न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको किताब प्रकाशन रोक्न माग गर्दै अदालतको ढोका ढक्ढक्याएका छन् । ट्रम्पका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले वासिंटन डिसी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बोल्टनले किताबमा बिना अनुमती गोप्य (क्लासिफाइड) सूचनाहरु राखेको ट्रम्प प्रशासनको आरोप छ । तर, ट्रम्पले सार्वजनिक रुपमा भने बोल्टनले किताबमा… Continue reading आफ्ना पूर्व सल्लाहकारको किताब प्रकाशन रोक्न माग गर्दै ट्रम्प अदालतमा
Category: अमेरिका
अमेरिकी सर्बोच्च अदालतको ट्रम्प प्रशासनलाई गम्भिर झड्का, ‘डाका’ खारेज नगर्न आदेश
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई गम्भिर झड्का दिएको छ । सर्बोच्चले बाराक ओबामाले कार्यकारी आदेश मार्फत लागु गरेको ‘डिफर एक्सन अफ चायल्डहुड एराइभल्स (डाका)’ खारेज नगर्न ट्रम्प प्रशासनलाई निर्देशन दिएको हो । ओबामाले १५ बर्षभन्दा सानो उमेरमा अमेरिका छिरेका बालबालीकालाई कानूनी मान्यता दिलाउन डाका कार्यक्रम लागु गरेका थिए । सुरु देखिनै अनुदार… Continue reading अमेरिकी सर्बोच्च अदालतको ट्रम्प प्रशासनलाई गम्भिर झड्का, ‘डाका’ खारेज नगर्न आदेश
आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिय चुनावमा सघाउन चीनियाँ समकक्षि सि जिनफिङलाई गुहार मागेको उनकै पूर्व निकट सल्लाहकारले दावी गरेका छन् । ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रहि सकेका जोन बोल्टनले आफ्नो नयाँ किताबमा गत बर्ष जी २० को बैठकमा ट्रम्पले जिनफिङसँग उक्त अनुरोध गरेको उल्लेख गरेका हुन् । जी २० को बैठक… Continue reading आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज
लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा
कोरोना भाईरस महामारी पछि उत्पन्न परिस्थितीका कारण अमेरिकाको पूर्वी तटीय राज्यमा बसोबास गर्ने बालबालिकाहरुमा मार्चदेखि यता शरिरको तौलमा औसत ७ पाउण्ड बृद्धि भएको एक अध्ययनले जनाएको छ । पूर्वी तटीय राज्यहरु मध्ये न्युजर्सी राज्यमा बसोबास गर्ने बालबालिकाहरुको औसत १० दशमलब २० पाउण्ड तौल बढेको छ भने न्युयोर्क र म्यासाच्युसेट्स राज्यमा बसोबास गर्ने बाल बालिकाको तौल… Continue reading लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा
कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले
अमेरिकाको तीन वटा राज्यमा पहिलो पटक अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । एरिजोना, फ्लोरिडा र टेक्सस राज्यले कोरोना संक्रमितको संख्यामा लगातार उकालो लाग्दै अहिलेसम्म कै उच्च संख्यामा पुगेको हो । एरिजोनामा अहिलेसम्मकै उच्च २४ सय जनामा एकै दिन संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ३९ हजार संक्रमित भएका छन् । टेक्ससमा ९… Continue reading कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड राखे तीन वटा अमेरिकी राज्यले
ठेक्का लिंदै मानव हत्या गरेको अभियोगमा एक युवक पक्राऊ
एजेन्सी अमेरिकाको पेन्सिल्भानिया राज्यस्थित फिलाडेल्फिया सहरमा ठेक्का लिएर मानब हत्या गर्दै हिंडने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ । प्रहरीले २५ बर्षीय स्टेभन विलियम्सलाई हजारौं डलर लिएर मानव हत्या गर्दै हिंडेको अभियोग अन्तर्गत पछिल्ला ४ हत्यामा संलग्न भएको आरोपमा गत शुक्रबार पक्राऊ गरेको हो । विलियम्सलाई सन् २०१८ को सेप्टेम्बरदेख यता ८ महिना भित्र भएका… Continue reading ठेक्का लिंदै मानव हत्या गरेको अभियोगमा एक युवक पक्राऊ
लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न
कृष्ण आचार्य / न्युयोर्क न्युयोर्कमा कोरोना भाईरसको महामारीले जनजीवन प्रभावित भए लगत्तै Nepali lions Network, NY to help COVID -19 lions (clubs of Queens, Buddha, Nepalese & KTM) अन्तर्गत सबै नेपाली लायन्स क्लवहरू संगठित भएर आफ्नो श्रोत साधन क्षमताले भ्याएसम्म कोरोना प्रभावित समुदायको हितको लागि सुचना र विभिन्न आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । … Continue reading लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न
पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी
न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ शुभकामना समाचार आउन थालेका छन् । यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ… Continue reading पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी
अमेरिकाका चार शहरबाट उड्ने भए नेपाल जाने जहाज, टर्कीस र कतार एयरवेजको चार्टर्ड उडान
काठमाडौं । अमेरिकाबाट नेपालका लागि विभिन्न चार शहरबाट चार्टर्ड उडान निश्चित भएको छ । अमेरिकास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । नेपाल फर्कन चाहने र समस्यामा रहेका नेपालीबाट दूतावासले फारम मागेको थियो । सोहीअनुसार उनीहरुलाई नेपाल फर्काउन आगामी साता दुई दिन चारवटा चार्टर उडान हुने दूतावासले जनाएको छ । अमेरिकाबाट जुन २३ र २५… Continue reading अमेरिकाका चार शहरबाट उड्ने भए नेपाल जाने जहाज, टर्कीस र कतार एयरवेजको चार्टर्ड उडान
यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट
न्युयोर्क अमेरिकाको आगामी निर्वाचनको लागि डेमोक्र्याटिक पार्टीबाट सम्भाबित राष्ट्रपतीय उम्मेद्वार जो बाईडेन आफ्नो उपराष्ट्रपति छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । बाईडेन ह्वाईट हाऊस दौडको लागि आफ्नो सहयात्री छनौटको दोश्रो चरणमा प्रवेश गरेको र यस अगाडिका सम्भाबितहरुको फराकिलो घेरा साँघुरो बनेको अमेरिकी मुलधारका संचार माध्यमले शुक्रबार जनाएका छन् । समाचार श्रोतका अनुसार बाईडेनले उपराष्ट्रपति… Continue reading यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट
चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा पुन: निर्वाचित हुन नसके शान्तिपूर्णरुपमा ह्वाइट हाऊस छोड्ने बताएका छन् । शुक्रबार फक्स न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा उनको सम्भावित प्रतिद्वन्दी जो बाईडेनले ब्यक्त गरेको बिचार माथि खनिंदै उक्त प्रतिकृया दिएका हुन् । पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक दलबाट राष्ट्रपतिका सम्भावित उम्मेद्वार जो बाईडेनले नोभेम्बरको निर्वाचनमा पराजित भएमा पनि राष्ट्रपति ट्रम्पले सजिलै… Continue reading चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प
यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्युको संसार हल्लाउने भिडियो
न्युयोर्क १७ वर्षीय डार्नेला फ्रिजर गत मेई २५ तारिख मेमोरियल डेका दिन मिनियापोलिसस्थित एक पसलमा खाजा किन्न आफ्नो ९ बर्षीया भतिजीलाई लिएर बाटोमा हिंड्दै थिईन् । त्यतिकैमा उनले चार जना प्रहरी मिलेर एक जना काला मान्छेलाई गाडीबाट बाहिर घिच्याउँदै गरेको देखिन । डार्नेलाले आफ्नो सेल फोन झिकेर भिडियो खिच्न थालिन् । भिडियो… Continue reading यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्युको संसार हल्लाउने भिडियो
अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्यु हुन्छ; हार्भर्ड चिकित्सक
न्युयोर्क अमेरिकाको हार्भड युनिभर्सिटी अन्तर्गतको हार्भड ग्लोबल हेल्थ ईन्स्टिचुटमा कार्यरत एक उच्च श्रेणीका चिकित्सकले अमेरिकामा सेप्टेम्बर भित्र कोरोना संक्रमणबाट २ लाख मानिसको मृत्यु हुने बताएका छन् । बिहीवार हार्भड चिकित्सक अनिश झाले एनबिसिसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । डा. झाले भनेका छन्; ‘कोराना संक्रमण जति नै समानान्तर रेखामा छ भने पनि अमेरिकामा अहिले… Continue reading अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्यु हुन्छ; हार्भर्ड चिकित्सक
अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या
टेक्सस अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन:… Continue reading अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या
पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती
न्युयोर्क कोरोना भाइरसले विश्वका १ सय ८८ देशका ४ लाख २० हजार ५ सय मानिसको ज्यान लिइ सकेको छ । अमेरिकामा मात्र १ लाख १४ मानिसको ज्यान कोरोनाका कारण गई सक्यो । मृतकको संख्याको यस्तो बिकराल चित्र बीच अमेरिकाकै क्यालिफोर्निया राज्यको लसएन्जलसमा भएको एक दम्पतीको मृत्युले पाँच जना बच्चा टुहुरा हुन पुगेको समाचार अझै हृदय… Continue reading पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती
अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक
न्युयोर्क अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो सल्काउदै तालमा फ्याकिएको छ । भर्जिनियाको ब्रायड पार्कमा सन् १९२७ मा स्थापना गरिएको उक्त सालिकलाई… Continue reading अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक
अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित
अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ । एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि भएको… Continue reading अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित
अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?
काठमाडौं । अमेरिकाबाट बेखर्ची भई तत्काल नेपाल फर्कन चाहने नेपालीको संख्या ६४६ रहेको छ । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने सूचिमा अमेरिकाबाट मात्र ६४६ जनाको नाम परेको छ । उनीहरु नेपाल सरकारले उद्दार गर्नुपर्ने पहिलो प्राथमिकतामा परेका हुन् । सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई… Continue reading अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?
गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)
न्युयोर्क अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ । सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय… Continue reading गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)
न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो
न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले जारी रंगभेद बिरुद्धको आन्दोलनका कारण थप १५ वटा कोरोना जाँच केन्द्र न्युयोर्क शहर भित्र मात्र सुरु गरेको बताएका छन् । भोली सोमबार जुन ८ तारिखदेखि अर्थतन्त्र सुरु गर्ने तयारीमा रहेको न्युयोर्क सहरमा दिनहुँ हजारौंको सहभगितामा शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । प्रदर्शनकारीहरुलाई गभर्नर कुमोले अनुरोध गर्दै भनेका छन् “यति… Continue reading न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो
‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा
न्युयोर्क न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले न्युयोर्कमा जारी कर्फ्यु तत्कालै लागू हुने गरी हटाईएको घोषणा गरेका छन् । यस अगाडि पूर्व निर्धारित कार्यक्रम अनुसार न्युयोर्कमा आज आईतबार पनि बेलुका ८ बजेदेखि रातभरको लागि कर्फ्यु तोकिएको थियो । आईतबार बिहान मेयर ब्लाजियोको घोषणासंगै न्युयोर्कमा ७५ बर्ष पछि लगाईएको झन्डै एक हप्ता लामो कर्फ्यु हटेको छ… Continue reading ‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा
बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी
न्यूयोर्क पूर्व उपराष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी बन्ने औपचारिकतामा एक कदम अघि बढेका छन् । बाइडेनले पार्टीको तर्फबाट उम्मेद्वारको टिकट हत्याउन चाहिने प्रतिनिधी (डेलिगेट्स) संख्या पुर्याएका हुन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वार हुन १९९१ जना प्रतिनिधीको समर्थन आवश्यक हुन्छ । गत मंगलबार सम्पन्न आधा दर्जन राज्यको प्राइमरी चुनावको नतिजासँगै बाइडेनले उक्त… Continue reading बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी
डिभी २०२१ को नतिजा आज सार्वजनिक हुने
काठमाडौं । अमेरिकाका लागि डाइभर्सिटी भिसा (डिभी) भरेका नेपालीको नतिजा आज सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राती ९ बजेर ४५ मिनेट जाँदा डिभीको नतिजा सार्वजनिक हुने भएको छ । डिभीको नतिजा थाहा पाउन डिभी भर्दाको समयमा व्यक्तिले प्राप्त गरेको कन्फर्मेशन नम्बर प्रयोग गरि हेर्न सकिने भएको छ । डिभी हेर्न ‘डीभीप्रोग्रामडटस्टेटडटजीओभी’मा जानु… Continue reading डिभी २०२१ को नतिजा आज सार्वजनिक हुने
न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा
न्युयोर्क न्युयोर्क राज्यको बफेलो प्रहरी डिपार्टमेन्टमा कार्यरत करिब ६ दर्जन प्रहरीले बिहीवार आफ्नो डिपार्टमेन्टमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा एक मुष्ट राजिनामा दिएका छन् । अमेरिकाभर जारी रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई दुई प्रहरीले धक्का दिएर लडाए पछि सार्वजनिक भएको भिडियोको आधारमा उनिहरुलाई प्रहरी प्रशासनले बिहीवार निलम्बन गरेको थियो । ती… Continue reading न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा
अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय
न्युयोर्क अमेरिकाको मिनियापोलिसमा गत मई २५,२०२० का दिन प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकाभर फैलिएको रंगभेद बिरुद्धको आन्दोलनमा न्युयोर्कस्थित जिपी फाउन्डेसनले पनि एैक्यबद्दता जाहेर गर्दै प्रदर्शनमा सहभागी भएको छ । सुरुमा हिंसात्मकरुप लिएको आन्दोलन बुधबारदेखि भने देशभर शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । नेपाली प्रजातन्त्रको हरेक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोईरालाको नाममा अमेरिकामा सकृय… Continue reading अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय
ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित
वासिङ्टन डिसी अमेरिकाको राजधानी वासिङ्टन डिसिको ह्वाईट हाऊस जाने एक सडकमा शहरकी मेयर मुरियल ब्राउसर आँफैले ‘ब्ल्याक लाइफ म्याटर’ पेन्ट गर्न लगाएकी छिन् । डिसीको उक्त सडक पुरै ढाक्ने गरी पंहेलो रङको अंग्रेजी अक्षरमा ‘ब्ल्याक लाइफ म्याटर’ लेखिएको हो । ह्वाईट हाऊसको दक्षिण तर्फ जाने दुई लेनको १६ स्ट्रिटको पुरै दुई वटा ब्लकलाई अक्षरले ढाकेको… Continue reading ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित
अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प
न्युयोर्क शुक्रबार राष्ट्रपति ट्रम्पले यो महिना अमेरिकामा घटेको बेरोजगारी संख्या देखेर जर्ज फ्लोएडले स्वर्गबाट तल हेर्दै “कस्तो राम्रो दिन” भनि रहेको बताएका छन् । शुक्रबार लेबर डिपार्मेन्टको रिपोर्ट अनुसार अमेरिकामा राष्ट्रिय बेरोजगारी दर १४ दशमलव ७ बाट १३ दशमलव ३ मा झरेको छ । ट्रम्पले लेबर डिपार्टमेन्टको यो रिपोर्टले गत हप्ता प्रहरीले गर्धन थिचेर मारिएका… Continue reading अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प
महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार
न्युयोर्क कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार… Continue reading महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार
आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित
न्युयोर्क जर्ज फ्लोएडको मृत्यु पछि अमेरिकाभर जारी नश्लीय बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक… Continue reading आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित
अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्यु हुन सक्छ
न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्यु हुनेको अनुमानित आँकडा बिहीवार प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३… Continue reading अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्यु हुन सक्छ