ग्रीसमा अपहरण, नेपालमा फिरौती माग

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका ५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका ५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका १ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका १ शंखपोखरी का… Continue reading ग्रीसमा अपहरण, नेपालमा फिरौती माग

प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपाल भ्रमणमा आउने भएका छन् । उनी सेप्टेम्बर पहिलो साता काठमाडौं आउने भएका हुन् । सिनेटर भ्यान होलेनको कार्यालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले… Continue reading प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

लेवनानमा नेपाली श्रमिक लैजाने प्रस्ताव

काठमाडौं । लेबनानमा नेपाली श्रमिकका लागि धेरै क्षेत्रमा अवसर रहेकाले श्रमिक लैजाने प्रस्ताव आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलबिच बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा सो लेबनानका तर्फबाट यस्तो प्रस्ताव आएको हो । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीका लागि मस्यौदा बनाएर आदानप्रदान गर्ने र… Continue reading लेवनानमा नेपाली श्रमिक लैजाने प्रस्ताव

क्यानडामा व्यस्त अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तु आवातजावतमैत्री पूर्वाधार बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा भाग लिँदै उनले नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नु परेको बताए । मन्त्री महतले… Continue reading क्यानडामा व्यस्त अर्थमन्त्री

कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली

काठमाडौं । आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९–८० को साउन महिनामा ६३ हजार ३९… Continue reading कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० मा अमेरिकाको न्युयोर्क जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भ्रमण निश्चित भएको जानकारी दिएकी छिन् । प्रधानमन्त्री दाहालले न्युयोर्कमा आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कार्यक्रममा… Continue reading प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

न्युयोर्क नेपाली भाषामा पत्रकारिता गर्ने अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने भएको छ । नेपाली भाषा, लिपि, साहित्य र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धनमा योगदान पुर्याए बापत फाउण्डेसनले अगष्ट २६, २०२३ शनिवार अपरान्ह १:३० बजे न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा सम्मान कार्यक्रम राखेको विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा उल्लेख गरे अनुसार; तारा-किशन… Continue reading अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

चन्द्रयान अभियान सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई दिए बधाई

काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाए लगत्तै प्रधानमन्त्री प्रचण्डले ट्वीटरमार्फत् भारतीय समकक्षी मोदीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतका समकक्षी मोदीलाई बधाई दिँदै भनेका छन्, ‘‘मित्रराष्ट्र… Continue reading चन्द्रयान अभियान सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई दिए बधाई

प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका… Continue reading प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान

औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

गुजरात । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारका… Continue reading औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

अर्थमन्त्री महत क्यानडा प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९ः३० मा क्यानडा प्रस्थान गरेका हुन् । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा… Continue reading अर्थमन्त्री महत क्यानडा प्रस्थान

नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् । आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’ भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी… Continue reading नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री

नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार

File Photo

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो। नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको… Continue reading नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार

गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताए । विदेशमा रहेका नेपाली नागरिकले राहदानी प्राप्तिलगायतका समस्या खेप्नु परेको विषयमा… Continue reading गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब

gettingsmart

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९–८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव ०७८–७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करीब… Continue reading नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब

दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई–दुई लाख रुपियाँ जरिबाना गरेको हो । विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी… Continue reading दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताएका छन् । रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाएका लक्ष्मणदत्त पन्तले बिहीबार… Continue reading विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने

साउदीमा विद्युतीय राहदानीका लागि चलाइयो शिविर

काठमाडौं । साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राजधानी रियादबाट १३ सय किलोमिटर टाढा रहेको ताबुकमा आयोजित राहदानी शिविरबाट ३ सय ९१ जनाको विद्युतीय राहदानीको फाराम संकलन गरेको छ । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ताबुकको संयोजकत्वमा महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर गर्न टोली खटाएको हो । ‘ताबुकबाट रियाद वा जेद्दा जान–आउन निकै कठिन थियो… Continue reading साउदीमा विद्युतीय राहदानीका लागि चलाइयो शिविर

अमेरिकी कांग्रेस वमन ग्रेस मींगसँग जिपी कोईराला फाउन्डेशन अमेरिकाले गर्यो भेट

न्यूयोर्क । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिकी च्याप्टरको एक प्रतिनिधिमडलले न्यूयोर्कबाट हाउस कांग्रेसमा प्रतिनिधि कांग्रेस वमन ग्रेस मींगसँग भेटवार्ता गरेको छ । फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा मंगलबार गएको प्रतीनिधि मण्डलले न्युयोर्क-फ्लसींग स्थित कांग्रेस वमनको कार्यालयमा भेट गरेको हो । भेटमा नेपाली आप्रवासीका विविध समस्या तथा समसामयिक विषयमा छलफल भएको थियो । फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको… Continue reading अमेरिकी कांग्रेस वमन ग्रेस मींगसँग जिपी कोईराला फाउन्डेशन अमेरिकाले गर्यो भेट

प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भएका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका हुन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने तयारी समेत भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज)… Continue reading प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने

काठमाडौं । विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली ९आईएलएमआईएस० सञ्चालनको तयारी भइरहेको छ । १ भदौदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ । यो प्रणाली… Continue reading विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने

उपराष्ट्रपति आज चीन भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन यादव आज चीन जान लागेका हुन् । उनी सोमबार (आज) अपराह्न ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मेला यही साउन ३१ गतेदेखि भदौ… Continue reading उपराष्ट्रपति आज चीन भ्रमणमा जाँदै

नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ । यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो । यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको… Continue reading नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

वैदेशिक रोजगारी सुरक्षित बनाउन प्रधानमन्त्रीले मागे सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरी प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् । छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण… Continue reading वैदेशिक रोजगारी सुरक्षित बनाउन प्रधानमन्त्रीले मागे सुझाव

आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

File Photo

काठमाडौं । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै… Continue reading आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

साउदीबाट चार नेपाली महिलाको उद्धार

काठमाडौं । साउदीस्थित नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु–याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो । दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर… Continue reading साउदीबाट चार नेपाली महिलाको उद्धार

विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करार बमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको… Continue reading विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द

इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

file

काठमाडौं । इटालीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्। ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए। बाँच्न सफलमध्ये तीन पुरुष… Continue reading इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

File Photo

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । क्षतिपूर्ति रकमलाई समसामयिक… Continue reading वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

राष्ट्रपतिबाट चार मुलुकका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूत,स्थायी प्रतिनिधि पदमा लोकबहादुर थापा नियुक्त भएका छन् । उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया… Continue reading राष्ट्रपतिबाट चार मुलुकका लागि नेपाली राजदूत नियुक्त