बूढानीलकण्ठ नगरपालिकाको खोप लगाउने कार्यक्रम यस्तो छ

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ २४ ।बूढानीलकण्ठ नगरपालिकामा चिनिया भेरोसेल खोपको पहिलो डोजका लागि स्थान र दिन तोकिएको छ ।६० देखि ६४ वर्ष उमेर समूहका नगरवासीलाई तलको स्थान र मितिमा खोप लगाइने नगरपालिकाले जानकारी दिएको छ। सूचना:-

लायन्स क्लबको आयोजनामा काठमाडौँको गोकर्ण र सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ २०।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १… Continue reading लायन्स क्लबको आयोजनामा काठमाडौँको गोकर्ण र सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न

बाजुराको जगन्नाथ गाँऊपालिकालाई काठमाडौँबाट लायन्स क्लबले स्वास्थ्य सामाग्री पठाउने अभियान

अमृता के सी ( रोनी )काठमाडौं, जेष्ठ १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले बाजुराको जगन्नाथ गाउँपालिकाको लागि स्वास्थ्य सामाग्री संकलन गरेको छ।नेपालकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरामा कोरोना कहरको दोस्रो लहर व्यापक रुपमा फैलिराखेको अवस्थामा हाल सम्म ५०२ जना कोरोना संक्रमित भेटिएका छन् ।जगन्नाथ गाउँपालिकाबाट कोरोना… Continue reading बाजुराको जगन्नाथ गाँऊपालिकालाई काठमाडौँबाट लायन्स क्लबले स्वास्थ्य सामाग्री पठाउने अभियान

लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरिसद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

अमृता के सी ( रोनी )काठमाडौँ,जेष्ठ १७।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले अक्सिजन भरिएको केही थान सिलिन्डर हस्तान्तरण गरेको छ ।लायन्स क्लब नयाँपाटी भिक्टोरिसले गोकर्णेश्वर नगरपालिका वडा नं १ लाई हस्तान्तरण गरेको हो । कोभिड -१९ को दोस्रो लहरमा धेरैजसो कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या आए पछी अक्सिजन… Continue reading लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरिसद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौँको गोकर्णमा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस प्रदर्शन

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ १४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भैरव चौरमा नेपाली कांग्रेसको आयोजनामा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस सहित बिरोध प्रदर्शन भएको छ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि… Continue reading काठमाडौँको गोकर्णमा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस प्रदर्शन

प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वयमा आइसोलेशन सेन्टर संचालन

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १४ ।बागमती प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वय र काठमाडौँ महानगरपालिका ६ नं वडा कार्यालयको नेतृत्वमा अक्सिजन सहित १० शैयाको आइसोलेशन सेन्टर सुचारु भएको छ । कामपा महांकाल स्थित श्री जनकल्याण माध्यामिक विद्यालय,आर्ट अफ लिभिङ लगायत विभिन्न संघ संस्थाको साझेदारीमा आइसोलेशन सेन्टर निर्माण भएको हो ।प्रदेश संसद लामाले… Continue reading प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वयमा आइसोलेशन सेन्टर संचालन

गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्‍यो आइसोलेशन सेन्टर

अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ १२ ।गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवा सहित २५ बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जगडोल स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामती स्मारकमा रहेको भवनमा आज एक कार्यक्रम बिच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेशन केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख… Continue reading गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्‍यो आइसोलेशन सेन्टर

लायन्सले गर्‍यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग

अमृता के सी ( रोनी )काठमाडौँ जेष्ठ १० ।लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले जोरपाटी स्थित नारायणटारमा रहेको शंकरापुर हस्पिटललाई करिब ३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जेष्ठ ९ गते आइतबार पूर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले शंकरापुर हस्पिटलका निर्देशक डा.रमेश ढकाललाई ३… Continue reading लायन्सले गर्‍यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग

बूढानीलकण्ठ नगरपालिका १३ का कर्मचारीलाई संक्रमण

अमृता के सी ( रोनी )काठमाडौँ जेष्ठ ९ ।बूढानीलकण्ठ नगरपालिका १३ का जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकोले वडा कार्यालय बन्द गरिएको छ।निषेधाज्ञाको समयमा पनि वडा कार्यालयले सुरक्षाको मापदण्ड सहित सेवा प्रदान गर्दै आएको थियोे । वडामा संक्रमित संख्या वृद्धि साथै कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोना पोजेटिभ देखिएकोले कोरोना जोखिम नियन्त्रण र रोकथामका लागि भन्दै… Continue reading बूढानीलकण्ठ नगरपालिका १३ का कर्मचारीलाई संक्रमण

रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन

अमृता के सी ( रोनी )काठमाडौं, जेष्ठ ५ । काठमाडौं महानगरपालिका १० बानेश्वर स्थित रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन भएको छ।युथ अफ नेशन १०० ग्रुपका बल्बु गुप्ता नेपालीको अध्यक्षतामा स्थानिय सरकार संगको सहकार्यमा स्कुल भवनमा अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालन गरिएको हो।करिब ३० बेडबाट सुरू गरिएको सेन्टरमा करिब ५२ वटा सम्म बेड संख्या बढाउदै… Continue reading रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन

गोकर्णमा टिपरको ठक्करबाट मोटर साईकल चालकको मृत्‍यु

अमृता के सी ( रोनी )काठमाडौँ जेेेठ ०१ । गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णमा शुक्रबार साँझ टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। साँझ करिव ८:४० को समयमा गोकर्ण अस्पताल मुनीको सुन्दरिजल सडक खण्डमा टिपरले पल्सर बाइकलाई ठक्कर दिँदा मोटर साईकल चालकको घटनास्थलमा मृत्‍यु भएको हो । घटनामा संलग्न टिपर चालक फरार भएको जानकारी स्थानीयले गराए।… Continue reading गोकर्णमा टिपरको ठक्करबाट मोटर साईकल चालकको मृत्‍यु

बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सहकारी संस्थाहरूका सेवा स्थगित

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख ३१ ।बूढानीलकण्ठ नगरपालिकाले बैशाख ३१ गते देखि नगरभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूले कार्यालय मार्फत दिने सेवा प्रवाहलाइ स्थगित गर्न सूचना प्रकाशित गरेको छ ।अत्यावश्यक अवस्थामा प्रविधिकाे माध्यमबाट नभए सम्पर्क व्यक्ति ताेकि बैकल्पिक रूपमा वित्तिय सेवा प्रवाह गर्न नगरपालिकाले जानकारी गराएको छ। भौतिक उपस्थिती बिना अधिकतम प्रबिधीको प्रयाेग गरि… Continue reading बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सहकारी संस्थाहरूका सेवा स्थगित

बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखा स्थित बि.एम.सी.ए विद्यालयमा २५ बेडको निःशुल्क आइसाेलेशन सेन्टर तयार भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाको संयोजनमा तयार पारीएको आइसोलेशन सेन्टरमा आवश्यकता अनुसार थप १० वटा बेडकाे व्यवस्था गरिने समेत जानकारी दिएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमित बिरामीलाई बूढानीलकण्ठ नगरपालिकाबाट नै निशुल्क… Continue reading बूढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो आइसोलेशन केन्द्र

बूढानीलकण्ठ -१० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित” अभियान

अमृता के सी ( रोनी )काठमाडौं, बैशाख २९ ।बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित”अभियान संचालन भएको छ ।नेपालमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना लहर बढे संगै वडालाई सुरक्षित र संक्रमित मुक्त बनाउन स्थानीय युवाहरूको सकृयतामा अभियान संंगै संक्रमण रोकथाम कार्यक्रम सुरु भएको हो ।कोरोना संक्रमण रोकथाम लागि बूनपा वडा… Continue reading बूढानीलकण्ठ -१० मा “जहाँ युवा सकृय त्यहाँ जनता सुरक्षित” अभियान

जगडोलमा आइसोलेसन सेन्टर पुन सञ्चालन गरिदै

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित जगडोलमा आइसोलेसन सेन्टर पुन सुचारु गरिने भएको छ ।कोभिड १९ को पहिलो महामारीमा नगरपालिकाले लायन्स क्लब इन्टरनेसनल ३२५ ए १ सँगको सहकार्यमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनको सचिवालयमा करिब ६० दिन सम्म आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो। नेपालमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना… Continue reading जगडोलमा आइसोलेसन सेन्टर पुन सञ्चालन गरिदै

लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख २३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णले दश शैयाको अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको छ । प्रहरी प्रभाग गोकर्णले प्रभाग परिसरमा नै अक्सिजन थेरापी सेन्टर सञ्चालन गरेको हो । कोरोना भाइरसको दोश्रो लहरमा संक्रमण वृद्धि संगै अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको साथै कारागारमा… Continue reading लायन्स क्लब डिस्ट्रिक संगको सहकार्यमा प्रहरी प्रभाग गोकर्णले अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्यायो

काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा

अमृता के सी ( रोनी ) काठमाडौँ ,बैशाख २२ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा परेको छ। गोकर्णेश्वर नगरपालिका भित्र २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २१ गते सम्ममा १८८ जना महिला र २३३ जना पुरुष गरि कुल ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले… Continue reading काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा

टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछी हाललाई सेवा बन्द

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १९। काठमाडौँ स्थित टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। उक्त कुरा नगरपालिकाले आइतबार एक बिज्ञप्ती प्रकाशित गरी जनाएको हो । नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको समेत प्रकाशित सूचनामा जनाइएको छ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमण… Continue reading टोखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिए पछी हाललाई सेवा बन्द

बूढानीलकण्ठ स्थित उप प्रधानमन्त्री द्वारा सिलान्यास गरिएको प्रवेशद्वार अज्ञात व्यक्ती द्वारा क्षती पुर्‍याइयो

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १८ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित जगडोल प्रवेशद्वारमा जथाभावी रंग पोतेर अज्ञात व्यक्तीले प्रवेशद्वार माथि क्षती पुर्‍याएका छन्। केही हप्ता अगाडि बूढानीलकण्ठ नगरपालिका ११ स्थित झन्डा पार्कमा गाडीएको राष्ट्रिय झण्डाको प्रतिक झण्डा बिगार्ने,भाच्ने र च्यात्ने जस्तो निर्कृष्ट कार्य भएको केही समय नबित्दै प्रवेशद्वारमा क्षती पुर्‍याइएको हो… Continue reading बूढानीलकण्ठ स्थित उप प्रधानमन्त्री द्वारा सिलान्यास गरिएको प्रवेशद्वार अज्ञात व्यक्ती द्वारा क्षती पुर्‍याइयो

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी ट्रेड युनियनले ज्ञापन पत्र बुझायो

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १६ ।नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले (आधिकारिक ट्रेड युनियन) कलेजको शैक्षिक तथा अस्पताल सेवा संचालनको माग राखी ज्ञापन पत्र बुझाएको छ।अस्पताल प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराउदैंँ नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन ( आधिकारिक ट्रेड युनियन)का अध्यक्ष किरण के सी सहितको टोलीले ज्ञापन पत्र… Continue reading नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी ट्रेड युनियनले ज्ञापन पत्र बुझायो

४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख १२ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका करिब ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ। कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको र सङ्क्रमित संख्या तीव्र रुपमा बढ्दै गएकोले बैशाख १० गते सुन्दरीजल प्रहरी प्रभाग, गोकर्ण प्रहरी… Continue reading ४० वटा लायन्स क्लबहरुको संयुक्त आयोजनामा सेनिटाईजर र माक्स वितरण

गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख ९ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरमा रहेको गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा गजुर राखिएको छ।श्री महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिको आयोजनामा बैशाख ९ गते बिहीबार दिउँसो १ बजे नगर प्रमुख सन्तोष चालिसेद्वारा सुनको जलप सहितको गजुर राखिएको हो ।  … Continue reading गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो

बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरु बन्द

अमृता के सी ( रोनी )काठमाडौँ, बैैैशाख ७ ।बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरु आज बाट बन्द भएका छन्।कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको सन्दर्भमा मिति २०७८।०१।०६ गतेको संघीय मन्त्री परिषदले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हुँदा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा मिति २०७८।०१।०६ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार सम्पुर्ण… Continue reading बूढानीलकण्ठ नगरपालिकाका विद्यालयहरु बन्द

सुन्दरीमाई जेसीजको दुई दिने तालिम सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख ६ ।गोकर्णेश्वर नगरपालिकाद्घारा आयोजित स-चेतना (बैठक सञ्चालन विधि) तालिमको आतिथ्य सुन्दरीमाई जेसिजले गरेको छ । बैशाख ३ र ४ गते २ दिन सञ्चालित तालिमको उद्घाटन नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए भने समापन उप प्रमुख शान्ति नेपालको आतिथ्यतामा भएको थियोे । “शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ” भन्ने… Continue reading सुन्दरीमाई जेसीजको दुई दिने तालिम सम्पन्न

टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

काठमाडौं । टोखा नगरपालिका भित्रका विद्यालय यही वैशाख ९ गते देखि बन्द हुने भएका छन् । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ गते देखि विद्यालय बन्द गर्न लागेको विश्व न्युजलाई बताए… Continue reading टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने

बूढानीलकण्ठको पार्कमा गाडीयो १३ फिटे राष्ट्रिय झण्डा

अमृता के सी ( रोनी )काठमाडौँ । बूढानीलकण्ठको कालिका पार्कमा बिशाल कदको राष्ट्रिय झण्डा गाडीएको छ। नगरपालिकाको दुई नम्बर वडामा रहेको कालिका पार्कमा राष्ट्रिय-झण्डा फहराहिएको हो। नव बर्ष २०७८ को उपलक्ष्यमा नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल र उपप्रमुख रमा देवि राईले संयुक्त रुपमा झण्डोत्तोलन गरेका थिए ।नव निर्मित कालिका पार्कको थप आकर्षणका लागि २६ फिटको… Continue reading बूढानीलकण्ठको पार्कमा गाडीयो १३ फिटे राष्ट्रिय झण्डा

उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान

अमृता के सी ( रोनी )काठमाडौँ ।उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख निर्बाचन आयुक्त श्री निलकण्ठ उप्रेती प्रमुख अतिथि रहेको कार्यक्रममा डा. बिष्णु राज उप्रेती तथा प्रहरी सेवाबाट निबृत गिता उप्रेती बिशेष अतिथि रहेका थिए । उप्रेती समाजसेवा समिति… Continue reading उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान

रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ

अमृता के सी ( रोनी )काठमाडौं, ३ बैशाख । जगडोलमा रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।बैशाख १ गते नव वर्षको अवसर पारेर राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ… Continue reading रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ

लायन्स क्लबका पूर्व गभर्नर भेटुवाल “ वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ ” बाट सम्मानित

काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का पूर्व गभर्नर एंव हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ बाट सम्मानित भएका छन् । उनलाई कोरोना महामारीको बिचमा लायन्स आइसोलेसन केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुको साथै लायन्स फुड बैंक स्थापना गरि निशुल्क खाना… Continue reading लायन्स क्लबका पूर्व गभर्नर भेटुवाल “ वर्ल्ड बुक अफ रेकर्ड्स लन्डन युके स्टार २०२१ ” बाट सम्मानित

लायन्स क्लब शेर्पाज र हिमचुलीले गरे जगडोल भन्ज्याङ् देखी तारेभिर सम्म सरसफाई

अमृता के सी ( रोनी )काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ अन्तर्गतको लायन्स क्लब अफ नेपाल शेर्पाज र लायन्स क्लब हिमचुलीले शनिबार संयुक्त रुपमा सरसफाइ कार्यक्रम आयोजना गरे ।गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमाना पर्ने जगडोल भञ्ज्याङ् देखि तारेभिर सम्म दुई संस्थाहरुले संयुक्त रुपमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन्।यस अगाडि वन उपभोक्ता… Continue reading लायन्स क्लब शेर्पाज र हिमचुलीले गरे जगडोल भन्ज्याङ् देखी तारेभिर सम्म सरसफाई