यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल

काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम… Continue reading यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल

कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

काठमाडौं । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो । शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन… Continue reading कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

काठमाडौं । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच… Continue reading नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

काठमाडौं । कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो । यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका… Continue reading कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ… Continue reading प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

काठमाडौं । रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो । रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो ।… Continue reading रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

काठमाडौं । नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्। उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ… Continue reading नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको छ,’ मन्त्रालयले… Continue reading रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।… Continue reading श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव

REUTERS

काठमाडौं । लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ । आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताएका छन् । कृषि अध्ययन अन्तर्गत इजरायलमा… Continue reading नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव

एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ७१ हजार भन्दा धेरै नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको हो । जुन चालु आव २०८०र८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना… Continue reading मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

file

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले खाडी लगायत विभिन्न मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार काठमाडौंमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सचिव भण्डारीले सरकारले कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको बताए। ‘स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने रहेछ। अनि कसरी १० हजारमा… Continue reading खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

काठमाडौं । मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल फर्किएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका-५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय… Continue reading मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

कुवेतका अमिरको निधनमा नेपालमा शोक

काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा… Continue reading कुवेतका अमिरको निधनमा नेपालमा शोक

अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको… Continue reading अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

परराष्ट्रमन्त्री कतार प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद शनिबार कतार प्रस्थान गरेका छन् । दोहा सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ । कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै… Continue reading परराष्ट्रमन्त्री कतार प्रस्थान

रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु

काठमाडौं । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ ।  सरकारका तर्फबाट सोमबार वक्तव्यमार्फत औपचारिक जानकारी दिँदै मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरेको हो । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने… Continue reading रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु

कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन् । मङ्सिर १३ गते राति ९ बजे यूएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री… Continue reading कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताए । ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको… Continue reading कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

काठमाडौं । हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो । यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाण्डौ फर्कनेछ । काठमाण्डौ–साङ्घाई उडान… Continue reading हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

कोप-२८ किन महत्वपूर्ण छ ?

काठमाडौं । संसारभरिका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न एउटा ठूलो राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने दुबईमा भेला भएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्मेलनमा नेपालको नेतृत्व गर्दै छन्। चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै सूचकका सीमाहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप-२८ वा २८औँ विश्व जलवायु सम्मेलन हुन लागेको हो।… Continue reading कोप-२८ किन महत्वपूर्ण छ ?

रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । केही दिन अघि युक्रेन–रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो । मन्त्रालयका सह–सचिव राजिव पोखरेलले… Continue reading रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गरेका छन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री… Continue reading प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाका… Continue reading कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका… Continue reading विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा… Continue reading प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका रुपमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ ६ सुनापती टोलका राज कुमार रोका र इलाम… Continue reading रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

प्रधानमन्त्री आज यूएई जाँदै

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप २८० यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै… Continue reading प्रधानमन्त्री आज यूएई जाँदै

बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा… Continue reading बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने