नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

काठमाडौं । ओटीटी डिजिटल प्लेटफर्म नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको छ । कम्पनीले पछिल्लो दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले आउँदा महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । १० वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो । नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने… Continue reading नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

file

काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए। युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै… Continue reading अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

डालास गत बर्षको सफलताबाट प्रोत्साहित नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस वर्ष पनि स्कूलका विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता गर्ने भएको छ। “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” कार्यक्रममा यो बर्ष पनि किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छ।ऐशोसिएसनले आफ्नो फेसबुक पेजमार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी… Continue reading ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो

काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२\१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति अमेरिकी दूतावासले… Continue reading अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो

नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर

न्यूयोर्क । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेको समाचार एजेन्सीहरुले बताएका छन् । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देखिएको छ । यसलाई… Continue reading नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर

नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?

काठमाडौं । नेपालका विभिन्न कारागारमा अहिले तीन जना अमेरिकी नागरिक जेल जीवन काटिरहेको पाइएको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै भारतीय नागरिक जेलमा छन् । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपालको कारागारमा छन्। नेपालमा लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा विदेशीले जेल सजाय… Continue reading नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?

अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

मिनेसोटा अमेरिकाको मिनेसोटाकी एउटी महिलाले आफ्ना तीन साना छोराछोरी र आफू संगै डुबेर शुक्रबार आत्महत्या गरेकी छिन् । आफ्नो श्रीमानको मृत्युको रिपोर्ट गर्न प्रहरीलाई फोन गरेपछि उनले आफ्ना साना केटाकेटी सहित आत्महत्या गरेको अधिकारीहरूले बताएका छन । रामसे काउन्टी शेरिफको कार्यालयले मंगलबार परिवारका पाँच सदस्यहरूको पहिचान र मृत्युको कारण सहितको बिज्ञप्ति जारी गर्दै तीन बच्चा… Continue reading अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की

शिकागो । स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको छ । लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताएका छन् । हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए। राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी… Continue reading शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की

शिकागो गोली काण्डका आरोपि पक्राउ

शिकागो शिकागोस्थित हाइल्यान्ड पार्कमा जुलाई ४ मनाउदै गरेको परेडमा ६ जनाको गोली हानि हत्या गर्ने संदिग्ध २२ वर्षीय रोबर्ट ‘बबी’ क्रिमोलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिग्द शूटर जसलाई प्रहरीले पक्राउ गरेको छ उसले आउटफिटिंग स्टोरको छतबाट गोली चलाएको थियो । उसले स्वतन्त्रता दिवसको आतिशबाजीसँग बन्दुकको आवाजलाई मिसाएर भ्रमित पार्दै गोली चलाएको आरोप छ ।सन्धिग… Continue reading शिकागो गोली काण्डका आरोपि पक्राउ

शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

शिकागो । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो। अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ। घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय… Continue reading शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

शिकागो शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी… Continue reading सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८… Continue reading नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

RSS

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ… Continue reading संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

SKYnews

टेक्सस । हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालक भनेर ठानिएका व्यक्तिलाई उक्त सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको बताइएको एक जना सुराकीले जनाएका छन्। सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ। अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन्।… Continue reading टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए। उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो। भ्रमणका… Continue reading अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

न्युजर्सी अमेरिकाको न्युजर्सी राज्यको नेवार्क सहरमा बिहीबार साँझ भएको गोलीकाण्डमा एक किशोर सहित कुल नौ जनालाई गोली हानिएको अधिकारीहरूले बताएका छन्। घटना बिहीवार  साँझ ६ बजेर २० मिनेट जाँदा भएको थियो। गोलीकाण्ड बोडेगाको बाहिरपट्टी शेफर्ड र क्लिन्टन प्लेसको कुनामा भएको हो । गोली लागी घाईते भएका चार वयस्क र एक १७ वर्षीया किशोरिलाई नेवार्क बेथ इजरायल मेडिकल… Continue reading न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तर्गत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवसरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले… Continue reading अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन्। स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन्। जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी… Continue reading रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा बेवारिसे अवस्था फेला परेको लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुगेको छ । ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ। मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्। टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा… Continue reading टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

टेक्सास । अमेरिकाको टेक्सासमा ४० जना व्यक्ति मृत फेला परेका छन् । टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४० जना व्यक्ति मृत फेला परेको बीबीसीले लेखेको छ । अन्य १६ जनालाई अस्पताल लगिएको छ। मृतकहरू आप्रवासी हुन् । तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक… Continue reading अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

Photo : Gorakhapatra

काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराए। अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल… Continue reading एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

सुपेन्द्र बस्नेत, बोष्टन ‘जहाँ नेपाली तन, त्यहाँ नेपाली पन’भन्ने मुल मर्मलाई आत्मसात् गर्दै, अमेरिकामा रहेका नेपाली भाषीहरुद्वारा आयोजित बृहत् कार्यक्रम ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, आज जुन २५ तारिख शनिबारका दिन अमेरिकाको मासाचुसेट्स् राज्यको समरभिल सिटीमा विविध क्रियाकलापहरु गरी सम्पन्न गरिएको हो । उत्सवमा… Continue reading अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० मा भेट भएको हो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता भएको थिएन । राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर… Continue reading अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित

प्रभात भट्टराई/अमेरिका अमेरिकाको सर्बोच्च अदालतले अमेरिकी महिलाहरुले ५० बर्ष देखि उपयोग गर्दै आएको गर्भपतन सम्बन्धि अधिकार उल्ट्याइ दिँदा देश नै तरंगित बनेको छ । राष्ट्रपति जो बाइडेन देखि उदार विचारधारा बोकेका राजनीतिक र सामाजिक अभियन्ताहरुले रिपब्लिकन बहुल सर्बोच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाएका छन् । महिलाले आफ्नो शरिरबारे निर्णय गर्न पाउने अधिकारमाथि बन्देज लगाउन मिल्ने… Continue reading पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित

अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने

काठमाडौं । तिव्र आलोचनापछि सरकार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णयमा पुगेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेसँगै यो विषयको टुंगो लागेको हो । एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे विाद उत्पन्न… Continue reading अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने

बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा… Continue reading बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

काठमाडौं । काठमाडौंमा कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका हुन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी र क्यानेडियन नागरिक थिए । ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ… Continue reading काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ

Efrem Lukatsky–AP

काठमाडौं । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन्। नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भए पनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताए। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा… Continue reading नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ

प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा… Continue reading प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने