Category: डायस्पोरा

  • थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन

    थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन

    थाइल्यान्डको बैंककमा आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ट्राभल मार्ट २०२४ मा नेपाल प्रवर्द्धन गरिएको छ । नेपालबाट १८ निजी कम्पनीसहित पाटा नेपालले सहभागिता जनाएको थियो । पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट ९ सयभन्दा बढी प्रतिनिधि सहभागि थिए । २४ गन्तव्यका १६८ विक्रेता संस्थाबाट २६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाबाट १९१ क्रेता प्रतिनिधि सहभागी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।


    पाटाको मुख्यालय थाइल्यान्ड स्थानान्तरणको २५औं वर्षको अवसरमा मार्टको ४७औं संस्करण थाइल्यान्डको राजधानी बैंककमास्थित ’क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टर’ मा आयोजना गरिएको थियो । पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावना अनुरूप पर्यटन क्षेत्रको प्रवर्द्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिहरूको सम्मानस्वरूप’ पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ ।

    २८ अगस्टमा आयोजित पाटा गोल्ड अवार्ड प्रस्तुति समारोहमा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपिड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एन्ड सोसियल रेस्पोन्सीबिलिटी’ विधामा ग्रान्ड टाइटल विजेता अवार्ड प्रदान गरियो ।

  • राष्ट्र बैंकको अध्ययनले एफडीआईमा के देखियो ?

    राष्ट्र बैंकको अध्ययनले एफडीआईमा के देखियो ?

    काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त प्रतिफलले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको देखिएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९–८०’ सार्वजनिक गर्दै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब पुग्न लागेको उल्लेख गरेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ र कर्जाको अंश १३.५ प्रतिशत छ ।

    आर्थिक वर्ष (आव) २०७९–८० मा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले वृद्धि भएर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको केन्द्रीय बैंकको सर्वेक्षणमा उल्लेख छ । उक्त आव खुद प्रत्यक्ष वैदेशिक लगानी भने ६ अर्ब मात्रै आएको सर्वेक्षणमा उल्लेख छ । उक्त वर्ष नेपालमात्र नभएर दक्षिण एसियामा नै खुद प्रत्यक्ष वैदेशिक लगानीमा भारित गिरावट देखिएको छ ।

    सन् २०२३ मा विश्वमा १३ खर्ब ३१ अर्ब ८० करोड अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी भएको थियो । जसमध्ये दक्षिण एसियामा ३६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ । जुन २०२२ को तुलनामा ३७.५ प्रतिशत कम हो । २०२२ मा ५७ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा आएको थियो ।

    कोभिडबीच २०२० मा ७१ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियाली देशमा आएको थियो । २०२१ मा घटेर ५२ अर्ब ७० करोड डलरमा झरेको थियो । नेपालमा पछिल्लो पाँच वर्षको खुद प्रत्यक्ष वैदेशिक लगानी तथ्यांक हेर्दा पनि पछिल्लो दुई वर्षयता घटेको देखिन्छ । गत आव करिब ८ अर्ब बराबर खुद प्रत्यक्ष वैदेशिक लगानी आएको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरिसकेको छ ।

    केन्द्रीय बैंकको २०७९–८० को सर्वेक्षण अनुसार ६ अर्ब खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो । २०७८–७९ मा १८ अर्ब ६० करोड, २०७७–७८ मा १९ अर्ब ५० करोड, २०७६–७७ मा १९ अर्ब ५० करोड र २०७५–७६ मा १३ अर्ब १० करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो ।

  • अमेरिकामा नेपाली विद्यार्थीको हत्याराको पहिचान खुल्यो, कारण खुल्न बाँकी

    अमेरिकामा नेपाली विद्यार्थीको हत्याराको पहिचान खुल्यो, कारण खुल्न बाँकी

    काठमाडौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीले उनको पहिचान सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

    प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट (सीसी) टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो ।

    यसको २४ घन्टा नवित्दै प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए । शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

    हत्यामा संलग्नको खोजीका लागि स्वाट अफिसर, एचपीडी अपराध नियन्त्रण इकाइ र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अधिकारीहरु खटिएका थिए । त्यसक्रममा उनलाई ट्राफिक चेक पोइन्टमा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताएको छैन । मृतक युवती र शाहबीच चिनजान कसरी भएको थियो भन्ने पनि खुलेको छैन ।

    २१ वर्षीया पाण्डेको अमेरिकी समयअनुसार, सोमबार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । खबर पाएलगत्तै प्रहरीसँगै घटनास्थलमा पुगेका स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार, उनको शरीरमा गोली प्रहारपछि थुप्रै चोटहरु छन् ।

  • टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

    टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

    काठमाडौं । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् । अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन (ईयू), जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत गरेका हुन् ।

    ती देशले पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रको खोजी गर्ने उल्लेख गरेका छन् । निर्णय प्रक्रियामा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ ।

    “हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमको सम्बन्धमा मूल्याङ्कन गर्न सकियोस् भनी हामी हस्ताक्षरकर्ता सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकता छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

    नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको ती देशले जनाएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणीकरण गरेका छन् ।

  • अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

    अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

    काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरिएको छ । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ।

    ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो। सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभएको बताएको छ।

    यद्यपि मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ। प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो।

    मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। ह्युस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ। नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो।उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन्।आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन्।

    प्रहरीले सिसीटिभीमा हेर्दा ती व्यक्ति नरहेको बताइसकेको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

  • अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

    अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

    काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएको बीबीसीले जनाएको छ । लामो समयदेखि नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको ठानिएको छ।

    “उनीहरू को थिए, कसरी त्यहाँसम्म पुगे भन्नेबारे बुझ्ने प्रयास जारी नै छ,” मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता मिश्रले भने। “उनीहरूलाई फर्काउनुपर्ने हो वा के कस्तो सहयोग आवश्यक पर्छ भन्नेबारे पनि हामीले नियोग र परराष्ट्र मन्त्रालयसँग पनि कुरा गरिरहेका छौँ।” मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको उक्त ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ।

    साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताए।

    “यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो। सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउँछ,” राईले भने। उनका अनुसार ब्रजिलस्थित नेपाली दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालय र अध्यागमन विभागसँग पनि नेपालीहरूको अवस्था र स्वदेश फिर्तीबारे छलफल गरिरहेको छ।
    ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए।

    तीमध्ये रुकुमका एक युवा बिरामी परेर अस्पताल भर्ना भए पनि अरूको अवस्था सामान्य रहेको उनले बताए। नेपालीसहितका विदेशी नागरिकहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेको समाचार स्थानीय पत्रपत्रिकामा प्रकाशित भएपछि आफ्नो ध्यानाकर्षण भएको दूतावासले जनाएको छ।

    अमेरिका र क्यानडा जान ब्रजिललाई ट्रान्जिट बनाउने प्रवृत्ति बढेको विवरणहरू आउन थालेको ब्रजिलस्थित नेपाली दूतावासको भनाइ छ। उपप्रमुख सिग्द्यालले १७६ नेपालीहरू साओ पाउलोमा रोकिएको र उनीहरूको अवस्था सामान्य रहेको भन्ने जानकारी आफूहरूले पाएको बताए। उनीहरू कहाँ जान लागेका थिए भन्ने बीबीसीको जिज्ञासामा सिग्द्यालले भने, “त्यस्तो जानकारी हामीलाई छैन तर स्थानीय सञ्चारमाध्यमले बताएअनुसार र हामीले अनुमान गरेअनुसार उनीहरूको अन्तिम गन्तव्य अमेरिका वा क्यानडा नै होला भनेर अनुमान गर्न सक्छौँ।”

    अलपत्र परेका नेपालीहरूले मङ्गलवारसम्म नेपाली दूतावासको सहयोगका लागि आग्रह भने गरेका थिएनन्। ब्रजिलियास्थित नेपाली दूतावासले मङ्गलवार विज्ञप्ति जारी गर्दै ब्रजिलले हालैबाट नेपालसहितका देशका नागरिकहरूलाई अगाडि नै भिसा लिएर मात्रै प्रवेश अनुमति दिने नियम बनाएको जानकारी गराउँदै अग्रिम प्रवेशाज्ञा लिएर मात्रै उक्त देश जान भनेको छ।

    ब्रजिलको सरकारी निकायले भने नेपालीहरूले आफ्नो देशलाई ट्रान्जिट बनाइरहेको भन्नेबारे औपचारिक वा अनौपचारिक रूपमा कुनै जानकारी भने दिएको छैन। तर उक्त देशलाई ट्रान्जिट बनाएर तेस्रो देश जाने क्रम बढेकाले रोक्नका लागि अग्रिम भिसा लिनुपर्ने नियम ल्याइएको जानकारी ब्रजिलका सरकारी निकायहरूले सार्वजनिक गरेको दूतावासका नियोग उपप्रमुख सिग्द्याल बताउँछन्।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका संस्थापक प्रमुख तथा भूतपूर्व प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पुग्ने प्रलोभनमा अधिकांश नेपालीहरू ठगिने गरेको बताउँछन्। “अधिकांश घटनामा नेपालीहरू ठगिएका छन्। नेपालबाट लगेर ल्याटिन अमेरिकाका तस्करहरूलाई जिम्मा लगाइसकेपछि त्यहाँ फेरि एक पटक ठगिने र उनीहरूबाट दोहन हुने गरेको पाइन्छ। त्यसरी ठगी गर्नेहरूविरुद्ध प्रमाण पुर्‍याएर न्याय पाउने सम्भावना चाहिँ निकै कम हुन्छ,” कार्की भन्छन्।
    बीबीसी

  • नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

    नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

    काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो ।

    ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गत विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्न लागु हुनेछ । कार्यक्रम कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुनेछ ।

    यस्तै ‘प्रणाली सुदृढीकरण मार्फत लैंगिक तथा मानव विकासका परिणामहरू सुधार’ कार्यक्रमका लागि करिब ६.५८ अर्ब नेपाली रुपैयाँ (३८.८ मिलियन पाउन्ड) को अनुदान सहयोग सम्झौता भएको छ । ७ वर्ष कार्यान्वयन अवधि रहेको यस कार्यक्रमले शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सेवामा पहुँच बिस्तारमा जोड दिनेछ ।

    प्रदेश तथा स्थानीय तहको क्षमता विकास गर्ने लगायतको उद्देश्य रहेको यो कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुनेछ । समझदारी पत्रमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र काठमाडौंस्थित बेलायती दूतावासका विकास निर्देशक एवम् उपराजदूत पिपा बर्डले हस्ताक्षर गरे ।

  • जापानले नेपाललाई ४२ करोड अनुदान दिने

    जापानले नेपाललाई ४२ करोड अनुदान दिने

    काठमाडौं । जापान सरकारले नेपाललाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत उक्त अनुदान सहायता उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौता पत्रमा हस्ताक्षर गरे । छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्व विद्यालयहरूमा २ वर्षको स्नातकोत्तर तह तथा तीन वर्षको विद्यावारिधी (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् ।


    जापानले सन् २०१६ देखि छात्रवृत्ति कार्यक्रम अन्तर्गत अनुदान सहयोग गर्दै आएको छ । जसबाट १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । नयाँ सम्झौता अन्तर्गत थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयका सचिव डा. घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । राजदूत युताकाले जेडीएस स्नातकहरूले नेपालको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए । उनले दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।

  • अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

    अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

    काठमाडौं । अस्ट्रेलियाले नयाँ विदेशी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने बारे अब सीमा तोक्ने भएको छ । अस्ट्रेलियाले कोभिड महामारीपूर्वको तहमा आप्रवासन घटाउने प्रयास गरिरहेको छ। सर्वाधिक विदेशी विद्यार्थी स्वीकार गर्ने देशहरूको सूचीमा अस्ट्रेलिया अगाडी पर्छ । आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ । उच्च शिक्षा प्रदान गर्ने प्रत्येक संस्थाका लागि सीमा तोकिने अस्ट्रेलिया सरकारले मङ्गलवार घोषणा गरेको छ।

    सरकारको घोषणाअनुसार व्यावसायिक प्रशिक्षण र तालिम दिने संस्थाहरूले विदेशी विद्यार्थी भर्ना गर्न पाउने सङ्ख्या सर्वाधिक घटाइएको छ। यो परिवर्तनबाट उच्च शिक्षा प्रदान गर्ने उद्योगमा असन्तुष्टि उत्पन्न भएको छ। केही विश्वविद्यालयले यसलाई ूशैक्षिक बर्बरताूको सङ्ज्ञा दिएका छन्। तर सरकारले यो निर्णयबाट शैक्षिक क्षेत्रको गुणस्तर र आयु बढ्ने तर्क गरेको छ। यो वर्षको सुरुतिर सरकारले प्रकाशित गरेको तथ्याङ्कका अनुसार अस्ट्रेलियामा सात लाखभन्दा बढी विदेशी विद्यार्थी छन्।

    शिक्षामन्त्री जेसन क्लेअरले कोभिड महामारीका बेला उच्च शिक्षा नराम्ररी प्रभावित भएको जनाएका छन्। त्यतिबेला अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता गरेको थियो, अनि सीमामा कडाइ गरेको थियो। उनका अनुसार अहिले विश्वविद्यालयहरूमा अध्ययनरत विदेशी विद्यार्थीको सङ्ख्या कोभिड महामारीअघिको तुलनामा १० प्रतिशतले बढी छ। व्यावसायिक प्रशिक्षण र तालिम दिने निजी संस्थामा उक्त सङ्ख्या ५० प्रतिशतसम्मले बढी रहेको उनले बताए।

    ‘ूविद्यार्थीहरू फेरि आएका छन्, शङ्कास्पद व्यापार गर्नेहरू पनि। चाँडै पैसा कमाउन मानिसहरू यो उद्योगलाई दुरुपयोग गर्न खोज्दै छन्,ू क्लेअरले भने। सरकारले यसअघि केही शैक्षिक संस्था सञ्चालकहरूले अनैतिकू गतिविधि गरेको आरोप लगाएको थियो।

    सरकारका अनुसार भाषाको पर्याप्त ज्ञान नभएका विद्यार्थीलाई भर्ना गरिएको, कम गुणस्तरको शिक्षा वा तालिम दिइएको र अध्ययनका लागि नभई काम गर्ने उद्देश्यले आउने मानिसहरूलाई विद्यार्थीका रूपमा भर्ना गरिएको पाइएको थियो। यसलाई अझ राम्रो र स्वच्छ बनाउन यस्तो सुधार गरिएको हो, उनले भने। आप्रवासनका कारण आवास र भौतिक संरचनामा चाप बढेको भन्दै मन्त्री क्लेअरले यस्तो कडाइबाट आप्रवासनको तह नियन्त्रण गर्न सहयोग पुग्ने बताए।

    सरकारले विदेशी विद्यार्थीहरूका लागि अङ्ग्रेजी भाषाको ज्ञान जाँच्ने कडा मापदण्ड निर्धारण गरिसकेको छ। साथै दोस्रो पटक अध्ययन गर्न निवेदन दिनेहरूका लागि भिसामा थप जाँच हुने बताइसकेको छ। सरकारले शैक्षिक संस्थाबाट बदमासी गर्ने सयौँ सञ्चालकहरूलाई कारबाही गर्ने घोषणा पनि गरेको छ। उनका अनुसार सन् २०२५ मा सार्वजनिक विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्यालाई घटाएर झन्डै २०२३ कै तहमा अर्थात् १,४५,००० बनाइने छ।

    निजी विश्वविद्यालय तथा विश्वविद्यालयबाहेकका अन्य उच्च शिक्षा प्रदायकले ३०,००० सम्म विदेशी विद्यार्थी भर्ना गर्न सक्ने छन्। त्यसै गरी व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने संस्थाहरूमा ९५,००० को सीमा रहने छ। क्लेअरका अनुसार नयाँ नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आवास निर्माणका लागि विश्वविद्यालयहरूलाई सहुलियत पनि प्रदान गर्ने छ।

  • अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

    अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

    काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

    मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन । नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् । हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।
    अनलाइनखबरबाट साभार

  • अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

    अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

    काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा फसेका छन्। तर उनीहरू सुरक्षित रहेको मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ। ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केहीदिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो। त्यहाँ भएका नेपालीहरूलाई दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउने तयारी गरिरहेको दूतावासको विज्ञप्तीमा उल्लेख छ।

    ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति बढ्दो छ। संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू यस क्षेत्रमा आउने गरेको दूतावासले जनाएको छ। यही प्रलोभनमा परेर कयौं नेपालीले ठूलो धनराशी खर्च र अकल्पनीय पीडा व्यहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानी बाहेकलाई प्रवेशाज्ञा लिएमा ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ।

    नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइनेछ। विमानस्थलमा शरणर्थीको मान्यता नदिइने पनि बताइएको छ। साथै दूतावासले मानव तस्करहरुको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भएकाले यसरी नहिँड्नसमेत अनुरोध गरेको छ।

  • परराष्ट्र मन्त्री देउवा र ओमानी विदेशमन्त्री बीच भेटवार्ता

    परराष्ट्र मन्त्री देउवा र ओमानी विदेशमन्त्री बीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

    वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

    वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी थिए ।

    वार्तामा परराष्ट्र मन्त्री डा।राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन् । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन् । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताए ।

    नेपालले नेपाली श्रमिकहरुको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । ओमान पक्षले पनि नेपाली श्रमिकहरु काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिमक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो ।

    परराष्ट्र मन्त्री डा। राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरुमा संयुक्त रुपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी थिइन् ।

    वार्तामा मन्त्री डा. राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

    वार्तापछि मन्त्री डा राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् । उनले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिइन् । उनले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि मन्त्री डा राणाले दिइन् ।

  • काठमाडौं–म्यानमार सिधा उडानको पहल

    काठमाडौं–म्यानमार सिधा उडानको पहल

    काठमाडौं । नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो ।

    भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताए । उनले नवनियुक्त राजदूत मौङ्गको कार्यकालमा नेपाल र म्यान्मारबिच सिधा हवाई उडानको सुरुवात हुन सके यसमा कोसेढुङ्गा साबित हुने बताए ।

    म्यान्मारमा ८० प्रतिशत बौद्ध धर्मावलम्बी रहेकाले गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा म्यान्मारबाट सिधा हवाई उडान व्यावसायिक रूपमा सम्भव रहेको अध्यक्ष अग्रवालले बताए । म्यान्मारमा ठुलो सङ्ख्यामा रहेका नेपालीभाषीलाई पनि यसले सेवा प्रदान गर्न सक्ने उनको भनाइ थियो ।

    नेपाल र म्यान्मारबिचको व्यापार समस्याका रूपमा रहेको भुक्तानीको समस्यालाई नयाँ राजदूतको कार्यकालमा सहजीकरण गरिदिन पनि चेम्बरले आग्रह गरेको थियो । नेपालले निर्यात गर्न सक्ने क्षेत्रमध्ये सफ्टवेयर, हस्तकला, उच्च मूल्यका कृषि उत्पादन, चिया, कफीलगायतको प्रवर्धन गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको थियो ।

    भेटमा राजदूत मौङ्गले नेपालप्रति म्यान्मारको सरकार र जनताको सद्भाव रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापारमा देखिएका समस्या समाधान गर्ने तथा थप व्यवसाय विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा म्यान्मारका पर्यटकको सङ्ख्या बढाउन सम्भावना रहेकाले सिधा हवाई सेवालाई दिगो रूपमा अघि बढाउने आफ्नो योजना रहेको पनि उनको भनाइ थियो । यसका निम्ति पर्यटनसम्बन्धी प्याकेज कार्यक्रमको आवश्यकता रहेकोमा उनले जोड दिए ।


    पर्यटन प्रवर्धनका लागि दुवै मुलुकले डकुमेन्ट्री प्रदर्शन गरी एकापसमा भ्रमण बढाउनुपर्ने राजदूत मौङ्गको सुझाव थियो । सो क्रममा उहाँले नेपाल म्यान्मार चेम्बर अफ कमर्ससँग सहकार्य गरी म्यान्मार चेम्बर अफ कमर्ससँग भाइचाराको सम्बन्ध विस्तार गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

  • ओमनका विदेशमन्त्री काठमाडौंमा

    ओमनका विदेशमन्त्री काठमाडौंमा

    काठमाडौं । ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौं आएका हुन् । उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् । सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन ।

    दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदैशिक रोजगारका लागि श्रमिकहरु जाने गरेका छन् । मन्त्री सैयदले यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्नेछन् । समकक्षी राणासँग उनको दुईदेशीय हितमा संवाद हुनेछ ।

  • ईपीजी प्रतिवेदन भारतले बुझ्नु पर्छ : प्रधानमन्त्री

    ईपीजी प्रतिवेदन भारतले बुझ्नु पर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए ।

    नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो सयमदेखि उदासीन छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको पनि स्मरण गरे ।

    ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

    ‘नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं ।’

  • ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।

    दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । उनी मंगलबार ओमान फर्किनेछन् ।

  • ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदै

    ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मंगलबार फर्किने तालिका रहेको छ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ। विदेशमन्त्री अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

  • प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ बीच भेट

    प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ बीच भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले बिहीबार शिष्टाचार भेट गरेका छन्। बालुवाटारमा भएको भेटमा बिहीबार नै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।

    अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८।२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो।

  • एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

    एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

    हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज पर्वको रौंनक घरदेशदेखि परदेशसम्म शुरू भइसेको छ । हिजोआज अरू जातिका महिलाले पनि यो चाड मनाउन थालेको पाइन्छ । मान्छे जति आधुनिक बने पनि जन्मसॅगै लिएर आएको संस्कार र संस्कृति छोड्न सक्दैन । हामी जहाँ गएपनि जहाँ रहेपनि हाम्रो संस्कार र संस्कृति हामीसॅगै गएको हुन्छ ।

    हिमालयपुत्री पार्वतीले भगवान शिवजी पतिको रूपमा पाउॅ भनी ब्रत बसेको र त्यसैअनुरूप शिवजीलाई पतिको रूपमा प्राप्त गरेको दिनलाई तीजको स्वरूप दिइएको भन्ने पौराणिक कथामा उल्लेख भएको पाइन्छ ।

    यही अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरको मूल आयोजनामा संयुक्त “हरितालिका तीज २०२४” कार्यक्रम आयोजना हुन गइरहेको छ।

    यसै क्रममा सह- आयोजक बाग्लुङ सेवा समाज अमेरिका, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज न्युयोर्क रहेका छन्।

    विगतका वर्षहरूमा सत्यनारायण मन्दिरमा हुने गरेको यो कार्यक्रम दिदीबहिनीहरूको उल्लेख्य सहभागिता अनुसार हलको क्षमता कम भएकोले दिदीबहिनीहरूले भोग्नु परेको समस्यालाई ध्यानमा राखेर यो पटकको हरितालिका तीज कार्यक्रम दिव्यधाम मन्दिरमा हुन गइरहेको छ ।

    यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हॅुदैन । यसो गर्नाले तीजको खास अर्थ र महत्व ओझेलमा पर्छ । यद्यपि तीज पर्वलाई हामीले परम्परागत् विधि र मान्यता अनुसार परिष्कृत गर्दे लैजानु पर्दछ ।

    यस बर्षको न्युयोर्केली तीज पनि गत बर्षहरु जस्तै भव्य, सभ्य र सांस्कृतिक हुने विश्वास लिएकी छु । सम्पूर्णमा सामाजिक, धार्मिक र सांस्कृतिक एक्यबद्दता र सद्भावको लागि मिलेर रमाएर तीज मनाउन आउनहुन समेत आमन्त्रण गर्दछु ।

  • गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनको लागि पहल

    गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनको लागि पहल


    काठमाडौं । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी र पूर्व महान्यायधिवक्ता  अग्नि प्रसाद खरेललाई आमन्त्रण गरिएको थियो । सो अवसरमा सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेतापनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको थियो । 

    संविधानतः गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गरिरहेको भएपनि त्यसमा उल्लेखित अधिकारहरु प्राप्त भएका छैनन् । गैरआवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता  लिनको लागि समस्या भएको छ भने नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन। 

    कार्यक्रममा अध्यक्ष डा केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तीको लागि बाटो खुला गरेको भएपनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए । उक्त अवसरमा  गृहमन्त्री लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा  देखा परेका समस्या समाधान गर्दै  सम्बन्धित निकायमा छिट्टै आवश्यक  परिपत्र गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रमका अन्य वक्ताले समेत गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका कानूनी अड्चन हटाउन सक्दो पहल गर्ने बताए । उक्त अन्तरक्रियामा नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफल गरिएको थियो ।

    कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीसहित, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला,  संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्व उपाध्यक्ष (एनसीसी बेल्जियम) तीर्थ धमला, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत अधिकृत कुनाल मिश्र,संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

  • गैरआवासीय नेपालीमाथि पनि अनुसन्धान गर्नुपर्ने अख्तियारको प्रस्ताव

    गैरआवासीय नेपालीमाथि पनि अनुसन्धान गर्नुपर्ने अख्तियारको प्रस्ताव

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) माथि पनि अनुसन्धान गर्ने प्रस्ताव गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्ने प्रस्ताव गरेको हो ।

    बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत विधेयकमा समेट्नुपर्ने प्रस्ताव गरेको जानकारी गराए ।

    ‘अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई पनि समेट्नुपर्ने माग गरेको छ । यसमाथि छलफल गर्नुपर्ने हो कि ,’ गौतमले भने । एनआरएन निजी क्षेत्र हो वा अन्य कुनै हो भन्ने स्पष्ट गरेर अगाडि बढ्दा उपयुक्त हुने पनि सचिव गौतमले बताए ।
    अख्तियारले दिएको सुझावको पहिलो बुँदामै यससम्बन्धी प्रस्ताव छ ।

    ‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐन बमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली र गैआवासीय नेपाली नागरिकलाई समेत लागू हुनेछ’, अख्तियारको प्रस्ताव छ ।


    अख्तियारले प्रस्ताव गरेको यो विषयमा राज्य व्यवस्था समितिमा औपचारिक छलफल सुरु भएको छैन, सांसदहरुले प्रारम्भिक प्रतिक्रिया मात्र जनाएका छन् ।
    नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ विषय आएको भन्दै छलफल हुनुपर्ने बताए । ‘गैरआवासीय नेपाली नागरिलाई भोटिङ अधिकार छैन, आर्थिक अधिकार दिएपछि के गर्ने हो ?’ उनले प्रश्न गरे ।

    नेकपा एमालेका सांसद रघुजी पन्तले गैर आवासिय नेपाली नागरिकको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने माग गरे । सांसद पन्तले उनीहरू नेपाली नागरिक हो कि हैन वा विदेशी के हो त्यो कुरा स्पष्ट भएर अगाडि बढ्नुपर्ने बताए । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक भनेको नेपाली नागरिककै एक भाग भएको जवाफ दिए ।

    ‘गैरआवासीय नेपाली नागरिक भनेको नेपाली नागरिककै एक भाग हो । विभिन्न प्रकारमध्ये एक हो । नागरिकता पुनः प्राप्ति छ । राजनीतिबाहेक, आर्थिक, सांस्कृतिक अधिकार दिने भनेको छ । आर्थिक अधिकार गर्न पाउने भनेकाले यो (भ्रष्टाचार मुद्दा लाग्ने विषय) राख्दा हुन्छ भन्ने लाग्छ’, गृहमन्त्री लेखकले भने ।

    उनले गैरआवासीय नेपालीले आर्थिक गतिविधि गर्ने विषय निजी क्षेत्रको आर्थिक क्रियाकलाप भन्दा फरक भएकाले अख्तियारको प्रस्तावलाई विधेयकमा समावेश गर्दा हुने राय व्यक्त गरे । तर, सांसदहरुले बुधबार नै कुनै निर्णय गर्न नसकिने बताए । एमालेका सांसद पन्त, एकीकृत समाजवादीका सांसद पाण्डे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अर्को बैठकमा छलफल गर्ने प्रस्ताव गरे । सोही अनुसार समिति सभापति रामहरि खतिवडाले ‘यो रिजर्भ रह्यो’ भनेका छन् ।

    दफावार छलफल गर्दै, दफारदफा पास गर्दै अगाडि बढ्ने गरी बसेको राज्य व्यवस्था समितिको बैठक एनआरएनको विषयले प्रवेश पाएपछि अगाडि बढ्न सकेन । त्यही बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले मूल ऐन, सरकारले ल्याएको विधेयक, राष्ट्रिय सभाले पास गरेको प्रतिवेदन, प्रतिनिधि सभामा सांसदहरुले राखेका संशोधनलाई समेत एकीकृत रुपमा राखेर दफावार छलफल गर्नुपर्ने प्रस्ताव गरे ।

    यसैलाई आधार मानेर सभापति खतिवडाले अर्को सूचना आएपछि बस्ने गरी बैठक नै स्थगित गरिदिए । ‘एकीकृत मस्यौदा आएपछि अर्को दिन पुन बसेर छलफल हुने भएकाले आजको बैठक स्थगित हुन्छ’, उनले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अपराधसम्बन्धी कसुरमा विदेशी नागरिकलाई समेत प्रचलित ऐन लागू हुन्छ । भ्रष्टाचारसम्बन्धी विषयमा समेत यो अभ्यास विश्वव्यापी रहेको छ ।

    उदाहरण दिँदै एक अधिकारी भन्छन्, ‘वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता भयो भनिएको छ । अनियमितता भएको हो र त्यसमा अमेरिकन नागरिक समेत संलग्न रहेछ भने उसलाई नेपालको भ्रष्टाचारसम्बन्धी प्रचलित ऐन लागू हुन्छ । त्यस अनुसार कारबाही हुन्छ ।’ प्रस्तावित विधेयक गैर नेपाली नागरिकलाई समेत लागू हुनेछ भनेर थप प्रष्ट भन्न खोजिएको अख्तियारका अधिकारीहरू बताउँछन् ।

    गैरआवासवीय नेपाली नागरिकको हकमा भने प्रचलित ऐनले कुनै सम्बोधन गरेको छैन । नेपालको संविधान अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको छ । गृह मन्त्रालयका अनुसार विगत ११ महिनामा २५ सय भन्दा बढीले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

    गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरुले नेपालमा राजनीतिक बाहेकका अधिकार प्रयोग गर्न सक्छन् । उनीहरूले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउँछन् । जस अन्तर्गत नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाउँछन् । नेपालमा बैंक खाता खोल्न, विदेशी मुद्रामा कारोबार गर्ने गरी बैंक खाता खोल्न, लगानीका लागि खुला गरिएको उद्योग व्यवासायका लगानी गर्न सक्छन् ।

    अधिकार उपयोगका क्रममा भ्रष्टाचारको विषयसँग जोडिन पुगेको अवस्थामा अनुसन्धानमा तान्ने प्रयास अख्तियारले गरेको हो । आर्थिक अधिकार अन्तर्गत गर्ने कार्यमा भ्रष्टाचारको विषय समेत जोडिन सक्ने भएकाले ऐनमा गैरआवासीय नेपाली नागरिकका लागिसमेत भ्रष्टाचार सम्बन्धी ऐन लागू हुने भनेर प्रष्ट लेख्न खोजिएको अख्तियारका अधिकारीहरू बताउँछन् ।

    ‘भ्रष्टाचार सम्बन्धी कसूरको अनुसन्धानमा कसैले नेपाली नागरिक र गैरनेपाली नागरिकलाई लागू हुन्छ, हामी गैर आवासीय नेपाली नागरिक हौं भनेर तर्क गर्न सक्छ । यस्तो तर्कका आधारमा कसैले भ्रष्टाचार गरेको छ भने कारबाहीबाट उन्मुक्ति नपाओस् भनेर प्रष्ट व्यवस्था राख्न खोजिएको हो’, अख्तियारका एक अधिकारीले अनलाइनखबरसँग भने ।

    अख्तियारको प्रस्तावलाई संसदले स्वीकार गरे गैरआवासीय नेपाली समेत भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र घुसररिसवत अन्तर्गत छानबिनको दायरामा आउनेछन् । यसको क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहनेछ ।

  • के भारतमा परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री सरह सम्मान पाएकी हुन् ?

    के भारतमा परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री सरह सम्मान पाएकी हुन् ?


    काठमाडौं । दिल्लीबाट पहिलो विदेश भ्रमणको सुरुवात गरेकी नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्त्व’ दिएको टिप्पणी सुनिएको छ । नेपाली सञ्चारमाध्यमले समेत सोही तर्फ संकेत गर्दै समाचार बनाइरहेका छन् । आफ्ना समकक्षी एस जयशङ्करसँग सोमवार औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्रीले त्यही दिन साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता पनि गरेकी थिइन् ।

    नेपालका परराष्ट्रमन्त्रीले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर हतपत नपाउने गरेको सन्दर्भ र उनलाई मोदीले दिएको महत्वलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । यस पटक दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा गरेसँगै आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने परिस्थिति बन्नुलाई अर्थपूर्ण मानिएको छ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। आफ्नो स्वास्थ्य परीक्षणसहितको कार्यसूची बनाएर पाँचदिने भ्रमणमा आरजु राणा देउवा दिल्ली गएकी छिन् । भारतीय विदेश मन्त्रालयले उनको भ्रमणलाई नेपाल र भारतबीचको उच्चस्तरीय आदानप्रदानको शृङ्खला भनेको छ। उसले छिमेक पहिला विदेश नीतिअन्तर्गत नेपाल प्राथमिकताप्राप्त साझेदार भएको बताउने गरेको छ।

    पहिलो पटक नेपालको परराष्ट्र मन्त्रालय हाँकिरहेकी आरजु राणा देउवाले आफ्ना भारतीय समकक्षी जयशङ्कर र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल गरेकी बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी थिइन्।

    भारतीय प्रधानमन्त्रीले उक्त आमन्त्रणलाई स्वीकार गरेको र द्विपक्षीय कूटनीतिक माध्यमबाट आपसी अनुकूलतामा तय गरिने मितिमा नेपालको भ्रमण गर्ने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेशमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा मोदीले नेपाली परराष्ट्रमन्त्रीसँग कुराकानी गरेका थिए। नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका अधिकारी र भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरू उक्त भेटवार्तामा उपस्थित थिए।

    मोदीले सामाजिक सञ्जाल ुएक्सुमा लेखेका छन्, “भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहन्छु।” नेपाली परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन्, “म अपेक्षा गर्छु कि यो भ्रमण र अन्य उच्चस्तरीय भ्रमणहरूले दुई देशबीचको हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने छ।”

  • भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट

    भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र मन्त्री राणाको भेट

    काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् ।

    भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो । भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए ।

    परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो । उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत भेटमा कुराकानी भएको अधिकारीहरुले बताएका छन् ।

  • परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेट, के भयो कुराकानी ?

    परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकरबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित, आसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन् । दिल्ली भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् छलफलबारे उल्लेख गरेकी छन् ।

    ‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौं पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, फेसबुकमा लेखेकी छन् । परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ ।

    भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार दुई मन्त्रीहरुका बीच दुई पक्षीय सम्बन्धमा सबै पाटाहरुका विषयमा छलफल भएको थियो । भेटमा भारतका तर्फबाट विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, भारतका उत्तर हेर्ने सहसचिव अनुराग श्रीवास्तवलगायत सहभागी थिए ।

    नेपालका तर्फबाट कार्यवाहक राजदूत थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना , दिल्लीस्थित दूतावासकी राजनीतिक मिनिस्टर काउन्सेलर द्रुपदा सापकोटालगायत सहभागी थिए ।

  • परराष्ट्र मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

    परराष्ट्र मन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता हुने भएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे ।

    भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयले उल्लेख गरेको छ । मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका छन् ।

    उनको यो भ्रमण नेपाल–भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रालयले जनाएको छ । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।

  • ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि

    ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि

    काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै हो । २०८० असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

    अमेरिकी डलरमा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।

    आर्थिक वर्ष २०८०–८१ को आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३५.८ प्रतिशत, कुल आयातसँगको अनुपात १०८.६ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २९.३ प्रतिशत छ । २०८० असार मसान्तमा जीडीपीको अनुपात २८.८ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २५ प्रतिशत थियो ।

  • परराष्ट्र मन्त्री दिल्लीमा

    परराष्ट्र मन्त्री दिल्लीमा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकि छिन् ।भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएकी डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।

    भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।

    मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीले बिदाइ गरेका थिए ।

    मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी थिए । परराष्ट्रमन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा

    १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा



    काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।
    यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ ।
    नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
    एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

  • परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै

    परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

    भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री देउवा ६ भदौमा फर्किने कार्यक्रम छ ।

  • ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन

    ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । ‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ, प्रधानमन्त्री ओलीले भने ।