काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि जाने सरकारी सहायता रोक्ने सम्बन्धी कार्यकारी आदेश जारी गरेका छन् । गर्भपतनका लागि मिल्ने सरकारी सहायतालाई हाइड संशोधनका रुपमा चिन्ने गरिन्छ । यो प्रावधान पहिलो पटक १९८० मा लागू भएको थियो । यसमा निकै पटक संशोधन समेत गरिएको छ । जो बाइडेनले यो कानूनको रद्द गर्ने कोसिस… Continue reading गर्भपतनमा जाने सरकारी सहायता रोक्दै ट्रम्प सरकार
Category: अमेरिका
पूर्वराष्ट्रपति केनेडीको हत्यासम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपति जोन एफ केनेडी, उनका भाइ सिनेटर रोबर्ट एफ। केनेडी र मार्टिन लुथर किङ जुनियर हत्यामा जोडिएका सबै गोप्य सरकारी दस्तावेज सार्वजनिक गर्न निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । ती दस्तावेज सार्वजनिक गर्ने… Continue reading पूर्वराष्ट्रपति केनेडीको हत्यासम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस
काठमाडौं\रासस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी प्रेस… Continue reading ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस
ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् । ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी… Continue reading ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक
ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा सेना तैनाथ गर्ने तयारी
काठमाडौं । ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमानाका भएर अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूमाथि कडाइ गर्नेतर्फ द्रुत कदम चालिरहेको बताइएको छ । अहिले पठाउन लागिएका १,५०० फौजहरूले अमेरिका प्रवेश गर्नबाट रोक्न तत्काल थप भौतिक अवरोधहरू खडा गर्न थाल्ने बीबीसीले लेखेको छ । सैनिक स्रोतले बीबीसीलाई बताएअनुसार ती फौजहरू कानुन कार्यान्वयनको काममा चाहिँ संलग्न हुने छैनन्। मेक्सिकोसँगको सीमानाकामा… Continue reading ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा सेना तैनाथ गर्ने तयारी
लस एन्जलसमा पुनः फैलिँदै आगो, हजारौं मानिसलाई सुरक्षित स्थानमा लगियो
काठमाडौं । अमेरिकाको लस एन्जलसमा पुनः आगो फैलिएको छ । यहाँको जंगलमा फैलिएको आगोबाट बचाउन हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो फैलिएको क्षेत्र शहरबाट ४५ मिल मात्र टाढा रहेको समाचारमा बताइएको छ । अहिले कास्किट क्षेत्रमा आगो फैलिएको र यहाँ महंगा घर र विद्यालयहरु रहेका छन् । पछिल्लो पटक फैलिएको आगोका कारण… Continue reading लस एन्जलसमा पुनः फैलिँदै आगो, हजारौं मानिसलाई सुरक्षित स्थानमा लगियो
जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा
काठमाडौं । डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेका छन् । सोमबार पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश… Continue reading जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा
ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ । ट्रम्पका अनुसार च्याटजीपीटी निर्माता ओपेनएआई, सफ्टबैंक र ओर्याकलले ‘स्टारगेट’ नामक संयुक्त… Continue reading ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी
ट्रम्पको सपथ लगत्तै चीन र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल वार्ता भएको छ । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई ुअझै उचाइमाु पुर्याउने सहमति भएको चिनियाँ दुवै देशका सरकारी सञ्चार माध्यमले जनाएका छन् । पुटिनले रुस र चीनले बाह्य दबाबको बाबजुद मित्रता, आपसी विश्वास र… Continue reading ट्रम्पको सपथ लगत्तै चीन र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?
विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा राखेको छ । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र एजेन्सीबीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको समेत संगठनको… Continue reading विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त
ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?
काठमाडौं । नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्। ुजन्मका आधारमा नागरिकताको हकु को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्। तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेकासहित उनका… Continue reading ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?
ट्रम्पले तोडे सपथका परम्परा, के के गरे ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणका केही परम्परा तोडेका छन् । अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्ने बेला बाइबलमा हात राख्ने परम्परा ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडे । राष्ट्रपति जो बाइडेनले यसलाई निरन्तरा दिएका थिए । यसअघि अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले बाइबलको सट्टा संविधानमा हात राखेर शपथ लिएका थिए । त्यस्तै,… Continue reading ट्रम्पले तोडे सपथका परम्परा, के के गरे ?
ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी
काठमाडौं । सपथग्रहण लगत्तै राष्ट्रपति ट्रम्पले केही महत्वपूर्ण कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । जसमध्ये अब अमेरिका विश्व स्वास्थ्य संगठनको हिस्सा रहने छैन । यस आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, यो एक ठूलो फैसला हो । यस संगठनमार्फत अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको उनको तर्क छ । यद्दपी उनले पुनः अमेरिका फिर्ता आउनुपर्ने संगठनको… Continue reading ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी
सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि
विश्वका अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट सार्वजनिक भएको छ । विश्वका धनी व्यक्तिहरुको सम्मेलन मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्याण्डमा सुरु हुँदैछ । त्यस अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो… Continue reading सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि
राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे। ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा… Continue reading राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई
ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः… Continue reading ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?
ट्रम्पले गरे सपथ ग्रहण
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो… Continue reading ट्रम्पले गरे सपथ ग्रहण
अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्
काठमाडौं । राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा सोमवार शपथ लिँदैछन् । त्यसपछि उनी ह्वाइट हाउस सर्ने छन्। औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको परेड र साँझमा औपचारिक बल डान्स पनि राखिएको छ । ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ लिने छन् र उनीहरूको नयाँ प्रशासनिक कार्यकाल औपचारिक… Continue reading अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्
ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको अन्तिम तयारी चलिरहेको छ । समारोह आयोजक समितिले राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल भव्य रूपमा आयोजना गर्ने गरी तयारी सुरु गरिसकेको बताइएको छ । सबै मुख्य चन्दादातालाई समेत यो कार्यक्रममा सामेल गर्न नसकिने सम्भावना पनि व्यक्त गरेको छ । यो चन्दा रकम सो दिनसम्म पुग्दा २० करोड डलर पुग्ने अनुमान… Continue reading ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी
ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुगेको छ । उनको यस कार्यक्रमको चर्चा निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ । शपथग्रहण समारोह समितिले सो… Continue reading ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?
अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताएका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ । ट्रम्पले सोमबार दोस्रो… Continue reading अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक
राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार पाँच सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भन्नुभएको छ, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउनेभन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।” उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन,… Continue reading राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान
अमेरिकामा टिकटक बन्द गर्ने तयारी
काठमाडौं । टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् । सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा… Continue reading अमेरिकामा टिकटक बन्द गर्ने तयारी
१५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम
काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छाडिने छ । त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम… Continue reading १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम
अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ सबैभन्दा धेरै… Continue reading अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य
काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन अमेरिकाले पुरस्कार घोषणा गरेको हो । मदुरोले हिजो आउँदो छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदको सपथ लिनुभएको हो । गएको जुलाई २८ मा भएको… Continue reading अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य
भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसको भीषण डडेलोका कारण ज्यान गएको छ । भीषण डढेलोपछि लस एन्जलसका बासिन्दालाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ। डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेको छ । लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण… Continue reading भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो
पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई
काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा सफाइ दिएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा उनले उन्मुक्ति पाएका हुन् । समाचार संस्था एएफपीका अनुसार एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको… Continue reading पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई
अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा लिन अमेरिका असफल देखिएको छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले लेखेको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेका छन् । हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने… Continue reading अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको… Continue reading अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु