अमृता के सी ( रोनी ) काठमाडौँ /६४ औँ सहकारी दिवसको अवसरमा चैत २० गते बुढानिलकण्ठ नगरपालिकाले बुढानिलकण्ठ मन्दिरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ। जिल्ला सहकारी संघ काठमाडाैँ र नगर सहकारी समन्वय समितिको समन्वयमा बुढानिलकण्ठ सहकारी शाखाबाट बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई तथा सहकारी संस्था भेला चियापान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेल, उप- प्रमुख रमा देवि राई , जिल्ला सहकारी संघ अध्यक्ष ज्ञान बहादुर तामाङ्, जिल्ला सहकारी संघ संस्था उपाध्यक्ष सिता ढकाल लगायत नगरपालिकाका विभिन्न शाखा प्रतिनिधिहरु, नगरभित्र सुचिकृत सबै सहकारी संघ संस्थाहरुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । शुक्रबार बिहान ७:०० बजेबाट सुरु भएको “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नाराका साथ नगर सहकारी समन्वय समितिको समन्वयमा बुढानिलकण्ठ सहकारी शाखा र नगरमा सुचिकृत सहकारी संस्थाहरुको बाक्लो उपस्थितिले बुढानिलकण्ठ मन्दिर परिसरमा बृहत सरसफाई गरी सहकारी संस्था भेला साथै चियापान समारोह आयोजना गरी सहकारी दिवस भव्य रूपमा मनाएको थियो।
काठमाडौँ /गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा गोकर्ण महिला सञ्जालकाको आयोजनामा उधोग व्यवसायबाट समाजमा पर्न सक्ने प्रभाव र वातावरणीय असर सम्बन्धी चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भयो । पाँच दिने चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रमको समापन नगर प्रमुख सन्तोष चालिसेले शुक्रबार गरे ।
नगरपालिकाको आर्थिक सहयोगमा चैत १६ गते देखि चैत २० गते सम्म लगातार सञ्चालन गरिएको कार्यक्रममा करिव ५० जनाको सहभागिता थियो। महिला सञ्जालकी अध्यक्ष लक्ष्मी गिरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गो न पा वडा ९ का अध्यक्ष राजिब थापा, गो न पा वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको सदस्य सत्यभामा श्रेष्ठ, गोनपा ४ का वडा सदस्य जयराम महत , नेपाल मेडिकल कलेज ट्रेड युनियनका अध्यक्ष किरण के सी, समाजसेवी किरण बिष्ट, महिला सञ्जालकी सचिव अम्बिका पौडेल निरौला, गोकर्णेश्वर नगरपालिकाका विभिन्न संघ संस्थाका प्रतिनिधि,जनप्रतिनिधि साथै नगरवासीहरुको कार्यक्रममा उपस्थिती रहेको थियोे । कार्यक्रममा गुणस्तर तथा नापतौल विभाग बालाजुका केनिष्ट(अधिकृत)भवानी प्रसाद अघिकारीले उधोग व्यवसायले वातावरणमा पारेका नराम्रा मात्र होइन राम्रा कुराहरूको बारे बिस्तृत रुपमै बताउदै हामिले प्रयोग गर्ने सामान वातावरण मैत्री भयो भने वातावरण असर हुनुबाट जोगाउन मदत पुग्ने कुराको जानकारी दिए ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर उप प्रमुख साथै नगर प्रमुखले प्लास्टिकबाट धेरै नै फोहोर हुने गल्दा नि नगल्ने, बाल्दा पनि प्रदुषण हुने भएकोले नेपालमा वातावरणीय असर कम गर्न आफ्नै कार्यकालमा नगरलाई प्लास्टिक जन्य वस्तुहरुमा रोक लगाई प्लास्टिक मुक्त नगरपालिका बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरेका थिए।
अमृता के सी ( रोनी ) काठमाडौँ, चैत २०/बूढानीलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/०७८ मा १४ वटा मुद्दाहरू उपर न्याय निरूपण गरकाे छ । यी १४ मुद्दाहरू मध्य ८ लाइ मिलापत्रबाट छिनाेफानाे गरिएकाे छ भने ६ वटा मुद्दाहरूलाइ सम्बन्धित वडा कार्यालय र जिल्ला अदालतमा पठाइएकाे छ ।
नगरपालिकामा दर्ता हुन आएका मुद्दाहरूमा गैर कानुनी निर्माण,मानाचामल, असुरक्षित निर्माण संरचना भत्काउन, सार्वजनिक बाटाे कायम, गैर कानुनी टाेडफाेड, घरेलु हिंसा र छिमेकीलाइ असर पर्ने गरी घर निर्माण,घर जग्गा फुकुवा, नक्शा पाश बिना बनाएकाे पर्खाल भत्काउने र घर बहाल भराइ घर खाली गराउने समेतका मुद्दाहरू रहेका छन् ।
न्यायीक समितिले आफ्नाे अधिाकरक्षेत्र भित्र पर्न आएकाे स्थानिय मुद्दाहरुको विषयमा हप्ताको दुई दिन; मङ्गलबार र शुक्रबार सबै पक्षलाई राखेर मुद्दाको सुनुवाई र मेलमिलाप गराउदै आएकाे छ ।
अमृता के सी ( रोनी ) काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर लायन सञ्जय खेतान प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको महाधिवेशनको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले गरेका थिए।उक्त कार्यक्रममा जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजन, एल सी आइ एफ मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन रमेश अग्रवाल,जी एस टि मल्टिपल कोर्डिनेटर एवं पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, हंगर रिलिफ मल्टिपल डिस्ट्रिक चियरपर्सन एवं पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी,डायबेटिज मल्टिपल डिस्ट्रिक चियरपर्सन एवं पुर्व डिस्ट्रिक गभर्नर लायन लीला कुमार ढुंगेल, अपरच्युनिटी फर युथ एक्सचेन्ज मल्टिपल डिस्ट्रिक चियरपर्सन एवं पुर्व डिस्ट्रिक गभर्नर लायन उत्तमराज कायस्थ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १का फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पी डिजी लायन फुल कुमार लालवानी, लियो मल्टिपल डिस्ट्रिक चियर पर्सन पिडिजी लायन रुवय नाथ कोइराला पास्ट मल्टिपल काउन्सिल चियर पर्सन लायन सुनिल भक्त श्रेष्ठ पास्ट मल्टिपल काउन्सिल चियर पर्सन दिनेश पौडेल ,लायन विश्वराम गोर्खाली ,पिडिजी लायन भिम घिमिरे,क्याबिनेट सदस्यहरु सहित लायन लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चिफ एरिया कोर्डिनेटर लायन राम शरण बस्नेतले कन्भेन्सनको प्रतिज्ञा पत्र बाचन गरेका थिए । कार्यक्रममा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको विधिवत् उद्घाटन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतानले गरे संगै लायन्स स्मारिका विमोचन गरिएको थियो ।
कार्यक्रम सञ्चालन क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले गरेका थिए। कार्यक्रममा राष्ट्रिय गान संगै विश्व शान्तिको लागि मौन प्रार्थना गरिएको थियो । साथै विभिन्न कारणबाट निधन भएका लायन्स लिडर तथा सदस्यहरुको सम्झनामा मैन बत्ति प्रज्वलन गरिएको थियो। स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य बारे पुष्टि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले गरेका थिए।
कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०२१/२०२२ को नेतृत्व चयन गरिएको थियो। लायन वर्ष २०२१/२०२२ को लागि डिस्ट्रीक गभर्नर पदमा लायन रेवत बहादुर कार्की चयन भएका छन् । नवनिर्वाचित गभर्नरले क्याबिनेट सेक्रेटरीमा लायन धर्म शरण श्रेष्ठ र क्याबिनेट ट्रेजररमा लायन कोमल शाक्यलाइ मनोनित गरेका छन्। जस अन्तर्गत सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा कुल ४ सय मत मध्ये ४ मत बदर, २ वटा नो भोट बाहेक ३९४ मत सहित लायन नरनाथ सापकोटा निर्बिरोध सेकेन्ड भाइस डिस्ट्रिक गभर्नरमा चयन भएका छन्।
कुल ४०३ मत मध्ये ८ वटा मत बदर ३ वटा नो भोट बाहेक ३९२ मत ल्याई फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ चयन भएका छन्। कार्यक्रममा आइ डि इन्डोर्सीमा डिस्ट्रिकको तर्फ बाट जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौलालाई अत्याधिक मत प्रदान गरि छनौट गरिएको थियो।
अमृता के सी ( रोनी ) काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गलैँचा (कार्पेट) बनाउने एक महिने तालिम सञ्चालन हुन गईरहेकाे छ। नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे उक्त तालिममा सहभागी हुन ईच्छुक वडा बासीहरूले चैत्र १४ गते भित्र वडा कार्यलय गई आवेदन दिनुपर्नेछ।
स्थायी बसोबास भएका र ४० वर्ष भन्दा कम उमेर समुहको व्यक्तिले मात्र आवेदन दिन पाउने सो तालिममा जम्मा १० जनालाई आवेदन मध्येबाट सहभागी गराइने छ।
सहभागिताकाे लागि छनाैट भएका व्यक्तिले तालिम बिचमा नै छाेडेमा तालिममा लागेका शुल्क आफैले व्यहाेर्नु पर्नेछ। यसका साथै तालिम पश्चात् उत्कृष्ट हुने केहिलाई राेजगारकाे लागि पहल समेत गरिने छ। सूचना:-
अमृता के सी ( रोनी ) काठमाडौँ,चैत १०/शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।निकुञ्जको गोकर्णेश्वर नगरपालिका वडा नं ३ साबिक बालुवा गाबिस १ खण्डमा आगलागि भएको हो । मंगलबार करिब ४ बजेको समयमा स्थानियले आगलागी भएको देखे लगत्तै सेना तथा प्रहरी पुग्नु अगाडि नै आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।स्थानिय सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्ट र अमर भण्डारीको नेतृत्वमा स्थानियहरु आगो नियन्त्रणमा लिन अग्रसर भएको स्थानिय श्रोतले बताएको छ । सुन्ताखान युवा क्लबका अध्यक्ष बिष्टले नै सुन्दरीजल ब्यारेक स्थित सेना,शिवपुरी राष्ट्रिय निकुञ्ज, मुहान पोखरी खानेपानी समिति र स्थनिय प्रहरीलाई खबर गरेका थिए।स्थानिय बासी र सुरक्षाकर्मिहरुको सहायताले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीबाट वनस्पतिको नाश भएपनि कुनै पनि जंगली जनावरलाई असर नपरेको जानकारी बिष्टले विश्व न्युजलाई दिए।
अमृता के सी ( रोनी ) काठमाडौँ/५६ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दण्डहिनता नै जातिय विभेदको जड भन्ने मुल नाराको साथ मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्तुपाको गेटमा आइतबार एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।५० जना भन्दा बढीको सहभागिता रहेको प्रदर्शनमा सहभागीहरुले जातिय छुवाछुत अन्त्य गरौ, मानवअधिकार रक्षा गरौ , सबैका लागि सबै अधिकार , मानवअधिकार दलित अधिकार, लगायतका नारा अंकित प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका थिए।
मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सचिव इश्वर पुडासैनीले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेश सभा सदस्य तथा दलित अभियन्ता कल्पना नेपाली रहेकी थिइन् भने कार्यक्रममा विशेष अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, मानवअधिकार तथा शान्ति समाज पुर्व महासचिव कुमार राज सुवेदी, समाजसेवी भुवन लामा ,नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पुर्व सभापति होमकान्त चौलागाईं, वर्तमान महासचिव रामकृष्ण बराल तथा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीको उपस्थिति रहेकोे थियो। कार्यक्रममा दलित अभियन्ता तथा बागमती प्रदेश सभा सदस्य कल्पना नेपालीले जातिय भेदभाव र छुवाछुत अन्त्य बिना मुलुकको विकास हुन नसक्ने बताईन्।उनले नेपालीले मन्दिर बनाउने शिल्पकारहरुले मन्दिर छिर्न पाउँदैनन्, लुगा सिलाउने मान्छेहरुले नाँगो हिड्नु परेको र जुत्ता सिलाउनेहरु खाली खुट्टा हिड्न बाध्य रहँदा समेत राज्यसत्ताले उनीहरुको उत्थान र समान अधिकार उपभोगमा ध्यान पुर्याउन नसकेको बताएकी थिइन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाउदै कानून भन्दा माथि कोही नहुने हुदा कानूनले बर्जित गरेको जातिय छुवाछुत अन्त्यका लागि सामाजिक चेतना अभिबृद्धि गरि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए।
काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा डिप बोरिङ सुरु गरिएको छ। स्थानिय कपन गुम्बा उत्तरमा रहेको शिव मन्दिर मार्ग टोल सुधार समितिमा डिप बोरिङ्को सुरुवात गरिएको हो ।
चैत्र ६ गते वडा नम्बर ११मा शुरु गरिएको उक्त खानेपानी निमार्ण आयोजनाबाट उक्त क्षेत्रका २५३ घरधुरी लाभान्वित हुने वडा अध्यक्ष राजु अधिकारीले जानकारी गराए।
वडा कार्यालयको २० लाख बजेटबाट डिप बोरिङ करिब १५० मिटर खनिएको अधिकारीले बताए।वर्तमान परिस्थितिमा बस्तिहरु बढेसंगै खानेपानीको बढ्दो मागलाई पुरा गरि खानेपानीको सुविधा उपलब्ध गराउने वडाको पहिलो प्राथमिकता अन्तर्गत सबै क्षेत्रमा खानेपानी विस्तार गरिने समेत अधिकारीले बताए।
काठमाडौँ, चैत ७/गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा प्रथम वडा अध्यक्ष खुल्ला दौड कप प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगिता गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो । स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सुन्ताखान युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिका खेलकुद संयोजक संजय लामा,गो न पा ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,नेपाल भलिबल संघका उपाध्यक्ष एंव पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी,गोकर्ण प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल,स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्ट,सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्ट, लगायत स्थानिय जन प्रतिनिधि बुद्धीजिवी समाजसेवीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकामै पहिलो पटक आफ्नै वडाबाट वडा अध्यक्ष कपको आयोजना गरेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारिले आयोजकलाई विशेष धन्यवाद व्यक्त गर्दै दौडमा सहभागी सम्पूर्णलाई बधाई दिएका थिए।
कार्यक्रममा महिला र पुरुष गरि करिब ९७ जनाले सहभागि थिए। प्रथम द्वितीय र तृतीय हुने महिला पुरुष दुबै प्रतियोगीलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार नगदका साथै ट्रफी,मेडल र प्रमाणपत्र नगर प्रमुख र उप प्रमुखको हातबाट वितरण गरियो।बाँकी सहभागीहरूलाई प्रमाणपत्र आयोजकले हस्तान्तरण गरेका थिए।कार्यक्रममा बोल्दै नगर प्रमुख चालिसेले आगामी दिनमा नगरपालिकाले खेलकुदको जगेर्ना गरि खेलाडीलाई प्रोत्साहन स्वरुप खेलको लागि चाहिने आर्थिक सहयोग देखि आवश्यक सामान बेहोर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ /बुढानिलकण्ठ नगरपालिकामा हाललाई कोभिड -१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ । नगरपालिकाले चैत्र ४ गते एक सूचना प्रकाशित गर्दै हाललाई खोप अभियान स्थगित गरेको जानकारी दिएको हो ।
स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले सूचना जारी गर्दै अर्को सूचना नआए सम्मका लागि अभियान स्थगित गरिएको जानकारी दिएका हुन् । नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट पुन निर्देशन प्राप्त भए पछी दोश्रो चरणको खोप अभियान सुरु गरिने समेत नगरपालिका द्वारा जारी सूचनामा जनाइएको छ।
काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।चैत १ गते आइतबार गोकर्णेश्वर वडा नम्बर ८ स्थित अत्तरखेलको नेपाल मेडिकल कलेज प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेका छन्।सो कार्यक्रममा नेपाल रक्तसञ्चार सेवा भक्तपुर शाखाको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ,पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्ट्रिक कोर्डिनेटर लायन कुमार राज सुवेदी, लायन उमेश ढुंगाना ,नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी, परिवर्तनशिल महिला समाजकि अध्यक्ष लक्ष्मी पुडासैनी, समाजसेवी भावना ठकुरी,लायन जयराम बिष्ट,गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्वास्थ्यकर्मी र रक्तदाताको उपस्थिति रहेको थियो।कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
बढ्दो रगतको अभाव पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ जर्नीकी अध्यक्ष रोजीना बिष्टले जानकारी विश्व न्युजलाई दिइन्। बिष्टले धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै रगत दान गर्ने तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई क्लबको तर्फबाट धन्यवाद दिएकी छिन्।
अमृता के सी ( रोनी ) काठमाडौँ,फागुन २९/टोखा नगरपालिका वडा नम्बर १ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।शनिबार बिहान टोखा स्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो।मृतकको साथबाट मोरङ्ग बेलबारी स्थायी ठेगाना आशिष लिम्बुको नाम र वर्ष २५ रहेको परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ।मृतकको मुखबाट रगत बगेको र शरिरमा निलडाम रहेको हुँदा हत्या भएको हुनसक्ने आशंका भएको प्रहरीले जनाएको छ भने प्रहरीले थप अनुसन्धानको काम अगाडी बढाएको छ ।
काठमाडौं,फागुन २९/लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।आगामी चैत्र १ गते आइतबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ।
लायन्स क्लब अफ काठमाडौं जर्नीले हरेक तीन महिनामा विभिन्न संस्थाहरु संगको सहकार्यमा रक्तदान कार्यक्रम गर्दै आएको छ।
सोही कार्यक्रमको निरन्तरताको क्रममा पुन चैत्र १ गते नेपाल मेडिकल कलेज ट्रेड युनियन संग मिलेर नेपाल मेडीकल कलेज आत्तरखेलमा रक्तदान कार्यक्रम गर्न लागेको लायन्स क्लब अफ काठमाडौं जर्निकी अध्यक्ष लायन रोजिना बिष्टले बताइन्। आइतबार नेपाल मेडिकल कलेज अत्तरखेलको प्राङ्गणमा बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म आयोजना गर्न लागिएको सो कार्यक्रममा उपस्थित भई रक्तदान गर्नको लागि लायन्स बिष्टले सबैलाई अनुरोध समेत गरेकी छिन्
अमृता के सी ( रोनी ) काठमाडौँ फागुन २८/सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ती नेपालले अतिथीको रुपमा उपस्थिति जनाएका थिए।स्थानिय जोरपाटी चोकमा सम्पन्न रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५,महिला संजाल र उधमशील महिला समुहको सहयात्री संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो।
“मानव सेवानै जीवनको सर्वोत्तम कार्य हो।” भन्ने मुल नाराका हस्पिटलमा रक्त अभावका कारण समस्यामा परेका बिरामीहरुको लागि सेवा पुर्याउने हिसाबले उक्त कार्यक्रमको आयोजना गरेको सुन्दरीमाई जेसीज २०२१ का अध्यक्ष जानुका दाहालले बताईन् ।
रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत जम्मा हुनुको साथै रक्तदाताहरुलाई नगर प्रमुख र उपप्रमुखको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
काठमाडौँ/गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री पर्व २०७७ को अवसरमा विशेष बागमती गङ्गा आरति सम्पन्न भएको छ।गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने भएकोले विशेष बागमती गङ्गा आरतिको आयोजना गरेको बताएको छ। अपरान्ह ४ बजे देखि भजन किर्तन सहित आयोजना गरिएको विशेष आरतीमा तीन सय भन्दा बढी श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो। शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ,स्वयं सेवक परिचालन,मन्दिरमा दर्शन र पूजा गर्न आउने भक्तजनलाई सहज वातावरणको व्यवस्था लगायतको कार्य मन्दिर व्यवस्थापन समितिले गरेको थियोे।शिव रात्रिमा विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन किर्तन सहित कार्यक्रममा सहभागीहरुलाई प्रसाद वितरण मन्दिर व्यवस्थापन समितिले गरेको थियो।
अमृता के सी ( रोनी ) काठमाडौँ/नेपाल सरकारले फागुन २३ गते देखि देश व्यापी रूपमा ६५ वर्ष भन्दा माथिको सबै जेष्ठ नागरिकहरुलाई निशुल्क कोरोनाको खोप लगाउन आग्रह गरे संगै फागुन २५ गते बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले एकै दिन कोभिड -१९ विरुद्ध खोप लगाएका छन्। बुढानिलकण्ठ नगरपालिकाको करुणा अस्पताल खोप केन्द्रमा २७१ जना र गंगा लाल हृदय रोग केन्द्रमा ५४२ जनाले खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
खोप केन्द्र निरिक्षण गर्ने क्रममा फागुन २५ गतेका दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र वडा नं ३ का अध्यक्ष दिपक केसी लगायतले गंगालाल हृदय रोग केन्द्र गएका थिए।
अमृता के सी ( रोनी ) काठमाडौँ/१११ औँ अन्तर्राष्ट्रिय नारी दिवस बुढानिलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाको संयोजकत्वमा नगरपालिका प्रांगणमा मनाइएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ फागुन २४ गते सोमबार विशेष समारोह आयोजना गरिएको हो।
कार्यक्रममा उद्योग बाणिज्य तथा अपुर्ति राज्य मन्त्रि माननिय बिमला बि.क., बागमति प्रदेश सभा सदस्य सिता लामा, संविधान सभा सदस्य शान्ति अधिकारी, मानव अधिकार आयोग सदस्य लिलि थापा, सि.एन.एन. हिरो पुष्पा बस्नेत, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, नगर सल्लाहकार सुन्दर पुर्कुटि, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, नगर कमिटि सदस्य, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रसाशकिय अधिकृत जयराम गजुरेल, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह, एकल महिला समुहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो थियो।
विश्वका अन्य देशहरुमा झैं प्रत्येक वर्ष फागुन २४ गते नेपालले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ।नेपाल पुरुष प्रधान देश भएकै कारण कतिपय ठाउँमा लैंगिक समानता, लैंगिक विभेद र हिंसा हुने भएकोले सबैलाई सचेतना साथै आफ्नो हक अधिकारको लागि अघि बढ्न प्रेरणा दिदै महिला दिवस मनाउने परम्परालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरिएको हो।
काठमाडौँ फागुन २४/ १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा परिवर्तनशील महिला समाजद्वारा नगर स्तरिय महिला म्याराथन सम्पन्न भएको छ।२४ गते सोमबार आयोजित नगर स्तरीय महिला म्याराथनको समापन गोकर्णेश्वर उप प्रमुख शान्ति नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कुल एक सय १ दुई जना प्रतिस्पर्धीहरुको सहभागीतामा सम्पन्न म्याराथनमा बालकुमारी घिमिरेले सबै प्रतिस्पर्धीलाई पछी पार्दै प्रथम भईन्।
म्याराथनमा ३० वर्ष देखि माथि उमेर समूहका महिलाहरूले भाग लिएका थिए।जोरपाटी देखि गोकर्णेश्वर महादेव मन्दिरसम्म भएको प्रतियोगितामा घिमिरेलाई पछ्याउँदै धनु बाइबा द्वितीय र सीता थापा तृतीय हुन सफल भए।
प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार नगदका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरियो।यसैगरी चौथो स्थान हासिल गर्ने मैयाँ नायजुले नगद हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरिन्।बाँकी सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेता तथा सहभागीहरूलाई गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपाल,नगर प्रवक्ता मनोज ढुंगाना र परिवर्तनशिल समाजकी अध्यक्ष लक्ष्मी पुडासैनीले पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उप प्रमुख नेपालले”महिलाको सुरक्षा ,सम्मान र रोजगार :समृद्ध नेपालको आधार “भएकोले परिआएको बेलामा हर ठाउँमा महिलाले देखाएको अग्रतालाई सम्मान व्यक्त गरिन्।
अमृता के सी ( रोनी ) काठमाडौं फागुन २२/काठमाडौंको पुर्वी भेगमा रहेको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा संचालन गर्न लागेको “पुर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना” ले आज जग्गाधनीहरु र मोहीहरू बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा आयोजना प्रमुख, इन्जिनियरहरु, सम्बन्धित नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधिहरुका साथै सरोकारवाला जग्गाधनी र मोहीहरु बिच आज गोकर्णेश्वरको जोरपाटी स्थित पिस पार्टी प्यालेसमा छलफल भयो।
बिकास आयोजनाले कागेश्वरी मनोहरा नपाको वडा नम्बर १,२,३,४ गोकर्णेश्वर नपाको वडा नम्बर १,२,४ र शंखरापुर नपाको वडा नम्बर ९ को करिब २६ हजार रोपनी जग्गा एकीकरण गरि नयाँ शहर बिकास गर्न लागेको हो।जस अन्तर्गत फराकिलो सडक,खुल्ला क्षेत्र,खेल क्षेत्र,बाल उध्यान,मठ मन्दिर लगायतका आवश्यक क्षेत्र सहितका आवास क्षेत्र निर्माण हुनेछ। जग्गाको भौतिक अवस्था अनुसार क,ख,ग, र घ गरि ४ बर्गमा बिभाजन गरेर एकीकृत गर्ने आयोजनाको लक्ष्य रहेको शहरी योजनाकार इन्जिनियर सुमन पाठकले जानकारी दिए।उनी भन्छन् “सम्भाव्यता अध्ययन सकिएपछी छिट्टै आयोजनाले डिपिआर तयार गरि सम्बन्धित नगरपालिकालाइ बुझाउने छ”।
आयोजना प्रमुख इन्जिनियर दिपक श्रेष्ठ कार्यक्रमको प्रष्टीकरण गरेका थिए।श्रेष्ठका अनुसार जग्गा एकीकरण गरेर शहरीकरण भएपछि सम्बन्धित जग्गाधनीलाई जग्गा फिर्ता गरिने छ।जस्मा जग्गाको समूह अनुसार ११ देखि ३३ प्रतिशत जग्गा सम्बधित धनीले कम पाउनेछन् ।
कार्यक्रमा बोल्दै गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसेले “जग्गा एकीकरण पछि जग्गाको स्वरुप परिवर्तन भइ हालको भन्दा ३ गुणा सम्म मुल्यांकन बढ्ने र जग्गाको भौतिक अबस्थामा समेत परिबर्तन भइ उत्कृष्ट घडेरी र व्यवस्थित शहरको रुपमा बिकास हुने बताउदै सम्बन्धित सरोकारवालाइ यस आयोजनालाई साथ दिन पनि आग्रह गरेका छन् ।
काठमाडौं/शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार जहरसिह पौवास्थित स्थानिय सामुदायिक हलमा सम्पन्न कार्यक्रममा उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा ,विभीन्न शाखाका प्रमुखहरु,वडा अध्यक्षहरु,नगर कार्यपालिका सदस्य,कर्मचारी र नगरवासीहरुको उपस्थिति रहेको थियो। मणिचुड मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले आफ्ना समस्याहरु राखेका थिए भने नगरपालिकाले हाल सम्म सम्पन्न गरेका कामहरुका बारेमा जानकारी प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले गराएका थिए।कार्यक्रममा नगरवासिहरुबाट सुझाव समेत संकलन गरिएको थियो।
साथै सार्वजनिक सुनुवाई कार्यक्रममा मणिचुड मिडियाले नगरपालिकाका विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टि,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा उठाएका प्रश्नहरुको नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिएका थिए।
सार्वजनिक सुनुवाईमा साँखु सम्पदा बस्ति निर्माण,सडक र धुलोको समस्या समाधान ,भूकम्प पिडितहरुको समस्या समाधान,नक्शा पास र निर्माण सम्पन्न गर्दा देखिएका समस्या,काममा हुने ढिलासुस्ती आदिका बारेमा प्रश्नहरु उठान गरिएको थियो।
काठमाडौं/गोकर्णेश्वर नगरपालिकाको गोकर्ण स्थित महिला संजालको भवनमा फागुन १४ गते देखि लगातार पाँच दिन सम्म संचालित महिला कानूनी साक्षरता तालिम सम्पन्न भएको छ।शिक्षालय नेपालको आयोजनामा सम्पन्न साक्षरता तालिमको समापन गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपालले गत १८ गते मंगलबार गरिन्। शिक्षालय नेपालका अध्यक्ष श्याम तन्डुकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख भिमा थापा,गो न पा ४ नम्बर वडा सदस्य जयराम महत,संचारकर्मी बाल मुकुन्द आचार्य,सहयात्रा कार्यक्रमको निर्देशक गोबिन्द रेग्मी,महिला संजालको सचिब अम्बिका निरौला लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उप प्रमुख नेपालले पुरुष प्रधान समाजको कारण एकाइसौं शताब्दीमा आइपुदा पनि हाम्रो देश नेपालमा महिला माथी विभेद,हिंसा भैरहेकोले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफ्नो हक अधिकारको लागि आवाज उठाउन साथै अन्याय नसहन र नगर्न आग्रह गरिन्।नेपालले यदि कसैलाई अन्याय भएको छ भने पनि सम्बन्धि निकायमा खबर गर्न समेत आग्रह गरिन्।महिला कानुनी साक्षरता तालिममा सहभागी सबैलाई बधाई तथा शुभकामना दिदै उप प्रमुख नेपालले समृद्ध राष्ट्र निर्माणमा महिलाको भुमिका अहम् हुने भएकोले तालिमले कानुनी ज्ञान बढाउनुको साथै महिलाहरुलाई अघि बढ्न मद्दत पुग्ने कुरा बताइन्। गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका करिव ४० जना महिलाहरुले सहभागीता जनाएका थिए।प्रशिक्षक अधिवक्ता सिर्जना बिष्टले महिलाको हक तथा अधिकार,नेपालको संविधानका धाराहरु,महिला हिंसा लगायतको बिषयमा साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको बारे प्रष्ट छर्लङ्ग हुने गरि अन्तरक्रिया सहित तालिम दिएकोमा आयोजकले सम्मान गरेको थियो।कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण साथै यातायातको लागि खर्चको समेत व्यवस्था गरिएको थियोे।
अमृता के सि (रोनी) काठमाडौं फागुन १६/गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा कार्यालयको सभाहलमा गोकर्ण स्थित सुनौलो पाइला संस्थाको आयोजनामा बालबालिका उपर हुने घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।फाल्गुन १४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उद्घाटन गरेको घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम लगातार ३ दिनसम्म संचालन गरिएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका बालबालिका शाखा प्रमुख गोमा प्रसाईं,गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख भिमा थापा,गो न पा वडा नं ४ वडा सदस्य जयराम महत,सहयोगी माध्यमिक विधालयका प्रधान अध्यापक निर्माण न्यौपाने, सहयोगी मा विका शिक्षक बद्री ढुंगेल,सहयोगी मा बि का करिब ६० जना विद्यार्थीहरुको साथै सुनौलो पाइला पदाधिकारीहरुको उपस्थिति रहेको थियोे।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका बालबालिका शाखा प्रमुख गोमा प्रसाईंले प्रशिक्षण दिएकी थिईन्।अन्तरक्रिया कार्यक्रममा घरेलुु हिंसा कस्तो हुन्छ?कति प्रकारको हुन्छ?हिंसा भए कहाँ उजुरी गर्ने?कसरी आफ्नो सुरक्षा गर्ने ?जस्ता बिषय बस्तु समाबेश गरिएको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकाहरुलाई मनोबल बढाउन धेरै हदसम्म कार्यक्रमले टेवा पुग्ने भएकोले आयोजकलाई धन्यवाद साथै विधार्थीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रमको सभापतित्व सुनौलो पाइला संस्थाको संचालिका रोजिना बिष्टले गरेकी थिइन्।कार्यक्रममा संस्थाकि सभापति रोजिनाले “ कोभिडको कारण समाजमा बालबालिका माथि धेरै घरेलुु हिंसा हुने गरेको साथै आफुले सम्झाउदा उल्टै आफैलाई अपमान गरेको “अनुभब सार्वजनिक गरेकी थिईन्।त्यसै भएर सम्बन्धि निकायले नै यसबारे सचेतना दियो भने बालबालिका आफै सचेत हुने साथै बालबालिका उपर हुने जुनसुकै हिंसा रोकथाम तथा न्यूनीकरण गर्न सहयोग पुगोस भनेर उक्त कार्यक्रमको आयोजना गरेको बताइन्।
काठमाडौं/गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित श्री सुन्ताखान माध्यमिक विधालयको वार्षिक उत्सव तथा अभिभावक दिवस काठमाडौं क्षेत्र ३ का सांसद माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। सोमबार सम्पन्न कार्यक्रमको सभापतित्व विधालय व्यवस्थापन समिति अध्यक्ष उद्दव बिष्टले गरेका थिए।
कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे, जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारी, सहयोगी मा विका प्रधानाध्यापक निर्माण न्यौपाने,विद्यालयका प्रधानाध्यापक झलक प्रसाद खनाल,लगायत विधालयका संस्थापक,समाजसेवी,शिक्षा प्रेमी,सहयोगी संस्थाहरु,अभिभावक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।
वि.स.२००८ साल फागुन १० गते स्थापित विधालयको ६९औं वर्षको अवधिमा पहिलो पटक वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको हो।वार्षिकोत्सको अवसरमा शैक्षिक तथा समग्र विद्यालयको गतिविधिमा पुर्व निर्धारित मापदण्ड अनुसार शैक्षिकसत्र २०७६ को उत्कृष्ट मध्ये उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मानले शिक्षक राजेन्द्र बिष्टलाई सम्मानित गरिएको थियो भने,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारीलाई निजले विद्यालयको हीतमा गरेको अतुलनीय योगदानको सम्मान सहित सेवा निवृत्त भइ गएकोले ससम्मान विदाई गरेको थियो।गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे।
कार्यक्रममा बिष्टलाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी,विधालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब बिष्टले संयुक्त रुपमा सम्मान गरेका थिए।कार्यक्रममा विधालयका भुतपुर्व प्रधानाध्यापक धुर्ब प्रसाद भण्डारीलाई समेत सम्मान गरिएको थियो। विधालयको शैक्षिक तथा हाल सम्मको समग्र प्रगति प्रतिवेदन प्रधान अध्यापक झलक प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि माननीय राई तथा विषेश अतिथि उद्दव भण्डारीले विद्यालयको युवा नेतृत्वले पछिल्लो समयमा गरेको समग्र सुधार र प्रगतिको लागि बधाई दिंदै अझै प्रगति र उत्थानको शुभकामना दिएका थिए।
करिब ४०० जनाको संख्यामा अभिभावक ,अतिथिहरू,स्थानीय ब्यक्तिहरू साथै विधार्थिहरुको उपस्थितिले वार्षिक उत्सब कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न पाएकोमा र निमन्त्रणा स्वीकार गरि बालबालिकाको हौसला बढाउन सहयोग गरेकोमा अध्यक्ष विष्टले सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत सबैको साथ सहयोगको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरेका थिए ।
काठमाडौं फागुन १३/गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको छ।वडा नं ४ कार्यालयको क्यान्टिन माथि बाटोमा राखिएको अवस्थामा बम भेटिएको स्थानियहरुले बताएका छन् । प्रेशर कुकर बम आज करिब ११ बजे तिर पहिलो पटक देखिएको पनि स्थानियले बताएका छन् ।
नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर बमलाई निस्कृय पारेको थियो । घटना वारे थप अनुसन्धान भैरहेको छ।थप विवरण आउन बाँकी नै छ ।
काठमाडौं/ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन्ताखान स्थित वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रम सुन्ताखान युवा क्लब,स्वतन्त्र टोल सुधार समिति,लायन्स क्लब पंचशील,हात्ति पाइले महिला समुह,मल्लागिरि युवा क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो । अस्पातलमा दिनहु बढदै गएका बिरामीको चाप संगै रगत अभावको कारण धेरै दौड धुप गर्नुपर्ने सर्वसाधारणको समस्यालाई केही हदसम्म भएपनी समाधान गर्न सकियोस भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिने गरिएको स्थानिय टोल सुधार समितीका अध्यक्ष्य जयराम बिष्टले बताए।अध्यक्ष बिष्टले एक वर्षमा चार पटक सम्म रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको समेत बताए । रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मी भण्डारी,स्थानिय संघ सस्था,महिला समुह लयायतको उपस्थिति रहेको थियो।उक्त रक्तदान कार्यक्रमबाट २५ पिन्ट रगत जम्मा हुनुको साथै रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जानकारी दिएको छ।
काठमाडौं/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ को आयोजनामा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाडौं सिम्रीकको मुल संयोजनमा ४५ वटा क्लबहरु बिच प्रतिस्पर्धा गरिएको म्याराथन प्रतियोगिता गोकर्णेश्वर नगरपालिका जगडोल स्थित राष्ट्रिय शहिद पार्कबाट शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा पुरुष र महिला गरी एक सय तिस प्रतियोगीहरूले भाग लिएका थिए । कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल हंगर रिलिफ चिफ लायन कुमारराज सुवेदी,क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब,जी एम टि लायन धर्म शरण श्रेष्ठ,डिस्ट्रिक चियर पर्सन लायन ठण्डराज ठकुरी, लायन श्रीचन केसी लगायत बिभिन्न क्लबका लायन्स लिडर तथा लियो पदाधिकारीहरु उपस्थिति रहेको थियो ।
म्याराथन प्रतियोगितामा महिलातर्फ लायन्स क्लब अफ काठमाडौं जर्निको लायन अमृता केसीले प्रथम स्थान हासिल गरेकी थिइन् भने पुरुषतर्फ लायन्स क्लब अफ काठमाडौं मोडलबाट लायन प्रथम भट्टराईले प्रथम स्थान हासिल गरेका थिए।कार्यक्रममा टप १० भित्र पर्ने विजयी प्रतियोगीहरूलाई लायन्स लिडरहरूले ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।त्यस्तै सहभागी क्लबका सदस्यहरुलाई खाना र टिर्सटको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितालाई छ ब्रदर,मनास्लु वल्र्ड कलेज,कान्ति भैरव सेभिङ एण्ड कोअपरेटिभ,सीजी फूड्स संकटा वाइन एण्ड वेभरेज प्राली,कान्ति भैरव सप्लायर्स,ओम गृह निमार्ण तथा मामाघर होम स्टे लगायतले सौजन्य गरेका थिए।त्यस्तै कार्यक्रमको व्यवस्थापन सिम्रीक लियो क्लब, गोकर्णेश्वर लियो क्लब र गोकर्णेश्वर ओप्पन स्कट क्रुले गरेका थिए ।
विश्वमै सामाजिक सेवामा अग्र स्थान लायन्स क्लब लिएको छ।प्रतियोगिताको मुख्य उदेश्य बूढानिलकण्ठ झोरस्थित अनाथालय ‘चिल्ड्रन एण्ड युथ मोभिलाइजेन्स एकेडेमी’को पुस्तकालय व्यवस्थापनका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रम गरिएको डिष्ट्रिक ३२५ ए १ ले जानकारी दिएको छ।
अमृता के सी(रोनी) काठमाडौं, फागुन ४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित पिस एन्जल्स स्कुलको आयोजनामा सरस्वती पुजाको अवसरमा पहिलो पटक शान्ति पुस्तक दान दिवस मनाइयो।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा शान्ति पुस्तक दान दिवस घोषणा गरिएको हो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,साहित्यकार विजय चालिसे,संगितकार एंव प्राध्यापक अचुतराम भण्डारी,बि पि संग्रहालय संस्थापक अध्यक्ष पशुराम पोखरेल,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राजु सुनार,पत्रकार एंव हास्य कलाकार श्रीकृष्ण सिंखडा,गो.न.पा वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा,समाजसेवी किरण बिष्ट,लायन जयराम बिष्ट,पत्रकार पुण्यप्रसाद गौतम,जनप्रतिनिधि विभिन्न संघ संस्था,क्लब,महिला समूह,बासुरी खल,लगायत नागरिक समाजका बिभिन्न तह र तप्काका ब्यक्तीहरुको उपस्तिथि रहेको थियो। शान्ति र्याली सहित आयोजित कार्यक्रममा नगर प्रमुख चालिसेलाई नागरिक अभिनन्दन गरिएको थियो। कार्यक्रमको सभापतित्व विधालयका संस्थापक प्रिसिपल एंव अधिवक्ता राजेश कुमार बिष्टले गरेका थिए। कार्यक्रममा बिष्टले आफुले जातिय एबम सांस्कृतिक सङ्ग्रहालयका लागि आफ्नो जातिय परम्परागत सस्कृति झल्कने भेषभुषा,भाडाकुडा,पुजासामाग्री,कृषिअाैजार,लोकबाजा, विबाह ,उत्सव ,जन्म, न्बारान, पास्नी,,व्यापार ब्यबसाय आदिमा प्रयोग हुँदै आएका सामाग्रीहरु र किताबहरु संकलन गरि नेपालको एकमात्र पहिलो सङग्रहालय युक्त विधालयको निर्माण गरेको बताएका थिए । सांस्कृतिक संग्राहलय युक्त विधालयको नगर प्रमुखले समुद्घाटन गरेका थिए भने कार्यक्रममा जेष्ठ नागरिक ,साहित्यकार ,लेखक ,सांस्कृतिक कर्मी,समाजसेवी , देशभक्त ,पुस्तक एंव परम्परागत र विविध सांस्कृतिक सामग्री दाताहरुलाई सम्मान गरिएको थियोे।
कार्यक्रममा नगर प्रमुख चालिसेले आफ्नो नगरको चौतर्फी विकास आफ्नै कार्यकालमा गरिसक्ने प्रतिबद्धता जनाउदै संस्कृतिको संरक्षण र जगेर्ना सहित शिक्षाको बिकास गर्ने नेपालकै पहिलो विधालय आफ्नै नगरबाट सुरुवात गर्न पाउँदा हर्षित भएको बताए। समृद्ध राष्ट्र निमार्णको निमित्त शिक्षाको महत्त्वपूर्ण भुमिका रहने भएकोले फागुन ४ गतेलाई शान्ति पुस्तक दान दिवसको घोषणा नगर प्रमुखले गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य दिने अधिकाश वक्ताहरूले शिक्षा र सिकाइको लागि नमुना विधालय भएको बताउदै हाल कक्षा पाँच सम्म पढाई संचालन हुने विधालयलाई भोलिको दिनमा मास्टर्स डिग्री सम्मको पढाई संचालन होस् भनेर शुभकामना दिए।
हालै घोषणा गरिएको सङग्रहालय युक्त नेपालको एकमात्र पहिलो बिधालय हो ।
काठमाडौं / “ सबै मिलि डढेलोबाट वन तथा वन्यजन्तुको संरक्षण गरौँ”भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय काठमाडौं अन्तर्गत गोकर्ण सब डिभिजन वन कार्यालयको आयोजनामा एक दिने वन डढेलो नियन्त्रण सचेतना तथा गोष्ठी सम्पन्न भएको छ।कार्यक्रम बुढानिलकण्ठ नगर प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बुढानिलकण्ठ नगरपालिका स्थित कपन भिलेज रिसोर्टमा बुधबार गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत राम प्रसाद आचार्य,केन्द्रिय कार्यदल प्रहरी डि एस पि रमेश पाल,प्रहरी वृत्त बौद्ध प्र.नि सुरेश सुवेदी,बुढानिलकण्ठ नगरपालिका वडा नं २ प्रमुख राजेन्द्र खड्का,बुढानिलकण्ठ नगरपालिका वडा नं १३ प्रमुख श्रीकृष्ण श्रेष्ठ,यज्ञडोल जगडोल सामुदायिक वन प्रमुख सुदर्शन सिग्देल,गोकर्ण प्रहरी प्रभाग प्र.ना.नि. ज्ञान कुमार कट्टेल,शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । गोष्ठीमा स्थानिय उपभोक्ता समितिहरुका तर्फबाट रातमाटे वन,गाम्चा सामुदायिक वन,गुठ सल्लाघारी वन,पुतली डाँडा वन र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पदाधिकारीहरुले समेत प्रतिनिधित्व गरेका थिए । कार्यक्रमको महत्व बारे प्रकास पार्दै नगर प्रमुख उद्दब खरेलले “विकास र समृद्धि वन संगै जोडिएको भएर डढेलो संरक्षणमा सबैले प्राथमिकता दिनुपर्ने साथै बिग्रीनु भन्दा पहिले बचाउन सक्नुपर्छ भन्दै वन संरक्षणमा स्थानिय सरकारले गर्नुपर्ने सहयोग गर्न तत्पर भएको “ बताए । नियन्त्रित वन डढेलो राम्रो मानिए पनि अनियन्त्रित डढेलोले खतराका साथै पारिस्थिती जन्य प्रणालीमा असन्तुलन कायम हुने जानकारी जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले गराउदै डढेलो नियन्त्रणको लागी पोसाक र सामाग्री प्रहरी प्रभाग गोकर्ण र प्रहरी कार्यदलका प्रमुखहरुलाई हस्तान्तरण गरे। कार्यक्रममा हिउँदमा डढेलोको समस्या आउने भएको हुँदा डढेलो लाग्ने कारण सहित रोकथाम तथा नियन्त्रणका उपायहरु बारे भिडियो मार्फत सन्देश दिएको थियो। आउने दिनमा हुन सक्ने डढेलोको नियन्त्रणको लागि सव डिभिजन स्तरीय आगलागी तथा डढेलो नियन्त्रण सन्जालको गठन साथै नगर प्रहरी तथा नगरदस्ताको परिचालन एंव संमवनय गर्ने निर्णय गरिएको थियो।
काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ।
लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।
नेपालस्थित डिस्ट्रिक ३२५ ए १ का गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर एंव हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व मन्त्री लायन शंखर कोइराला, नेपालको पहिलो महिला गभर्नर लायन सुश्मा शर्मा,पि.डि.जि. बि १ लायन गौतममान श्रेष्ठ,लायन बिमल चापागाईं,लायन शंकर कोइराला,लायन उत्तर चापागाईं,लायन शम्भु घिमिरे,चार वटा डिस्ट्रिकबाट गभर्नर ,पुर्व गभर्नर, सहित बिभिन्न क्लबका पदाधिकारीहरु सहित लायन्स लिडर तथा लियो लिडरहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै जि ए टि लिडर लायन खगेन्द्र सिटौलाले लायन्स क्लबलाई एउटा मन्दिरको रुपमा स्थापना गरेको बताउनु भयो। नेपालको छवि स्वच्छ राख्न अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएको बताउदै सम्पूर्ण लायन्स लिडर तथा सदस्यहरुलाई साथ र सहयोगका साथै शुभकामनाको लागि धन्यवाद दिनु भयो। सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै पि डि जि लायन गौतममान श्रेष्ठले दुई दशक अगाडि अवसर दिदा कोहि कसैले उम्मेद्बारीको लागि चासो नदिएको बताउदै हाल नेपालमा लायन्सका सदस्य र क्लब बढेको देख्दा चकित भएको बताएका छन् ।लायन्स क्लब अन्तर्राष्ट्रियमा निर्देशक पदमा हामिले अबका दिन वर्षैपिच्छे प्रतिनिधित्व गर्नुपर्छ भन्ने भनाइ लायन शभ्भु घिमिरेको थियो ।
कार्यक्रममा डिस्ट्रिक ३२५ ए १ पुर्व डिस्ट्रिक गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवालले लाइनिजमको दुई दशकको लामो समयमा चारवटै डिस्ट्रिकमा आएको समस्या फुकाउन सिटौला जहिले पनि अघि सरेको भन्दै योगदानको चर्चा गर्दै हमेसा साथ र समर्थन गर्ने प्रतिबद्धता गरे।माइ एल सि आइमा बीस लाख घण्टा सेवा पुर्याउन सफल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले सिटौलालाई नेपाली लाइनिजमको धरोहरको संज्ञा दिदै गौरवको दिन हो भनी सिटौलाले डोहोर्याएर ल्याउनु भएको लिडर आफू बताउनु भयो।
कार्यक्रममा अधिकांस वक्ताहरूले अन्तर्राष्ट्रियमा लायन्सका कुरा प्रष्ट राख्न,देशको हकहित स्थापित गराउन सिटौलालाई साथ समर्थन गर्ने बाचाका साथै अन्तर्राष्ट्रिय निर्देशक बनेर आउ है भनी शुभकामना व्यक्त गरेका छन् ।
कोभिड -१९ को कारण बन्द भएको गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको स्वास्थ केन्द्रको स्वास्थ्य सेवा एक कार्यक्रमका बिच पुन सुचारु गरिएको छ।सामुदायिक विकास समाजबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्रको आंशिक रुपमा संचालित स्वास्थ्य सेवा कार्यक्रम विश्व भरी महामरिको रुपमा फैलिएको कोरोना भाइरसको कारण बन्द गरिएको थियो।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित स्वास्थ्य केन्द्रको सेवा पुन शुभारम्भ कार्यक्रमको सभापतित्व सामुदायिक बिकास समाजका अध्यक्ष गम्भिरमान श्रेष्ठले गरेका थिए भने नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,वडा सदस्य लक्ष्मी भण्डारी,वालुवा स्वास्थ्य शाखा प्रमुख लेखराज निरौला,समाजसेवी किरण बहादुर बिष्ट,गोकुल बिष्ट,हर्क बहादुर तामाङ,रवि कुमार पौडेल,कृष्ण प्रसाद भण्डारी,श्याम राज गौतम,स्थानिय संघ-संस्था महिला समुहका प्रतिनिधि लगायत स्थानिय जनसमुदायहरुको शुभारम्भ कार्यक्रममा उपस्थिती थियो।
कार्यक्रममा शुभकामना मनतव्य दिदैं नेत्र बिशेषज्ञ रबि कुमार पौडेलले आफुले महिनामा एक चोटि निशुल्क नेत्र शिविर संचालन गर्ने प्रतिबद्धता समेत जनाए।स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,स्वास्थ्य सेवालाई स्थानियहरुको लागि जिवन्त होस् भनी नगरपालिकाबाट दुई जना स्थायी कर्मचारी दरबन्दी सहितको व्यवस्थापन गराएर स्वास्थ्य केन्द्रको पुन शुभारम्भ गर्न पाउँदा आफू हर्षित भएको बताउदै नगर प्रमुख चालिसेले “कर्मचारीलाई स्थानिय जनसमुदायको उत्कृष्ट सेवा पुर्याउन आग्रह गरेका थिए “।
गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाबाट निशुल्क औषधि उपचारको व्यवस्था साथ शुभारम्भ स्वास्थ्य सेवाबाट स्थानिय जनसमुदाय प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।