काठमाडौं । त्रिभुवन विमानस्थलमा ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी दुबईबाट आएका थिए । युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जनाइएको छ । मोहमदको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको हो । ती क्यानेडियन नागरिकले कम्मरमा फल्स… Continue reading त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ
Category: डायस्पोरा
परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने
काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको राजधानी कोलम्बो जाँदैछिन् । उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने भएको छ । श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको… Continue reading परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने
जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा
काठमाडौं । नेपालमा जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक भित्रिएका छन् । यसमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र… Continue reading जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा
बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
काठमाडौं\एजेन्सी । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छिन्। नाइनन्युज सिड्नीले यसबारे समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको छ । एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट दिएका थिए ।… Continue reading बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण सम्पन्न गरेकी छिन् । उनले नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?
परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल पहिलो विदेश भ्रमणकारुपमा श्रीलंका जाने भएकी छिन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् । नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएकी छिन् । कार्यवाहक राजदूत डिल्मिनीले… Continue reading परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने
कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट
कनेक्टिकट । अमेरिकास्थित कनेक्टिकट राज्य आसपास बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेप्लिज एशोसिएशन अफ कनेक्टिकटमा नयाँ नेतृत्व छनोट भएको छ । समाज सेवामा आधारित रहेर यो संस्था क्रियासिल रहेको छ । संस्थाले आगामी दुई वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरेको हो । वेस्ट हार्टफोर्डस्थित एल्मवुड कम्यूनिटी हलमा सम्पन्न साधारण सभाले ११ सदस्यीय नयाँ… Continue reading कनेक्टिकटको नेपाली संस्थामा नयाँ नेतृत्व छनोट
रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?
काठमाडौं\बीबीसी । रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि कतिपय गैरआवासीय नेपालीहरूले नेपालमा आफूहरूले पाउने अधिकार खुम्चिएको चिन्ता व्यक्त गरिरहेका छन्। अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्ति नगरेको सर्वोच्चको ठहरपछि रवि लामिछानेले शुक्रवार गृहमन्त्री, सांसद र पार्टी प्रमुखको पद गुमाएका थिए। अदालतको फैसलापछि गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त सङ्घको… Continue reading रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा सोमबार सम्म रहने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुदैछ । भ्रमणमा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल हुने बताइएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै
अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउने भएकी छिन् । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएसँगै अमेरिकाबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप–विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी सन् २०२१ मा… Continue reading अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने
गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा यसकारण धेरै छ गैरआवासीय नेपालीको चासो
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ । जुन शुक्रबार समेत चल्ने छ । सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको छ । अमेरिकी ग्रिनकार्ड त्यागेका लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा परेको हो । मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो,… Continue reading गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा यसकारण धेरै छ गैरआवासीय नेपालीको चासो
नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन
काठमाडौं । नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनसिप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप)मा नेपाली युवा च्याम्पियन बनेका छन् । नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रोकार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन्। डिसेम्बर पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा सम्पन्न प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरु जितेर सोप्रतियोगितामा छानिएका थिए ।… Continue reading नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन
पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ । सोहीकारण थप हवाई प्रवेश… Continue reading पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ
जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली
काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको… Continue reading जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली
बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ
काठमाडौं । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो । प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने… Continue reading बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ
कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ। होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो। कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव… Continue reading कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने
काठमाडौं । अब मन्त्रीहरुले विदेशी कुटनीतिक नियोगका प्रतिनिधि वा विदेशबाट आएका प्रतिनिधिलाई भेट्दा अनिवार्य परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने भएको छ । बुधबार सिंहदवारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि यस्तो निर्णय गरेको हो । कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने… Continue reading मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने
रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए
काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो ६ महिनामा रोजगारीको खोजीमा ४ लाख नेपाली विदेशिएका छन् । पुससम्म तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायत मुलुकमा गएका छन् । यी… Continue reading रोजगारी खोज्दै ६ महिनामा ४ लाख नेपाली विदेशिए
बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग
पोखरा । संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा नेपाल भ्रमणमा छन् । उनी बुधबार पोखरा पुगे । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले उनलाई स्वागत गरे । त्यसपछि आयोजना भएको छलफलमा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरे । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र… Continue reading बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग
क्रोएसिया हिँडेका २१ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं । क्रोएसिया जान लागेका २१ जनालाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेको बताइएको छ । प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ । तर, राहदानीमा त्यति रकम दरपिट भएको… Continue reading क्रोएसिया हिँडेका २१ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?
काठमाडौं । गैरआवासीय नेपाली संघले १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउन रहेका अप्ठ्यारा फुकाउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेको छ । एनआरएनएका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले पौडेललाई मंगलबार भेटेको हो । संघका अध्यक्षहरुले लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?
डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड
काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पिाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् । मानवीय सेवा तर्फको इसा… Continue reading डा. सन्दुक रुइतले पाए १३ करोड रुपैयाँ राशीको इशा अवार्ड
गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल… Continue reading गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?
प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए । उनले पहिलो विदेश भ्रमण भारतबाट गर्ने संकेत समेत गरेका छन् ।
नयाँ चिनियाँ राजदुतले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङबाट ओहोदा प्रमाणपत्र ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत छन्ले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूतले राष्ट्र प्रमुखलाई ओहोदो प्रमाणपत्र बुझाएपछि औपचारिकरुपमा जिम्मेवारी सुरु हुन्छ । चिनियाँ राजदूत छन् जिम्मेवारी सम्हाल्न गत आइतबार नेपाल आएका थिए । उनले नेपाल चीनबीच… Continue reading नयाँ चिनियाँ राजदुतले बुझाए ओहदाको प्रमाणपत्र
दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् । ‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त… Continue reading दूतावासहरुमा पर्याप्त कर्मचारी छैनन् : परराष्ट्र सचिव
जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरे अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नियुक्त
न्यूयोर्क । गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा मनोनित भएका छन् । उनको राजनीतिक सक्रियता, विगतमा जो वाईडेन र कमला ह्यारीस् राष्ट्रपति÷उपराष्ट्रपति जिताउँ अभियानमा खेल्नुभएको भुमिका, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनावमा गरेको विशेष भूमिकाका कारण उनलाई यो जिम्मेवारी दिइएको बताइएको छ । साथै, जिपि कोईराला फाउन्डेशन अमेरिका च्याप्टर… Continue reading जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरे अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नियुक्त
अमेरिकामा एक नेपालीको हत्या
काठमाडौं । अमेरिकाको कोलोराडोमा एक नेपालीको हत्या भएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखे अनुसार कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको… Continue reading अमेरिकामा एक नेपालीको हत्या
फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौं । फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका… Continue reading फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा
काठमाडौं । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिजम गुडविल एम्बेस्डर) नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो । सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र… Continue reading वेल्सका लागि सदभावना दूत नियुक्त भए सोम सापकोटा