काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन डा. श्रेष्ठ शनिबार चीन प्रस्थान गरेका हुन् । उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् । कार्यक्रममा विश्व… Continue reading राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान
Category: डायस्पोरा
अमेरिकामा नेपाली व्यवसायी भए संगठित
काठमाडौं । अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेका नेपालीहरु संगठित भएका छन् । व्यवसायिक हकहितकका लागि उनीहरुले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् । प्रदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । सदस्यहरूमा नवीन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ,… Continue reading अमेरिकामा नेपाली व्यवसायी भए संगठित
एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयनका लागि उनले अनुरोध गरे । बिहीबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अध्यक्ष आचार्यको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले यस्तो अनुरोध गरेको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले निर्देशिका… Continue reading एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री
बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री
काठमाडौं । असंलग्न आन्दोलन (नाम) को समन्वय ब्युरोको बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकु पुगेका परराष्ट्रमन्त्री एनपी साउदले बुधबार बैठकलाई सम्बोधन गरेका छन् । यसका साथै उनी विभिन्न मुलुकका मन्त्री तथा राज्यमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउदले मलेसिया र भेनेजुयलाका परराष्ट्रमन्त्री, इथोपियाका परराष्ट्र राज्यमन्त्री र भियतनामका उपपरराष्ट्रमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे… Continue reading बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री
माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री
काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।बुधबार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको… Continue reading माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री
परराष्ट्र मन्त्री अजरबैजान जाने
काठमाडौं । असंलग्न आन्दोलनको एक बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी मंगलबार बिहान अजरबैजानतर्फ लाग्नेछन् । मन्त्री साउदले अजरबैजानमा असंलग्न आन्दोलनको समन्वय ब्युरोको बैठकमा सहभागिता जनाउनेछन् । अजरबैजानको राजधानी बाकुमा सोमबारदेखि उक्त कार्यक्रम सुरु भइसकेको छ । मन्त्री साउदले बुधबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ… Continue reading परराष्ट्र मन्त्री अजरबैजान जाने
श्रीलंका गए माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ । सम्मेलनमा नेपालले मन्तव्य दिनेछन् । अध्यक्ष नेपाल श्रीलंका गएका बेला एकीकृत… Continue reading श्रीलंका गए माधव नेपाल
गृहमन्त्री स्वदेश फिर्ता
काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमण पुरा गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरे। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान… Continue reading गृहमन्त्री स्वदेश फिर्ता
साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको… Continue reading साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु
प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिव बीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेट संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदानलगायत नेपाल–संयुक्त राष्ट्र साझेदारीमा केन्द्रित रहेको… Continue reading प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिव बीच भेट
चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा
काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएयको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको… Continue reading चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा
अष्ट्रेलियाबाट नेपालका पुरातात्विक वस्तु नेपाल फिर्ता ल्याइने
काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति साङ्ग्रिला… Continue reading अष्ट्रेलियाबाट नेपालका पुरातात्विक वस्तु नेपाल फिर्ता ल्याइने
काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरेको छ। एयरलाइन्सले कोभिडले रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए। हिमालय एयरलाइन्सले… Continue reading काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान
काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ।विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको… Continue reading काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद
गृहमन्त्री चीन जाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् । भ्रमणका क्रममा केही भेटघाट… Continue reading गृहमन्त्री चीन जाने
नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपालले मार्सल आइल्यान्डसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्युयोर्कमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मार्सल आइल्यान्डकी राजदूत अमातलेन एलिजाबेथ काबुआले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा दुई… Continue reading नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना
नेजाद्वारा टीपीएस र आप्रवासी सम्वन्धि कानुनबारे अन्तरक्रिया सम्पन्न
जुन १८, अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) एवम् आप्रवासी सम्वन्धि कानुनका बारेमा जुम अन्तरक्रिया सम्पन्न गरेको छ ।जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको… Continue reading नेजाद्वारा टीपीएस र आप्रवासी सम्वन्धि कानुनबारे अन्तरक्रिया सम्पन्न
नेपालको हवाई सुरक्षामा फ्रान्सले सघाउने
काठमाडौं । नेपालको हवाई सुरक्षा तथा हवाई सुरक्षामा संलग्न सुपरीवेक्षण क्षमता अभिवृद्धिमा फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले सहयोग गर्ने भएको छ।यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार फ्रान्स र नेपालबीच प्राविधिक सहायता उपलब्ध गराउन सोमबार… Continue reading नेपालको हवाई सुरक्षामा फ्रान्सले सघाउने
नेपालमय बन्यो नेपाली क्लास बोस्टनको अभिभावक दिवस
सुपेन्द्र बस्नेत, बोष्टन नेपाली क्लास बोस्टनले जुन १८ तारिखका दिन अभिभावक दिवस भव्यताका साथ मनाएको छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको ‘अभिभावक दिवस’ नेपालमय भएको थियो। जहाँ नेपाली क्लासमा अध्ययनरत बालबालिकाहरुले नेपाली क्लासमा अध्ययन गर्ने क्रममा सिकेका ज्ञान तथा सीपहरुलाई गीत, संगीत तथा कलाको माध्यमबाट आफ्ना अभिभावकहरुको माझमा पस्किएका थिए।… Continue reading नेपालमय बन्यो नेपाली क्लास बोस्टनको अभिभावक दिवस
गैरआवासीय नेपाली संघमा एकता, प्रधानमन्त्रीको मध्यस्थतामा सहमति
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आउँदो ११ औँ महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने सहमति गर्दै आपसी विवाद टुङ्ग्याएको छ। यसअघि भएको १० औँ महाधिवेशनपछि सङ्घ दुई समूहमा विभाजित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार दुवै पक्षबिच भएको छलफलमा चारबुँदे सहमति गर्दै एक भएको सङ्घले जानकारी दिएको छ। एकताको महाधिवेशनका रूपमा… Continue reading गैरआवासीय नेपाली संघमा एकता, प्रधानमन्त्रीको मध्यस्थतामा सहमति
न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति
म्यानचेष्टर न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा… Continue reading न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति
साउदीमा श्रमिकलाई खुला स्थानमा काममा लगाउन प्रतिवन्ध
काठमाडौं । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि यस्तो प्रतिबन्ध… Continue reading साउदीमा श्रमिकलाई खुला स्थानमा काममा लगाउन प्रतिवन्ध
ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत
काठमाडौं । ग्रिसमा प्रवासीहरु चढेको डुंगा दुर्घटनामा परेको छ । सो क्रममा सयौं हताहती भएको खबर छ । अहिलेसम्म ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा ७५० जना चढेका थिए । अन्य धेरै व्यक्ति वेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको छ । बीबीसीका अनुसार धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको… Continue reading ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत
नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?
काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ। श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा समेत गहन छलफल भएको श्रम, रोजगार… Continue reading नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?
देउवा सिंगापुर प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । देउवा २–२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।
सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् । गत राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे… Continue reading सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने
साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ… Continue reading साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने
सिंगापुर जाँदै देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ । पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले… Continue reading सिंगापुर जाँदै देउवा
विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी
काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ । निर्वाचन ‘आयोगले विदेशमा रहेका… Continue reading विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी
एनआरएनए, अमेरिकाको चुनावि मैदानमा अर्जुन र डिलु आमनेसामने
सुपेन्द्र बस्नेत, बोष्टन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको चुनावी मैदानमा डाक्टर अर्जुन बन्जाडे र डिलुराम पराजुली आम्ने साम्ने भएका छन्। संघको राष्ट्रिय परिषदको नेतृत्वको बागडोर समाल्ने प्रतिस्पर्धाको दौरानमा अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै यि दुइ आम्ने साम्ने भएका हुन्। यस क्रममा संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा पनि अध्यक्ष पदका प्रत्याशी… Continue reading एनआरएनए, अमेरिकाको चुनावि मैदानमा अर्जुन र डिलु आमनेसामने