न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

बिके नेवा, न्युयोर्क नेवा गुठीले अमेरिकाको न्युयोर्क सहरमा नेपाल संवत ११४२ र म्ह पूजा भव्यरुपमा मनाएको छ ।न्युयोर्कको ज्याक्सन हाइटमा एक समारोह गरी रातो टीकाले साइत गर्दै उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । त्यस अवसरमा भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले स्वागत गरेका थिए ।… Continue reading न्युयोर्कमा भव्यरुपमा मनाइयो नेपाल संवत ११४२ र म्ह:पूजा

नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

काठमाडौं । बहराइनले नेपाललाई कोरोना भाइरसको जोखिम रहेका मुलुकको रेड लिस्टबाट हटाएको छ । नेपालमाथिको यात्रा प्रतिवन्ध हटेसँगै अब नेपाली श्रमिककले बहराइनमा यात्राको अनुमति पाउने छन् । नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी गराएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बहराइनले विभिन्न मुलुकलाई रेड लिस्टमा राखेको थियो ।… Continue reading नेपाललाई बहराइनले रेड-लिस्टबाट हटायो, श्रमिक जान पाउने

पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

Photo : BBC

काठमाडौं । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीको पुनः श्रम स्वीकृति विदेशबाटै लिन सक्ने गरि सहजिकरण गरिएको छ । तर, पुनः श्रम स्वीकृतिका लागि पनि बायोमेट्रिक दर्ता भने अनिवार्य छ । श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन समेत बायोमेट्रिक दर्ता अनिवार्य रहेको भन्दै वैदेशिक रोजगार विभागले त्यस्तो दर्ता नभएका कामदार भने नेपाल मै आउनु… Continue reading पुनः श्रम स्वीकृतिका लागि बायोमेट्रिक दर्ता अनिवार्य, नभए नेपाल आउनु पर्ने

शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल युनेस्कोको महासभामा भाग लिन फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन उनी बुधबार राति ८ : २५ मा पेरिस प्रस्थान गरेको मन्त्रालयल जनाएको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम्… Continue reading शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

भारतमा उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानसेनापति शर्मा

Nepal Army

नयाँ दिल्ली । नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । औपचारिक भ्रमणका सिलसिलामा शर्मा मंगलबार नेपाली सेनाको जहाजबाट नयाँ दिल्ली पुगेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुई सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको छ… Continue reading भारतमा उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानसेनापति शर्मा

कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

काठमाडौं । कोरोना भाइरसको महामारीपछि रोकिएको कोरिया रोजगारीका लागि करीव १२ हजार युवा प्रतिक्षामा रहेका छन् । कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरिया जान पाएका थिएनन् । सबै… Continue reading कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

प्रधानसेनापति शर्मा भारतको चार दिने भ्रमणमा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन् । दिल्लीमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सहजीकरण गर्न समेत उनको भ्रमण महत्वपूर्ण हुने विश्वास लिइएको छ । यही भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मानसमेत ग्रहण गर्दैछन्… Continue reading प्रधानसेनापति शर्मा भारतको चार दिने भ्रमणमा

लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

Photo : Gorakhapatra

काठमाडौं । बिहीबार संसारभर लक्ष्मीपूजाका साथ दिपावली मनाइयो । उज्यालोको अनेक रुपले नेपालको राजधानी शहर काठमाडौं धपक्कै बल्यो । भारतमा समेत दिपावली धुमधामसाथ मनाइयो । यी दुई मुलुकबाहेक संसारभर दिपावलीका अनेक स्वरुप देखिएका छन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन विहीबार हिन्दु धर्मावलम्बीले ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक… Continue reading लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमणका क्रममा रमाइलो किस्सा सार्वजनिक गरेका छन् । बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे आफ्नो अनुभव सुनाए। जसमा उनलाइ अमेरिकी रास्ट्रपति जो बाइडेनले चिन्नुमा नेपाली टोपी मुख्य कारण थियो । प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले… Continue reading टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

प्रधानमन्त्री आज स्वदेश फर्कने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी भई आज स्वदेश फर्किंदै छन् । उनी नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा सहभागी भएका हुन् । उनले सम्मेलनलाई सम्बोधन समेत गरे । २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन उडेका हुन्… Continue reading प्रधानमन्त्री आज स्वदेश फर्कने

बाइडेन र मोदीसँग प्रधानमन्त्री देउवाको भेट

RSS

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भने देउवाको साइडलाइन भेट भएको हो । विश्व जलवायु सम्मेलन (कोप २६) मा भाग लिन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन… Continue reading बाइडेन र मोदीसँग प्रधानमन्त्री देउवाको भेट

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

RSS

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार औपचारिक भेटवार्ता हुने भएको छ । दुबै ेता अहिले स्कटल्यान्डको ग्लास्गोमा जारी विश्व सम्मेलनमा भाग लिइरहेका छन् । जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भने सोमबार नै भइसकेको छ । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय… Continue reading प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

कोप सम्मेलनमा प्रधानमन्त्री देउवाले के भने ?

RSS

ग्लास्गो । प्रधानमन्त्री शेर बहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गत राती सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको जानकारी गराएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन्… Continue reading कोप सम्मेलनमा प्रधानमन्त्री देउवाले के भने ?

नेपालमा पक्राउ परेका अफगानी नागरिकमध्ये ५ जना मेक्सिकोतर्फ लागे

काठमाडौं । अफगानिस्तानबाट भागेर नेपाल आइपुगेका ११ जना अफगानी नागरिकभ्ये ५ जना मेक्सिको तर्फ लागेका छन् । उनीहरुकै रोजाईमा अध्यागमन विभागले आइतबार श्रीलंका हुँदै मेक्सिको पठाएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल आएका थिए । कुल ११ जना आएकोमा ५ जनालाई नेपालबाट पठाइएको छ । ६ जना अझै अध्यागमन… Continue reading नेपालमा पक्राउ परेका अफगानी नागरिकमध्ये ५ जना मेक्सिकोतर्फ लागे

प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

GETTY IMAGES\BBC

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो शहर पुगेका छन् । अब उनी सोमबार र मंगलबार (नोभेम्बर १ र २)मा ग्लास्गोमा संचालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६)मा सहभागी हुने छन् । सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यहाँ पुगेका हुन् ।… Continue reading प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले भने : विदेशी नागरिकता लिएकाले नेपालमा मताधिकार पाउँदैनन्

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीले नेपालमा मताधिकार नपाउने बताएका छन् । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। राससका अनुसार विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने भन्दै त्यसका लागि संविधान नै बद्ल्नुपर्ने बताए । यो तत्काल सम्भव नभएको… Continue reading प्रधानमन्त्रीले भने : विदेशी नागरिकता लिएकाले नेपालमा मताधिकार पाउँदैनन्

प्रधानमन्त्री देउवासँग बेलायती सांसदले भेटे

File

लण्डन । बेलायतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखले भेटवार्ता गरेका छन् । राससले बेलायतस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको जनाएको छ । भेटमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताएका छन् । द्विपक्षीय… Continue reading प्रधानमन्त्री देउवासँग बेलायती सांसदले भेटे

अफगानिस्तानबाट थप ३२ नेपाली घर फर्किए, सम्पर्कमा रहेका सबै फिर्ता भएको अनुमान

Reuters

काठमाडौं । अफगानिस्तानमा तालिबानको सत्ता आएपछि त्यहाँ कार्यरत सबै नेपाल (संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत बाहेक) नेपाली घर फर्किएको अनुमा गरिएको छ । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएसँगै यस्तो दाव गरिएको हो । शनिबार बिहान अफगानिस्तानमा रहेका ३२ जना नेपाली नागरिक काठमाडौं आएका छन् । उनीहरु दुई साता… Continue reading अफगानिस्तानबाट थप ३२ नेपाली घर फर्किए, सम्पर्कमा रहेका सबै फिर्ता भएको अनुमान

प्रधानमन्त्री लण्डन ओर्लिए, आजैबाट व्यस्त

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको राजधानी लण्डन ओर्लिएका छन् । स्टकल्याण्डको ग्लास्गो सहरमा आयोजना हुने ‘वल्र्ड लिडर समिट’मा नेपालको प्रतिनिधित्व गर्दै उनी शुक्रबार लण्डन उडेका थिए । उनी शुक्रबार राति लण्डन अवतरण गरेका हुन् । काठमाडौँबाट कतार एयरवेजको विमान चढेका उनी दोहा ट्रान्जिट गरि लण्डन पुगेका हुन् । विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय… Continue reading प्रधानमन्त्री लण्डन ओर्लिए, आजैबाट व्यस्त

प्रधानमन्त्री देउवा यो कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा बेलायत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा बेलायत प्रस्थान गरेका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा ग्लास्गो शहरमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गत वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बेलायत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन… Continue reading प्रधानमन्त्री देउवा यो कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा बेलायत प्रस्थान

कोप २६ मा नेपालको एजेण्डा के छ ?

Getty Images\file

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस पटक नेपालले आफ्नो दरिलो उपस्थिति जनाउने भएको छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण तीन वटा नीतिगत दस्तावेज र कार्ययोजना स्वीकृत गरेको हो । स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुन लागेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरुको २६औं सम्मेलन (कोप २६) का… Continue reading कोप २६ मा नेपालको एजेण्डा के छ ?

भारत, अमेरिका र बेलायतका लागि राजदूतको नाम सिफारिस

काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको हो । शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत भइसकेको छन् । खत्री परराष्ट्र मामिलाका विज्ञ… Continue reading भारत, अमेरिका र बेलायतका लागि राजदूतको नाम सिफारिस

देउवा र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगामी साता भेटवार्ता हुने भएको छ । स्कटल्यान्डको ग्लास्गो सहरमा आयोजित कोप–२६ मा दुबै नेता सहभागी हुँदैछन् । सो अवसरमा आयोजना हुने साइडलाइन वार्तामा देउवा र मोदी भेट्न लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन आगामी साता हुँदैछ… Continue reading देउवा र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता हुने

एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको छ । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited Liability), गैर नाफामूलक (Non-Profit… Continue reading एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता

मलेसियामा नेपालीलाई रोजगारी आशिंक खुला

File

काठमाडौं । करीव दुई वर्षपछि मलेसियामा नेपालीका लागि रोजगारी आंशिक रुपमा खुलेको छ । कोरोना महामारी सुरु भएसँगै यहाँबाट कामदारको माग रोकिएको थियो । मंगलबारबाट मलेसियाले नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक लिन थालेको हो । नयाँ प्रक्रिया अनुसार श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने भएको छ… Continue reading मलेसियामा नेपालीलाई रोजगारी आशिंक खुला

बेल्जियम पठाउने प्रलोभनमा थाइल्याण्ड लगी मानव बेचबिखन

काठमाडौं । बेल्जियममा काममा पठाउने प्रलोभनमा एक महिलालाई बैंकक पु¥याई मानव बेचबिखन गरेको कसुरमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । प्रहरीले सिनामङ्गलबाट बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई पक्राउ गरेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ… Continue reading बेल्जियम पठाउने प्रलोभनमा थाइल्याण्ड लगी मानव बेचबिखन

कतारमा गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले आममाफी पाउने

काठमाडौं । कतारमा गैरकानूनी रुपमा बसिररहेका नेपाली श्रमिकले आममाफी पाउने भएका छन् । रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकलाई आममाफी दिने घोषणा कतार सरकारको तर्फबाट आएको छ । त्यहाँस्थित नेृपाली दूतावासका अनुसार कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध… Continue reading कतारमा गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले आममाफी पाउने

चार मुलुकका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

RSS

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा शुक्रबार नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र… Continue reading चार मुलुकका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

प्रधानमन्त्री आगामी साता बेलायत भ्रमणमा जाने, यस्तो छ तालिका

File

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिट आयोजना हुने ग्लास्गो सहरमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवा बेलायत जान लागेका हुन् । उनको टोलीमा दुई दर्जन प्रतिनिधि रहने भएका छन् । लण्डस्थित नेपाली दूतावासले भ्रमणको समन्वय गरिरहेको छ । प्रधानमन्त्रीको भ्रमण ५ दिने हुने छ ।… Continue reading प्रधानमन्त्री आगामी साता बेलायत भ्रमणमा जाने, यस्तो छ तालिका

इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध… Continue reading इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध