन नेपाल एयरलाइन्स नारिता जाँदै

दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

काठमाडौं । दशैंमा घर पुग्ने यात्रुहरुको सहजताका लागि ८ दिनसम्म रुट परमिट स्वतन्त्र गरिएको छ । यसको मतलव बीना रुट परिमिट गाडीहरु जुन सुकै सडकमा गुड्न सक्ने भएका छन् । काठमाडौबाट करीव २० देखि २५ लाख हाराहारी मानिस दशैंको अवसरमा बाहिरिने अनुमान छ । यातायात व्यवस्था विभागका अनुसार १२ असोजबाट ८ दिनसम्मका लागि सार्वजनिक सवारी… Continue reading दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

पाकिस्तानमा भूकम्प, धनजनको ठूलो क्षति

इस्लामावाद । पाकिस्तानमा मंगलबार साँझ शक्तिशाली भूकम्पमा परी ४ जनाको मृत्य भएको छ । पाकिस्तानले शासन गरेको कश्मीर क्षेत्रमा भूकम्प गएको र अहिलेसम्म ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । घाइतको संख्या ठूलो संख्यामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने आंशका गरिएको छ । भूकम्पको धक्का पाकिस्तान प्रशासित कश्मीरसहित राजधानी इस्लामावाद, लाहौर, पेशावरसम्म… Continue reading पाकिस्तानमा भूकम्प, धनजनको ठूलो क्षति

बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ । प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो । प्रधानमन्त्री बोरिसले ९ सेप्टेम्बरदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्स पाँच साताका लागि निलम्बन गरेका थिए। बेलायतलाई यूरोपेली… Continue reading बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

विप्लवका उपत्यका इन्चार्ज पक्राउ

काठमाडौं । माइला लामालाई प्रहरीले पक्रिएपछि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तोकेको नयाँ उपत्यका ब्युरो इञ्चार्ज नवीन बिकेलाई समेत प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार राती ललितपुरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । यसअघि ललितपुर इन्चार्ज रहेका बिकेलाई विप्लवले उपत्यका इन्जार्च तोकेको थियो ।… Continue reading विप्लवका उपत्यका इन्चार्ज पक्राउ

नवलपरासीमा ट्रकले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु

नवलपरासी । ट्रकले कारलाई ठक्कर दिएर भएको दूर्घटनामा सोमबार ५ जनाको निधन भएको छ । सोमबार राती पूर्वपश्चिम राजगार्गअन्तर्गत कावासोती नगरपालिकाको खरकट्टा जङ्गलमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार ठोक्किएको प्रहरीले जनाएको छ । कारमा सवार पाँचै जनाको निधन भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनीहरुलाई उपचारका… Continue reading नवलपरासीमा ट्रकले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु

मेसी बने फिफा वर्ष खेलाडी

इटाली । बार्सिलोनाका फर्वाड कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी चुनिएका छन् । सोमबार राती इटालीमा आयोजित विशेष समारोहमा फिफाले उक्त अवार्ड घोषणा गरेको हो । मेसीले क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई उछिनेका हुन् । विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो सिजनमा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गर्छ । मेसीले अघिल्लो सिजनमा ५८ खेलबाट… Continue reading मेसी बने फिफा वर्ष खेलाडी

छोरीको हत्यापछि बाउद्धारा आत्महत्या

धनगढी। आफ्नो तीन वर्षीया छोरीलाई हत्या गरेपछि एक बाबु्ले आत्महत्या गरेका छन् । धनगढी, गौरीगंगा नगरपालिका–५ मा यस्तो घटना घटेको हो । यहाँका स्थानीय रामबहादुर कलेलले विष खुवाएर छोरीको हत्या गरेका थिए । त्यसपछि आफूले पनि विष खाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । गत बैशाखमा उनकी श्रीमती सरिता कलेल घरमै… Continue reading छोरीको हत्यापछि बाउद्धारा आत्महत्या

अब एक हजारको नोटमा दुइ वटा हात्ति

काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ । नयाँ डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ। चिनियाँ कम्पनीबाट यो नोट प्रकाशित हुने भएको छ । नोट छपाइको… Continue reading अब एक हजारको नोटमा दुइ वटा हात्ति