क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

ज्यूरिच । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले तिव्र फैलावट लिइरहेको समयमा क्रिसमस र न्यू इयरको रौनक समेत सँगै शुरु भएको छ । यस्तो बेला गरिने यात्रामा संक्रमण फैलावटमा सहयोग पुग्ने भन्दै जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। बीबीसीका अनुसार जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो… Continue reading क्रिसमसलाई लक्षित गर्दै डब्लूएचओको आह्वान : सकेसम्म यात्रा नगरौं

नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

काठमाडौं । नेपालमा होटेल तथा रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार भएको छ । स्वयमः गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । व्यवसायीले भने लामो समयदेखि रात्रिकालिन व्यवसाय संचालनको वातावरण बनाउन माग गरिरहेका थिए । गृहमन्त्री खाणले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने बताए ।… Continue reading नेपालमा होटेल-रेष्टुरेन्ट २४ सै घण्टा चलाउन गृह मन्त्रालय तयार

न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

बीके नेवा, न्युयोर्क । नेपाली चलचित्र जगतका बरिष्ठ निर्देशक, लेखक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा भव्य सम्मान गरिएको छ । न्युयोर्क नेवा: गुठीले उहाँको सम्मान गरेको हो ।छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले खादा लगाइदिएर… Continue reading न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । यस दिन अधिकांश समुदायको कुलपूजा समेत पर्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर,… Continue reading आज उधौली पर्व, योमरी र धान्य पूर्णिमा, सरकारले दियो सार्वजनिक बिदा

भारतकी हरनाज सन्धुले जितिन् मिस यूनिभर्सको उपाधी

REUTERS

काठमाडौं । भारतको पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जितेकी छिन् । उनी यस्तो उपाधी जित्ने तेस्री भारतीय युवती बनेकी हुन् । बीबीसीका अनुसार सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी हुन् । सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि जितेकी थिइन् । लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको… Continue reading भारतकी हरनाज सन्धुले जितिन् मिस यूनिभर्सको उपाधी

गीतकार दीपाराई पुनद्वारा रचित गीत ‘आमा’ सार्वजनिक

न्युयोर्क कवयित्री दीपाराई पुनद्वारा रचित ‘आमा’ शिर्षकको गीति भिडियो आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । आफ्नो गृहभूमी र जन्मदिने आमाप्रतिको मनोबेग प्रस्तुत भएको उक्त गीत मर्मर्स्पर्शी एवं डायस्पोरिक चेतनमा आधारित रहेको र यसले द्वन्दकालीन समयको चित्रण गरेको पाईन्छ । एउटा ब्यक्तिको लागि जन्म दिने आमा र जन्मिएको ठाँउ दुवै स्वर्ग समान हुन्छ, अझ विदेशमा… Continue reading गीतकार दीपाराई पुनद्वारा रचित गीत ‘आमा’ सार्वजनिक

नेपाल मिस वर्ल्डको राउण्ड ३० मा प्रवेश

काठमाडौं । मिस वर्ल्डको प्रतिस्पर्धामा नेपाल इन्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा प्रवेश गरेको छ । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इन्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान पुगाउन सफल भएकी हुन् । हेड टु हेडमा सोधिएको प्रश्नमा नेपालको प्रतिनिधित्व गरिरहेकी नम्रताले निकै उत्कृष्ट जवाफ दिएकी थिइन् । उनले दिएको… Continue reading नेपाल मिस वर्ल्डको राउण्ड ३० मा प्रवेश

कट्रिना कैफ र विक्की कौशल विवाह बन्धनमा बाँधिए, शाही अन्दाजमा मण्डप

HYPE PR\BBC HINDI

राजस्थान । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । राजस्थानस्थित सवाई माधोपुरको बरवाड़ा किल्लामा रहेको सिक्स सेंसेज़ होटलमा धुमधामसाथ यो विवाह सम्पन्न भएको हो । विवाहको मण्डप परपरागत शाही अन्दाजमा सजाइएको थियो । यस इभेन्टलाई मध्यनजर गरि निकै गोपनीयता अपनाइएको थियो । संचारमाध्यमलाई प्रवेश रोकिएको थियो । विवाहको… Continue reading कट्रिना कैफ र विक्की कौशल विवाह बन्धनमा बाँधिए, शाही अन्दाजमा मण्डप

राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै

जनकपुर । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको दिनका रुपमा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । जनकपुरमा भने ठूलो मेला लाग्छ । जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । यसको मुख्य… Continue reading राम-सिता विवाह महोत्सव आज, जनकपुरमा धुमधामसहित मनाईंदै

न्युयोर्कमा नारायणगोपालको स्मृति दिवस

बिके नेवा, युयोर्क । स्वर सम्राट नारायणगोपालको ३१औँ स्मृति दिवसमा न्युयोर्कमा सांगीतिक कार्यक्रम आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा हिमालय कल्चर एकेडेमीले न्युयोर्कमा रहेका कलाकारहरुलाई जमघट गराएर सांगीतिक कार्यक्रम गरी स्व. नारायणगोपालप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। नेपाली सिनेमा निर्माता निर्देशक तथा लेखक दीपक श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलन… Continue reading न्युयोर्कमा नारायणगोपालको स्मृति दिवस

अमेरिकामा नेपाली कलाकारलाई राष्ट्रपति अवार्ड

बीके नेवा, न्युयोर्क । नेपाली बरिष्ठ कलाकार कविना महर्जन अमेरिकी राष्ट्रपति लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२१ बाट सम्मानित हुनुभएको छ । यो सम्मान पाउने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ ।बरिष्ठ कलाकार महर्जन लामो समयदेखि अमेरिकाको न्युजर्सीमा परिवारसहित बस्दै आउनु भएको छ । उहाँले अमेरिकामा हुने विभिन्न कार्यक्रममा नेपाली मौलिक नृत्य प्रस्तुत गर्दै आउनु भएको छ… Continue reading अमेरिकामा नेपाली कलाकारलाई राष्ट्रपति अवार्ड

आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

काठमाडौं । आज हिन्दु धर्मावलम्बीले धुमधामका साथ हरिबोधिनी एकादशी मनाउँदैछन् । एक वर्षभर चौबीस वटा एकादशी पर्छन् । जसमध्ये ठूली एकादशीको महत्व बढी रहेको छ । चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आआफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा छ । आज… Continue reading आज हरिबोधिनी एकादशी, उपबास बसी मनाईदै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै आजबाट छठ पर्व सकिएको छ । सामाजिक एकता र सदभावको पर्वको रुपमा छठको महिमा रहेको छ । बुधबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । विहिबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएसँगै छठ व्रत पुरा भएको हो । नेपालको तराई मधेशका जिल्लामा यो वर्ष धुमधामले मनाइन्छ । पोखरी,ताल नदी तथा… Continue reading उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

TWITTER/@MALALA

बर्मिंघम । नोबेल शान्ती पुरस्कार विजेता मलाला यूसुफज़ई विवाह बन्धनमा बाँधिएकी छिन् । उनी स्वयमःले ट्वीट गर्दै यसबारे जानकारी गराएकी हुन् । बेलायतको बर्मिंघम शहरमा उनको विवाह भएको हो । यो उनको पतिको घर हो । २४ वर्षिय मलालाले असर मलिकसँग मुस्लिम परम्परा अनुसार विवाह गरेकी हुन् । निकाह भनिने यो सत्कारपछि उनले यो दिन… Continue reading नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

आज छठ पूजा, देशभर सार्वजनिक बिदा

काठमाडौं । नेपालसहित हिन्दु धर्मावलम्बी रहेका विभिन्न मुलुकमा आज छठ पर्व धुमधामका साथ मनाइंदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी यो पर्व मनाउन लागिएको हो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरि पर्व मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको… Continue reading आज छठ पूजा, देशभर सार्वजनिक बिदा

तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु

काठमाडौं । तिहारमा लक्ष्मीपूजालाई विेशेष दिन मानिन्छ । यो दिन धनधान्यकी देवि लक्ष्मीको पूजा गर्ने दिन झिलीमिली र उज्यालो गरि घरलानई सजाउने परम्परा छ । अहिले यस्तो झिलीमिली कृतिम बनेको छ । जसका लागि भारत र चीनबाट यी सामग्री नेपाल आउने गरेका छन् । यस्तो सामाग्रीको प्रयोगले अर्कोतर्फ दुर्घटना समेत बढाएको छ । काठमाडौं उपत्यकामा… Continue reading तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु

अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए

GETTY IMAGES\BBC

टेक्सस । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा भएको भागदौडमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न। अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु… Continue reading अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए

दाजुभाई-दिदीबहिनी नहुनेका लागि दिनभर खुल्नेछ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर

काठमाडौं । तिहार (यमपञ्चक)का दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ । यो मन्दिर भूकम्पपछि लगातार बन्द थियो । पछिल्लो दुई वर्ष भने कोरोनाका कारण बन्द भएको थियो । यो वर्ष भने मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भइसकेको छ । दिदीबहिनी वा दाजुभाई नहुनेले यहाँ… Continue reading दाजुभाई-दिदीबहिनी नहुनेका लागि दिनभर खुल्नेछ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर

आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे

Photo : The Rising Nepal

काठमाडौं । यमपञ्चक (तिहार)को आज पाँचौँ दिन, हिन्दु धर्मावलम्बीले आज भाइटीका मनाउँदैछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट… Continue reading आज भाइटिका, उत्तम मुहूर्त ११: ०२ बजे

लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

Photo : Gorakhapatra

काठमाडौं । बिहीबार संसारभर लक्ष्मीपूजाका साथ दिपावली मनाइयो । उज्यालोको अनेक रुपले नेपालको राजधानी शहर काठमाडौं धपक्कै बल्यो । भारतमा समेत दिपावली धुमधामसाथ मनाइयो । यी दुई मुलुकबाहेक संसारभर दिपावलीका अनेक स्वरुप देखिएका छन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन विहीबार हिन्दु धर्मावलम्बीले ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक… Continue reading लक्ष्मीपूजाको रात काठमाडौंदेखि न्यूयोर्कसम्म कस्तो देखिए ? (तस्वीरमा)

आजबाट शुरु भयो नेपाल सम्वत ११४२, म्हः पूजा समेत आज

काठमाडौं । नेपालमा प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् आज मनाइदैछ । आजबाट नेपाल सम्वतः ११४२ शुरु भएको छ । यो सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गरेको बताइन्छ । नेपाल संवतले… Continue reading आजबाट शुरु भयो नेपाल सम्वत ११४२, म्हः पूजा समेत आज

लक्ष्मी पूजाका दिन अमेरिकी राष्ट्रपतिले भने : ‘ह्याप्पी दिवाली’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीका अवसरमा यस पर्व मान्ने संसारभरका सबैमा शुभकामना दिएका थिए । बिहीबार दियो बालेको तस्वीर सहित ट्वीटरमार्फत शुभकामना पोष्ट सार्वजनिक गर्दै उनले यो पर्व मनाउने सबैमा शुभकामना बाँडेका हुन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्बिरमा उनी र अमेरिकाकी प्रथम महिला जील बाइडेन देखिएका छन् । बिहीबार संसारभर… Continue reading लक्ष्मी पूजाका दिन अमेरिकी राष्ट्रपतिले भने : ‘ह्याप्पी दिवाली’

आज लक्ष्मी पूजा, यस्तो छ धार्मिक महत्व

काठमाडौं । यमपञ्चक (तिहार)को तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानैबाट घरघरमा सरसफाई गरिन्छ । गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा,… Continue reading आज लक्ष्मी पूजा, यस्तो छ धार्मिक महत्व

आज काग र कुकुर तिहार मनाइंदै

काठमाडौं । तिहार (यमपञ्चक)को दोस्रो दिन आज काग र कुकुर तिहार मनाइंदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लागेको छ । त्यसअघि काग तिहारको साइत थियो । आज काग र कुकुरलाई जा गरी मीठा मीठा खानेकुरा खान दिइन्छ । यमलोकको यात्रा गर्दा… Continue reading आज काग र कुकुर तिहार मनाइंदै

काठमाडौंमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

काठमाडौं । काठमाडौंमा तिहारको समयमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोक्दै सूचना जारी गरेको छ । कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनको निर्णय छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई… Continue reading काठमाडौंमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

Photo : THT

काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको हो । मङ्गलबार साँझ यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार एकै दिन परेको छ… Continue reading शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

भुतको मान र फर्सीको सान; हालोविन

कुमार न्यौपाने, न्युयोर्क हिजोआज पश्चिमाहरुलाई हालोविनले छपक्कै ढाकेको छ । अनुहार भरि टाँचामारेर, कुच्चिएर झर्लाजस्तो पारेर, क्वाप्लाक्कै खाइहाल्ने भुतै जस्तो बनेर, भेडो, बँदेल, घोडा वा फर्सी आदि अनेक थरीको मुकुन्डो लाएर रातसाँझ जिउ नै सिरीङ्ग पार्ने हाउभाउमा हिड्ने दिन भएकोले रातविरात, बाटोघाटो चोक, कुनाकप्चेरा तिर निकैलाई तर्साएको हुनुपर्छ । घरको मुल ढोका मै कंकाल झुण्ड्याएर,… Continue reading भुतको मान र फर्सीको सान; हालोविन

तिहारको द्येउसी आशिष गीत

सुपेन्द्र बस्नेत, बोष्टन आ है भन मेरा भाइ हो – द्येउसी रे !आ है द्येउसी रे भन – द्येउसी रे !आ है राम्ररी भन – द्येउसी रे !आ है स्वर मिलाइकन – द्येउसी रे !आ है यो बढा घरमा – द्येउसी रे ! द्येउसेहरुले दिएको आशिष, दुबो जस्तै मौलाइ जाउन् !यसै घरमा सधै भरी, लक्ष्मीले… Continue reading तिहारको द्येउसी आशिष गीत

भाइटिकाले फेरिएको हाम्रो साइनो

पासाङ नुरु शेर्पा, न्युयोर्क कथा करिव दुई दशक अगाडिको हो । म बीस एकाइस वर्षको अल्लारे केटो थिएँ । आनन्दित उमेर जेमा पनि खुसी र उत्साह मानेर बिताउँथे ।तर सानै उमेरदेखि नै जिम्मेवारी सहित नेपालको विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुगेको छु । यसो गर्दा दुःखभन्दा पनि आनन्द लाग्थ्यो । यसैक्रममा विदेशी पर्यटक र नेपाली स्टाफ सबै… Continue reading भाइटिकाले फेरिएको हाम्रो साइनो

११:०२ बजे भाइटिकाको उत्तम साइत

Photo : The Rising Nepal

काठमाडौं । यस पटक भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । भाइटिका कात्तिक २० गते शनिवार परेको छ । समितिका अनुसार सम्भव भएमा सो साइतमा टिका लगाउनु राम्रो मानिन्छ । उत्तम साइतमा टीका लगाउन नभ्याउने अवस्थामा समेत १२ बजेभित्र टीका लगाउन सकिने बताइएको छ र शास्त्रमा… Continue reading ११:०२ बजे भाइटिकाको उत्तम साइत