आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

गुगल फाईल फोटो

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाइ बर्खास्त गरेका छन् । संसदको माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्तको निर्णय गरेका हुन् । ह्वाइटहाउसका अनुसार यी दुबै अधिकारीले अब सरकारको जिम्मेवारी प्राप्त गर्ने छैनन् ।… Continue reading आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

ट्रम्पले भने : अलकायदाका अरेवियन प्रायदिप प्रमुख मारिए

File Photo : (AP Photo/Evan Vucci)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल कायदाका अरेवियन प्रायद्विपका प्रमुख कासिम अल रेमी मारिएको दावि गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले उनलाई मारेको बताएका हुन् । यद्दपी यस घटनाबारे पूर्ण रुपमा भने कुनै जानकारी बाहिर आएको छैन । राष्ट्रपति ट्रम्पले समेत कुनै तथ्य खुलाएका छैनन् । उनी, कहिले र कसरी मारिएको भन्ने बारे… Continue reading ट्रम्पले भने : अलकायदाका अरेवियन प्रायदिप प्रमुख मारिए

आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

काठमाडौं । ओमानले आइसिसी विश्वकप लिग, २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकालाई हराएको छ । बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको हो । जितसँगै ओमान अब समुहको शीर्ष स्थानमा रहेको छ । अमेरिका र ओमानको समान १२ अंक छ । रनरेटमा ओमान अगाडी छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भएको थियो ।… Continue reading आइसिसी विश्वकप लिग २-अमेरिकालाई ओमानले हरायो

मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?

प्रभात भट्टराई / अमेरिका तीन महिना अघि अमेरिकी संसदको तल्लो सदन (हाउस)मा सुरु भएको महाभियोग ‘ड्रामा’ बुधबार अन्त्य भएको छ । हाउसबाट बहुमतले पारित भएको राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव उपर बुधबार माथिल्लो सदन सिनेटमा मतदान भएको हो । रिपब्लिकनहरु ट्रम्पलाई जोगाउन प्रतिबद्ध देखिएका कारण महाभियोग प्रस्ताव पारित नहुने निश्चित प्राय भइ सकेको थियो… Continue reading मिट रोम्नीको बिद्रोह बाबजूद महाभियोगबाट उन्मुक्ति पाए ट्रम्पले, तर जनताले पनि देलान् छुट ?

पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

पोखरा । चीनलाई मन नपराउने अमेरिकालगायत पश्चिमी मुलुकले कोरोना भाइरसलाई अनावश्यक प्रचारमा ल्याएको नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । बुधबार पोखरमा बोल्दै अध्यक्ष प्रचण्डले चीनबाट फैलिएको कोरना भाइरसका विषयलाई लिएर अमेरिकाको आलोचना गरेका हुन् । कोरोनाको सन्दर्भमा पश्चिमा शक्तिबाट अनावश्यक प्रचार गरेर वातावरण झन् दुषित बनाउने असाध्यै नराम्रो र अनैतिक काम भयो भनेर चीन स्वयमले… Continue reading पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

न्यूयोर्कमा श्रष्टा सम्मानित

न्यूयोर्क/अमेरिका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो । अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको… Continue reading न्यूयोर्कमा श्रष्टा सम्मानित

अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो

अमेरिका स्थित लामोदुरीको लागि चर्चित यात्रु बाहक बस “ ग्रेहाउन्ड ” भित्र गोली प्रहार भएको छ । सोमबार बिहान १ बजे पछी लसएन्जलसदेखी सनफ्रान्सिस्को जाँदै गरेको यात्रुबाहक बसमा गोली चल्दा ६ यात्रु घाईते भएको लसएन्जलसस्थित समाचार एजेन्सीहरुले जनाएका छँन् । गोली चलेको समयमा बस भित्र ४० जना यात्रुहरु सबार थिए । बस भित्र अकस्मात गोली… Continue reading अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो

अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् । बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । सन् २०२३ मा भारतमा आयोजना हुने… Continue reading अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । २२ माघबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमान त्रिदेशिय क्रिकेट लीगमा प्रतिस्पर्धा गर्दैछन् । उक्त लीगमा हरेक विकेट बराबर ८८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा… Continue reading अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा समिति गठन गरिएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले खनाल नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको समिति गठन गरेको हो। यो… Continue reading एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएसँगै यूरोप र अमेरिकी मुलुकले हालै चीनमा यात्रा गरिसकेका विदेशीलाई आफ्नो मुलुक जान प्रतिवन्ध लगाएका छन् । यो निर्णयले खासगरी चिनियाँ पर्यटक नै प्रभावित हुनेछन् । किनकी अन्य धेरै मुलुकले आफ्ना नागरिकलाई चीन जान कडाई गरिसकेका छन् । अमेरिका, अष्टे्रलिया, इटाली, जापान, रुस र पाकिस्तानले हालै चीन भ्रमण… Continue reading हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

आप्रवासीप्रति अनुदार नीतिमा ट्रम्पलाई सघाउँदै सर्बोच्च अदालत, हौसिएका ट्रम्पले विस्तार गरे ‘ट्राभल ब्यान’

फाईल फोटो

प्रभात भट्टराई / न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुल देशका लागि लगाएको ट्राभल ब्यान विस्तार गरेका छन् । नाइजेरिया सहित थप पाँच मुलुकका नागरिकले अमेरिकाको आप्रवासी भिषा नपाउने गरि उनले ट्राभल ब्यान विस्तार गरेका हुन् । ट्रम्पले एरिट्रेया, किगिस्तान, म्यानमारलगायत देशका नागरिकलाई पनि आप्रवासी भिषा जारी नगर्ने घाेषणा सहित ट्राभल ब्यान विस्तार गरेका हुन्… Continue reading आप्रवासीप्रति अनुदार नीतिमा ट्रम्पलाई सघाउँदै सर्बोच्च अदालत, हौसिएका ट्रम्पले विस्तार गरे ‘ट्राभल ब्यान’

गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाले बृहत कार्यक्रम गर्ने

न्यूयोर्क अमेरिकास्थित गिरिजा प्रसाद फाउण्डेशन न्यूयोर्कले यही जनवरी २९ तारिखका दिन ब्रुकलिन बोरो प्रेसिडेण्टको कार्यालयमा एक बृहत छलफल गरेको छ ।  न्यूयोर्क शहरमा थप सुरक्षा सुधार के कसरी गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर आगामी कार्यक्रमहरु तय गर्नको लागि उक्त छलफल भएको हो । गिरिजा प्रसाद कोईराला फाउण्डेसन र ब्रुकलिन बोरो प्रेसिडेण्टका प्रतिनिधि बीच… Continue reading गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाले बृहत कार्यक्रम गर्ने

चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

क्यालिफोर्निया । विश्वचर्चित चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन भएको छ । पाँच पटक एनबीए च्याम्पियन र ओस्कार समेत जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । उनीसँगै उनकी छोरीको समेत निधन भएको हो । क्यालिफोर्नियाको कालाबासस शहरमा दूर्घटना भएको हो । कोबे, उनकी छोरी गियनासहित नौ जनाले… Continue reading चर्चित अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दूर्घटनामा निधन

काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

काठमाडौं । आइतबार नेपाल आइ पुगेका एक अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले चीनबाट नेपाल आएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पठाएको छ । उनी चीन ट्रान्जिट बनाएर नेपाल आएका थिए । विमानस्थलस्थित हेल्थ डेस्क स्रोतका अनुसार नेपाल आउँदाआउँदै… Continue reading काठमाडौं आएका एक अमेरिकीमा कोरोनाको आंशका, विमानस्थलबाटै अस्पताल पठाइयो

गृहमन्त्री थापासमेत समेत एमसीसीका प्रावधान संशोधनको पक्षमा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समेत एमसिसीका केही प्रावधान राष्ट्रको हितमा नभएको बताएका छन् । शनिबार सुर्खेत पुगेका थापाले एमसीसीका केही प्रावधान संशोधनमा जोड दिएका हुन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा भाग लिन उनी सुर्खेत पुगेका हुन् । त्यहा पार्टी नेता तथा… Continue reading गृहमन्त्री थापासमेत समेत एमसीसीका प्रावधान संशोधनको पक्षमा

‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । न्यूयोर्क राज्यमा बसोबास गरिरहेका कागजपत्र हुने आप्रवासीहरुले मतदान गर्न पाउनुपर्ने कानुन पारित हुन लागेको अवस्थामा नेपालीहरुले पनि दबाब दिँदै प्रदर्शन गरेका हुन् । नगरपरिषदले उक्त विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै… Continue reading ‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

अमेरिकामा समेत भेटियो कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरसले चीनमा ६ जनाको निधन भइसकेको छ । यो रोग अब अमेरिकासम्म पुगेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् । जनवरी १५ मा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको छ । रोग नियन्त्रण केन्द्र अमेरिकाका अनुसार ती व्यक्तिको परिचय गोप्य… Continue reading अमेरिकामा समेत भेटियो कोरोना भाइरस

नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने सिरिजमा खेल्न अमेरिकाले राष्ट्रिय टोली घोषणा गरेको छ । सिरिज नेपालमा माघ अन्तिम साता संचालन हुँदैछ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा भाग लिन आउनु अगाडी अमेरिकाले भारतको मुम्बईमा अभ्यास गर्ने जनाएको छ । अमेरिकाले शौरभ नेत्रभाल्करको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको युएसए क्रिकेट एशोसिएशनले जनाएको छ ।… Continue reading नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोेर्कमा बस्दै आएका मगरहरुले आफ्नो कला र संस्कृति झल्काउँदै माघे सक्रान्ती मनाएका छन् । यसलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा आइतबार मगर समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सक्रान्ती मनाइएको हो । हिन्दु परम्परा अनुसार माघ १ गतेलाई माघे सक्रान्तीको रुपमा मनाइदै आएको छ… Continue reading न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

बन्दुक राख्न पाउने अधिकारको समर्थनमा अमेरिकाको भर्जिनिया राज्यको रिचमन्ड शहरमा हजारौँ मानिस सोमवार एउटा वार्षिक र्‍यालीमा सहभागी हुने अपेक्षा गरिएको छ।उक्त र्‍याली हिंसात्मक हुन सक्ने राज्यका अधिकारीहरूको आशङ्का छ। गभर्नर राल्फ नर्थमले भर्जिनियामा आपत्‌कालीन अवस्थाको घोषणा गर्दै संसद्‌ भवन वरिपरिका क्षेत्रमा गोलीगट्ठाको प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्। तर बन्दुक राख्न पाउने नियम हुँदाहुँदै नियन्त्रण गर्ने कैयौँ… Continue reading अमेरिकाको भर्जिनियामा बन्दुकसम्बन्धी र्‍यालीमा हिँसाको आशंकामा आपत्‌काल घोषणा गरियो

ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित

ओहायो अमेरिकाको ओहायो राज्यका सिनेटर सेरुद ब्राउनले ५ भिन्नाभिन्नै गिनिज बुक अफ वर्ल्ड रेकर्डका किर्तिमानी नेपाली मुलका उज्ज्वल ठकुरीलाई लिखित मान्यता प्राप्त पुरस्कारद्वारा सम्मान गरेको छ । ब्राउनले जेनेवरी १८ तारिखका दिन ठकुरीको साहस र  मेहेनतको लागि उक्त पुरस्कार प्रदान गरेको हो । सिनेटर सेरुद ब्राउन ओहायो राज्यमा सन् २००६ देखि जितेर आएका डेमोक्रेटिक पार्टीमा… Continue reading ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित

एनआरएन कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा अमेरिकी सेन्सस २०२० विषयक कार्यक्रम सम्पन्न गर्यो

केपी भट्ट, कनेक्टिकट जनवरी १८,२०२०   एनआरएन कनेक्टिकट च्याप्टरको आयोजनामा अमेरिका उत्तरपूर्व क्षेत्रको सपथ ग्रहण र अमेरिकी जनगणना २०२० विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा पुरा गरिएको थियो । NRNA NCC USA का बरिष्ट उपाध्यक्ष अर्जुन बन्जाडेको प्रमुख आतिथ्यमा पहिलो चरण अन्तर्गत उत्तरपुर्व क्षेत्रको सपथ ग्रहण गरेर शुरु गरेको हो ।… Continue reading एनआरएन कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा अमेरिकी सेन्सस २०२० विषयक कार्यक्रम सम्पन्न गर्यो

एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे उठेका विभिन्न प्रश्नबारे प्रष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यस परियोजनामा सैन्य संलग्नता अमेरिकी कानूनद्धारा नै निषेध भएको जनाएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न खेमामा एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै व्यापक विरोध भइरहेको छ । यही सन्दर्भमा अमेरिकाले… Continue reading एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ । नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैछ… Continue reading नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

न्यूयोर्क/अमेरिका भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण बिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति थियो । राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली… Continue reading सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै

न्यूयोर्क/अमेरिका नेपाल भारत सिमा विवादबारे नेपालीहरुले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्ने भएका छन् । आउँदो सोमबार जनवरी १३ तारिख न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अघिल्तिर नेपालीहरुले बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्न लागेका हुन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी भुमी फिर्ताको… Continue reading नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै

आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सैन्य वेशमा गरेको आक्रमणबाट सोही देश तल परेको प्रतिक्रिया दिएका छन् । इराकस्थित अमेरिकी सैन्य वेशमा आक्रमण गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले आक्रामणबाट अमेरिकी सेनामा कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् । उता, इरानले भने बुधबारको आक्रमणमा ८० जना अमेरिकी सैनिक मारेको दावि… Continue reading आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प

ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु

गुगल फाईल फोटो

काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा गरेको मिसाइल हमलालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् । हमलापछि टुइट गर्दै राष्ट्रपति ट्रम्पले परिस्थिति प्रतिकूल नरहेको भन्दै उनले यसको क्षतिबारे भोली बिहानसम्म विस्तृतमा बताउने उल्लेख गरेका छन् । उनले अमेरिकासँग विश्वकै शक्तिशाली र हतियारवद्ध सुसज्जित सेना रहेको समेत उनले उल्लेख गरेका छन् । आफ्ना सैन्य कमाण्डरको… Continue reading ट्रम्पले भने : मिसाइल हानेको सत्य हो, भोलीसम्म विस्तृतमा बताउँछु

अमेरिकी सैन्य अड्डामा आक्रमण गर्दै सुलेमानीको अन्तेष्टी

काठमाडौं । इरानले आफ्ना सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्त्येष्टिका दौरान इराकस्थित सैन्य हवाई अखडामा आक्रामण गरेको खुलेको छ । सुलेमानीलाई अन्तिम संस्कार गरिरहँदा इरानी सेनाले अमेकिरी सैन्य क्याम्पमा सिमाइल प्रहार गरेको हो । त्यसपछि उनको अन्तिम संस्कार गरिएको इरानी टेलिभिजजले उल्लेख गरेको छ । सुलेमानीको अमेरिकी ड्रोन आक्रमणबाट इराकको राजधानी बगदादमा ज्यान गएको थियो… Continue reading अमेरिकी सैन्य अड्डामा आक्रमण गर्दै सुलेमानीको अन्तेष्टी