काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको… Continue reading माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा
Category: डायस्पोरा
पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ
काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि… Continue reading पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ
इटालीतर्फ लागे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन्। कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन… Continue reading इटालीतर्फ लागे प्रधानमन्त्री
नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता
काठमाडौं । ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त सूर्य मूर्ति बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ… Continue reading नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता
इराकले निकाल्यो स्वीडेनका राजदूत
काठमाडौं । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनका राजदूतलाई देश निकाला गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको छ । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगो लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको… Continue reading इराकले निकाल्यो स्वीडेनका राजदूत
प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । लामो समयपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब… Continue reading प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै
इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान
काठमाडौं । बेलायतले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबर अनुदान दिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयूका राजदूत नोना डेप्रेजले हस्ताक्षर गरे । ‘गुणस्तरिय शिक्षा… Continue reading इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान
कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल… Continue reading कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु
काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय… Continue reading नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु
रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । आयोजक वन योङ वर्ल्डका अनुसार… Continue reading रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड
प्रस्तावित राजदूतबारे उजुरी आह्वान
काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि… Continue reading प्रस्तावित राजदूतबारे उजुरी आह्वान
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन्… Continue reading प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् । भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले… Continue reading भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
निर्वाचन पर्यवेक्षकको भूमिकामा केपी शर्मा ओली कम्बोडिया प्रस्थान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको… Continue reading निर्वाचन पर्यवेक्षकको भूमिकामा केपी शर्मा ओली कम्बोडिया प्रस्थान
भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?
काठमाडौं । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा। प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिएका… Continue reading भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?
स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलायत) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले… Continue reading स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी
नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । ‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष… Continue reading नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता
एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह
बिष्णु सिंह (बैजु)एनआरएन आजीवन सदस्य आगामी जुलाई २२ तारिख २०२३-२५ अवधिका लागि एन आर एन अमेरिकाको पदाधिकारीहरुको चुनाव हुदैछ। सोका लागि बिगतमा एनआरएनको तल्लो तहमा कार्य गरिसकेका दिलु पराजुली अध्यक्ष र रामहरी अधिकारी महाससचिव पदका प्रत्याशी हुन् र उनीहरुको बिगतको कार्य उपलब्धि चर्चामा छन। त्यस्तै अन्य प्रत्यासीहरुमा अन्जन कुमार चौलागाई बरिष्ठ उपाध्यक्ष; चार उपाध्यक्ष पदमा… Continue reading एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह
परराष्ट्र मन्त्री थाइल्यान्ड जादै
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक जाँदैछन् । बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो । यसलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार हुने तय भएको छ । मन्त्री साउदको… Continue reading परराष्ट्र मन्त्री थाइल्यान्ड जादै
एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।
राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोक बहादुर थापाको नाम सिफारिस
काठमाडौं । सरकारले न्यूयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोकबहादुर थापाको नाम सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापासहित ६ जनाको नाम सिफारिस गरेको हो । उनी अहिले परराष्ट्र मन्त्रालयमा सहसचिव छन् । सरकारले रामप्रसाद सुवेदीलाई जेनेभाका लागि स्थायी प्रतिनिधि सिफारिस गरेको छ ।
नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
न्यूयोर्क नेजाले उत्तर अमेरिकाबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरूसँग भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । उत्तर अमेरिकामा रहेको नेपाली समुदायलाई सूचना सम्प्रेषण गर्न उत्तर अमेरिकामा सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रममा औंल्याइएको छ । उत्तर अमेरिकाबाट सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमका सम्पादकहरूसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई ९, २०२३ मा आयोजना… Continue reading नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध
काठमाडौं । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत जान रोकिएको… Continue reading अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध
मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने
काठमाडौं । राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ । म्याक्स मनीलाई यसअघि पनि प्रतिबन्ध लगाइएकोमा विभिन्न सर्त राखेर प्रतिबन्ध फुकुवा गरी कारोबार सञ्चालन गर्न… Continue reading मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने
प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् । उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्,… Continue reading प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना
भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने
काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ । विश्वव्यापी चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते योङले परियोजना निर्माण सम्बन्धी… Continue reading भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने
साउदीमा श्रमिकले अनलाइनबाट गुनासो टिपाउन मिल्ने
काठमाडौं । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा,… Continue reading साउदीमा श्रमिकले अनलाइनबाट गुनासो टिपाउन मिल्ने
भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु
काठमाडौं । भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त… Continue reading भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु
जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्। उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी… Continue reading जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए
कतारी राजासँग नेपाली कार्यबाहक राजदूतको भेट
काठमाडौं । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर (राजा) सँग भेटवार्ता गरेका छन्। इस्लाम समुदायको महान पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गरेका हुन्। उक्त अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगततर्फबाट कतारी जनता, अमिरको सुख,… Continue reading कतारी राजासँग नेपाली कार्यबाहक राजदूतको भेट