काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ । रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीबीसील लेखेको छ । अदालतले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो ।’ फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए… Continue reading एक अमेरिकी कुटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय सुनाइयो
Category: अमेरिका
एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल… Continue reading एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो
काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएसँगै नेपाली सेना समेत विवादमा तानिएको छ । सेनाले बुधबार मात्र यसको कडा खण्डन गरेको थियो । तर, बिहीबार भने सन् २०१५ अक्टोबर २७ मा (२०७२ कात्तिक १०) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत… Continue reading एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो
अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?
काठमाडौं (बीबीसी) । अमेरिकी केन्द्रीय ब्याङ्कले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको छ। फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १।५ प्रतिशतदेखि १।७५ प्रतिशतको दायरामा पुर्याउने बताएको छ। गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो… Continue reading अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?
आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाललाई आयोजक अमेरिकाले ३९ रनले हराएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले २०६ रन मात्र बनायो । श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो
एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण
काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै… Continue reading एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण
परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने विषय हल्ला मात्रै भएको बताए। ‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो… Continue reading परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन
अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण
काठमाडौं । नेपालले अमेरिकासँग गर्ने तयारी गरिरहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताले पुनः एक पटक नेपालको कूटनीतिक माहोल तात्तेको छ । सडकदेखि सदनसम्म चर्को वहस भइरहेको यस विषयमा मंगलबार अमेरिकी दूतावासले समेत स्पष्टिकरण दिएको छ । अमेरिकाले यस प्रोग्राममा सामेल हुन कुनै देशलाई नभनेको बताएको छ । यो कार्यक्रमका लागि कुनै देशबाट माग भएमा भने… Continue reading अमेरिकासँग नेपालले गर्ने भनेको एसपीपी सम्झौताले कुटनीतिक माहोल तात्तियो, दुतावासले दियो स्पष्टिकरण
मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार
काठमाडौं । केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ । त्यसैको एशियाली बजारमा प्रभाव देखिएको हो । यता अमेरिकी डलर दुई दशकमा पहिलो पटक १ सय ३५ जापानी येनमा बलियो भयो । गत महिना अमेरिकी मुद्रास्फीति ४० वर्षमा हालसम्मकै… Continue reading मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार
अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
काठमाडौं । लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ। त्यसमा २१ वर्षमुनिका खरिदकर्ताको कडा जाँच गर्ने र अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने कुरा समावेश हुनेछ। प्रस्तावलाई १० जना रिपब्लिकनहरूले पनि समर्थन गरेका छन्। त्यसको अर्थ उक्त नयाँ कानुनको पक्षमा मतदान गर्नेको सङ्ख्या पुग्न सक्छ। राष्ट्रपति… Continue reading अमेरिकामा बन्दुक नियन्त्रण गर्न माग गर्दै देशभर प्रदर्शन, कडा कानून बनाउन सिनेटरहरु सहमत
एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
ओहायो “रक्तदान नै जीवनदान” भन्ने मुल भावनालाई आत्मासाथ गर्दै एनआरएन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभावमा कसैले पनि अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा एन आर एन ओहायो च्याप्टरले ब्लड डोनर्स एफ अमेरिकासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। ओहायो राज्यको कोलम्बसस्थित होटल हिल्टनमा गत शनिबार… Continue reading एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी
काठमाडौं । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ। चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए। सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त… Continue reading ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी
नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो
काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल र अमेरिकाबीच रोमाञ्चक खेलमा बराबरीको नतिजा आएको छ । अन्तिम दुई बलमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा रोकिएको हो । दुवै टीमबाट समान २७४ रन बन्यो । दुबै टीमले १÷१ अंक बाँडेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला… Continue reading नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो
आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा
काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाले… Continue reading आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा
कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा
टेस्सास । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाल पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको टेक्सासमा शुक्रबार विहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले हारेको हो । ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। करन केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले बलिङमा ओमानलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो ।… Continue reading कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा
अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा
काठमाडौं । अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डर जनरल चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा आएका छन् । अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नयाँदिल्ली हुँदै बिहीवार काठमाडौं आएका हुन् । उनी चार दिने भ्रमणमा सिलसिलामा आएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम छ ।… Continue reading अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा
अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
काठमाडौं । पश्चिमा मुलुकले युक्रेनलाई लामो दूरी प्रहार गर्न मिल्ने हतियार पठाए आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची बढाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । बीबीसीका अनुसार युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो। रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको… Continue reading अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके… Continue reading अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक
काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक
अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि… Continue reading अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी… Continue reading अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?
न्यूयोर्क (बीबीसी) । अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन। हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई… Continue reading विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?
युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर… Continue reading युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प
टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो । टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार… Continue reading टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना
न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न
कृष्ण आचार्य, न्युयोर्क संसारकै राजधानीको रुपमा परिचित एवम् पर्यटनको केन्द्र न्युयोर्क सहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो । परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मुल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ यही मे २२, २०२२ मा न्युयोर्क सहरको म्यानह्याटनमा गरिएको… Continue reading न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न
अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति
काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागमा हस्तान्तरण भएको छ । मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् । अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको… Continue reading अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति
अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको… Continue reading अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या
कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो
धन लामा, मे २३, २०२ कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो । कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको… Continue reading कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो
इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप
तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको… Continue reading इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप
ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर
सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका… Continue reading ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर