काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए।… Continue reading पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ
Category: डायस्पोरा
किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा नेपाल आउने भएका छन् । महोत्सवमा निर्देशक झा मुख्य वक्ताका रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराइएको छ । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदै छ । काठमाडौँ महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौँ संस्करण मङ्सिर… Continue reading किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा
नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने
काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको… Continue reading नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने
महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै
काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र… Continue reading महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै
नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल
काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक… Continue reading नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल
काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान भएको छ । प्रहरीका अनुसार सो क्रममा घाइते एक जनाको ज्यान गएको छ । काठमाडौंको इन्द्रचोकमा यस्तो घटना भएको हो । आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका २५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । तीमध्ये एक… Continue reading काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु
अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे मेयर बालेन र एमाले नेता भीम रावलबीच सवाल जवाफ भएको छ । मेयरको राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावलले आशंकासहित प्रश्न उठाएका थिए । बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग… Continue reading अमेरिकी राजदूतसँगको मेयरको भेटलाई लिएर बालेन र भीम रावलबीच सवाल-जवाफ
आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिता नाििबयामा हुँदैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज… Continue reading आइसीसी क्रिकेट विश्वकप लीग टूमा आज नेपाल र नामिबिया खेल्दै
भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने
काठमाडौं । दोहार र क्लावालाम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले आगामी १९ नोभेम्बर (४ पुस)देखि यी दुई गन्तब्यबाट सिधा उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिको माग अनुसार ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एक उडान हुनेछ ।… Continue reading भैरहवामा दोहा र क्वालालाम्पुरबाट सिधा उडान हुने
अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने
काठमाडौं । यूरोपेली यूनियनले एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको छ । यसबारे युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले पुनः स्थलगत परीक्षण गर्ने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे… Continue reading अझै हटेन नेपालमाथि इयूको कालोसूची, पुन: परीक्षण हुने
कोरियन भाषा परीक्षाको आवेदन खुला
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना… Continue reading कोरियन भाषा परीक्षाको आवेदन खुला
इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।२० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए । ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी… Continue reading इपीएस कोरिया भाषा परीक्षामा उत्पादनमुलक क्षेत्रतर्फको नतिजा सार्वजनिक
हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान
सान्फ्रान्सिस्को । साहित्यकार सुरेशकुमार भट्टको कृति सोली डोली क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ। भट्टले हाइकुमा रचना गरेको यो लोकवेद हालै प्रकाशनमा आएको हो। यो सोली डोलीमा साँढे तीन हजार हाइकु छन्। लायन्स क्लव अफ बर्कली लाली गुराँस, विकल्प फाउन्डेसन, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार भट्टले समाजकै विषयवस्तुलाई आफ्नो रचनामा समेटेको… Continue reading हाइकु कृति ‘सोली डोली’ क्यालीफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान
राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…
नयाँ दिल्ली । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने क्रममा नेपालको राष्ट्रिय गान बजेको छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा भारइल बनेको छ । राहुललाई भने ट्रोल बनाइएको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो। घटना… Continue reading राहुल गान्धी सहभागी कार्यक्रममा भारतको राष्ट्रिय गान बजाउँदा ‘सयौं थुंगा फुलका हामी’ बजेपछि…
विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा १८ अर्ब
काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै तीन महिनामा १८ अर्ब रुपैयाँ पूँजी समेत विदेशिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब १८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । साउनदेखि असोजसम्म नेपालको खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले… Continue reading विदेश जाने विद्यार्थीसँगै बाहिरियो तीन महिनामा १८ अर्ब
काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल
वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने
काठमाडौं । वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलागे भएको छ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झार्दै यसमा गैरआवासीय नेपालीलाई भने त्यो सीमा नलाग्ने निर्णय गरेको हो । २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो । अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन… Continue reading वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलाग्ने
गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?
काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा राखेको छ । एक सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जान लागेका उनीहरु लेवनानको अध्यागमनमा २० घण्टासम्म नियन्त्रणमा बस्नु परेको छ । यसबारे आइतबार नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति… Continue reading गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?
आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’… Continue reading आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक
काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् । त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक… Continue reading नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक
राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लूपीएल०को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गेकी हुन् । उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान… Continue reading राष्ट्रपतिद्धारा आइसल्याण्डमा पदक ग्रहण
विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनामा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ । यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद… Continue reading विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद
प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?
काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु… Continue reading प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?
क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने
काठमाडौं । क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रबासीलाई भित्राउने भएको छ । सो मुलुकका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरेका छन् । उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार आप्रवासी भित्र्याउनेछ। त्यस्तै सन् २०२४ मा… Continue reading क्यानडाले तीन वर्ष भित्र १४ लाख आप्रबासी भित्राउने
अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी
न्युयोर्क पर्यटन र भ्रमणलाई लक्षित गरी अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।लामो समयको अन्तरालमा कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका हुन् । विश्व कै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने सहरमा भएको… Continue reading अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी
काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् । महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले… Continue reading काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव
राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार आइसल्याण्ड जाने भएकी छिन् । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।… Continue reading राष्ट्रपति भण्डारी आइसल्याण्ड जाने
वैदेशिक रोजगारीमा रहेका नागरिकले आइपीओमा आरक्षण पाउने निर्देशिका लागु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने कम्पनीलाई वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १० प्रतिशत कोटा छुट्याउने निर्देशन दिएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ लागु गर्दै वैदेशिक रोजगारीमा रहेको युवालाई १० प्रतिशत आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको छ । संगठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको… Continue reading वैदेशिक रोजगारीमा रहेका नागरिकले आइपीओमा आरक्षण पाउने निर्देशिका लागु
नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज
काठमाडौं । अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यस्तो स्वीकृति प्राप्त भएको हो । यस अनुसार अब प्राधिकरणलाई दुवै मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने बाटो खुलेको हो । अब दुवै मुलुकको सहमतिमा समय तोकेर सम्झौता हुने भएको छ । सम्झौतापछि… Continue reading नेपाललाई अमेरिका र स्वीट्जरल्याण्डसँग हवाई सेवा सम्झौताको बाटो खुला, सिधा उडान गर्न सहज
जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते
काठमाडौं । सोमबार बिहान टोकियोको तोसिमा वार्डमा विदेशीको दुई समूहबीच झडप हुँदा दुई नेपाली पुरुषमाथि खुकुरी प्रहार भएको छ । सो क्रममा उनीहरू गम्भीर घाइते भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले उल्लेख गरेको छ । तोशिमा वार्डको किता ओत्चुकामा रहेको रामेन पसलको अगाडि “विदेशी ग्राहकहरू झगडा गरिरहेका छन” भन्ने रिपोर्ट प्राप्त भएपछि घटनास्थलमा पुगेको महानगरीय प्रहरी विभागको… Continue reading जापानको टोकियोमा विदेशीहरुबीच झडप, दुई नेपाली गम्भीर घाइते