काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ । नेपाल र… Continue reading प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी
Category: डायस्पोरा
नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ। विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात… Continue reading नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै
यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा
काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा… Continue reading यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा
विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने
काठमाडौं । विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् । सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख… Continue reading विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने
गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरलाले भारतीय महिला फुटबल लिगको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा किकस्टार्टलाई ५–० गोलले पराजित गर्दै गोकुलम लगातार तेस्रो सिजन महिला लिग च्याम्पियन बनेको हो। गोलकुलको जितमा साम्बाले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरिन्। सन्धियाले २२ र ५२ मिनेटमा गरी दुई… Continue reading गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता
विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको दस महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रूपैयाँ ठगी गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ वटा उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी रकम दाबी गरिएको छ। यो रकम दाबी… Continue reading विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी
भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने
काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् । खासगरी भिजिट भिसामा खाडी मुलुक,… Continue reading भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने
बेलायतमा नेपाली श्रमिकमाथि शोषण भएको भन्दै विरोध
काठमाडौं । बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् । आप्रवासी श्रमिकको अधिकारको क्षेत्रमा क्रियाशील संस्था सामाजिक न्यायका लागि कानुनी मञ्च (नेपाल), शरणार्थी तथा आप्रवासी आन्दोलन अनुसन्धान एकाइ (बङ्गलादेश) आप्रवासीहरूको कल्याणका लागि संयुक्त परिषद्, बेचबिखनविरुद्ध र शोषण अनुुगमन एकाइलगायतका प्राज्ञिक तथा अनुसन्धान गर्नेसहितका… Continue reading बेलायतमा नेपाली श्रमिकमाथि शोषण भएको भन्दै विरोध
पोर्चुगलमा सञ्चालित नेपाली राहदानी शिविरमा संकलन भयो ५ करोड २२ लाख राजस्व
काठमाडौं । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । शिविरबाट २३०८ नेपालीले… Continue reading पोर्चुगलमा सञ्चालित नेपाली राहदानी शिविरमा संकलन भयो ५ करोड २२ लाख राजस्व
नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती
काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन… Continue reading नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती
दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्रतिवेदनपछि पनि नेपालले विकास साझेदार निकायबाट निरन्तर सहयोग अपेक्षा गरेको बताएका छन् । नेपालस्थित कूटनीतिक नियोग, राष्ट्र संघीय नियोग तथा विकास साझेदारका प्रमुखहरुलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै वर्षको अगस्टरसेप्टेम्बरमा आउने प्रतिवेदनपछि पनि सहयोग निरन्तर हुने अपेक्षा राखेको बताए । ‘हामीले यसै वर्षको अगस्टरसेप्टेम्बरमा… Continue reading दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?
अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा शान्तिका अग्रदूत मानिने शिद्धार्थ गौतम बुद्धको २५६७ औं जन्म जयन्ति मनाइएको छ। यस वर्ष गत बैशाख २२ गते शुक्रवारका दिन २५६७ औं बुद्ध जयन्ती परेको थियो। यसै अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धको स्मरण गर्दै ग्रेटर बोस्टन न्यू… Continue reading अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो
९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ… Continue reading ९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति
श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने
काठमाडौं । विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भन्सार विभागले थप व्याख्या गरी सार्वजनिक गरेको छ । विभागका अनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउने भएका छन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ ।… Continue reading श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने
रुस भ्रमण सकेर स्वदेश फिर्ता भए राष्ट्रिय सभा अध्यक्ष, के दियो रुसले सन्देश
काठमाडौं । रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको रुस भ्रमणमा गएको टोली स्वदेश फर्किएको हो। रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि तयार रहेको भेटका… Continue reading रुस भ्रमण सकेर स्वदेश फिर्ता भए राष्ट्रिय सभा अध्यक्ष, के दियो रुसले सन्देश
एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा
सुपेन्द्र बस्नेत, बोस्टन अमेरिकाको बोस्टन सहरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले संस्थाको सदस्यता विस्तार अभियान कार्यक्रम गरेको छ। पुराना सदस्यहरुको सदस्यता नवीकरण गर्न र नयाँलाई सदस्य बन्न उत्प्रेरित गर्ने तथा संस्थाले यसवर्षदेखि प्रयोगमा ल्याएको स्मार्ट सदस्यताका बारेमा जानकारी दिने मुख्य उद्देश्यले एनआरएनए मासाच्युसेट्स च्याप्टरले आयोजना गरेको कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका… Continue reading एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा
कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।
अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल
काठमाडौं । अष्ट्रेलियामा हुण्डिको अवैध कारोबारमार्फत नेपाली विद्यार्थी ठगिने क्रमम नरोकिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थालेका छन्। राजदूत पोखरेलले अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गर्दै बैंकिङ प्रणामार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सहजिकरण गर्न आग्रह गरेका छन्। राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको… Continue reading अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल
कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने
काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार… Continue reading कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने
कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ
काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा… Continue reading कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ
कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचारमा छन् । एम्सको भीआईपी आईसीयूमा राखेर उनको उपाचार भइरहेको छ । उनलाई दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ… Continue reading कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् । राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ… Continue reading राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना
विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?
काठमाडौं । अध्ययनका लागि नेपालबाट एक वर्षमा सवा एक लाख युवा विदेशिएका छन् । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको सरकारको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले… Continue reading विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?
अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ
काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ । रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ… Continue reading अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ
९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए
काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ । कोरोना महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक… Continue reading ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए
अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव
काठमाडौं । नेपालमा लगानी विस्तारमा अपनाउनु पर्ने उपायबारे लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सुझाव प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा। महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच बुधबार छलफल भएको छ । सो अवसरमा नेपालमा निजी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल… Continue reading अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव
तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने
काठमाडौं । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो । नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा… Continue reading तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने
विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल
काठमाडौं । विदेशमा बसेका नेपालीहरुलाई लक्षित गरी मुलुकलाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्ने प्रयास स्वरुप एक हाइब्रिड (व्यक्तिगत उपस्थिति र प्रविधिमार्फत भेला) कार्यक्रम सम्पन्न भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावास र विश्व बैंक ग्रुपको नेपालस्थित कार्यालयले संयुक्त रुपमा आइतबार ‘कनेक्टिङ नेपाल विथ द ग्लोबल डिजिटल इकोनोमी’ (नेपाललाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्दै) शीर्षकमा कार्यक्रम गरेका हुन्… Continue reading विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल
मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ
काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको… Continue reading मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ
किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न
न्युयोर्क किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशनले आगामी ( २०२३- २०२५ ) २ बर्षे कार्यकालको निमित्त दिपक थेबे लिम्बुको नेतृत्वमा २६ सदस्यीय कार्य समिति चयन गरेको छ । आज सम्पन्न भएको महाधिवेशनको खुलासत्र निवर्तमान अध्यक्ष सुमन थाम्सुहाङले अध्यक्षता गरेका थिए भने महासचिव सुर्य लिङ्देनले चुम्लुङको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यक्रम संचालन… Continue reading किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न