इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका… Continue reading इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

काठमाडौं । हिँउदे सिजनमा संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु आरोहण हुन सकेको थिएन । नेपालका १० जना पर्वतारोहीले शनिबार यो कीर्तिमान राखेका छन् । केटु पाकिस्तानमा पर्छ । यसअघि संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले नेपालीले टोलीले यो कीर्तिमान राखेको… Continue reading हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं । विदेशमा रहेका नेपालीबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म चार खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत साल यसै अवधिको तुलनामा १० दशमलव ९ प्रतिशत बढी हो । अमेरिकी डलरमा… Continue reading विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका विदेशी सहायताका आयोजना क्रमशः अगाडी बढ्ने क्रममा छन् । यसमा ठूलो भूमिका विदेशमै रोकिएका कामदार समेत हुन् । चालु आर्थिक वर्षको पहिलो ५ महिना (मंसिरसम्म) १३९५ जना विदेशी कामदार नेपाल आएको तथ्यांकले देखाएको छ । विभागका अनुसार कामदार भिषा लिएका उक्त संख्यामा विदेशी नेपाल भित्रिएका छन् । पछिल्लो दिनमा… Continue reading ५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

न्यूह्यामसरन्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु… Continue reading न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

File

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जना र मलेसिया १ जनाको मृत्यु भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ। संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार… Continue reading विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

काठमाडौं । नेपालबाट विदेश जाने क्रममा नक्कली पिसिआर परीक्षण रिर्पोट बन्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राय परेसँगै यस्तो रहस्य खुलेको हो । यसअघि नेपालबाट विभिन्न मुलुक पुगेका नेपालीमा पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएपछि एयरलाइन्सले प्रतिवन्ध भोगेका थिए । त्यसबेला नेपाल एयरलाइन्सले गरेको गुनासोलाई गम्भीर रुपमा… Continue reading विदेश जान नक्कली पिसिआर रिर्पोट, कागज बनाउने गिरोह खोज्दै प्रहरी

कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

काठमाडौं । तपाई विदेशमा गैरकानूनी रुपमा बसिरहनु भएको छ भने जरिवाना तिरेर घर फर्कन वा आफुलाई वैधता कायम गर्न समय थप भएको छ । कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकका लागि वैधानिकता कायम गर्ने समय थप भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यो अवसर कुवेतमा गैरकानूनी रुपमा बसिरहेका नेपालीले उपयोग गर्न सक्नेछन् ।… Continue reading कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने

File

काठमाडौं । पुनः श्रम स्वीकृति लिनका लागि विदेशबाट नेपाल आउनै पर्ने बाध्यता हटेको छ । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम… Continue reading भोलीदेखि पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने, नेपाल आउन नपर्ने

बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?

काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ । त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा… Continue reading बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी, नयाँ भाइरस नेपाल भित्रिएको हो ?

साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित

रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो… Continue reading साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित

ओमानमा आइतबारबाट खोप वितरण, आप्रवासी कामदारले समेत पाउने

ओमान । ओमानले आइतबारबाट कोरोना विरुद्धको खोप वितरण थाल्ने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप ओमान पुगेको छ । यस्तो खोप ओमानी नागरिकसहित आप्रवासी कामदारले समेत पाउने भएका छन् । यसबाट नेपाली नागरिक समेत लाभान्वित हुनेछन् । पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमान लगिएको ओमानी स्वास्थ्य मन्त्रालयले जनाएको छ… Continue reading ओमानमा आइतबारबाट खोप वितरण, आप्रवासी कामदारले समेत पाउने

नेपाली शान्ती सेनाद्धारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण विफल

काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण असफल बनाएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख सहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट नेपाली शान्ती सेनाले जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । यो सहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि त्यसको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म उक्त शहरमा परिचालन भएको थियो । त्यसपछि… Continue reading नेपाली शान्ती सेनाद्धारा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्रोहीको आक्रमण विफल

१ पुसयता बेलायतबाट नेपाल आएका सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने

File Photo

काठमाडौं । १ पुसयता बेलायतबाट सिधा उडान वा ट्रान्जिट गरी नेपाल आएका सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बेलायतमा नयाँ प्रकृतिको कोरोना भाइरस देखिएपछि नेपालमा समेत उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट एक सातायता नेपाल आएका यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।… Continue reading १ पुसयता बेलायतबाट नेपाल आएका सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने

ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ । साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ ।… Continue reading ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोकेको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरी नेपाल सरकारले बेलायतबाट कुनै पनि यात्रु आउन नपाउने गरी रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ । बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको… Continue reading बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक

नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

धन लामा, कनेक्टिकट कनेक्टिकट नेपाली समाज नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा डिसेम्वर २०, २०२० का दिन हाल कोभिड-१९ महामारीका कारण भौतिक रुपमा संचालन गर्न असहज रहेको परिस्थितिमा भर्चुअल जुम प्रविधि मार्फत सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारण सभामा सँस्थाका प्रमुख सल्लहाकार अशोक श्रीवास्तावले भौतिक रुपमा नै… Continue reading नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

न्युयोर्क अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य समारोह सहित सम्पन्न भएको छ । मिथिला सेन्टर अमेरिकाको आयोजनामा राम र सीताको विवाह स्मरण हेतु मनाईएको हो । खासगरी विवाहपञ्चमी पर्व जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको सेन्टरका अध्यक्ष अमित प्रताप शाहले बताएका छन् । हजारौं वर्षअघि आयोजित भगवान राम र देवी सीताको… Continue reading अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र… Continue reading ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब

प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन

न्युयोर्क नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन गरेका छन् । साथै २ जना केन्द्रीय सदस्य समेत थप गरेका छन् ।प्रेम परियार, नेपाली कांग्रेस १२ औं महाधिवेसन प्रतिनिधि, उपाध्यक्ष नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया (NANC), केन्द्रीय सचिव जिपी कोईराला मेमोरियल फाउन्डेसन, अमेरिका च्याप्टर, पूर्व केन्द्रीय उपाध्यक्ष नेपाल दलित विधार्थी संघ, पूर्व… Continue reading प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन

कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

File

काठमाडौं । कोरोना रोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ। यो साता मलेसियामा र केन्यामा थप एक–एक जना नेपालीको निधन भएको छ। एनआरएनएका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालमा… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

काठमाडौं । नेपालमा विदेशबाट आउने व्यक्तिहरुले क्वारेन्टिनमा बस्नु पर्ने अवधि घटेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार अब विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने भएको छ । यसअघि यस्तो अवधि दुई साताको थियो । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण क्रमशः कम हुँदै गएको… Continue reading विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

काठमाडौं । अब श्रमिकका लागि जारी हुने पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ । यसले संसारभर कामको सिलसिलामा पुगेका नेपाली कामदार लाभान्वित हुने भएका छन् । यस्तो व्यवस्था आगामी साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ । श्रमिकले पुनः श्रम स्वीकृति (रि इन्ट्री) सुविधा अनलाइनबाटै लिन सकिने गरी व्यवस्था मिलाउन लागिएको हो । अहिले श्रम स्वीकृतिका… Continue reading अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

न्यूह्यामसर राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले सकृय समाजसेवीहरुलाई सम्मान प्रदान गरेको छ । बिभिन्न शिर्षकमा प्रदान गरिएको सम्मान चार जना नेपाली व्यक्ती र एक नेपाली संस्थाले समेत पाएका छन् । ‘भोल्युन्टर एनएच’ले बर्षेनी प्रदान गर्दै आएको ‘स्पिरिट अफ न्यूह्यामसर’ अवार्ड कार्यक्रममा यसैपाली थप गरिएको विधा पिपुल्स च्वाइस अवार्डबाट समाजसेवी इश्वरी भट्ट पुरस्कृत… Continue reading न्यू ह्यामसमा नेपाली समाजसेवीहरु सम्मान्नित, भट्टले पाए पिपुल्स च्वाइस अवार्ड

नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित

काठमाडौं । नेपाल र भारतबीच दैनिक एक उडान हुने भएको छ । यसका लागि दुबै मुलुकले अनुमति प्रदान गरेका छन् । नेपालले भारतको एयर बबल स्कीममा सहभागी हुने गरी सहमति दिएको थियो । यससँगै अब भारत र नेपालबीच ९ महिनापछि हवाई उडान हुन लागेको हो । नेपालस्थित भारतीय दूतावासका अनुसार आज भारत सरकारले एयर इण्डिया… Continue reading नेपाल र भारतबीच दैनिक एक उडान हुने निश्चित

फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमाथि गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको आरोप लागेको छ । अमेरिकाका संघीय नियाम निकाय र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले गैरकानुनी कदम चालेको भन्दै फेसबुक बिरुद्ध मुद्दा दर्ता गरेका हुन् । मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले सो कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा… Continue reading फेसबुकलाई टुक्राउन माग गर्दै अमेरिकामा मुद्दा दर्ता

न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?

न्युयोर्क न्युयोर्कस्थित नेपालीजम डट कमले आरम्भको पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक-२०२०’ घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका अथवा नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ChangeMakers) चुनेका छन् । वर्ष २०२० को सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थालाई चुनेका… Continue reading न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?

न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

काठमाडौं महिलाका लागि महिलाद्वारा अभियान अन्तर्गत अमेरिकाको न्युयोर्कमा संचालन हुँदै आएको ”नेपाली लेडिज साँझ न्युयोर्क” ले यो बर्ष नेपालस्थित थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार निशुल्क भोजन गराएको छ ।प्रारम्भमा अमेरिकाको न्युयोर्क, न्युजर्सी, कनेक्टिकट वरपर बसोबास गर्दै आएका महिलाहरुमा भातृत्व बिकास गर्दै एक आपसका सुख दु:ख बाढ्ने… Continue reading न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस, को–को परे ?

काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो । श्रोतका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ ।

विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीलाई ठूला र राष्ट्रिय गौरवका आयोजनामा रोजगारी प्रदान गर्न माग गरेको छ । विदेशमा यस्तै प्रकृतिका आयोजनामा श्रम बेचिरहेका नेपाली श्रमिकलाई स्वदेशमै उचित पारिश्रमिकसहित रोजगारीको ग्यारेन्टी गर्न सकिने एनआरएनएको भनाई छ । यसका लागि श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिन सकिने… Continue reading विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग