पर्सा । वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवाको उद्धार गरिएको छ । उनीहरु घर फर्केका छन्। राससका अनुसार बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा,… Continue reading दुबईमा अलपत्र सात नेपालीलाई घर फर्काइयो
Category: डायस्पोरा
३२ जना नेपाली अझै अफगानिस्थानमा रोकिए
काबुल । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएसँगै विदेशी नागरिक धमाधम फिर्ता भइरहेको छन् । तर, त्यहाँ अवैधानिक रुपमा पुगेका ३२ जना नेपाली भने कानूनी रुपमा नेपाल आउन नपाएपछि उतै रोकिएका छन् । बुधबार अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघका निकायमा खटिएका नेपालीको एक समुहलाई घर फर्काउन जहाज काठमाडौं आएको थियो । विमानस्थल स्रोतका अनुसार यो जहाजमा वैधानिक… Continue reading ३२ जना नेपाली अझै अफगानिस्थानमा रोकिए
अमेरिकामा बडा दशैं हर्षोल्लासका साथ मनाइयो
सुपेन्द्र बस्नेत, बोष्टन यस वर्षको नेपालीहरुको महान चाड बडा दशैं सम्पन्न भएको छ। नेपालमा रहने नेपालीहरुले मात्र हैन, विश्वभर छरिएर रहेका प्रवासी/आप्रवासी नेपालीहरुले पनि बडा दशैं सक्दो हर्षोल्लासका साथ मनाए। यसबाट अछुतो रहन नसकेका अमेरिकामा पनि अवस्था अनुसार व्यवस्था मिलाएर सक्दो हर्षोल्लासका साथ बडा दशैं मनाए। धार्मिक मुल्य, मान्यता र सामाजिक तथा पारिवारिक परम्परा, रितिरिवाज,… Continue reading अमेरिकामा बडा दशैं हर्षोल्लासका साथ मनाइयो
जनकपुरका महासेठको अमेरिकामा हत्या
न्युयोर्क अमेरिकामा एक नेपालीको गोली हानि हत्या भएको छ ।अमेरिकाको म्यासाच्युसेट राज्यस्थित आफनै पसलमा ५४ वर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानि हत्या गरेको उनी आबद्ध संस्था मधेसी एसोसिएसन इन अमेरिकाले एक बिज्ञप्ति मार्फत पुष्टि गरेको छ । नेपालस्थित धनुषा जिल्ला जनकपुर घर भएका शाहको सोमबार हत्या भएको हो । विगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा… Continue reading जनकपुरका महासेठको अमेरिकामा हत्या
परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको… Continue reading परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने
भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु
उत्तराखण्ड । भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर तीन नेपाली श्रमिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा दुईजना घाइते छन् । जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरु पुरिएको संचारमाध्यमले लेखेका छन् । घटनामा घाइते दुईजनालाई अस्पताल भर्ना गरिएको… Continue reading भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु
नेपाली काँग्रेसको प्रतिनिधि मण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
नयाँ दिल्ली । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । राससका अनुसार नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले बिहीबार अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिएका छन् । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता… Continue reading नेपाली काँग्रेसको प्रतिनिधि मण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो
काठमाडौं । बेलायतले नेपाललाई कोभिडका कारण यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रेड लिस्टमा रहेको नेपाललाई बेलायतले सो सूचिबाट हटाएको हो । बिहीवार ब्रिटिश सरकारले रेड लिस्टमाराखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अबनेपालबाट बेलायत जाने नेपालीलाई भने राहत हुने छ । यो नियम सोमवारदेखि लागु हुनेछ । नयाँ नियम अनुसार त्यहाको… Continue reading नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो
अष्ट्रेलियाले यो वर्ष विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने
काठमाडौं । अष्ट्रेलियाले यो वर्ष (सन् २०२१) भर विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले अहिलेसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइएको छ । गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी… Continue reading अष्ट्रेलियाले यो वर्ष विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने
कतार छिर्न नयाँ नियम-खोप लगाएकालाई सहज
काठमाडौं । कतार सरकारले सो मुलुक प्रवेशका लागि ल्याएको नयाँ नियम सार्वजनिक गरेको छ । यो वैदेशिक रोजगारी तथा भ्रमणमा जाने नेपालीलाई समेत लागू हुने छ । कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको कतारस्थित नेपाली दूतावासले जानकारी गराएको छ… Continue reading कतार छिर्न नयाँ नियम-खोप लगाएकालाई सहज
गैरआवासीय नेपालीको चूनावमा समन्वय गर्न कांग्रेसले नेतालाई दियो जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन र निर्वाचनमा समनवय गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । निर्वाचनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउने भूमिका खेल्न भन्दै नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई पत्र लेख्दै यस्तो जानकारी गराएका… Continue reading गैरआवासीय नेपालीको चूनावमा समन्वय गर्न कांग्रेसले नेतालाई दियो जिम्मेवारी
नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो । समितिका अनुसार नेपालमा भने असोज २९ गते… Continue reading नेपालमा १०ः०२ मिनेटमा बडादशैंको उत्तम साइत, अमेरिकासहित अन्य मुलुकमा कति बजे ?
पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने
काठमाडौं । अब पर्यटक भिसामा खाडी मुलुक, सार्क मुलुक, मलेसिया र थाइल्याण्डमा घुमफिरमा जाने नेपालीले २५० डलर मात्र बोके पुग्ने भएको छ । सरकारले गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम डलर घटाउने निर्णय गरेको हो । यसअघि यस्तो रकम ५ सय डलर थियो । यस्तो रकम डलर वा सोही मुलुकको… Continue reading पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने
माओवादी नेता पुन उपचारका लागि बैंकक प्रस्थान
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान हिमालय एयरलाइन्सको कार्गो उडानबाट उनी बैंकक गएका हुन् । बैंककमा हिमालयको नियमित उडान भने छैन । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा… Continue reading माओवादी नेता पुन उपचारका लागि बैंकक प्रस्थान
विदेशबाट फर्कदा सुन भरियाका रुपमा फसिँदै निर्दोष नेपाली
काठमाडौं । वैदेशिक रोजगारीमा गएर घर फर्कने नेपालीलाई सुन तस्करले भरियाका रुपमा प्रयोग गर्दा निर्दोष नेपाली फस्ने क्रम बढ्दै गएको छ । प्रहरीले गत आइतबार मात्र यसरी भरियाका रुपमा सुन बोकेर आएका १७ जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो दिन कुल नौ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ… Continue reading विदेशबाट फर्कदा सुन भरियाका रुपमा फसिँदै निर्दोष नेपाली
न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई
म्यानचेस्टर न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् । यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ… Continue reading न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई
अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति
न्यूयोर्क । अमेरिकामा रहेका नेपालीहरुलाई विभाजन गर्न खोजेको भन्दै नेपाली महावाणिज्य दूतावास न्यूयोर्कप्रति सरोकारवालाले आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङ, प्रवाशी नेपाली मञ्च अमेरिकाका अध्यक्ष अर्जुन सिंह, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन र प्रवाली नेपाली समाज अमेरिकाका अध्यक्ष रुद्र राउतले संयुक्त विज्ञप्ती निकाल्दै यस्तो बताएका हुन् । महावाणिज्य दूतावासले… Continue reading अमेरिकामा नेपाली समुदायलाई विभाजन गर्न खोजेको भन्दै महावाणिज्य दूतावास न्यूयोर्कप्रति आपत्ति
नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित
सुपेन्द्र बस्नेत, बोष्टन संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने… Continue reading नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित
इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस
काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको राससले लेखेको छ । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६ सय (७० प्रतिशत महिला… Continue reading इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस
न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?
न्यूयोर्क । संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले सोमबार नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्दैछन् । त्यसअगाडी उनी विभिन्न द्धिपक्षीय भेटघाटमा व्यस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले न्यूयोर्कमा रहँदा यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद… Continue reading न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?
बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी
लण्डन । बेलायतले विदेशी लरी (लामो किसिमको ट्रक) चालकलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने गरि नियम ल्याउने भएको छ । यस्तो योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यसबाट अब विदेशी चालकले बेलायतमा अवसर पाउने छन् । बेलायतमा लरी चालकको अभाव भएपछि यस्तो नियम ल्याउन लागिएको हो । आप्रवासन… Continue reading बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी
१२ देशका नागरिकलाई नेपालले दिँदैन अनअराइभल भिसा
काठमाडौं । सरकारले नेपालमा अनअराभइस भिसा खुला गरेको छ । तर, १२ वटा मुलुकका नागरिकले भने अहिले पनि अनअराइभल भिसाको सुविधा पाउने छैनन् । अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक रहेका छन् । नेपालले कोभिड १९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल… Continue reading १२ देशका नागरिकलाई नेपालले दिँदैन अनअराइभल भिसा
एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिना (साउन)मा विदेशमा रहेका नेपालीले करीव ७६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । तर, यो रकम अघिल्लो वर्षको यसै महिनाको तुलनामा भने १८ प्रतिशत कम हो । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि… Continue reading एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स
पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?
काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार अब नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा… Continue reading पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?
परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क उडेका छन् । उनी ने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति न्युयोर्क प्रस्थान गरेका हुन् । भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । बैठकमा नेपालको प्रतिनिधित्व उनले गर्नेछन् । प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त… Continue reading परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे
न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन
म्यानचेस्टर मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका… Continue reading न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन
हस्तकलाका सामग्रीमा चरेस राखेर विदेश ओसार्ने गिरोह पक्राउ
काठमाडौं । हस्तकलाका सामानमा लागुऔषध चरेस राखेर विदेश ओसार्ने एक ठूलो गिरोह काठमाडौंबाट पक्राउ परेको । प्रहरीले यस कार्यमा संलग्न रहेको अभियोगमा नौ जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मङ्गलवार पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर… Continue reading हस्तकलाका सामग्रीमा चरेस राखेर विदेश ओसार्ने गिरोह पक्राउ
तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
न्युयोर्क नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरीडामा यही सेप्टेम्बर ११-१२ तारिखमा मा सम्पन्न “फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय खुल्ला अनलाइन तेक्वाण्दो प्रतिस्पर्धा २०२१” मा स्वर्ण पदक जित्न सफल भएका छन् उनले पुरुष ४० वर्ष माथिको उमेर समुहमा अमेरिका, फ़्रान्स, अष्ट्रेलिया, स्विट्ज़रलैंड, फ़िलीपीन्स, स्लोभेनिया लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी उक्त… Continue reading तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक
नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह
न्युयोर्क नेवा गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक प्रमुख अतिथी बीके नेवाले पानसमा बत्ति बाली कार्यक्रम शुभारम्भ गरेका थिए ।कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गरेका थिए भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गरे ।कार्यक्रममा पूर्वअध्यक्षहरु… Continue reading नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह
अवैध रुपमा अमेरिका छिर्न जर्मनी पुगेका ५ दर्जन नेपाली नागरिक पक्राउ
काठमाडौं । ठूलो रकम खर्च गरि अवैध रुपमा अमेरिका छिर्न खोजेका ५ दर्जन नेपाली नागरिक जर्मनीबाट पक्राउ परेका छन् । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेको नेपाली संचारमाध्यमले जनाएका छन् । कान्तिपुर दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार यही रुटबाट मेक्सिको पुगेका… Continue reading अवैध रुपमा अमेरिका छिर्न जर्मनी पुगेका ५ दर्जन नेपाली नागरिक पक्राउ